Posts

Showing posts from October 19, 2014

थेग्दैन मायाँ भिखारीको चाल भएपछी

पोल्दैन घामले गोधुलीमा लाल भएपछी
थेग्दैन मायाँले भिखारीको हाल भएपछी
डुब्दैछ जीन्दगी तार्नलाई कुनै डुङ्गा छैन
मुटुमा दुःख, वेथा र आँसुको ताल भएपछी

विर्सियो निदले परेलीमा बाँस बसेपछि
आँखामा आँसुको सागर छाल भएपछी
घाइते भएर छट्पटीँदै बाँच्नु पर्दो रहेछ
गोलीले लागेको हरिणको चाल भएपछी

अँधेरी रातको बर्षाझै भयो जीन्दगानी
भाग्यको साथमा नियतिको जाल भएपछी
पोल्दैन घामले गोधुलि साँझ भएपछी
थेग्दैन मायाँले भिखारीको चाल भएपछी

श्रीमानलाई कसरी खुसी बनाउने ?

✍ जब महिलाको विवाह हुन्छ तब उनी यहि मनोकामना लिएर बसेकी हुन्छिन् कि उनको श्रीमानले उनलाई सधैँ खुसी राखोस्। महिलाले मात्र होइन समाजका हरेक प्राणीले यहि सोच्ने गर्दछ कि एउटा श्रीमानले आफ्नो श्रीमतीलाई सधैँ खुसी राख्नुपर्छ। तर यो कसैले पनि सोचेको हुँदैन कि श्रीमतीको पनि आफ्नो श्रीमानलाई खुसी राख्ने कर्तव्य हुन्छ। श्रीमान–श्रीमती एक रथको दुई पाङ्ग्रा भएका कारण दुबैको खुसी महत्वपूर्ण हुने गर्दछ।
तर यदि कहिलेकाँही तपाईंको श्रीमान उदास
देखिएमा तपाईंले त्यसमा ध्यान दिनुपर्ने हुन्छ। तपाईंका श्रीमान् तपाईंका कारण नै दुःखी भइरहेको छन् कि वा अरु कसैका कारणले तपाईंको श्रीमान तनावमा भइरहेको तपाईंलाई राम्रो नलाग्न सक्छ। त्यसकारण हामी तपाईंलाई श्रीमानलाई सधै खुसी राख्ने तरिका बताउँदैछौँ:-

१. उनको कुराहरु सुन्नुहोस्: धेरै पुरुषहरुको यहि गुनासो हुने गर्दछ कि उनका श्रीमती कहिले पनि उनको कुरा सुन्ने गर्दैनन्। त्यसकारण जतिबेला तपाईंका श्रीमान कुराकानी गर्न थाल्छन्, उनको कुरालाई निकै मन लगाएर सुन्ने गर्नुहोस्।

२. उनको जिम्मेवारीलाई बाँड्नुहोस्: अधिकांश पुरुषहरु श्रीमतीले उनीहरुको वित्तिय र अन्य जिम्मेवारीह…

सम्बन्ध राख्नै नहुने ५ स्त्रीहरु

✍ पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन्। विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुप्रति निकट हुने चाहाना उत्तिकै हुन्छ। तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन। यहाँ पुरुषले निकट संबन्ध राख्न नहुने स्त्रीहरुको बारेमा चर्चा गरिएको छ।

१. पूर्व प्रेमिकाः सकेसम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ। किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ। कतिपय सन्दर्भमा तपाइँ र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो। कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो तर उनलाई पुनः जीवनमा तान्नु पश्चातापका कारण मात्र बन्न सक्छ।

२. मिल्ने साथीकि बहिनीः आफ्नो मिल्ने साथीकि बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस्। यसले तपाइँको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ। बहिनीसँगको निकटताले तपाइँको साथीसँगको सम्बन्ध पनि फिका हुन सक्छ।

३. कुख्यात महिलाः कुनै पनि महिला जसको विषयमा तपाइँले निरन्तर नकारात्मक समाचार मात्र सुन्नुह…

यौन उत्तेजना नहुनुको समस्या के हो जानी राखौँ

यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ। महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ। धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन। केहि महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ। पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ। पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ। तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ। प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले पनी यौन उत्तेजना नआउने हुन्छ। उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनी बढ्दै जाने गर्छ। यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ। यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ। यसका दुई कारण छन्: पहिलो महिलाकै आफ्नो विभिन्न कारणले…

सेक्स लाइफमा खानाबाट कसरी सुधार ल्याउने?

आजको तनावपूर्ण व्यस्त जीवनमा सेक्सको इच्छा कम हुँदै जानु ठूलो कुरो होइन। तर यसले गर्दा तपाईको दाम्पत्य जीवनमा रुखोपना आउन थाल्छ। यस्तोमा आफ्नो खानपानमा केही परिवर्तन गरेर तपाईले पनि आफ्नो सेक्स लाइफ र रोमान्सको मजा बढाउन सक्नु हुन्छ। यहाँ यस्तै केही खानेकुरोको बारेमा बताइएको छ। यिनलाई आफ्नो दैनिक जीवनमा सामेल गरेर आफ्नो सेक्स लाइफमा सुधार गर्न सक्नुहुन्छ। १. तरबूज नया बियाग्राको नामले चर्चित तरबूजमा सिटुलिन नामको अमिलो एसिड हुन्छ जसले ब्लड प्रेसरलाई रिलैक्स गरेर सेक्स इच्छालाई बढाउँछ। २. शताबरी यो एक किसिमको साग हो। यसमा भिटामीन बी हुन्छ जुन सेक्स इच्छा बढाउन निकै उपयोगी हुन्छ। ३. एबकाडो पोटाशियले भरपुर यो फलमा यौन इच्छा बढाउने सारा गुणहरु हुन्छन्। यसमा फोलिक एसिड पनि हुन्छ, जसबाट इनर्जि र स्टेमिना प्राप्त हुन्छ। ४. खुर्सानीमा एउटा यस्तो केमिकल हुन्छ। जसले ब्लड सर्कुरेशनमा तिब्रता ल्याउँछ र सेक्स मूड बनाउन मद्दत गर्छ। ५. महिलाहरुको लागि आफ्नो श्रीमानको सेक्स इच्छा जगाउन महिलाले पनि आफ्नो तर्फबाट प्रयास गर्न सक्छिन् र यस्तो प्रयास निकै उपयोगी पनि हुन्छ। केही अनौठो लाग्न सक्छ तर पु…

के तपाई अश्लिलचित्र तथा भिडियो हेर्नुहुन्छ हेर्नुहुन्छ भने त्यसले पार्ने प्रभाव पनि जान्नुहोस्।

✍ अश्लिलचित्र तथा भिडियो हेर्नेहरूको मष्तिष्क खुम्चिने एक अध्ययनले देखाएको छ। अश्लिल चित्र तथा भिडियो हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले पत्ता लगाएको यो पहिलोपटक हो। अधिक समय पोर्नोग्राफी हेर्ने मानिसको मष्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने पनि अनुसन्धानकर्ताको भनाई छ। बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा. सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको सम्बन्धबारे पत्ता लागेको पहिलोपटक भएको बताइन्। यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन। अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफीको महामारी’ फैंलिरहेको भन्दै यसलाई धूमपान, मध्यपान तथा ड्राइभिङ जस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन्। मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्या जस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए। उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पुर्र्याइरहेको पनि बताएका छन्। अमेरिकामा अश्लिल भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर, युट्युब तथा नेटफ्लिक्स ग…

महिलालाई कुन अंगमा छुँदा के हुन्छ ? कुन अंगमा के गर्ने ?

✍ सबैजसो पुरुषलाई सँधै कौतुहलता हुन्छ
महिलाको शरीरमा कुन अंग कति संवेदनशील होला भनेर। अब भने यो विषयमा प्रश्न सोधिरहनु नपर्ने भएको छ। निक्कै लामो अनुसन्धानपछि शोधकर्ताहरुले महिलाको शरीरका कुन अंगको संवेदनशीलता के भन्ने प्रश्नको विस्तृत जवाफ दिएका छन्। हालै गरिएको एक अध्यनले स्त्रीको शरीरमा कहाँ विस्तारै स्पर्ष गर्ने कहाँ जोडले थिच्ने र कहाँ कम्पन पैदा गर्दा उनीहरुलाई यौनिकरुपमा उत्तेजित पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ। अनुसन्धानका क्रममा महिलाको घाँटीमा हल्का स्पर्स गर्नु निक्कै प्रभावकारी हुने देखियो। कुनैपनि महिलालाई उत्तेजित तुल्याउने सबैभन्दा प्रभावकारी उपाय स्तनको टुप्पो अर्थात निप्पल चलाउनु वा स्पर्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ। त्यसैगरी यौनक्रिडाको समयमा भने स्त्रीको योनीको बाहिरी माथिल्लो भागमा हुने क्लिटोरिसमा कम्पन पैदा गर्नु सबैभन्दा उत्तम रहेको पाहियो। यौन क्रिडाका लागि स्त्रीलाई तयार पार्दा यी विधी निक्कै प्रभावकारी मानिएका छन्। क्यानडाको युनिभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० महिलामा लामो समयसम्म यो अध्यन गर…

कम उचाइको पुरुषहरु बढी सेक्सुअल

✍ धेरैजसो महिलाहरु अग्ला पुरुषहरुको चाहना गर्दछन् तर एक नयाँ शोधका अनुसार कम उचाईका पुरुषहरु सेक्समा बढि मजा लिने गर्दछन्। शोधका अनुसार पुरुषको उमेर, उचाई, तौल र स्वास्थ्यका हिसाबले यौनजन्य क्रियाकलापको तुलना गर्ने हो भने जवान र स्वस्थ पुरुषहरु यौनजन्य क्रियाकलापहरुमा बढि आनन्दित हुने गर्दछन्। उक्त अनुसन्धानमा ५ फिट ९ इन्चभन्दा कम उचाई भएका पुरुषहरुको सहवास गर्ने मात्रा निकै धेरै हुने गरेको पाइएको छ। यो अनुसन्धान २० देखि ५४ वर्षको ५३ पुरुषहरुमा गरिएको थियो। अनुसन्धानमा पाइयो कि हप्तामा तीन–चार पटक सेक्स गर्ने पुरुषहरु कम उचाईका थिए। यसबाट यो प्रष्ट हुन्छ कि उचाई कम भएका पुरुषहरु यौनजन्य क्रियाकलापमा बढि सक्रिय हुने गर्दछन् । उक्त अध्ययनमा उमेरदार मानिसहरुमा यौनजन्य
क्रियाकलापमा कमी आउनुको कारण मोटोपन र पेटसम्बन्धि रोगहरु बताइएको छ। यद्यपी युवावस्थामा यो स्थितमा यसको प्रभाव कम
देखिएको छ।

यो हार्मोनले बढाउँछ यौन आनन्द

✍ हुन त मानिसहरू सेक्समा आनन्द बढाउनका लागी बिभिन्न उपायहरू अपनाउने गर्दछन। तर हालै गरिएको एक सर्भेक्षण अनुसार यो कुरा एउटा यस्तो हर्मोन छ, जसलाइ सेक्स गर्नु ठिक अघि लिनाले सेक्स प्लेजर बढाउन सकिन्छ। बिजनेस स्टेन्डर्डमा प्रकाशित खबर अनुसार, स्टडीमा यो कुरा प्रमाणित समेत भएको छ कि ‘बन्डिंग’ हार्मोन निश्चित रूपमा सेक्सुअल प्लेजर बढाउँदछ, त्यसमा पनि बिशेषगरी पुरूषहरूमा।

-के हो यो हार्मोन?
सर्वे अनुसार, यदि सेक्स भन्दा ठिक अघि अक्सीटोसिन लिने हो भने सेक्सका क्रममा निकै सन्तुष्टि प्राप्त हुने मात्र नभै उत्कृष्ट क्लाइमेक्स पनि हुने गर्दछ। यद्दपी अक्सीटोसिन ति मानिसहरूलाइ दिने गरिन्छ जसको सेक्स इच्छाहरू कम हुने गर्दछ वा ती पुरूषहरूलाइ दिइन्छ जो लिंगमा उत्तेजना नहुने समस्याबाट पिडित रहेका छन। अक्सीटोसिनले केही यस्ता कुराहरूलाइ ठिक गर्दछ, जसले सेक्सुअल अनुभवलाइ रमाइलो बनाउँदछ र पार्टनरसंग इन्टीमेट हुँदाको मज्जालाइ दुइगुणाले बढाउने गर्दछ। यो रिसर्च जर्मनीको हेनोव्हर मेडिकल स्कूलद्वारा गराइएको थियो।

-कसरी गरियो यो स्टडी ?
यस स्टडीमा २९ जोडीहरूलाइ समावेश गरिएको थियो, जसलाइ अक्सीटोसिन नेजल स्प्रे …

छारे रोगको पहिचान र प्राथमिक उपचार

✍ छारे रोग मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक रोग हो। यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, आदी विभिन्न नामहरू दिएको पनि पाइन्छ। प्राय जसो कमजोर दिल भएका व्याक्तीहरूलाई छारे रोगको रोगको सम्भावना बढी हुने अनुमान गरिएको छ। यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पञ्चेबाजाको धुन सुने पछि यो रोगका रोगीहरू अचानक मुर्छा (अचेत) अवस्थामा भएर लडेको देखिन्छ। यो रोगको रोगीलाई ग्यारण्टीका साथ निको पार्न सकिने कोही ईलाज त छैन तर पनि कति पय डाक्टर तथा वैद्यहरू मिर्गिको रोगी ठिक बनाउन सकिने दावि गर्छन्। छारे रोगीको अपरेसन नगर्दा सम्म ठिक नहुने कति पय डाक्टरहरूको भनाई रहेको छ। यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ।

रोगको लक्षण:

छारे रोग एक दिमागी दौरा हो यदी यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ। उत्तानो परि सके पछि हात खुट्टा छटपाउँछ। केही बेर हात खुट्…

यस्ता ९ कुराले दिन्छ दाम्पत्य जीवन टुट्ने सङ्केत

✍ सबै जोडीमा आफ्नो दाम्पत्य जीवन सुखद् होस् भन्ने चाहाना हुन्छ। तर नचाहँदा नचाँहदै
पनि वैबाहिक जीवन भत्किन्छ र कैयौं जोडी छुट्टिन्छन्। विवाह टुट्ने कारण केलाउने हो भने कुनै कुनै त साह्रै सामान्य कारण समेत सामुन्ने आउँछन्। कतिपय जोडीले चाल नै पाउँदैनन् कि उनीहरुबीच के समस्या थियो। यहाँ वैबाहिक जीवनमा समस्या आउन लागेका संकेतबारे केही टिप्स दिइएको छ। जुन तपाइँलाई यस्ता समस्याबाट जोगिन सहयोगी बन्न सक्छ।

१. विगतको विषयमा बढि कुराः जव जोडीहरु
विगतका विषयमा बढी कुरा गर्छन् र एक अर्कालाई नाम काढेर बोलाउने वा गाली गर्ने तहसम्म उत्रन थाल्छन् तब बुझ्नु पर्छ कि सम्बन्धमा गम्भिर समस्या छ।

२. झगडाः दम्पतिबीच सामान्य भन्दा सामान्य विषयमा पनि झगडा हुन थाल्यो वा झगडाका लागि मात्र कारण खोज्न थाले भने उनीहरुको सम्बन्धको भविष्य धरापमा छ। अर्कोतिर जति झगडासँगै उनिहरुको निकटता पनि बढ्ने गर्दछ। दम्पती बिचको झगडा परालको आगो हुनुपर्छ एकचोटि चर्किएपनी छिनभरमै शान्त भई एकअर्कासँग नजिक भइ आफ्नो गल्ती महसुस र माफी माग्नाले असल दाम्पत्य जीवन स्थापना हुन्छ।

३. एकल निर्णयः दम्पतिमा राम्रो सम्बन्ध रहेसम्म एक अर्कालाई…

बोल्न अप्ठेरो लाग्छ भने यसरी भन्नुहोस् मनका कुरा

✍ मायामा पर्नु भएको छ भने सुरुको अवस्थामा माया गर्ने व्यक्तिसँग कुरा गर्दा अप्ठेरो लाग्ने, लाज लाग्ने र मुख रातो हुने गर्दछ। यस्तो असहज अवस्था सायद धेरै मानिसहरुलाई भएको हुनसक्छ। यस्तोमा आफ्नो मनको कुरा भन्न धेरैलाई निकै कठिन भएको हुनसक्छ तर धेरै नबोल्ने मानिसहरुका लागि आफूलाई मनपरेको मान्छेसँग आफ्नो मनको कुरा खोल्नु कम गाह्रो हुँदैन। आफ्नो कुराहरु भन्न नपाएर तनावमा हुनुहुन्छ भने हामी तपाईंलाई यस्ता तरिकाहरु भन्छौँ जसले गर्दा तपाईंले आफ्नो भावना मनपरेको व्यक्तिलाई भन्न सक्नुहुनेछ।

१. तयारी गर्नुहोस्: आफूलाई मनपरेको व्यक्तिसँग भेट्न जाँदै हुनुहुन्छ भने मानसिक रुपमा तयार भएर जानुहोस्। उक्त व्यक्तिलाई भेटिसकेपछि सबै कुरा बिर्सेर केहि पनि बोल्ने नसक्ने जस्तो नहुनुहोस् त्यसकारण ती व्यक्तिलाई भेटेपछि के भन्ने कसरी भन्ने जस्ता कुराहरुमा तयारी गर्नुहोस् जसका कारण तपाईंले आफ्नो भावनालाई राम्रोसँग व्यक्त गर्न
सक्नुहुनेछ।

२. आत्मविश्वासी बन्नुहोस्: आफैँलाई विश्वास गर्नुभयो भने तपाईंलाई आफ्नो भावना व्यक्त गर्न सजिलो हुने गर्दछ। उनलाई भेटिसकेपछि आफ्नो कुराहरु बिना रोकटोक पूरै आत्मविश्वासका साथ भन्…

सर्किनीको धारो "लघुकथा"

टण्टलापुर घामले ह्याक–ह्याक पारीरहेका बेलामा उकालाका फेदीमै निकै ठूलो खाने पानीको ट्याङ्की देखियो । चारतिर बाटो छुट्टिने चौबाटोमा लगभग तिन हजार गाग्री पानी अटाउँने सिमेण्टको पक्की पानी ट्याङ्कीमा जोर जोरै धारा हालिएका त थिए तर धाराका टुटीमा भने साँचो लगाएर पानी खोल्न नमिल्ने बनाइएको रहेछ । टुटीभन्दा निकैमाथि ट्याङ्कीकै भित्तामा रातो इनामेलले लेखिएको थियो–हातेमालो खानेपानी उपभोक्ता समूह मर्मत सम्भार समिति, बलम्बु ।
                  नियम
१) सम्पूर्ण सदस्यले धारा सफा राखौं ।
२) धारामा नुहाउँने, लुगाधुने,भाँडामाझ्ने काम नगरौं ।
३) पानी लानेजति सबै सदस्य बनौं ।
४) धारा खोल्ने समयः बिहान ५ देखि ९ बजेसम्म

बेलुका ४ देखि ७ सम्म
निकै बेर उकालो चढेर अलि कुनो र खोल्सी परेको ठाउँमा भाग्यले फेरी धारो भेटियो र एउटी बुद्धा कोकाकोलाका खाली बोतलमा पानी भरिरहेकी थिइन । पानीको आशाले छेउमा गएर बृद्धालाई सम्बोधन गर्दैं भनें–“आमै ! पानी खान पाइन्छ कि ?” मेरो स्वर सुनेर उनले पुलुक्क हेरीन् म तिर अनि मुसुक्क हाँसेर भनिन्, “पाइन्छ–पाइन्छ, किन नपाउँनु पानी खानकै लागि त हालेकी हुँ नि मैले यो धारो …

चाहाना

मैले जस्तो अनलाइनमा बोलाएर हेर,
रिसाएको छैन प्रिय च्याट गरेर हेर।
हाँसो भन्दा धेरै खुसि मिल्छ वेदनामा,
परेलीमा बन्छ नयन चलाएर हेर।

दुःख केहो पिडा के हो अविज्ञ छौ तिमी,
आलोघाउमा नुन चुक मोलाएर हेर।
दुःख पिडा जीन्दगीमा भुल्नु पर्छ भने,
सहयात्रिझै आत्म जलाएर हेर।

मिल्नेभए सारा खुसि तिमितिरै सारिदिन्थे,
उदास तिम्रो जीन्दगीलाई हरावरा पारिदिथेँ।
जीन्दगीको रंगमञ्चमा दुनियाँलाई साँक्षि राखि,
तिमीलाईनै जिताएर आफु सधै हारिदिन्थेँ।

मायाँले मुटु जल्दैछ प्रिय सम्झना आउदा,
छायाँले पनि छल्दैछ प्रिय सम्झना आउदा।
एकान्त खोजी बसेको बेला यो मेरो मनमा,
मुटुमा आगो बल्दैछ प्रिय सम्झना आउदा।

सागर जस्तो जीन्दगि कलकल बगिरहन्छ,
यो मुटुको धड्कनले केवल तिमी खोजिरहन्छ।
तिमी सधै वेवास्ता गरेर हिँडेपनी,
यो स्वार्थी नयन तिम्रै पछि डुलिरहन्छ।

आँखामा आँसु झल्केको बेला भन हाँसौँ म कसरी,
तिमी त मेरो भाग्य निर्माता छुटेर बाँचौँ म कसरी।
ढुकढुकीमा तिमी तिम्रै आँखामा हाँसो छ मेरो,
तिमी बिनाको सपना आँखामा राखौँ म कसरी।

नारी जाती

नारी खुसि हुँदा फुलबारी रिस उठ्दा सिस्नोघारी,
कोही भन्छन् स्वास्नि घर कार्यालय हो घर कार्यालय अन्तर्गत पर्छ,
तर म भन्छु स्वास्नि कर कार्यलाय हो अर्थ मन्त्रालय पर्छ,
रासन, पानि, दुध, ग्यास, बिजुली, धारा तिर्नुपर्ने सारा - उनिहरुले कमाएझै निजि रे,
हामीले कमाएको चाहीँ साझा - हामि चाहि ठेकेदार,
ठेकदार भए किन मागेको मागेको बारम्बार अधिकार?

यो श्रीमती चिजै यस्तो भनेर मात्र कहाँ हुन्छ,
मोटरसाईकलको पछाडि राखेर हेर्नुस अनि मात्र थाह हुन्छ,
वेट हेर ग्याँसको सिलिन्डर जस्तो कानमा कराउछन माइक्रो बसको किलिन्डर जस्तो,
अर्काले सुन्दा रिलेसन कट हुन लाग जस्तो,
च्यारच्यार च्यारच्यार ट्रान्सफर्मरमा भोल्टेज बढि भई बिजुली सट हुन लागे जस्तो।

कानमा समातेर तानेको हुन्छ आँखा डुलाउन त चान्स नै छैन,
केटी हेर्न त परै जाओस सडकको पेटी हेर्न समेत पाईदैन,
के भन्ने श्रीमतीलाई नागरिकता भनौ लिने बेला फारम भर्नु पर्दैन पासपोर्ट भनौ रिण गर्नुपर्दैन, लालपुर्जा भनौ थोरै तिरोले पुग्दैन म्याद कहिल्यै जाँदैन,
लाइसेन्स भनौ रङ साइड हिड्दा ट्रफिकले समात्दैन।

यो श्रीमती भन्ने चिजनै कस्तो विवाहको मन्डपदेखी औला समातेर डोहर्र्याएको…

बिहे अघि र पछि केटा र केटीको कुराकानी

कुनै पनि प्रेमि जोडि जब भेट हुन्छ तिनिहरुको कुरा र बिहे पछि उनिहरुको कुरा ठिक उल्टो हुन्छ।
बिहे हुनु अघिको कुरा माथि बाट तल अर्थात सुल्टो पढ्दै जानुहोस्:-

केटाः साँच्चि मैले यो क्षण धेरै कुरेको थिँए।

कटीः के भन्न खोजेको तिमि मलाई छोड्न चाहन्छौ?

केटाः होईन तिमि यस्तो नसँच।

केटीः के तिमि मलाई साँच्चै मन पराउछौ?

केटाः अफ् कोर्स सँधै भरी।

केटीः के तिमी मलाई ढाँट्दै छौ?

केटाः नो,किन यस्तो वाइयत कुरा सोच्दै छौ?

केटीः के तिमि मलाई किस गर्छौ?

केटाः सँधै भरी।

केटीः के तिमि मलाई पिट्छौ?

केटाः के तिमि पागल त भएनौ?

केटीः के म तिमिलाई बिश्वास गरौ?

केटाः एस्,

केटीः डार्लीङ्

[अब बिहेभयो बिहेपछि तिनिहरुको कुरा तलबाट माथि अर्थात उल्टो पढ्दै जानुस्] कस्तो लाग्यो?

राज र नुरको वियोगान्त प्रेम कथा

साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ। म अफिस भित्रैको एउटा क्याबिनको कम्युटरमा ब्यस्त हुने मान्छे तर आज अचानक पत्रिकामा परेको एकै नजरले अचम्मै बनायो। हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र? राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो। मैले प्रत्यक्ष देखेको भने थिइन। (कालो बुर्का साउदीको महिलाले लगाउने कपडा लगाएर यात्रारत हुन्छन् यिनीहरु) रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैन तर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्न बाँकी राख्दैनन्। राजलाई झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान्। आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनि उसलाई गुमाएको पल झलझल आँखामा आउन थाल्यो।राज र म साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा सँगै काम गर्र्थ्यौँ। हामी साउदीको मुटु राजधानी रियादमा थियौ। राज सप्लाइ डिपार्टमा कार्यरत थियो। उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो। त्यसै क्रममा राजको भेट नुर भन्ने अरबियन केटीसँग भएको थियो। राज सँधै उनको बारेमा बताउथे। नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राज…