Wednesday, December 31, 2014

यौन चाहना भयो भने कस्तो व्यवहार देखाउँछन् त महिलाहरु ?

पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ । पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने स्वभावका हुन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१. तपाईलाई छुने बहानामा नजिक हुनुः महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु
खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भनेपनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२. नजिक भएर लामो लामो स्वास फेर्नु : यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

३. एकान्त होस भन्ने चाहेमा : यदि कुनैपनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४. अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु : स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५. अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखेमा : यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

Tuesday, December 30, 2014

साँचो माया गर्दा 'गजल'

साँचो मायाँ गर्दा मेरो आज यस्तो हाल भयो ।
हिजो जीउने आधार थियो आज मर्ने काल भयो।
रोकेर नसकिने मुसलधारे बर्खे झरी सरी,
लाग्छ यस्तो मेरो आँसु समुन्द्रको छाल भयो ।
हाम्ले सँगै बिताएका तिता तिठा अतितका पलहरु
सम्झिएर रूँदा आँखामा आँसुको ताल भयो ।
जानी जानी बाटो मैले बिराएको कहाँ थिएँ र,
तरपनि जीन्दगीमा कसैबाट आज ठूलो जाल भयो ।

Monday, December 29, 2014

के हो तमू ल्होसार अनि कसरी मनाइन्छ ?


गुरुङ समुदायले 'ल्हो' तथा बर्षहरु बाह्रवटा भएको विश्वास गर्छन् । यसरी यस समुदायले बाह्र वर्षमा एक युगको परिकल्पना गरेको हुन्छ । गुरुङ समाजमा जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि ल्होसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रण गरी भव्य पूजा गरिन्छ । बाह्र वर्षको नाम पशुपंछी र जीव जन्तुका नामबाट राखिएको हुन्छ । तमू ल्होसार भनेको गुरुङ जातीको नयाँ नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरुको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । तमु पात्रो तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाह पाउन सकिन्छ । तमूहरुको ल्हो यसप्रकार हुन्छ:
‍‍१. ‍‍‍मुसा वर्ग (च्यु-ल्हो)
२. गाई वर्ग (ल्वोँ-ल्हो)
३. बाघ वर्ग (तो-ल्हो)
४. बिरालो वर्ग (हि-ल्हो)
५. गिद्द वर्ग (मुप्री-ल्हो)
६. सर्प वर्ग (सप्री-ल्हो)
७. घोडा वर्ग (त-ल्हो)
८.भेंडा वर्ग (ल्हु-ल्हो)
९. बादर वर्ग (प्र-ल्हो)
१०. चरा वर्ग (च्हया-ल्हो)
११. कुकुर वर्ग (खि-ल्हो)
१२. मृग वर्ग (फो-ल्हो)


तमूहरुले कृष्णपक्षीय चतुर्दशीको दिन अथवा जान लागेको पुरानो बर्षको विदाई कार्यक्रममा गु थुग्पा खान्छन् । नौ किसिमका विभिन्न गेडागुडीहरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै
ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खान्छ । त्यसपछि आउन लागेको ल्होसारको लागि विशेष गरी घरहरू सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरू कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन्। ल्होसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन । विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी झण्डाहरू फरफराउँछन् सेरङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य) को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट
फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टशि देलेक आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरू आदान–प्रदान गरी ल्होसार मनाउने गर्छन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहर दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तरतिर फर्केको हुन्छ । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भन्ने विश्वास गरिएको छ। त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा ल्होसार मान्ने गरेको हो ।

(द्रष्टव्य: सबै ठाउँमा ल्होसार मनाउने तरिका उहीँ नहुन पनि सक्छ र यो लेखमा विभिन्न विद्वानहरुको सहयोगमा तयार पारिएको हो ।)

वाइफाई लवर (Wi-Fi lover)

जीया धनि बाउको एक्ली छोरी हुन् । उनी भर्खरै एसएलसी पास गरेर कलेजमा भर्ना भएको छिन । आजभोलि उनको घरको गेट नजिक एउटा ह्यान्डसम युवक देखिन थालेको छ । कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ।  कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाजले शिर निहुराउछ, कहिले आँखा जुध्छन त कहिले छड्के नजरले हेर्दा अचानक आँखा जुध्छ र दुवै मुस्कुराउछ तर बोल्न सक्दैनन् । संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिनमा र साँझ बिहान हर पल जीयाको घर वरिपरि देखिन थाल्छ । यसरीनै झन्डै महिना दिन यो क्रम चलिरहन्छ तर कुरा गर्न दुबैले सक्दैन । जीयाला लाग्छ त्यो युवक पक्कै पनि आफूलाई मन पराउछ । कता कता उनलाई त्यो युवक मन पर्न थाल्छ । हेर्दैमा साधारण, भलाद्मी सुन्दर र आकर्षक देखिन्छ त्यो युवक । जीयाले आफ्नो कक्षामा साथीहरुसंग त्यो युवकको बारेमा कुरा कुरा गर्छे । सम्पूर्ण साथीहरुले पनि 'पक्कै त्यो केटाले तँलाई मन पराउछ होला' भन्छ र एक पटक भेटेर कुरा गर्ने सल्लाह दिन्छ । त्यहीँ दिन कलेजबाट फर्किँदे गर्दा जीया हिम्मत बटुल्दै 'हाई, तिमीलाई म संधै यहीँ देख्छु तर किन जान्न सक्छु ?' भनेर प्रश्न गर्छे । युवक अक्मकाउँछ, जीया उछिनेर बोल्छे - "मैले थाहा पाएँ तिम्रो मनको कुरो, मैले धेरै दिन कुरें, पहिलो प्रस्ताव तिमीले राख्छौ होला भनेर तर तिमी त कति लाज मान्दा रहेछौ, सायद मनको कुरा भन्न संकोच मान्यौ होला हैन ?, त्यसैले मैलेनै हिम्मत गरेर तिमीलाई भन्ने आँट गरें, हो म पनि तिमीलाई मन पराउछु । तिमी ढुक्क भएर मेरो घरमा आउ मेरो बुबा आमासंग मेरो हात माग्न अनि हामी बिहे गरौँला ।" जीयाको कुरा सुनेर युवकले अप्ठेरो महसुस गर्छ । युवक कपाल कन्याउँदै बोल्छ - "म त बास्तवमा तिम्रो घरको वाइफाईमा पासवर्ड रै'नछ, त्यही भएर फ्री नेट चलाउनलाई यहाँ आउने गर्छु ।"

Wednesday, December 24, 2014

ढोरबाराही मन्दिर र यसले बोकेको धार्मिक र पर्यटकिय महत्त्व


✍ प्रत्येक आधा घण्टामा रहस्यमय ढङ्गले भूमिगतरुपमा चल्ने पानीको लहरीले तनहुँको ढोरफिर्दीमा अवस्थित ढोरबाराही मन्दिर क्षेत्रको महिमा र महत्वलाई बढाएको छ। प्राकृतिक रुपमा पानी आउने बन्द हुने र फेरि पानीको ठूलो लहरी छुट्ने कारण त्यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्वलाई बढाएको हो। ढोरफिर्दी गाविस-७ बाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरले यस क्षेत्रलाई विश्वकै पर्यटकीय नगरीका रुपमा समेत ख्याति कमाउन सफल बनाएको छ। पोखराबाट पूर्वतर्फ करिब २४ कि.मी.को दूरीमा पर्ने पृथ्वी राजमार्गको दुलैगौँडा बजारबाट पाँच कि.मी. पार गरेपछि यस मन्दिरमा पुगिन्छ। जङ्गलको बीचमा विशाल पहराको काखमा अवस्थित करिब १५ फिटको उचाइमा रहेको तामाको छानासहित प्यागोडा शैलीको ढोरबाराही देवीको मन्दिरलाई प्राचीन काल देखिनै धार्मिक स्थलका रुपमा पूजा आजा गरिँदै आएको छ।


महत्वपूर्ण शक्तिपीठका रुपमा परापूर्वकालदेखि ढोरबराहको पूजाआजा हुँदै आएको बताउने ढोरबाराही मन्दिर पूजा तथा व्यवस्थापन समितिका अध्यक्ष रामराजा महत यहाँको रहस्यमय शक्ति एवम् महत्वका सम्बन्धमा उचित प्रचारप्रसार हुन नसकेको बताउनुहुन्छ। पहिले गुठी संस्थान अर्न्तर्गत सञ्चालित सो मन्दिर पछिल्लो वर्षमा आएर संस्था दर्ता ऐन, २०३४ अर्न्तर्गत जिल्ला प्रशासन कार्यालय, तनहुँमा दर्ता भई सञ्चालन हुँदै आइरहेको बताइएको छ। रहस्यमय एवम् महत्वपूर्ण तिर्थस्थलका रुपमा रहेको यो मन्दिर धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य हुनसक्ने भए पनि राज्यस्तरबाट मन्दिरको संरक्षण र विकासमा अपेक्षित सहयोग हुन नसकेको दुःखेसो अध्यक्ष महतले व्यक्त गर्नुभयो। मन्दिर परिसरको पूर्वी भागमा करिब १५ फिट फराकिलो पोखरी, पोखरीको बीचमा तीन फिट आकारका दुइवटा शिला र उत्तरमा दुइ फिटको वर्गाकारमा रहेको पानी आउने द्वारबाट आधा-आधा घण्टामा ठूलो आवाज सहित छुट्ने पानीको लहरीको रहस्य हालसम्म पत्ता लाग्न नसके पनि त्यो ढोरबाराही देवीको शक्तिका कारण भएको जनविश्वास रहेको छ। पहराको सानो अक्करबाट क्षणक्षणमा पानीको ठूलो मुस्लो आउनु, पानीको पोखरी भरिनु र फेरि यथास्थितिमा पानी र्फकनु (लहरी चल्नु) लाई ढोरबाराहीको महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने विन्दवासिनी संस्कृत विद्यापीठ, पोखरामा प्राध्यापनरत अम्बिका भट्टर्राई बताउनुहुन्छ।


प्रचलित किंवदन्ती अनुसार त्रेतायुगमा देवता र दानवबीच झगडा हुँदा दानवले पृथ्वीलाई पातालमा लगी दिसामा फालिदिए। त्यसपछि देवता र मानव सबै मिलेर विष्णु भगवान्को स्तुति गर्न थाले। उनीहरुको स्तुतिबाट विष्णु भगवानले बराह अवतार धारण गरी पातालबाट पृथ्वीलाई आफ्नो मुखले झिकेर केही माथि ल्याएका थिए। श्रीपञ्चमीका दिन मानिस र देवतालाई ‘आजबाट तिमीहरुले पृथ्वीको हकभोग गर’ भनी अधिकार दिएबाट मानिसले श्रीपञ्चमीका दिन नयाँ हलो बनाई पृथ्वीलाई धूपदीप दिई तीन सियो जोत्ने र आफ्नो हक कायम गर्ने प्रचलन रहिआएको विश्वास गरिएको छ। सोही किंवदन्तीमा आधारित भई प्रत्येक वर्ष श्रीपञ्चमीका दिन ढोरबाराही मन्दिरमा भव्य मेला लाग्ने गर्छ। बराही मन्दिरमा लहरी छुट्दा आउने आवाजलाई विष्णु भगवानले पृथ्वी झिक्न समुद्रमा हाम फाल्दा आएको छालको आवाजका रुपमा पनि लिने गरिएको छ। प्राध्यापक भट्टर्राईका अनुसार स्कन्दपुराणको हिमवत्खण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएको र सो मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घन्टाहरुमध्ये एउटा नेवारी भाषामा वि.सं. ९६७ लेखिएको घन्टा पाइनुबाट यसको प्राचीनताबारे थप स्पष्ट पारेको छ। आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विभिन्न भाकल सहित बडा दसैँ, चैत्रमाष्टमी जस्ता पर्वमा विशेष मेला लाग्ने सो मन्दिरमा एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिना बाहेक अन्य दिनमा पशुबलि दिने गरिन्छ। पशुपतिनाथको मन्दिरमा जस्तै ढोरबाराही मन्दिरमा पनि स्थानीय भन्दा बाहिरबाट पुजारी ल्याउने गरिएको जानकारी गराउँदै भट्टर्राईले हाल लम्साल थरका पुजारीले मन्दिरमा नियमित पूजाआजा गर्दै आएको बताउनुभयो। पशुबलि दिने अधिकांश मन्दिरमा ब्राहृमण जातका पुजारी नराखिने भए पनि ढोरबाराहीमा भने उपाध्याय ब्राहृमण जातका पूजारी राखिँदै आएको र मन्दिरमा नित्यकर्मसमेत गरिँदै आएको छ। लहरी छुट्ने पोखरीमा रहेको विभिन्न थरीका माछाले मन्दिर क्षेत्रको आकर्षणलाई झन् बढाइदिएको छ। स्थानीयवासीका अनुसार पोखरीमा साकाहारी र मांसाहारी दुवैथरीका माछा पाइन्छ। पोखरीको लहरी छुट्ने मुख्य द्वारमा रहने माछालाई राजवामका रुपमा लिइने गरिन्छ। कहिलेकाहीँ समान्य टाउकोमात्र देख्न सकिने माछाको बाम देखिनुलाई सौभाग्यका रुपमा लिइने गरिएको र सामान्यतः लहरी छुट्ने बेलामा मात्र राजबामको दर्शन पाइने स्थानीयवासी बताउँछन्। दुलैगौँडा बजारबाट फिर्दीफाँट हुँदै पुग्न सकिने ढोरबाराही मन्दिर धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानीय समाजसेवी एवम् ढोरबाराही पूजा तथा व्यवस्थापन समितिका पूर्वसदस्य घनश्याम भट्टर्राईले बताउनुभयो। मन्दिर वरिपरि घनाजङ्गल भएर पनि ढोरबाराहीको कुण्डमा पातहरु नखस्नुलाई पनि ढोरबाराहीको अर्को रहस्यमय शक्तिका रुपमा लिने गरिएको छ। आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण ढोरबाराही मन्दिरको दर्शनार्थ तनहुँका साथै कास्की, स्याङ्जा, लमजुङ्, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत जिल्लाबाट भक्तजन आउने गरेको बताइएको छ।

ढोरवाराही देवीकी जय!

साथमा मलाई महत्त्वपूर्ण तथ्यको बारेमा जानकारी बटुल्न सघाउनुहुने आदरणनिय दाजु वासुदेव पौडेल ज्यू (बसाई: ढोरफिर्दी, तनहुँ) लाई म सम्मान व्यक्त गर्न चाहन्छु।

Friday, December 19, 2014

सम्झना आउँदा

मायाँले मुटु जल्दैछ प्रिय सम्झना आउदा,
छायाँले पनि छल्दैछ प्रिय सम्झना आउदा।
एकान्त खोजी बसेको बेला यो मेरो मनमा,
मुटुमा आगो बल्दैछ प्रिय सम्झना आउदा।

सागर जस्तो जीन्दगी कलकल बगिरहन्छ,
मुटुको धड्कनले केवल तिमी खोजिरहन्छ।
तिमी मलाई सधै वेवास्ता गरेर हिँडेपनी,
यो स्वार्थी नयन तिम्रै पछि डुलिरहन्छ।

आँखामा आँसु झल्केको बेला भन हाँसौँ म कसरी,
तिमी त मेरो भाग्य निर्माता छुटेर बाँचौँ म कसरी।
ढुकढुकीमा तिमी तिम्रै आँखामा हाँसो छ मेरो,
तिमी बिनाको सपना आँखामा राखौँ म कसरी।

Sunday, December 14, 2014

Get all the secret codes of android Secret and Codes Functions

1. *#06# To check IMEI of your device, enter this code.
2. *#0*# To enter service menu on the very new Android phones.
3. *#0228# To check battery status.
4. *#9090# / *#1111# To make device in Service mode.
5. *#*#4636#*#* To get information about battery, usage statistics and device.
6. *#12580*369# To get software and hardware info.
7. *#0228# For ADC Reading.
8. *#7353# To hide test menu 2/Self Test Mode.
9. *#7465625# To view status of lock- phone.
10. *#*#232331#*#* To test Bluetooth of any Android device.
11. *#*#0283#*#* To perform a packet loop-back test.
12. *#*#1575#*#* For advanced GPS test.
13. *#*#0588#*#* To perform a proximity sensor test.
14. *#9090# To Diagnose configuration of device.
15. *#*#1234#*#* To know about pda and firmware version.
16. *#*#7594#*#* To change power button behaviour once code enabled.
17. *#*#8255#*#* To launch Google Talk service monitor.
18. *#*#232338#*#* It display the Wi-Fi mac address.
19. *#*#3264#*#* To show RAM version
20. *#*#3264#*#* To show RAM version
21. *#*#232337#*#* To see or display device’s Bluetooth address.
21. *#*#7780#*#* Reset to factory state.
23. *2767*3855# To format Android device
24. *#*#0842#*#* To test Back-light/vibration.
25. *#*#0289#*#* For Audio test.
26. *#*#232339#*#* Testing Wireless LAN.
27. *#*#44336#*#* To display build time and change list number.
28. *#*#197328640#*#* It enables test mode for service.
29. *#*#8351#*#* To enable voice dial mode.
30. *#*#8350#*#* To disable the voice dial mode.
31. *#*#2664#*#* To test the touch-screen.
32. *#*#0*#*#* For LCD display test.
33. *#*#1472365#*#* To Perform a quick GPS test.
34. *#*#7262626#*#* To perform field test.
35. *#872564# To control U-S-B logging.
36. *#9900# System dump mode.
37. *#*#4986*2650468#*#* To get pda, phone, H/W and RF Call Date.
38. *#*#1111#*#* For FTA Software version.
39. *#*#2222#*#* For FTA Hardware version.
40. *#*#34971539#*#* To get all information about camera.
41. ##7764726 To hide service menu for Motorola Droid.
42. *#*#273283*255*663282*#*#* For backup of our all media files.

सेतो गुलाफ र कालो चरा

कुनै बगैंचा नजिकै एउटा कालो चरा बस्थ्यो। त्यो चरा प्रायः दिनहुँ जस्तो बगैंचामा आइरहन्थ्यो कारण उ बगैंचामा भएको सेतो गुलाफलाई भित्र आत्मैदेखी प्रेम गर्थ्यो। त्यो चरा दिनभरी नजिकैको रूखको हाँगामा बसेर त्यो सेतो गुलाफलाई हेर्दै मनभरि सुन्दर भविष्यको सपना सजाउँदै आफ्नो अन्धो प्रेममा अझ पागल हुँदै गइरह्यो। यसरी धेरै दिन बित्यो। एकदिन कालो चरा सेतो गुलाफको नजिक गएर आफ्नो प्रेम प्रस्ताव राख्दै भन्यो, "प्रिय सेतो गुलाफ म तिमीलाई प्रेम गर्छु, यतिसम्म कि आफुलाई भन्दा पनि धेरै। सेतो गुलाफ घमण्डी थियो र कड्किएर भन्यो, "हेर कालो चरा, म यति राम्री छु कि जो कोही मलाई प्रेम प्रस्ताव राख्न आइरहेका छन्। जुन दिन म रातो हुनेछु त्यो दिन मात्र म तिम्रो प्रेम प्रस्ताव स्विकार गर्नेछु।" त्यसपछी कालो चरा केही बोल्न सकिन र चुपचाप  निराश बनेर उडेर गयो। दिनभरि जताततै त्यो गुलाफलाई सेतो बनाउने उपाय खोज्दै हिँड्यो तर विकल्प केही भेटेन र त्यो सम्भव पनि थिएन किनकि उनी त जन्मजात सेतो गुलाफ थिई। आफ्नो प्रेमीको चाहना पूरा गराएर प्रेम पाउन भोलिपल्ट कालो चरा आएर सेतो गुलाफको काँडामा आफुलाई अल्झाएर आफ्नो रगतले त्यो सेतो गुलाफलाई रातो बनाइदियो बल्ल त्यो गुलाफले उसको माया स्विकार गर्र्यो तर त्यति बेलासम्म त्यो कालो चराले प्राण त्यागी सकेको रहेछ।

सस्तोमा सेकेन्ड ह्यान्ड मोबाइल किन्ने सोंचमा हुनुहुन्छ भने सबधान! नत्र पछुताउनु पर्ला

यदि तपाईंले कतै मोबाइल भेट्टाउनुभयो वा कसैले सस्तोमा बेच्न लागेको सेकन्ड ह्यान्ड फोन लिएर चलाउने सोच बनाउनुभएको छ भने त्यो सोच तत्काल छोड्नुहोस्। अनि महँगो मोबाइल हरायो भने पनि फेला पार्ने आशा पनि नमारिहाल्नुहोस्। किनभने नेपाल टेलिकमले मोबाइल हराउनेहरूलाई सजिलो बनाइदिएको छ। टेलिकमले सञ्चालनमा ल्याएको १ करोड जीएसएम मोबाइल लाइन अन्तर्गतको ४८ लाख लाइन मोबाइल वितरणसँगै हराएका तथा चोरी भएका मोबाइलहरू चलाउनै नमिल्ने बनाउन सकिने हुनेछ। टेलिकमले १ करोड मोबाइल लाइन विस्तारसँगै नयाँ नेटवर्कको विस्तार गरेपछि हराएको तथा चोरी भएको मोबाइल सेट बन्द गर्न सकिने सुविधा थपिनेछ। मोबाइल सेवा निर्देशनालयका अनुसार EIR (Equipment Identity Register) सेवा सञ्चालनमा ल्याएपछि हराएका तथा चोरी भएका मोबाइल सेट चलाउनै नसकिने गरेर बन्द गराउन सकिन्छ। नेपाल टेलिकमको मोबाइल चलाउने उपभोक्ताले यो सेवा लिन मोबाइल सेट खरिद गरेको भ्याट बिल पेस गर्नुपर्नेछ। भ्याट तिरेर किनेका मोबाइल सेटको IMEI (International Mobile Equipment Identity) नम्बर टेलिकमलाई उपलब्ध गराएपछि टेलिकमले त्यसैको आधारमा मोबाइल सेटलाई ब्लक गरिदिन्छ। अहिले महँगा फोनसेटको प्रयोगसँगै हराउने तथा चोरी हुने घटनाहरू पनि बढिरहेका छन्। यो सेवा प्रारम्भ भएपछि मोबाइल हराएर हैरान भएकाहरूलाई राहत मिल्ने देखिन्छ। आफूले चलाउन नसक्ने भएपछि हराएका फोन भेटिने तथा फेला पार्नेले सम्पर्क गरेर फिर्ता दिने सम्भावना पनि बढी हुनेछ। त्यसैले आफ्नो mobile को IMEI number थाहापा इराख्नुहोस, जसकोलागि तपाईं ले आफ्नो mobile मा *#06# टाइप गर्नुहोस् ।

Wednesday, December 03, 2014

Download karaoke of anakani garchhau kina

नेपाली आधुनिक गित "आनकानी गर्छौ किन मायाँ लगाउन हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन..." भन्ने गितको म्युजिक ट्रयाक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Click on the above mentioned link to download karaoke of bhetna aau relimai andikhola tarera syangja jharera...
Click on the picture given below for download more karaoke tracks :

जुनु र रबिको बियोगान्त प्रेम कथा अडियोमा डाउनलोड गर्नुहोस्।

जुनु र रबिको बियोगान्त प्रेम कथा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् (Size 4.8 MB)

Thursday, November 27, 2014

मेरो उपन्यास लेखन पहल "सम्झौता" को केही (draft) अंशहरु

जीन्दगीमा कयौं कथा व्यथा बोकेर बाँचेको समय मसंग हिसाव देखाउन भन्छ, मैले सधैं पाउ टेक्ने धरती मसंग निष्पक्ष निसाफ देखाउन भन्छ, छुटेका यादहरू कतै छरप्रस्ट होलान् पानाभारी अतीत फर्केर एकपटक जीवनरुपि किताव देखाउन भन्छ। सुड्केस भित्र च्यातिएर जिर्ण अवशेष मात्र बाँकी रहेको पुरानो डायरी पल्टाएर आफ्नो जीन्दगीलाई फर्किएर हेरें । कति उराठ र कहाली लाग्दो जीन्दगी मेरो, अनि फेरी क्षणिक सुखको काल्पनिक संसारमा डुब्न सघाउने प्रांणहिन डायरी मेरो । कठोर सत्य भन्दा मीठो भ्रमनै प्यारो लाग्न थाल्यो, आज आफ्नै जीवनप्रति अर्थहिन आक्रोस जाग्न थाल्यो मलाई ।  कालो हुस्सु लागेर बाहिर चिसोले बस्न सक्ने स्थिती छैन, कोठाको झ्याल खुल्लै छ, जाडोले झ्यालसम्म लगाउने जाँगर आएको छैन। मोबाइलमा नारायण गोपालको मुटुमाथी ढुङ्गा राखी हाँस्नु पर्‍या छ भन्ने गित बज्दै छ । सधैं सुन्ने गरेको गितहरु पनि आज निकै नै राम्रो लागिरहेको छ । एक एक शब्दमा चुर्लुम्म डुबेर गितको भाव केलाउन थालेछु, खै कुन्नि के भयो मलाई, आँखाबाट आँसु झार्दै रून थालेछु । परेलीको डिलमा टिलपिल टिलपिल भैरहेको आँसुलाई औंलामा लिएर प्रश्न गर्न मन लाग्यो - "ए आँसु, म किन जीन्दगीको प्रगति पथमा लम्कन सकिरहेको छैन, जीवनयात्राको केन्द्रबिन्दुमा नपुग्दै किन यसरी थाक्न पुगें ?" आँसुले जीन्दगीमा दुःख पर्दैमा हरेस नखाउ, यसले तँलाई साथ दिने दुइचार व्यक्ति चिनाउने छ, तँलाई काँडामा पनि हिड्न सिकाउने छ भनिरहेको आभाष हुन्छ मलाई, केही हदसम्म मनको भारी हल्का भएजस्तो हुन्छ ।

झिनो आशाहरु धिपधिप बल्दैछन्, सारा खुसीहरुले एक एक गरेर छल्दैछन्, यो निष्ठुर समयले त झन् के सुन्थ्यो र मेरो वेदना एकोहोरो आफ्नै वेगमा बग्दैछन्, सपनाका महलहरु आज सारा एक पछि अर्को गरि ढल्दै छन् । सबले पुज्ने ढुङ्गाको देउतालाई एक एक रुपैयाको सिक्का राखेर कयौं खुसी मागें तर पनि मनमा उमङ्ग र ओठमा हाँसो ल्याउन सकिन मैले, यस्तो लाग्छ सायद देउता पनी पराई बन्दैछ आज मेरो दयनीय अवस्थाबाट । दुनियाँको सामु नाङ्गिने, हरेक पल भित्रभित्रै जलेर जिउने अनि बिनाकारण रात दिन आँसु पिउने कसलाई रहर हुन्छ होला र ? अतीतका दिन याद बनेर पलाइदिएपछि, पीडा र सम्वेदनाले मुटु जलाइदिएपछि आँखाबाट अनायसै बर्खे भेल उर्लिँदो रहेछ । जीवनमा एक्लै छु भन्ने भावले भन्दा पनि मेरो आफ्नो भन्ने कोही थियो भन्ने कठोर सत्यताले मुटु चस्किँदो रहेछ हर पल, हर क्षण । अस्थित्वहिन जीन्दगीका कुनै पानाहरुभित्र बाँचिरहेको मेरो अमर प्रेम, त्यहिँ प्रेम भित्रका भोगाइहरु अनि हराएका मेरा ती अधुरा सपनाहरु खोज्न एकाएक विगतमा फर्किन मन लागेको छ आज मलाई । जीवन तीन अक्षरले बनेको छोटो शब्द जसलाई पढ्न एक सेकेन्ड, सोंच्न एक मिनेट, बुझ्न एक दिन लाग्दो हो तर जिएर सावित गर्न पूरा एक जुनी नै लाग्दो रहेछ । जीवन पढेपनि गाह्रो नपढे त झनै गाह्रो, कयौं दुःखी जीवन जिएपछि थाहा भयो मान्छेको वेथा कतिसम्म साह्रो, अनि फेरी जीन्दगी भरीनै भ्रमले भरिपूर्ण सपना यतिधेरै प्यारो । जीन्दगी क्यारेम बोर्डको खेल जस्तै, जहाँ रानी गोटी सरह मनको चाहना र खुशीका निम्ति कयौं पटक समयको पाउडरमा चिप्लेर लडिरहन पर्ने, असफल भैरहनु पर्ने । आखिर मान्छेको यात्रा शुन्यदेखि शुन्यसम्म रहेछ तर पनि अस्थित्व भरी किन यति धेरै हल्ला गर्छन्, कुर्लन्छन्, उफ्रन्छन्, चिच्याउँछन्, मर्छन्, मार्छन्, लुट्छन्, पिट्छन्, खोस्छन, रुन्छन् अनि फेरी व्यर्थको असन्तोषी कोलाहाल किन मच्चाउँछन् ? हो रहेछ कसैलाई आफूभन्दा धेरै प्रेम र विश्वास गर्र्यो भने त्यसले साँच्चै आजीवन पोल्दो रहेछ, निर्दोष आँखाको परेलीबाट आँसुको बर्खे भेल उर्लिएर आउँदो रहेछ । भन्नले त भन्छन्, आफ्नो लागि रुनु भनेको मोह हो, अरुको लागि रुनु प्रेम हो तर यस्ता आदर्शका कुरा गर्नेहरु व्यबहारिक बन्ने को होला दुनियाँमा देख्न मन लागेको छ मलाई । जीवन, दर्शन र आदर्शको कुरा अरुलाई सिकाउन जति सजिलो हुन्छ तर आफुभित्र लागू गर्न त्यो भन्दा कैयौं गुणा गाह्रो हुँदा रहेछ जुन आज मलाई बोध भइरहेको छ । सल्युट गर्छु त्यसलाई, जसले जीवन जिएर अनि साँच्चै कसैलाई प्रेम गरेरनै भनेको हुनुपर्छ कसैको प्रेम पाउदा मनमा शान्ति मिल्छ भने कसैलाई प्रेम गर्दा अनौठो शाहस मिल्छ भनेर । खेर, जीवनमा खुसी हुनुपर्छ भन्ने धेरै भेटें तर आउ म तिमीलाई खुसी बनाउछु भन्नेचाहिँ को होला मेरो लागि आजकाल यस्तै यस्तै अस्थित्वहिन र प्रसङ्गहिन कुरामात्र खेलिरहन्छ मेरो मनमा । माया, प्रेम, विश्वास, साथ अनि साथ हुनुको यहसास फलतः सबै भ्रम रहेछ । कति मीठो भ्रममा बाँचिरहेको हुने रहेछ मान्छेहरु आखिर धड्कनले पनि मुटुको साथ छोड्दो रहेछ प्राण नभएपछि, छाँयाले पनि साथ छोड्दो रहेछ घाम नलागेपछि फेरी किन कसैको साथको प्रतिक्षामा सारा जीवन व्यतित भैरहेको छ मेरो ? जीन्दगीले किन यस्तो अग्नी परिक्षा लिंदै छ मसँग ? मुस्कानले मुहारको साथ छोड्यो, आफन्तीले नाता तोड्यो, सहयात्री ठान्नेले हात छोड्यो, दोबाटोमा सँगै हिडी गोरेटोमा बाटो मोड्यो तर धन्य छ मेरो आँसु तँलाई, आखिर तँ एउटाले त मलाई आजीवन साथ दिइरहेको छस् । म रुँदा र हाँस्दा साथ दिने आँशु, मेरो दुखः र सुखमा टिलपिलाउने आँशु अनि आँशु मेरो आँखाको सारथी पनि अब मेरो के को गुनासो तिमी आँसुसँग । श्वास त लिँदै छु म तर लाग्छ धड्कन मध्यम हुँदैछ, पिडा अनी दुःख दुबै कम हुँदैछ, भावना अनी सम्बेदना कम हुँदैछ, कस्तो रहस्यमय परिवर्तन होला यो मेरो जीन्दगीको पूरा जीवन रंगहीन अनि सारहीन बन्दैछ। लाग्थ्यो मेरो प्रेम गाथा गित बनाएर गाउँ, सहयात्रीको साथ जुनीजुनीको लागि पाउँ, मन थियो मेरो प्रेमको उदाहरण इतिहासमा लेख्न तर विवस भएँ कथाका दुःखी र अभागी पात्रको रुपमा आफै उभिन । सपना अधुरोनै रह्यो, चाहना अपूरोनै भयो ।

डायरीको पानाहरु एक पछि अर्को गर्दै पल्टाइरहँदा कता हो कता जलन महसुस हुन थाल्छ मनभित्र, कारण म खाटा बस्न लागि सकेको घाउ कोट्याउन चाहन्नँ । आफु, आफ्नो सहयात्री अनि मेटिन लागेको प्रेमको अस्तित्व खोज्न विशाल आकाशमा भौतारिँदा भौतारिँदै म त आफैँ कुहिरोभित्र रुमलिएको मलेवाझै हराउन पो पुगेछु । लाग्न थाल्छ यो झुटो संसारिक माया मोहको जीवन अनि यी स्वार्थी र तुच्छ् मान्छेको संगत गर्नुभन्दा त बरु जंगलको गैंडाझैँ एक्लै भएर सारा जीवन व्यतीत गरुँ कि त कालीगङ्गामा हामफालेर जीवनको सारा बोझिलो भारी बिसाउँ । तर खुसी विहिन मनलाई कता हो कता भित्रको आत्माले मजबुत बनाउँछ, धैर्यताले साथ दिन्छ अनि जीवन जिउने प्रेरणा समेत दिन्छ । दुःख कति हुँदो रहेछ जीन्दगीमा लुकाउनु पर्ने, आँसुसँगै बगाएर सुकाउनु पर्ने तर पनि सुखी छु भनि देखाउनु पर्ने कस्तो विचित्रको रहेछ संसार मेरो, मुटुमाथी ढुङ्गा राखी हाँस्नु पर्ने । जिन्दगीमा अझै कति धेरै सम्झौता गर्न बाकी छ यस्तै नमिठो प्रहरसँग, फेरी किन दुर हुन सकिरहेको छैन आफु आफ्नै रहरसँग ? दुःखी मात्र भएर पनि कति दिन चलाउनु र जीन्दगानी ? मुहारमा खुसी, ओंठमा मुस्कान बिना कसरी जीवन जिउन सकिन्छ त्यो विकल्प खोज्ने प्रयास जारि छ मेरो आज पनि ।

प्रायः आफूलाई निकै वुद्धिमानी, विवेकी, इमान्दार, धैर्यवान, सहनशील, स्वाभिमानी, निडर र व्यबहारिक लाग्थ्यो मलाई विगतमा तर आज विगतको त्यो सुखी पुरुष रहिन म । यो विचित्र संसारका धेरै विवश मान्छेहरू मध्ये म पनि एक हूँ निर्वायत सोच्नुस् अनि घोषणा गर्नुस् पनि । बाँकी मेरो कथा पढेर, मलाई बुझेर र मेरो प्रकृतिको चियोचर्चो गरेर तपाई अवस्य आफै सोंच्न बाध्य हुनु हुनेछ । हुन त जीवन र प्रेम एक्काइसौं शताब्दीको रंगमञ्चमा कथा बनाएर देखाउने चिज त हैन तरपनि खोटो भाग्य, परिस्थिस्थिति, विवशता, भावना अनि अपूर्ण चाहना सब आफ्नो स्थानमा स्थिर रहन सकेन मेरो । सृष्टि प्रेमबाट, सर्वनास प्रेमबाट, अनि अवकाश पनि प्रेमबाट त्यस्तै सुमधुर पिरतिमा असमझदारी बढेपछि, म जस्तो लाचार प्रेमीहरु हुनुपर्ने ज्युदो लास प्रेमबाट । थाहा छैन हिजो सम्मको निकटता आज बिकटतामा कसरी परिणत हुन्छ, फेरी मान्छे आखिर किन बिछोडमा दिन रात यति धेरै रुन्छ । सतह हेरि गहिराई नाप्न सकिन्न, गहिराई बुझ्न डुवुल्कि मार्न जरुरत पर्दो रहेछ । दुई शब्दको प्रेममा कति भाव र अर्थ लुकेको छ आज बल्ल केही मात्रामा महसुस हुँदैछ मलाई । अस्तिको निकटताले कसैको नजिक पुर्‍यायो, हिजोको प्रेमले क्षणिक हाँसो हँसायो, आजको बिछोडले धुरुधुरु रुवायो मलाई अनि सधैं सधैंको लागि वियोगमा तड्पिएर हिँड्ने बनायो।

सबैको मनमा कुरा खेलेकै हुन्छ, कथा वेथामा जीवन जेलेकै हुन्छ । बिरोध गर्छु म ति स्वर्गीय हजरआमासँग, भन्ने गर्नुहुन्थ्यो कि - "कथा भनेको राजा-रानी, राजकुमार-राजकुमारी, देवी-देवता, स्वर्गीय अप्सरा, धनाड्य मानव र दानवको मात्र हुन्छ ।" सधैं 'हामी जस्तो गरिब निमुखा त बिहान बेलुका हात मुख जोर्न काममा जोतिनै ठिक्क हुन्छ, हाँस्दै जीवन जीउने भाग्य मुखिया खान्दानको मात्र हुन्छ । मान्छेको जीवन जिउनै नपाएको हामी अनि कहाँबाट हाम्रो आफ्नो मौलिक कथा बन्छ ?' भनेर मलाई यति ठूलो भ्रममा पार्नुभयो । 'साहित्य भनेको ठूलाठूला विद्वानले मात्र लेख्छन, संसार उनीहरुले मात्र देख्छन' भनेर सानोमा कलम चलाउन खोज्ने कलिला हात, भुवादार भावना र रचनात्मक कार्यमा अवरोध गर्नुभयो । भन्नुहुन्थ्यो  - "बाबु तिमी जस्तो वालखाले त्यस्तो गहिरो कुरा सोंच्न हुँदैन। कलिलै उमेरमा त्यस्तो मसिनो कुरा सोंच्न थाले मान्छे पागल हुन्छ । मेरो नाति त सज्जन र ज्ञानी बन्नुपर्छ, कर्तव्यपरायन, अनुशासित र  नैतिकवान हुनुपर्छ अनि भविष्यमा हर कष्ट र दुःखसँग सामना गर्नुपर्छ ।" तर मलाई माफ गर्नुस् है हजुरआमा! त्यो त हजुरको आत्मविश्वास र अधुरो चाहना मात्र रहेछ । म हजुरले चाहेजस्तो असल नाति हुन सकिनँ, हजुरले भनेजस्तो असल मान्छे बन्न सकिनँ । हो हजुरआमा, आज म आँसुको तालबाट पौडिएर बाहिर निस्किनैँ सकिरहेको छैन, नामर्द बनेर क्वाँ क्वाँ रुँदैछु जीवनदेखी हार खाँदै एकान्तमा, केही पनि नजान्ने ग्वाला र पूर्ण रुपमा पागल बनिसकेँ, जुन कुराको डर र संकोच तपाईँमा थियो त्यही बनायो मलाई विधताले । राष्ट्र र राष्ट्रियताको निम्ति लडेर विजयी बन्नुपर्ने, नाम संसारभर चम्काएर पहिचान बोकेर हिड्नुपर्ने नेपाल आमाको छोरो म, जीवन र प्रेमको लडाइँमा एकाएक पराजित बन्न पुगें । आफ्नै जीवन कथामा खलनायक बन्न पुगें, आफ्नो प्रेमको कहानीमा धोकेवाज प्रेमी घोषित हुन पुगें जुन प्रेम भित्र कुनै मर्यादा देखिन्नँ, कुनै नैतिकता देखिन्नँ, कुनै त्याग र समर्पण देखिन्नँ ।

सुखी लेखक जसले मात्र कथामा काल्पनिक नायकको चर्चा गर्न सफल हुन्छ तर म जस्तो लाचार लेखक कथाको अभागी पात्रको रुपमा आफैलाई उभ्याउन बाध्य हुन्छ । मैले जीवनमा रुन्न भनेर आफ्नै हजुरआमाको सामु गरेको प्रतिज्ञा पूरा गर्न सकिनँ । तर मैले आफ्नो वाचा  बन्धन तोडेको हैन, जीवनमा मैले सोंचेजस्तो अनि चाहेजस्तो केही पनि पाउन सकिनँ । तर यसमा मेरो कुनै गुनासो छैन, जन्मदा रुदै जन्मनु पर्छ, मर्दा रुवाउदै मर्नु पर्छ, अब बचुन्जेलका एक दुई थोपा आसुमा किन यत्रो त्रास ? आखिर आँशु नै त जिवनको नछुट्ने साथ रहेछ । हजुरआमाले मलाई छोडेर नजानु भएको भए सायद आज म यो स्थितीमा पुग्ने थिइनँ । आज आँखाबाट मेरो नामर्दिपनको झोल जति रोक्न खोजेपनी परेलीनै छेक्ने गरि पग्लि रहेको छ । सबैलाई आफ्नो दुःख बिसाएँ आखिर दुई शब्दको सहानुभूति समेत बटुल्न सकिन मैले । कहाँ गएर बिसाउँ म आफ्नो मनको भारी बिसाउनलाई कुनै चौपारी छैन, साथ र सहयात्राको लागि कुनै बिरुवा उम्रिएको छैन मेरो आफ्नो लागि । अनि फेरी भएको साहस, हौसला र निर्देशन दिने अनि सधैं निस्चल माया गर्ने रोग, भोक र शोकले खाएर जिर्ण अनि कमजोर बनेको आमा बुवाको काखमा त्यत्रो ठूलो भारी बिसाइदिँदा बोझले गर्दा अलिअलि शितल दिने रुखको छायाँले पनि कतै मलाई जीन्दगीको यस्तो चर्को टन्टलापुर घाममा टहटह पारेर ढल्ले त हैन डर लाग्छ मनमा, कतै म एक्लोबाट झन वेशाहारा पनि बन्न पुग्ने त हैन भनेर । अब म के गरुँ ? भिरबाट हामफालेर मरुँ कि, पासो लगाएर मरुँ कि, विष पिएर मरुँ ? बाँच्न कति कठिन छ भन्थें तर मर्न त झन कति गाह्रो हुँदो रहेछ । हजुरआमाले मलाई सधैंका लागि एक्लै छोडेर जानुभएपनी उहाँको आदर्श वाणी नास भएको रहेनछ कि क्यार कता हो कता एउटा मनले भन्छ - "अँह, विवेकशील मान्छेले मृत्युलाई हैन जीवनलाई रोज्नुपर्छ, जीवनमा खुसी नआएर के भो त दुःखमा सहनशील बन्न सक्नुपर्छ । मान्छेहरु अर्को जुनी पाउनको लागि यस जुनीमा पुजापाठ गर्छन् रे मैले यहीँ जुनीमा पाएको जीवन किन खेर फाल्ने ?" भन्ने भाव मनमा जाग्दछ । म कसरी भुल्न सक्छु होला, हजुरआमाले गुन्द्रीमाथी झुत्रो कपडा बिछ्याएर एउटा हातमा तमाखु लिएर सुत्ने बेला भन्ने कथा कहानीहरु। कथा सुन्दा त आफूलाई सधैं नायक, सुखी, असल र विजयी पात्रसँग तुलना गर्थे तर आज म किन आफूलाई एकाएक दुःखी र अनाडी खेलाडी महसुस गर्दैछु ? हजुरआमाको चाहना थियो म सधैं खुसी बनूँ, तर म आफैंदेखि सन्तुष्ट छैन अरुसँग पनि सन्तुष्ट छैन भने आखिर कसरी खुसी हुन सक्छु र, आफैलाई छलेर...।

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...