Friday, November 14, 2014

गुगलमा सर्च गर्दा खोजेको कुराको नतिजा कसरी सजिलै पाउने?

यो समस्या मैलें मात्र नभोगेर म जस्ता हजारौँ सर्बसाधारणले नियमित भोग्दै आएको साझा समस्या हो। गुगलमा कुनै कुरा सर्च गर्दा नचाहिने रिजल्ट मात्रै आएर दिक्क हुनुभएको होला सायद तपाईहरु पनि। अझ हामी जस्ता विपन्न वर्गका विद्यार्थीहरुले कलेज तथा युनिभर्सिटीको महंगो किताब तथा थप अतिरिक्त शैक्षिक सामाग्री किन्न सक्ने सहज परिस्थिति समेत हुँदैन। गुगल आफूलाई असहज लागेका  विभिन्न समस्या हल गर्न, कुनै कुराको अध्यन गर्न तथा पढ्नका लागि कोर्ससंग सम्बन्धित कुराहरु भेटिने सजिलो माध्यम हो। कलेज तथा युनिभर्सिटीको पाठ्यक्रमसँग सम्बन्धित विभिन्न लेख रचना धेरै विद्वानरुले आ-आफ्नै तरिकाले पेस गरेको सामाग्री गुगलमा पाइने गर्छ। तर दिनभरी खोज्दा पनि समय मात्रै बर्बाद हुने फेरी कामकुरो पत्ता नलाग्ने भएर कति अमूल्य समय र इन्टरनेट खर्च हुने गर्छ। आजकल हरेकको हातमा मोबाइल हुने र इन्टरनेटको ज्ञान हुने भएकोले पनि जुनसुकै नयाँ नौलो कुरा खोज्नु पर्र्यो भने पक्कै पनि गुगलकै सहारा लिने गर्छौँ। गुगल सर्च गर्ने क्रममा हामी प्रायः आफुलाई चाहेका केहि शब्दहरु हानेर सुचना पाउने प्रयास गरिरहेका हुन्छौँ र त्यसो गर्दा भेटिएन भने शब्दहरु यता उता घुमायो अनि फेरी खोज्ने गर्छौं । कहिले काही हामी खोजेको नतिजा तुरुन्तै पनि भेटिने गर्छ तर कहिलेकाही राम्रोसंग मिलाएर खोज्न नजानेर गुगलमै त्यत्तिकै रुमल्लिएर समय गएको पत्तै हुँदैन। आपतकालीन अवस्था तथा परिक्षाको अन्तिम घडीमा खोज्न लागेको कुरा भेटिएन भने झन रिसले आँखा नदेख्ने भइन्छ। यस्तो बेलामा सर्च इन्जिनलाइ राम्रोसंग प्रयोग गर्न सक्यो भने समस्या समधान, अध्यन तथा पढ्नको लागि पनि धेरै सजिलो हुन्छ र समयको पनि बचत हुन्छ। सहि नतिजा छिटो र सजिलै पत्ता लगाउनका लागि पहिले सर्च इन्जिनले काम गर्ने तरिका बुझे अतिनै राम्रो हुन्छ। मैले केही आफ्नै  अनुभव बटुलेको र केही इन्टरनेटमा पढेको आधारमा सर्च इन्जिनले काम गर्ने तरिकाहरुको सामान्य विवरण तयार पारेको छु, कृपया एकचोटि अबस्य पनि पढ्नु होला।

१. सर्चका फरक-फरल टूलहरु - हामीले खोज्न लागेको फरक-फरक सुचनाहरुको लागि गुगलका फरक-फरक टूलहरु हुन्छन्। जस्तो सामन्य सुचनाको लागि “गुगल वेब सर्च", तस्विरहरुको लागि “गुगल इमेज सर्च”, भिडियोको लागि “गुगल भिडियो सर्च”, समाचारको लागि “गूगल न्युज सर्च”, युनिभर्सिटीको लागि “गुगल युनिभर्सिटी सर्च”, लेख, रिसर्च पेपरहरुको लागि “गूगल स्कोलर सर्च”, किताबहरुको लागि “गुगल बुक सर्च”, ठेगानाको लागि “गुगल म्याप सर्च”, माल सामानको लागि “गूगल सपिंङ्”, गित संगितको लागी "गुगल म्युजिक", विशेष प्रकारको खोज गर्नका लागि “गुगल एडभान्स सर्च”। यस्तै-यस्तै खालका अन्य सर्च टूलहरु पनि छ्न् जुन हामीले खोज्न चाहेको सुचनाको प्रकारको आधारमा भिन्न टूलहरु प्रयोग गर्र्यौँ भने चाहेको कुरा भेटाउन  छिटो र सजिलो हुन्छ।

२. डकुमेन्टको प्रकारको आधारमा - यो एउटा अत्यन्तै उपयोगी तरिका हो र कमै व्यक्तिहरुले
मात्र यसको प्रयोग गरेका हुन्छ। यदि  हामी बिद्यार्थी हौँ र हामीलाई कुनै कोर्स वा विषयको बारेमा वर्ड वा पिडिएफ डकुमेन्ट खोज्नु पर्र्यो भने यस तरिकाबाट हामीले सिधै प्राप्त गर्न सक्छौं वा हामी कुनै म्यानेजर वा अफिसियल व्यक्ति हौँ र हामीलाई कुनै बिषयमा प्रिजेन्टेसन तयार गर्नु पर्ने भयो भने हामी सिधै पावर प्वाइन्टका फाइलहरु पनि प्राप्त गर्न सक्छौँ। त्यसको लागि खोज्न लागेको बिषयको अगाडी वा पछाडी filetype:ppt, filetype:doc, filetype:pdf उल्लेख गर्र्यौँ भने हामीले खोजेको प्रकारको फाइल प्राप्त गर्न सक्छौं। तर हामीलाई फाइलको प्रकार र कोड भने थाहा हुनुपर्ने वाध्यता हुन्छ। त्यसको जानकारीको लागि पनि तपाइँ गूगल गर्न सकिन्छ।

३. थपघट गरि खोज्ने - यदि हामी कुनै सुचना खोज्दै छौं र त्यसका लागि केहि शब्द टाईप गर्र्यौं भने गुगलले त्यससंग सम्बन्धि सम्पूर्ण सुचनाहरुलाई रिजल्टमा देखाउछ। कहिले काही कुनै कुरा नआओस् वा थपियोस् भन्नको लागि “+”, “-” जस्ता शब्दहरु प्रयोग गर्न सक्छौं। उदाहरणका लागि यदि हामीलाई सिड्नीमा भएका नेपाली वकिलहरुको बारेमा खोज्नुपर्र्यो तर माइग्रेसन एजेन्टहरुको नाम नआओस् भन्ने चाहान्छौं भने “नेपाली वकिल – माइग्रेसन एजेन्ट” टाईप गर्यौ भने नेपाली वकिलहरुसंग मात्र सम्बन्धित सुचना सर्च रिजल्टमा आउछ। त्यस्तै त्यो लिस्टमा हामी सिड्नीका मात्र वकिलहरुको लिस्ट आओस् भन्ने चाहन्छौं भने “नेपाली वकिल + सिड्नी” गर्र्यौं भने गुगलले सिड्नीमा मात्र भएका नेपाली वकिलहरुको सुचना देखाउछ। हामीले यी '+', '–' संकेतलाई सयुंक्त रुपमा पनि प्रयोग गर्न सक्छौं। जसको मद्दतले हामीले आवश्यक सुचना तथा सामाग्री सरल र सहज तरिकाले सर्च रिजल्टबाट निकाल्न सक्छौं।

४. निश्चित सुचनाको खोज - यदि हामी कुनै शब्दहरु मात्र होइन कि केहि बिशेष सुचना नै खोज्न चाहान्छौं भने त्यसलाई दुइवटा कोटेसन संकेत (” “) भित्र राखिदियौं भने गुगलले ठ्याक्क त्यहि सूचनासंग मिल्दो रिजल्टमात्र देखाउछ। उदाहरणको लागि हामीलाई "नेपाली साहित्य सम्बन्धि लेख” भनेर सर्च गर्र्यौं भने यसले ति पुरा शब्दहरुको सयोजनसंग मिल्दो रिजल्ट मात्र देखाउँछ। तर यदि कोटेसन संकेत राखेनौँ भने यसले एक-एक शव्दको आधारमा अर्थात साहित्य लेख शब्दसँग मेल खाने नेपाली बाहेक अन्य साहित्य लेखजस्ता रिजल्ट देखाउने गर्छ।

५. साइट बिशेष खोज - यदि हामीलाई कुनै वेबसाइट तथा ब्लग साइटमा प्रकाशित भएको सुचना, लेख, रचना आदीको बारेमा खोज्नु पर्र्यो भने यो तरिका सहयोगी हुनसक्छ। उदाहरणको लागि यदि तपाइलाई मेरो ब्लग साइटमा प्रकाशित भएको लेख र रचना हेर्नु पर्र्यो भने "site:www.bikasgurung.blogspot.com” टाईप गर्नु भयो भने गुगलले सामान्यतया मेरो ब्लग साइटमा प्रकाशित लेखहरुलाई मात्र सर्च रिजल्टमा देखाउने गर्छ।

६. गुगल बिशेष सर्च - प्रायः हामीले प्रयोग गर्ने गूगल सर्च सामान्य सर्च हो। तर यदि हामीले त्यसमा आफुले खोजेको सुचना प्राप्त गर्न सकिएन भने गुगल एडभान्स सर्च प्रयोग गर्न सक्छौं। जहाँ हामीले जोड्न, हटाउन चाहेका शब्द, भाषा, ठाउँ, फाईलको प्रकार, सुचना प्रकाशित समय आदि कुराहरु छान्न पाउँछौँ। जसले गर्दा हामीले चाहेको सहि सूचना प्राप्त गर्न सहज हुन्छ। त्यस्तै सामान्य सर्च गरिसकेपछी पनि गूगलले हाम्रो  ब्राउजरको देब्रे साइडमा हामीले प्राप्त गर्न चाहेको सूचनाको प्रकाशित समय छान्ने अवसर दिएको हुन्छ। उदाहरणको लागि अस्ट्रेलियामा एक हप्ता अघि घटेको वा केहि बर्ष अघि घटेको कुनै समय बिशेषको नेपाली सम्बन्धि समाचार हेर्नु पर्र्यो भने हामीले त्यो टूलको सहयोगले सजिलै नतिजा प्राप्त गर्न सक्छौँ र त्यस्तै घटना धेरै पटक घटेको हुन सक्छ। तर हामीले गुगलमा सामान्य सर्च गर्र्यौ भने पुराना सुचनाहरु आउने सम्भावना बढी हुन्छ त्यसैले त्यस्तो सूचनाको सहि जानकारी प्राप्त गर्न समय तोक्नु राम्रो हुन्छ। जस्तो कि एउटा उदाहरणलाई लिउँ; हामीले बढी भन्दा बढी गुगल सर्च गर्ने समय भनेको परिक्षाको रिजल्ट आउने समयमा हो। मानौँ हामीले २०७१ सालको एस. एल. सी. को रिजल्टको बारेमा हेर्न गुगल सर्च गरिरहेको छौं तर हामीले २०७१ समय नतोकी एस. एल. सी. रिजल्ट मात्र लेखेर नतिजा पाउने कोशिश गर्र्यौं भने दश पन्ध्र बर्ष अघिको रिजल्टको बारेमा समेत सर्च रिजल्ट आउन सक्छ।

७. परिभाषाको खोज - यदि हामी अध्यन गर्दै छौँ, केही कुरा पढ्दै र कुनै शब्दको अर्थमा झुक्कियौं वा थाहा भएन भने हामीले डिक्सनरीको पाना पाना पल्टाइ रहनु पर्दैन। हामीले गूगललाई डिक्सनरीको रुपमा पनि प्रयोग गर्न सकिन्छ। त्यसको लागि हामीले अर्थ खोज्नु पर्ने भएको शव्दको अगाडी define: लेखेर गुगल सर्च गर्र्यौ भने गुगलले हामीलाई त्यस शब्दको अर्थको बारेमा जानकारी दिन्छ। जस्तै हामीलाई साइक्लोजी शब्दको अर्थ जान्नु पर्र्यो भने "define: psychology" लेखेर सर्च गर्र्यौं भने त्यस शब्दको अर्थ गुगलले संक्षिप्त, विस्तृत र सहज तरिकाले बाक्यमा समेत प्रयोग गरेर समेत देखाउँछ।

८. क्यालकुलेटर - हामी कम्प्युटर अगाडी छौं र केहि हिसाब गर्नुपर्ने भयो भने अन्य कुनै क्यालकुलेटर वा एप्लिकेसन प्रयोग नगरी गुगललाई नै  हामीले क्यालकुलेटरको रुपमा पनि प्रयोग गर्न सक्छौं। त्यसको लागि हामीले सिधै गणीतिय संकेत प्रयोग गर्र्यौं भने गुगलले आफै रिजल्ट देखाउछ। जस्तै 152207*73 लेखेर गुगल सर्च गर्र्यौं भने गुगलले हाम्रो हिसाबको नतिजा 11111111 निकाल्छ। त्यस्तै हामी जस्ता बिद्यार्थीहरुको लागि गुगलले बिशेष साइनटिफिक क्यालकुलेटरको पनि काम गरिदिन्छ।

९. समय, स्टक, मौसम र अन्य सुचनाहरु - त्यस्तै गुगलका अन्य धेरै विशेष सर्चका सुबिधाहरु पनि छन्। यदि हामीलाई अहिले नेपालमा कति बज्यो जान्न मन लाग्यो भने सिधै “Current time Nepal” टाईप गरेर गुगल खोजी गर्र्यौं भने यसले सिधै डिजिटल घडी देखाउछ। त्यस्तै यदि हामीलाई  काठमाडौंको मौसमको जानकारी लिन मन लाग्यो भने “Weather Kathmandu” लेखेर गुगल सर्च गर्र्यौं भने यसले काठमाण्डौको मौसमको विस्तृत विवरण देखाउछ। जुन रिजल्टको पहिलो पेजमा नै स्पस्ट हुन्छ क्लिक गरेर फेरी अर्को पेजमा गइरहनु पर्ने झन्झट पनि हुँदैन। यी गुगलका सयौं विशेषताहरु मध्ये केहि साधारण र दैनिक काममा उपयोगी जानकारीहरु हुन्। त्यस्तै गुगलमा अन्य धेरै सर्चका तरिकाहरु छन्। साथै बिभिन्न समयमा गुगलले नयाँ किसीमका प्रयोग पनि गरिरहेको हुन्छ। जुन कुरा हामीले गुगल पेज खोल्दा कहिलेकाही सर्च गर्दा पनि देख्न सक्छौं। यी बाहेक अन्य कुराहरु हामीले गुगलमै सर्च गरेर पनि थाहा पाउन सक्छौं।

अब आगामी दिनहरूमा तपाइँको गुगल खोजी गर्ने तरिका छिटो, सजिलो र छरितो हुने कुरामा मलाई केही हदसम्म विश्वास लागेको छ।

Thursday, November 13, 2014

फेसबुक चलाउँदै हुनुहुन्छ भने एकचोटि अवस्य पढ्नुहोस्, सवधान बन्नुहोस्।


फेसबुक एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको छ। प्रयोगकर्ताहरूले एक
अर्कासँग साथि बन्न, सन्देश पठाउन र निःशुल्क फोन गर्न लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधी गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँछन्। यसको अतिरिक्त प्रयोगकर्ताको शहर, स्कूल, कलेज वा कार्यस्थलको आधारमा बनाइएका सञ्जालमा सामेल
हुन सक्छन्। आफनो 'वाल'मा प्रयोगकर्ताले
आफनो दिमागमा आएको कुरालाई लेखेर साथिहरू माझ बाढ्न समेत सक्छन्। प्रयोगकर्ताहरूले बडिमा पाँच हजार जना साथि आफ्नो खातामा जोडन सक्छन्। फेसबुकमा पेज बनाइ ब्यापारको प्रबर्धन पनि गर्ने सकिन्छ। फेसबुकले आज अमेरिका, जापान, भारत, कोरिया, मलेसिया, दुबई, कतार जस्ता विकसित देशहरुमा मात्र नभएर नेपाल जस्तो अविकसित देशमा समेत आफ्नो स्थान बृहत् रुपमा जमाइसकेको छ। विभिन्न उद्योगधन्दा, उत्पादनको प्रचारप्रसार गर्नेदेखि लिएर व्यापार गर्न र व्याक्तिगत कुरा गर्न पनि फेसबुक आज सर्बोत्कृष्ट सामाजिक सञ्जालको रुपमा उभिन सफल भएको छ।
फेसबुकलाई पाकिस्तान अझै कति धेरै ठाउहरूमा प्रतिबन्ध लगाइको पाइएको छ। फेसबुकलाइ चीन, भेतनाम, इरान, साउदी अरविया, बंगलादेश, सिर्या, यजेकिस्तानका धेरै क्षेत्रहरूमा सेनसरसिप लगाइएको छ। त्यस्तै, विभिन्न सङ्घ संस्थाहरूमा आफ्ना कामदारहरू केवल काममा मात्रै एककृत होउन भनेर आफ्नो नेटवर्कमा सेनसरसिप लगाइएको छ।

फेसबुकले आज नेपाली समाजमा सञ्चारको प्रमुख साधनको रुपमा काम गर्न लागेको छ। रोजगारीको शिलशिलामा विदेश पलायन भएको नेपाली दाजुभाइ र दिदीबहिनीलाई आफ्नो साथीसँगी र मित्रबन्धुसँग हरपल अन्तरक्रिया गर्नसकिने भएकोले आज संसार अतिनै साँघुरो भएको छ। तर फेसबुकको दुरुपयोगले कयौं साइबर अपराध पनि भइरहेको छ। साइबर क्राइम हेर्ने शाखामा कार्यरत प्रहरी निरीक्षकहरुलाई फेसबुक सम्बन्धी गुनासो सुन्न भ्याई नभ्याई छ।

त्यसैले आदरणीय पाठक मित्रहरू फेसबुक चलाउने क्रममा निम्न लिखित कुरामा ध्यान दिनुहोला:

१. स्टाटस लेख्ने क्रममाः हामीले फेसबुकमा केही लेख्नुअघि सुरक्षाको हिसाबले सतर्क हुनुपर्छ। ‘भारतमा १९ वर्षकी एक युवतीले आफ्नो फेसबुकमा घरमा एक्लै छु भनेर लेखिछन्। अपराधीले स्टाटसकै आधारमा ती युवतीलाई फलो गरेछन्, जसले गर्दा उनको घरमा चोरी मात्रै भएन, उनको बलात्कार पनि भयो।’ त्यसैले तपाई एक्लै असुरक्षित ठाउँमा घुम्दै हुनुहुन्छ भने होस पुर्‍याएर मात्र आफ्नो स्टाटस अपडेट गर्नुपर्छ नत्र तपाईको धनजन र इज्जत लुटिनुको साथै ज्यान धरापमा पर्न पनि सक्छ।

२. लाइक गर्ने र कमेन्ट लेख्ने क्रममाः नेपाली फेसबुक दुनियाँमा सबैमा भएको कमजोरी लाइक सिस्टम हो। लाइक कस्तो ठाउँमा गर्ने भन्ने कुरामा तपाईंले होस पुर्‍याउनु अति आवश्यक हुन्छ। साधारणतया हामिले आफुले मन परेको र आफूलाई प्रभावित पारेको व्याक्तिको बिचार, सोंच, तस्बिर, घटना र परिस्थितिमा लाइक गर्नु आफ्नो मर्जीको कुरा हो। यसमा तपाईंको व्याक्तिगत अधिकारमा कसैले हस्तक्षेप गर्न सक्दैन। तर कुन लाइकले आफूलाई के साबित गरिरहेको छ त्यो ख्याल गर्नुपर्छ। एउटा सुन्दर केटा, सुन्दरी केटी, मिल्ने साथी र सेलिब्रेटीले बिचार र फोटो अपलोट गर्दा अनगिन्ती लाइक आउनु त कुनै नौलो कुरा हैन तर उनिहरुले दुःखद घटना र तस्बिर लेख्दा लाइक हान्दा कस्तो अर्थ लाग्छ त्यो पनि ख्याल गर्नुपर्छ। एउटा जल्दोबल्दो उदाहरण लिन चाहेँ मैले, केही समय अगाडि नेपाली चलचित्रको लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको असमायिक निधनको समचारमा नेपाली फेसबुक प्रयोगकर्ताहरुको पचास हजार भन्दा बढी लाइक आएको मैले देखेँ। सोध्न मन लाग्यो मलाई, तपाईं पनि त्यहीँ भित्र त पर्नुभएन? के तपाईंको लाइकको हेतु उसको निधनप्रति खुसी व्यक्त गर्नु र मन पराउनु थियो त? थिएन, तर अर्थ गलत अर्थ लाग्यो। तपाइले त बरु उसको आत्माको चिर शान्तिको कामना वा समवेदनाको कमेन्ट गर्नुपर्र्थ्यो हैन र? अर्को उदाहरण जोडौं मेरो गाउँमा एउटा समाजसेवी बाजे बित्नुभयो। उहाँ मैले कट्टुनै नलगाएर नाकमा सिगान लिएर हिँड्दा देखि कति समाजसेवामा हिड्नुभयो। मैले यो घटनाको बारेमा स्टाटस अपडेट गरेँ, दश मिनेट पछी नोटिफिकेशन हेरेको गाउँले सबैको लाइक देखियो, दुखको कुरा उसको छोराको पनि लाइक देखियो। मेरो आँखा रसायो, एउटा मनले धिक्कारेँ आफैलाई किन ती गाउँलेलाई मैले आफ्नो मुग्लानी बन्धुसँग नजिकिन नभएको समय र पैसा खर्च गर्दै फेसबुक एकाउन्ट खोलिएको भनेर, अर्को मनले खित्का छोडेर हाँस्न मन लाग्यो नेपाली फेसबुक प्रयोगकर्ता देखेर।

त्यस्तै फेसबुकबाट अश्लील गाली गलौज गर्ने, अपमानजनक कमेन्ट गर्ने जस्ता प्रकृतिका अपराधहरु हुने गरेको पाइएको छ। फेसबुकमा तपाईं जस्ता लाखौं करोडौं प्रयोगकर्ताहरु छन् तपाईं आफ्नो नक्कली नाम र नक्कली फोटो राखेर आफूलाई सुरक्षित महसुुस गरेर अर्कालाई अनावश्यक र अरुलाई आघात पर्ने कमेन्ट नगर्नुहोस् किनकी तपाईं परिचित साथीको नजरमा गतिछाडा ठहरिनुजा साथै विपक्षीले तपाईंको लोकेशन र डिभाइसबाट पनि तपाइँलाई चिन्न सक्छन र तपाइँको राम नाम सत्य गर्न बेर लाग्दैन।

३. फोटो अपलोड गर्ने क्रममाः तपाईं आफूलाई सर्वोत्कृट देखाउने हेतुले अनावश्यक फोटोहरु अपलोड गर्ने नगर्नुहोस् यसले तपाईंको साथीलाई झ्याउ गरेर साथी बन्नबाट बन्चित गर्न सक्छन्। त्यस्तै फोटोबाटनै तपाईंको विरोधीले गालीगलौच र अस्लिल कम्मेन्ट गरि तपाईंको चरित्र हत्या गर्न सक्छ। तपाइले समाजमा अपच हुने खालको फोटो अपलोड नगर्नुहोस् नत्र फेसबुकले भारतका सेलिब्रेटी पुनमकोझै तपाईंको खाता निस्कृय गर्न सक्छ। त्यस्तै आजकाल फेसबुकमा मुख बङ्गुरझैँ बनाएर, अनुहार बाँदरझै बनाएर फोटो अपलोड गर्छन् तर बङ्गुर जस्तो, बाँदर जस्तो भनेर कमेन्ट गरे झगडा गर्न तम्सिहाल्छन् र झगडाले उघ्र रुप लिएर ठूलो समस्या समेत आउन सक्छ। अब आफै सोंच्नुस कस्तो फोटो अपलोड गर्दा साइबर अपराध बढ्दो रहेछ?

४. नाम, सम्पर्क, र पासवर्डहरुः फेसबुकले तपाईंको वास्तविक नाम मात्र स्विकार गर्छ। तपाईंको मनमा प्रश्न उठ्न सक्छ, उसो भए छुच्ची केटी, फुच्ची केटी, नक्कली केटी, सोझी केटी, फुच्चे केटो, नक्कले सोल्टी, अउडा केटो आदि जस्तो वाइयात नाम किन फेसबुकले स्विकार्छ भनेर तर यो अमेरिकी नाम जस्तो भएर हो। यदि तपाइको नाम झुटो ठहर हुन आएमा वा कसैलाई फेसबुकमा रिपोर्ट गरिदियो भने तपाईंको खाता ब्लक वा हटाउन सक्छ। सायद यो समस्या कति जनाले भोगिसक्नु भएको होला वा कतिले भोग्नै बाँकी छ, त्यसैले होसियार!

फेसबुकमा आफ्नो सम्पर्क फोन नं, इमेल सधैं राख्नुपर्छ नत्र तपाइको खाता सक्कली हो या हैन भनी फेसबुकले जाँच्दा, पासवर्ड परिवर्तन गर्दा फेसबुकले पठाएको कन्फर्म कोड पाउन लगाएत थुप्रै कुराको लागि आवश्यक हुन्छ। तर सम्पर्क नं वा इमेल सार्वजनिक राख्नु युक्तिसंगत हुँदैन। त्यसैले आफ्नो साथी समूह, परिवार, निश्चित व्याक्तिहरुले मात्र देख्ने गरि वा आफूले मात्र देख्ने गरि राख्नुपर्छ। नत्र तपाइँलाई अनावश्यक रुपमा अपरिचित र अपराधीले सम्पर्क गरि जालमा पार्न सक्छ। अर्को बुझ्नै पर्ने कुरा आफ्नो नाम, फोन वा इमेलमा कसैलाई खाता नखोल्दिनुहोस नत्र उसले साइबर अपराध गरेमा तपाईं पक्राउ पर्न सक्नुहुन्छ।

फेसबुकमा अर्को ज्वलन्त समस्या भनेको पासवर्डको हो। धेरैले सम्झन सजिलो होस् भनेर 123456, abcdef, आफ्नो नाम, मोबाइल नम्बर, गाउँ वा सहरको नाम आदि राख्न युक्तिसंगत हुँदैन। यसले गर्दा साइवर अपराधीले अनुमानको भरमै वा टाढाबाटै हेरेर पासवर्ड हानेर तपाइलाई हानी पुग्ने काम गर्न सक्छ।

#पासवर्ड यसरी बलियो बनाउन सक्छः
abcdef लाई aBc©D€F
Sangam लाई $@nGaM
123456 लाई 153246
pokhara लाई pok!-!@Ra
यसरी अलमल पर्ने गरेर, हेर्दा झट्ट नक्कल गर्न नसक्ने, उल्टोपाल्टो पारेर कडा पासवर्ड बनाउन सकिन्छ।

५. नक्कली एकाउन्ट, फोटो, पहिचान र झुटो आश्वासनः तपाईलाई तपाईंको शत्रुले जालमा फसाउन, लोग्ने स्वास्नीले एकअर्काको असली रुप थाहा पाउन वा आफ्नै साथीले तपाइलाई कार्टुन गराउन नक्कली नाम, फोटो र पहिचान लिएर तपाइँलाई यस किसीमको अपराधिक कृयाकलापद्वारा शोषण गरिरहेको हुनसक्छ।
यसको उदाहरण हालै पक्राउ परेका ३० वर्षका रामकुमार स्याङ्बो हुन्। उनले सुरुमा नक्कली फेसबुक आइडी बनाएर एक महिलालाई साथी बनाए। पछि उनले सेक्स पार्टनर बन्न प्रस्ताव मात्र राखेनन्, आफ्ना अश्लील तस्वीरहरु समेत पठाए। ‘महिलाका नग्न एवं अर्धनग्न तस्वीर राखेर म सेक्स वर्कर हुँ, यो नम्बरमा फोन गर्नुस् भनेर फेसबुकमा महिलाहरुको नम्बर राखेका धेरै घटना छन्।’ त्यसरी राखिएको नम्बरमा एकै रातमा सय, डेढ सय कल आएको आएको पाइयो। पुरुषको एकमात्र घटना महाशाखाका अनुसार महिलाबाट पुरुषमाथि भएको अपराधको एउटा मात्रै उजुरी परेको छ। त्रि.वि. शिक्षण अस्पतालमा एम.बी.बी.एस. अध्ययनरत युवकको अश्लील तस्वीर उनकी प्रेमिकाले सार्वजनिक गरेपछि पीडित विद्यार्थीद्वारा उजुरी गरिएको थियो। प्रेममा परेका बेला स्काइपमा उनीहरुले भिडियो शेयर गरेका थिए। तर, प्रेम टुटेपछि युवतीले पूर्वप्रेमीको भिडियो सार्वजनिक गरेकी थिइन्। प्रेममा परेका युवायुवतीहरुबाट
ब्रेकअपपछि अश्लील तस्वीर र भिडियो अपलोड घटना पनि बढ्दो छ। अपराधको बढ्दो ग्राफ पछिल्लो आर्थिक वर्षमा प्रहरीमा आएका उजुरीमध्ये १६ जनाविरुद्ध मुद्दा चलाइएको पाइएको छ। जुन पछिल्लो दुई आर्थिक वर्षको भन्दा बढी हो। २०६८/२०६९ मा तीन र २०६९/७० मा एउटा मात्रै मुद्दा चलाइएको थियो। हाल प्रहरीले गाली गलौज जस्ता उजुरीमा सम्वन्धित व्यक्तिलाई बोलाएर सचेत गराउनेदेखि फेसबुक एकाउन्ट नै बन्द गर्ने गरेको सामाजिक सञ्जालमा हुने अपराध हेर्दै आएका प्रहरी निरीक्षक पशुपति रायले भनेका छन्।

फेसबुकमा शोषित हुनुमा आफ्नो कमजोरी सबैभन्दा प्रवल हुन्छ। आफ्नो नक्कली पहिचान दिएर आफूलाई सर्बश्रेष्ठ देखाउने होडमा गरिएको सानो गल्तीले ठूलो अपराध निम्तीन सक्छ। खासगरी फेसबुकमा घरेलु अपराध पनि हुने गरेको पाइन्छ। लोग्ने स्वास्नी बिचमा फाटो ल्याउने काम फेसबुकले गरिरहेको छ, यही सन्दर्भमा जोक जस्तै रियल घटनाहरु प्रस्तुत गर्न चाहेँ:

कुरा २०६९ को हो फेसबुकले गाउँमा निकै चर्चा पाएको थियो। त्यसै क्रममा हाम्रो छिमेकको दाइले फेसबुक प्रयोग गेर्नुभएको थियो। त्यो देखेर भाउजुले पनि फेसबुक खोल्नुभयो। साथी बनाउने र बन्ने क्रममा दाइ र भाउजू पनि बन्नू भएछ। दाइ र भाउजू दुबैको नाम र फोटो वास्तविक थिएन। यस्तै एक महिना जति च्याटिङ भएछ। दुबै अन्तिममा भेट्ने निर्णय भएछ। तिजको वेला थियो भाउजू माइत जाने निहुँमा केटा भेट्न जाने अनि दाइचाही भाउजू माइत गइको मौका छोपी केटी भेट्न जाने प्लान बनाउनुभएछ। निणर्य पक्का भएछ र दुबैको सल्लाहमा वालिङमा भेट्ने निर्णय भएछ। पछी भेट्ने ठाउँमा त बुढा बुढी.... बूढा बुढी त्यही झगडामा पर्नुभएछ, त्यसपछी भाउजू आज माइतमै हुनुहुन्छ दाइ पोखरा सम्बन्ध बिच्छेदको कुरा चलिरहेको छ। हेर्नुस् त सात जन्मको लागि भनी गाँसेको सम्बन्ध फेसबुकले क्षणभरमै खैलाबैला गरायो।... सवधान ... कतै तपाईमा पनि यस्तो नहोस्।

अञ्जानमा यस्तो भएको, आफूलाई फेसबुकमा लेख्दा अपराध हुन्छ भन्ने थाहा नभएको भनेपनी अपराध त अपराध नै हो, कानुन अनुसार कारवाही हुन्छ नै त्यसैले फेसबुकको सदुपयोग गरौं सजाय पाउनबाट बचौं। प्रहरी निरीक्षक पशुपति राय फेसबुकलाई हनुमानढोकाको वाल (भित्तो) जस्तै भएको बताउँछन्। ‘हनुमानढोकाको वालमा पोष्टर टाँस्नु भयो भने जो सुकैले जे पनि लेख्न सक्ने भयो। फेसबुक त वल्र्डवाइड भयो’ उनले भने, ’त्यसैले फेसबुक चलाउँदा, स्टाटस लेख्दा वा तस्वीरहरु अपलोड गर्दा प्रयोगकर्ताहरुले पनि सोच्नुपर्छ।’ फेसबुक, ट्विटर आदि चलाउनेहरुलाई एस.पी.भण्डारीको सुझाव छ- ‘के लेख्दा साइबर क्राइम हुन्छ भन्ने बारेमा पनि जनचेतना आवश्यक छ, मलाई कानून थाहा थिएन भनेर विद्युतीय कारोवार ऐनबाट उम्कन मिल्दैन।’

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक अपराधको अखडा बन्न थालेको छ। ट्वीटर सहितका अन्य सामाजिक सञ्जालको तुलनामा फेसबुकमा धेरै नै अपराध बढेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकले देखाएको छ।

जय फेसबुक!!!

भन्न मन लागेको कुरा

सानै कुरामा रिसाउने नराम्रो बानी हटाउ है सानू,
आज म सँगको च्याटमै सारा दिन कटाउ है सानू,
नेट ढिलो भयो बाध्यताले अफलाइन हुँदैछु आज
म प्रतिको निष्चल माया कहिल्यै नघटाउ है सानू,
मुटुभित्र अनायासै चोट पुग्छ टाढा नबन है सानू।

सम्झनाले सताउला भरे स्काइपमा भेटाउँला
हरेक दिन एउटा फोटो नबिर्सी पठाउ है सानू,
अनलाइनमा खोज्छन सधैं तिम्लाई यी नयन
मेरो मनभित्रको सबै मृगातृष्णा हटाउ है सानू,
छिनछिनमा हराउने तिम्रो बानी हटाउ है सान।
इमेज भर्षनमा -


नक्कली लाहुरेको अन्तर्कथा



पहिले–पहिले गाउँघर छाडेर पैसा कमाउन परदेश जानेलाई ‘लाहुरे' भन्ने चलन थियो। बिस्तारै ब्रिटिस र भारतीय सेनामा भर्ती खुल्यो। युवाहरू प्रतिस्पर्धामा उत्रिए, र लाहुरे बनेर परदेशिए। गोर्खालीका नामले संसारभर चिनिएका नेपालीले पहिलो विश्वयुद्धदेखि नै लडाइँ लडिसकेका छन्। कतिले वीरगति पाए, कतिले पेन्सन। तर साँच्चिकै लाहुरे हुनेहरूको नक्कल गरेर केही कलाकारले चाहिँ नामसँगै दाम कमाएका छन्। ‘तक्मे बूढा' र ‘लाहुरे दाइ' नेपाली टेलिसिरियलमा चलेका लाहुरे पात्र हुन्। तिनले अभिनयलाई मात्रै प्रचार गरेका छैनन्, लाहुरेका कथा–व्यथालाई पनि जीवन्त बनाइरहेका छन् । उनीहरूका बाउबाजे बहादुर लाहुरे भएर नाम कमाए, उनीहरू ‘नक्कली' बनेर पनि चर्चामा छाएका छन्। गाउँघरतिरका रिटायर्ड लाहुरेका ‘टिपिकल' भाषा बोल्ने यी हास्य कलाकारले धेरैको मन जितेका छन्। तक्माको शक्ति टेलिसिरियलमा चलेका पात्र हुन्, तक्मे बूढा। अर्थात्, विल्सनविक्रम राई। रिटायर्ड लाहुरेको भूमिकामा देखिने विल्सनसँग जोडिएको वास्तविक लाहुरे–कहानी पनि गज्जबको छ। झापामा जन्मिएका उनका बाजेदेखि काकाहरूसम्म सबै लाहुरे थिए। रिटायर्ड भइसकेका आफन्त ब्रिटिस र इन्डियन आर्मीबाट फर्केसँगै तिनका घरघरमा तक्मा झुन्ड्याएको हुन्थ्यो। पेन्सन पाकिसकेका लाहुरे एकै ठाउँ भेला हुन्थे र रमाइला कुरा गर्थे। त्यसबेला विल्सनलाई तिनका कुराले त आकर्षित गर्थ्यो नै तक्मा देख्दा उनी झनै लोभिन्थे। सन् १९१४ मा पहिलो विश्वयुद्ध लडेका बाजेहरूको कुरा सुन्दा उनलाई एकादेशको कथाजस्तै लाग्थ्यो। दोस्रो विश्वयुद्ध हुँदा सन् १९४५ सम्म काका, मामाहरू लडे। तिनीहरू गफिँदा ‘नाइन्टिन फोर्टी'लाई ‘फाउन्टिन' उच्चारण गर्थे। ‘बाजेहरू त्यसबेला ‘रियल टोन' बोलिरहेका हुन्थे,' ओखलढुंगा अँधेरी गाउँको बाल्यकाललाई विल्सनले सम्झिए, ‘उनीहरूलाई अंग्रेजी शब्दप्रति मतलब थिएन, त्यसैलाई सजिलो गरी बोलिदिन्थे।'झापाबाट मामाघर मोरङको कानेपोखरी गइरहने उनी बाजेका तक्मा, बन्दुक, खुकुरीजस्ता लाहुरे–सम्पत्ति देख्दा मख्ख पर्थे। मावली बाजेको नाम थियो– ९३। पल्टनमा बोलाउने नाम नै नम्बरका आधारमा हुन्थ्यो। यसरी लाहुरे परिवेशमै हुर्किएका विल्सनले न त लाहुर भिड्न छाती पाए, न त तक्मा पाए। तर उनले पाएको ‘तक्मे बूढा' को ‘उपाधि' त्योभन्दा महँगो छ।‘मेरी बास्सै' टेलिसिरियलका केदार घिमिरे (माग्ने बूढा) नभेटेको भए सायद विल्सन ‘तक्मे बूढा' बन्ने थिएनन्। सहजै लाहुरेको भूमिका दिएका माग्ने बूढालाई उनी ‘दिने बूढा' भन्न।रुचाउँछन्। ‘मेरो परिवारिक र गाउँको लाहुरे परिवेशले उहाँले। दिनुभएको भूमिका निर्वाह गर्न गाह्रो भएन,' उनी सुनाउँछन्। ‘नाइन्टिन फाउन्टिङमा फोकलेनको टापुमा गुटुङटुङ गोली हान्दा...' यो उनकै बाजेकै बोल्ने शैली थियो जसलाई विल्सनले आफ्नो अभिनयमार्फत जीवन्त पारेका छन्। आफ्नो रिटायर्ड लाहुरेको रोल हेरेपछि एकजना मामाले तक्मा लगाएरै हिँड्न थालेको विल्सनले सुनाए। ‘छोरानातिले लाज हुन्छ भन्दै तक्मा लगाएर नहिँड्नु भनेछन्,' उनले भने, ‘आजभोलि तक्मा लगाएर हिँडेको देख्दा अरू फोटो खिच्न आउँछन् रे।'बाजेले भनिरहने ‘इमान, इज्जेत र प्रेस्टिज' लाई विल्सनले जीवन्त बनाए पनि बाजेले नातिको अभिनय सुन्न/हेर्न पाएनन्। छातीभरि तक्मा भिरेर देखापर्ने विल्सन गोर्खालीको शान र मान तक्मामा अडिएको बताउँछन्। ‘सक्कली तक्मा पाउनेले गोर्खालीको नाम संसारभर राखे,' उनी हाँस्छन्, ‘मचाहिँ नक्कली तक्मे भएर संसार
घुमिरहेको छु।'।पहिलेका दुःख र संघर्षका दिनलाई सुखमा बदल्ने बाजेको तक्मामा ठूलो शक्ति रहेको उनी बताउँछन्। ‘नक्कली तक्मामा त यति शक्ति छ भने सक्कलीमा कति होला?' उनी प्रश्न गर्छन्। तक्मा, कोट, टोपी र दौरा–सुरुवाल लगाएर स्टेज चढेपछि आफूमा ‘सुपर नेचुरल पावर' आउने उनी बताउँछन्। ‘तक्मा लगाएको मान्छे कहिल्यै झुक्दैन,' उनले गर्विलो स्वरमा भने, ‘यदि झुकेको भए युद्ध जितेर पुर्खाले तक्मा पाउँथेन होला।'युद्ध लडेका वीर गोर्खालीलाई ठेस पुग्ने गरी आफूले अभिनय नगरेको उनको दाबी छ। ‘कसैलाई ठग्ने, ढाँट्ने, जाँड–रक्सी खाने दृश्य देखाइएको छैन,' उनले भने, ‘लाहुरेले सबैलाई बाँडेको हुन्छ, मागेको हुँदैन।'
बाजेको बिँडो चिन्नेहरू उनलाई ‘लाहुरे दाइ' भनेरै बोलाउँछन्। अझै पनि कतिले त ‘कहिले रिटायर्ड हुनुभो', ‘कति छिटो भर्ती हुनुभाको रैछ' भनेर जिज्ञासा राख्छन्। थोरैले मात्र वास्तविक नाम सोध्न भ्याउँछन्।‘लाहुरे' बाटै कलाकारितामा छिरेका श्रीप्रसाद थापा वास्तविक लाहुरे भने होइनन्। गुल्मीको जुभुङमा जन्मेका उनलाई कलाकारिता क्षेत्रमा छिर्न लाहुरेको संगतले सहयोग गर्र्यो। रोजगारीका लागि विदेश जाने परम्परा आजको होइन। जहान–छोराछोरी पाल्न बाउबाजे मुग्लान पस्थे। हाडछाला घोट्थे र पैसा कमाएर ल्याउँथे। ‘त्यसबेला जुगुम गाउँमा एक घरबराबर पाँच लाहुरे थिए,' थापा सम्झन्छन् । उनका बाजे र बुबा ब्रिटिस सेनामा थिए। मावली सबै लाहुरे। बाजेले प्रथम विश्वयुद्ध र बुबाले दोस्रो विश्वयुद्ध लडे। परिवारमा लाहुरे माहोल थियो। ‘जता गयो उतै लाहुरे। त्यही परिवेशमा हुर्कें,' उनले भने, ‘लाहुरेकै छोरी बिहे गरेँ।'उनी लाहुरेलाई बडो रसिक प्रवृत्तिका भन्न रुचाउँछन्। आफू पुगेको देश, त्यहाँको युद्ध र घटनाक्रमलाई घर फर्किएर रमाइलो पारामा व्याख्या गर्ने लाहुरेको बानी उनले सानैदेखि थाहा पाएका थिए। ‘गाउँमा पहिलो रज (छुट्टी) आउँदा पञ्चेबाजा बजाएर फूलमालाले स्वागत हुन्थ्यो,' उनी भन्छन्। उनलाई पनि लाहुरे बन्ने ठूलो रहर थियो। ‘तर, बुबाले किन सबै लाहुरे हुने, कोहीकोही त पढ्नुपर्छ भनेपछि भर्ती हुन पाइनँ,' उनी भन्छन्, ‘बि.एल पढ्न काठमाडौं छिरेको नक्कली लाहुरेमै चित्त बुझाउनुपर्र्यो ।'‘तीतो सत्य' टेलिसिरियलका दीपकराज गिरीले लाहुरेको भूमिकामा अभिनय गर्न प्रस्ताव गरेपछि थापाको चर्चाका दिन सुरु भए। थाहा पाउँदादेखिनै घर–छिमेकको लाहुरे र शानबारे उनलाई धेरै ज्ञान थियो। ‘कुन लवजमा बोल्छन्, कुन पल्टन कहाँ छन्, कसरी बोल्छन् सबै जानेको थिएँ,' उनले सुनाए, ‘वल्लो पल्लो घरमा लाहुरे आएपछि साथीहरूसँग रमाइलो मान्दै जान्थ्यौं।'लाहुरेले सुनाउने कथा उनले बिर्सिएका छैनन्। ‘लाहुरेहरूले बोल्ने भाषा मिठासपूर्ण लाग्छ,' उनी भन्छन्, ‘मगर, क्षेत्री, गुरुङ, राई एउटै पल्टनमा हुने भएकाले तँतँ–मम चल्छ। यसले आपसी सांस्कृतिक एकता पनि मजबुत बनाएको छ।' बन्दुक र बुटको कठोर आवाजसँग खेल्ने लाहुरेलाई थापा मनको असाध्यै सोझो ठान्छन्। ‘परिवार, देश, छोराछोरीसँग बस्ने चाहना उनीहरूसँग पनि हुन्छ,' उनी भन्छन्, ‘परिवारलाई सुखले पाल्न उनीहरू बाध्यताले लाहुरे भएका हुन्।' लाहुरेको ठट्यौली स्वभावका कारण आफूले उनीहरूको हाउभाउलाई रुचाएको थापा बताउँछन्। ‘दुःखलाई हाँसी–मजाक गरेरै बिर्साइदिन्छन्,' उनले भने, ‘परिवारलाई रुवाएर होइन, हँसाएर पल्टन छिर्छन्। उनीहरूको रमाइलो जीवनशैलीलाई अभिनयमा उतारेको छु।'उनी नक्कली लाहुरे बनेपछि आमाले भनेको बिर्सेका छैनन्, ‘तेरो बा–बाजे पेन्सन खाने लाहुरे भए। नाम र दामचाँहि तैँले कमाइस्। बाउबाजेको बिँडो थामिस्।' आमाको यही आशीर्वाद उनलाई अझै नयाँ प्रस्तुतिका लागि प्रेरणा दिइरहेको छ।

जंगबहादुर राणा

प्रधानमन्त्री जंगबहादुर राणा

जन्म : १८७४
मृत्यु : १९३३ पत्थर घट्टाना
गरिकता : नेपाली
धर्म : क्षत्रीय
जीवनसाथी : महारानी हिरण्यगर्भा
सन्तान : जगतजंग, जीतजंग, पद्मजंग
पेशा : राजनीतिज्ञ
धर्म : हिन्दु

जंगबहादुर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डार खाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अङ्ग्रेजसंगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाइ खुसी पारी राप्तीदेखि महाकाली सम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कंचनपुर पुन नेपालमा फर्काइएको थियो। प्रधानमन्त्री जंगबहादुर राणा बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ मा भएको थियो। सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव परेको थियो। महारानी हिरण्यगर्भाका साथ जंगबहादुर इ.सं. 1864 वि.स. १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे। तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जङ्ग बहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने। वि.स. १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, र इसर सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो। त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर राणा पद धारण गरे। राणा परिवारमा प्रधानमन्त्रीको पद वंश परम्परागत बन्यो भने शाह राजाहरू थप्न मात्र भए। वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। जंगबहादुरपछि क्रमशः रणोद्दिप सिँह बहादुर राणा (१९३३-१९४२), बीर शम्शेर (१९४२-१९५८), देव सम्शेर जङ्गबहादुर राणा (१९५८-१९५८), चन्द्र सम्शेर जङ्गबहादुर राणा (१९५८-१९८६), भिम सम्शेर जङ्गबहादुर राणा (१९८६-१९८९), जुद्ध सम्शेर जंगबहादुर राणा (१९८९-२००२), पद्म सम्शेर जङ्गबहादुर राणा (२००२-२००५) र अन्त्यमा मोहन सम्शेर जङ्गबहादुर राणा (२००५-२००७) सम्म राणा प्रधानमन्त्रीका रूपमा नेपालमा शासन चलाए।

(यो लेख नेपाली विकिपेडियाको सहयोग लिई तयार पारिएको हो ।)

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...