Friday, November 21, 2014

घर घरको कथा

गाउँको छाप्रोमा एक छोरा सहिद हामी बुढाबुढी निमेक गरेर जीविका चलाइरहेको थियौँ। एउटा विशाल सपना थियो हामी बुढाबुढीको छोरालाई धेरै पढाएर मास्टर बनाउने ताकि हामी जस्तै गरिव दुखीले शिक्षा लिएर रोजगारीको योग्य बनी हामीजस्तो नरकको जीवन जीउन नपरोस्। हाम्रो सपना साकार बनाउन सघाउने कोही थिएन। महिनाभरी मेलापात गएर बल्ल बाइस रुपैयाँ पैसा जम्मा हुन्थ्यो तर छोराको पढाई खर्च अठार रुपैयाँ लाग्थ्यो। बचेको चार रुपैयाँले हामी एक छाक खाएर जेनतेन दिनचर्या काटिरहेको थियौं। जे होस् छोराको तीन कक्षा सम्मको पढाइ त जसोतसो चलेकै थियो तर तीन कक्षाको अन्त्यमा मेरो श्रीमती बिरामी परिन्। छोराको अर्को कक्षाको पढाइको निम्ती भनि साँचेको पैसा जति सबै उनलाई धामीझाक्री हेराउँदा र पुजापाठ गर्दागर्दै सकियो, तर उनको स्वास्थ्यमा केही सुधार आएन आखिर एक दिन उनले पनि छोरालाई मेरो जिम्मा लगाएर यो संसारबाट बिदा लिइन्। सुख दुखमा साथ दिने उहीँ एउटी श्रीमती थिइन् तर उनले पनि मलाई कहिल्यै नमेटिने चोट दिएर भगवानको प्यारो भइदिइन्। आखिर म एउटाले गरेको खर्च कति चल्थ्यो र, स्कुलमा फिस तिर्न नसकेर छोरालाई स्कूलबाट पनि निकालिदियो। यसरी हाम्रो सपना सिसाझै फुट्यो। समय बित्दै गयो, छोरा पनि लाठे र बिवहा गर्ने भयो। यसरी नै मेरो दिनहरु बित्दै गयो, म पनि डाडामाथीको घाम भएँ त्यसपछी मेरो जीवनले अर्कै मोड लियो। मायाँ गर्ने छोराले बुहारी ल्यायो, बुहारीले नाति पायो। मेरो उमेर ८० बर्ष, छोराको उमेर ३५ बर्ष, बुहारीको उमेर २५ बर्ष नातिको उमेर १ बर्ष भयो। नाती बर्षदिनको हुन नपाउँदै छोराले बैदेशिक यात्राको तय गर्र्यो लाखौ नेपालीका छोराछोरीले जस्तै। दश बर्षसम्मको बैदेशिक जोताईमा कमाई राम्रै गर्र्यो रे सुनाउँछन् सुनाउनेहरु। जब नाती चार पुगेर ५ को लाग्दै थियो अब मैले सिकाएको कखरा भन्दा स्कुलको क ख ग अनि ए बि सि राम्रो होला भन्ठानेर गाउकै ज्ञानज्योति प्रा.बि मा नाम लेखाएर आएको कुरा सुनाएँ बुहारीलाई। मेरो कुरा सुन्ने  बित्तिकै बुहारी झर्किँदै भनिन्, "अहँ हुन्न, यसलाई त ठुलो मान्छे बनाउनु पर्छ, धेरै पढाउनु पर्छ। यसका बाउले धेरै पढ्न नसकेकै कारण आज खाडी मुलुकमा के गर्दै छन्। कम से कम यसलाई त आफ्नै देशमा जागिर खुवाउन पर्र्यो, बोडिंङ स्कुलमा हाल्ने हो" भन्दै आधा पखेरा किराले खाएको मकै भुट्न थालिन्। मैले मकै चपाउनै सक्दैन्थेँ तर के गर्ने, खाए खानखाए घिच गर्थी बुहारी। मैले भनेँ, "बुहारी गाउँमा बोडिंङ छैन, यहिँ एउटा प्राथमिक स्कुल छ यसैमा सब अक्षर चिनाउने बर्ष दुईमा त छोरो पनि आउलानी अनि उसलै जे भन्छ त्यहीँ गरौँला हुन्न र?" बुहारीले मलाई उछिन्दै भनिन्, "हैन मैले अस्तिनै फोनमा भनेकी छु छोरालाई अब भर्ना गर्नु पर्र्यो भन्दा उहाँले पनि पहिला त ज्ञानज्योती नाम लिनुभएथ्यो, अनि मैले भन्दिएँ 'के कुरा गर्नुभएको ज्ञानज्योती तपाईको पालाको जस्तो छैन अहिले त पढ्ने भन्दा पढाउने धेरै छन् त्यो पनि पालो गरेर पढाउँछन एक दिन एकजना शिक्षक अर्को दिन अर्को शिक्षक पालैपालो। यो सुनेपछि ए त्यसो भए राम्रो बोडिंङमा हाल भन्नुभयो।' अनि गाउँमा त राम्रो बोडिंङ छैन त्यसको लागि शहर जानुपर्छ भनेर भन्दा हुन्छ छोराको भविष्यको लागि जे गर म मान्छु भन्नुभएको। बुहारी नाति पढाउन शहर  पसिन्। छोरो विदेश लागेको ऋण मेरै थाप्लोमा थियो। उता छोराले पैसा बुहारीको नाममा पठाउँथ्यो। म एक्लो बुढो गाँउघरमा के खाएर बस्नु। एकदिन छोराले खबर पठायो बा तिमी पनि बुहारी र नातीसंगै बस्नु भनेर। म खुशी हुँदै शहर गएँ। बुहारीले एउटा सिंगै तला लिएर बसेकी रहिछन्। त्यो तलामा एउटा चर्पी कोठा, एउटा भान्छा कोठा, एउटा टिभी कोठा र दुइटा सुत्ने कोठा थिए। तर एउटामा चाबी लगाएको थियो, 'सोचेँ आमा छोरा एउटामा अटाए त्यो पाहुनालाई होला।' विभिन्न सरसामानले भरीभराउ थिए कोठाहरु। त्यहाँ भएका सबै समान चलाउन केही जान्ने थिएन, म हेर्न मात्र सक्थें। मेरो बानी फेरी बिहान एउटा खिल्ली चुरोट नतानेसम्म दिशा नखुल्ने चुरोट तान्ने र दिशा त्याग्ने कामसंगै हुन्थ्यो। म पछि नाती ट्वाइलेट गए। ऊ त्यहाँबाटै करायो मम्मी गनायो, मम्मी गनायो। बुहारी कराईन के गनायो छिटो निस्की। नाती निस्क्यो बुहारी पसिन्। ढोकाको चुक्कुल लगाउदै नाके सोरले बोलिन ओहो कस्तो गन्हाको घोडाको लादिनै छाडेझैं बाबारे कसरी सफा गर्नु? बुहारीका यस्तै यस्तै बचनहरु ट्वाइलेट देखी भान्छासम्म सुरु हुन थाल्यो। केहीँ दिनको बसाइपछि मलाई नियास्रो लाग्यो। बुहारीले बस्न खान समेत नदिने भइन्। उनको कालो ब्यवहार बल्ल प्रस्ट हुँदै थियो, मैले उनको राक्षसीपन बुझीसकेको थिएँ। अर्को दिन बिहान बुहारीको मोबाइलमा फोन आयो बुहारीको मात्र आवाज सुनें गुड मर्नींग डार्लिङ …. गाको छैन… खै थाहा छैन तै पनि तपाई चिन्ता नलिनु न म सबै मिलाउछु... केही दिनको कुरा त होनि... पछि ब्याज सहित...। छोराको फोन आएको होकि मैले सोधेँ। बुहारीले फोनलाई हातले छोप्दै झर्केर भनिन्, "होइन मेरो दाई पर्नेको हो, इडियट।" म चुपचाप भित्र पसेँ र नातीसंगै बोल्दै थिएँ। बुहारी अचानक ए! ल ल म आइहालेँ शब्दपछि फोन राखिन्। भित्र पस्दै भनिन्, "मैले खान दिन्छु, ड्रेस लगाई सकेको छ, पल्लो दोकानसम्म स्कुल बस आउँछ चढाई दिनु, मेरो सिटी सेन्टरसम्म जाने काम पर्र्यो अबेला पनि हुनसक्छ, बेलुका पनि लिन जानु नातिलाई।" यस्तो जाने काम म बसुन्जेल परि नै रह्यो। एकदिन मैले नातीलाई ताल्चा लगाएको कोठा देखाउँदै सोधेँ, "बाबु यो कोठा कस्को हो, अनि किन चाबी लगाएको?" नातिले सटिक उत्तर दियो, "हाम्रो अनि मम्मीले", मैले अझ सोधेँ, "कोठामा के छ त थाहा छ, अनि तिमी भित्र गएको छौ? नातिले भन्छ, "छैन, किन र?, हजुर नआउँदा सधैँ पुलिस अंकल आउनुहुन्थ्यो। पुलिस अंकल आउदा मात्रै मम्मीले ढोका खोल्नुहुन्छ अनि पुलिस अंकल राति एक्लै सुत्न डराउनुहुन्छ भनेर मलाई चक्लेट दिएर उहाँकहाँ साथी बस्न जानुहुन्छ। म ममीसँगै त्यो कोठामा गए पुलिस अंकलले मलाई लानुहुन्छ रे, त्यही भएर मलाई लानुहुन्न अनि बिहान मात्र आउनुहुन्छ, मलाई कति डर लाग्छ अब देखि म हजुरसँगै सुत्छु ल हहुरबाबा। मैले नातिलाई सानैदेखि पढ्न नमान्दा डराउन दिन पुलिस आउछ भन्ने गर्थें। मेरो मनमा चिसो पस्यो कतै बुहारी... पुलिस सुतेको कोठामा जानुको कारण... छि छि यस्तो सोच्न पनि हुन्न, यति राम्रो नातीको अगाडी मलाई पाप लाग्छ। एक महिनाको बसाईपछि मलाई बुहारीले प्रत्येक बचनको झटारोले तिखो सियोले जस्तै घोचीँ रह्यो। एक शनिबार बिहानै मनमनै नातिको उज्जल भबिष्यको कामना गरेँ र त्यो घरबाट बिदा भएँ सदाका लागि। पाँचबर्षलाई भनेर लिएको ऋण दस बर्षसम्म पनी तिर्न नसकेपछि घरबारी सबै साहुको नाममा गर्नुपर्र्यो। हात पाखुरा चलुन्जेल त्यहीँ साहुकोमा हली बसेँ। पछि हात पाखुरा चल्न छाडे, जिउ गल्न थाल्यो साहुले पनि हेला गर्र्यो। गाउकै एकजनाले मलाई सुनायो, "तिम्रो छोरा नेपाल फर्किएको थियो रे, घर आउँदा त तिम्रो नातीलाई दुर्घटनामा परेर मरेको बहाना बनाई मारेर पुलिससँग भागीछ रे। छोराले दस वर्ष लगाएर कमाएको सम्पति सबै पुलिसको नाममा गरिसकेछ रे, बिदेशमा गरेको दुख बिर्सिन रक्सी खाएर सडकमा मातेर हिडेको बेलामा आफ्नो श्रीमती र पुलिस सडकमा जिस्किँदै छिल्लिँदै मोटरसाइकलमा आउँदै गर्दा दुबैलाई मारिदियो रे अनि पुलिसले पक्रेर आजीवन जेल हालेको छ रे। मलाई सम्पूर्ण धर्ती आकास फाटेजस्तो भयो। छोरालाई भेट्नभनी शहर पसेँ, कसैले पनि मेरो छोरालाई नचिन्दो रहेछ। आफ्नो भन्नु कोहीँ थिएन त्यो मान्छेको हुलभित्र। हिड्दा हिड्दै त्यो जनवार बस्ने शहरभित्र हराउन पुगेछु। भोक प्यास लाग्थ्यो, छोरालाई भेट्नको निम्ति भनेर एक मुठी सास धान्न माग्दै हिडेँ कहिले फोहोरको डगुरबाट प्लास्टिक र अरु कबाडी समानहरु खोज्दै कबाडीकोमा बेचेर पेट पाल्दै गएँ। छोराको अत्तोपत्तो लागेन, त्यो फोहोरी काम केहि महिना गर्दागर्दै बिरामी परेँ, मर्न पनि सकिएन भन्छन नि 'मर्न बरु गारो हुन्न' तर होइन रहेछ मर्न झन् गार्हो छ किनकि म पछिल्लो दस वर्ष देखी मर्न चाहिरहेको छु खै त मर्न सकेको। धेरैले सोध्छन्, बाजे हजुरको घरमा कोहि छैन अनि घर कहाँ हो। मेरो मनमा गाठो पर्छ र छैन भन्छु अनि घर पुल मुनि देखाऊछु। पुष माघको झरी र चिसो बढेको थियो। पापीहरुको शहरमा म असहायलाई घामले पनि हेलाँ
गरेको थियो। अब त पक्का मरिन्छ भनेर ढुक्क थियो। मर्नु अगाडीको छोरालाई भेट्ने रहर अधुरै भयो तर अर्को रहर पनि त्यो समय मनमा उब्ज्यो। रहर पुरा गर्न पुल मुनिबाट बाहिर निस्केको थिएँ। मेरो दोस्रो रहर थियो अन्तिम पटक घामको मुख हेरेर
मरुँ तर त्यो बिहान घाम निस्केन। कुरी रहेँ, कुरी रहेँ तर अचानक मेरो आँखामा अन्धकार छायो, मैले केही बोल्न र देख्न सकिन।, त्यही अन्धकारमा मलाई कसैले हात माग्यो र भन्यो, "ए हजुर म तपाइलाई लिन आएँ, तपाईंलाई सबैले हेला गरेपनी हाम्रो नाता अजम्बरी छ, म तपाईंको दुख हेरेर माथिको चौतारीमा पर्खी बसेको थिएँ। यो स्वर मेरो स्वर्गिय श्रीमतीको हो, उनलाई मैले देखेको छैन तै पनि हात लम्ब्याएँ त्यो अन्धकार भित्रबाटै यसरी हजुरबाबको जीवनकथा अधुरो भएरै सकिएछ। जब म त्यहीँ हजुरबाबाको घर (पुल) बाट आउँदै थिएँ तब त्यो शहरको जनवारहरु चारपाङ्ग्रे र दुइपाङ्ग्रेमा चढेर क्यामरा, रेकर्डर आदी लिएर आयो। हो, यो शहरको जनवारको प्रवित्तिनै यस्तै हो, अलि अगाडी आएर हजुरबबालाई सहयोग गरेको भए आखिर मैले अझ लामो कथा त सुन्थें। ती जनवारले हजुरबाबालाई मर्र्यो भनेर पत्रिकामा लेख्यो र आर्यघाटमा लगेर आगोको भट्टीमा राखिदियो र आगोले हजुरबाबालाई खरानी बनाइदियो तर ती जनवारलाई के थाहा हजुरबाबा त हजुरआमा कहाँ जानुभएको छ।

Monday, November 17, 2014

मेरो पहिलो गायन अनुभव स्टेजमा

मेरो पहिलो गायन अनुभव ल्होम्बाँस युवा क्लव मल्याङ्कोट-३ लग्दा, स्याङ्जमा (२०७१ सालको तिहार विशेष ल्होम्बाँस साँस्कृतिक साँझमा)
साउण्ड क्लाउड (SoundCloud) मा सुन्न यहाँ क्लिक गर्नुहोस्।

आफन्तीको खोजी

दलविरले निराशाले भरिएको लामो सास तान्दै भुँइबाट एक अँजुली माटो आफ्नो आमाको चिहानमाथी खन्यायो। आँखाबाट आँसुको धारा बगाउँदै तिम्रो आत्माले परमेश्वरको बास पाओस्, जीवित हुँदा केही गर्न सकिन भन्दै निकैबेर हिक्क हिक्क गर्दै रोए। आफ्नो मरेकी आमालाई सम्झेर त रोयो नै त्यो भन्दा बढी उसलाई वरिपरिको वातावरणले अझ धेरै भावुक बनाएको थियो। त्यो ठाउँ र पखेरी सबै उस्तै उस्तै थिए। जंगल अलि पातलिएछ। दस पन्ध्र जति मसिना झुप्रा घरहरु थपिएछन्। वारिपारी खेत पाखा पखेरा उस्तै उस्तै। उ बेलाको खेतहरु अहिले कतै अदुवाको खेती, कतै अकबरे खुर्सानी र कतै घाँसको खेती गरेको रहेछ। मानिसहरूको काम गर्ने तरिका अलि फरक भएछ। जेठको महिना जताततै पालुवा पलाएका हरिया पाखा र खेतमा लहलह परेका मकैका बोटहरु, वारिपारी पाखामा वर्षाका समयमा गएका पहिरोका सेता धर्साहरुले दलबिरको मनमा कतै उराठ लाग्यो। ऊ आफू बसेको नजिकैको तितेपातीको बोटमा बसेर ढुङ्गाले हान्दै अतित तिर हरायो।

उनिहरुको एउटा सानो भिरालो परेको सानो बारी थियो। बारिको बिचतिर सानो झुप्रो घर अनि घरको तलतिरको छेउमा एउटा सँगुरको खोर थियो। अगाडी पट्टि दाउरा राख्ने सानो कटेरो अनि घरवरिपरी सिसौका झ्यालहरु थिए। पिँडालु, सिमलतरुलका बोट एउटा काभ्राको बोट थयो। जीवन गुजारा गर्न सधैं दुख गर्नु पर्र्थो। परिवारमा उसको बाबुआमा उ र उसका दुई बहिनीहरु थिए। घरमा शान्ती भए त सिस्नो, खोले र पानी खाए पनि आरामदायी जीवन हिन्थ्यो तर गरीबी र अभावले घरमा प्राय सधै बाबू र आमाको झगडा परिरहन्थ्यो। आमा कहिले झुन्डिएर त कहिले भिरबाट हामफालेर मर्छु भन्थी। खेतको पछाडीतिरबाट बग्ने ती खहरे पिएर बगेको खोलातिर दुइतिन पटक डुबेर मर्छु भनेर जान्थीन् तर हामी बालबच्चाको मायाले होला त्यसै फर्किएर आउथी। हामीसँग रुनु शिवाय अरु विकल्प थिएन। खप्नै नसक्ने वेदना र गरीबीको पिडाले होला आमाको मन स्थिर थिएन जस्तो लाग्थ्यो। बुवाले पनि हरेक कुरामा हन्डर खाएर होला आफ्नो उत्तरदायित्व पूरा गर्ने कुरामा कानपासै लगाएको थिएन। हामीलाई कहिल्यै चाडवाड आएन। खुसी भन्ने चिजले हाम्रो घरको सँघार कहिल्यै टेकेन। हामी त्यस वेला कठिन पिडाको भुमरीमा फसेको थियौँ। अभाव र गरिबीको पल पल त्रासले हामी हुर्किएको थियौँ। हाम्रो सानो मैलो घर थियो। घरको सरसफाइ भनेको कहिल्यै थिएन। हाम्रो  परिवारको सदस्य प्रायः अर्धनग्न हुँन्थ्यौँ। जुत्ता र चप्पल हामी कसैल देखेनौँ। नुहाउने धुवाउने कुरा त सुर्य उत्तराय र दक्षिराय हुनुपर्थ्यो।

बाबू मानसिक हालत बिग्रिएको जस्तै गरि आमालाई मर्ने जस्तै पिटिरहन्थ्यो। बुवाले पिटेको निलानिला निलडाम लिएर आमा मेरो काखमा आएर रुन्थिन्। यो पितृसत्तात्मक मुलुकको लाचार मानिसहरुको घिनलाग्दो उदाहरण थियो। गाउँमा मुख देखाउन सक्नु थिएन। बुवाले आमा पिटेको बखतमा मेरा साना साना बहिनिहरु कठै बरा! म सँगै दाँजिएर रुन्थे। म पनि उनिहरुसँगे सार मिलाउँदै रुन्थेँ। हाम्रो घरमा सधैँजस्तो साँझ पर्ने बेलातिर यस्तै घटनाहरु घटिरहन्थ्यो। हाम्रो धार्मिक परम्परा अनुसार एउटा अलक्ष्क्षीनको संकेर पनि थियो। आउने दिनहरुका लागि अशुभ र अनिष्ठ लक्षण थियो। आमाको कपडा फाटेर शरिरका संवेदनशील र लाज हुने अङ्गहरु  बाहिर देखिएका थालेका थिए। आमाको त्यस्तो हालत देखेर प्रष्ट थाहा हुन्थ्यो कि आत्म सम्मान र हिनताबोधले निकै गलिरहेको छ।

म अलि अलि मात्र सम्झन्छु, सायद मेरा बहिनीहरु त सम्झैनन् होला। आमा बिस्तारै बिरामी पर्नुभयो। गाउँमा अस्पताल र स्वास्थचौकी थिएन। धामी झाक्री हेराउने र पुजा पाठ त गरियो तर त्यसले निको हुँदै भएन। भगवान भरोषाभन्दा अरु कुनै उपाय थिएन हामीसँग। पेट पाल्न त धौ धौ थियो कसरी गरिन्थ्यो र त्यति महँगो उपचार शहरमा। भदौ महिनाको अन्तिम साँझको मुसलधारे पानीसँगै आमाले अन्तिम सास फेर्नुभयो। हामी त सधै जस्तो रुन्थ्यौँ, त्यो दिन पनि रोयौँ। आमा मरेपछि बुवा धेरै दिनसम्म रुनुभयो। शोक धेरै गर्नुभयो हतारमा गल्ति गरि फुर्सदमा पछुताएझै भएहोला विचरा मेरो बुवालाई। भोलिपल्ट बिहान गाउँले जम्मा भएर कसैले बाँस काटे, कसैले सेतो कपडा ल्याएर आमालाई बेर्न थाले। छिमेकीहरु कसैले चामल, कसैले मकै त कसैले कोदो ल्याइदिए। छिमेकीहरु यस्तै बेलामा चाहिँदो रहेछ। तर एक मनले भक्कानिएर रिस उठेर आएथ्यो मनमा। मेरी आमा जसले हामीलाई सधैंका लागि छोडेर जानुभयो, उहाँको लागि आज गरेको सहयोगले उपचार गरिदिएको भए उहाँ अकालमा मर्नु त पर्दैनथ्यो। तर मान्छेको प्रकृतिनै त्यस्तै हो भनि चित्त बुझाएँ। उनिहरुले आफ्नो कर्तव्य पूरा गरि हामिसँग जात मिल्ने मानिसहरु कोहि अगाडी त कोही पछाडी लागे। कोहिले आमाको लाशलाई अगाडी र पछाडी काँधमा लगाए। अगाडि हिँड्ने एकजना बाजेले ठाउँठाउँमा केही धान र पैसा फाल्दै हिँडे। मेरो बुवा आमालाई बिहे ल्याउँदाको खुसी र आजको दुखत विदाईको बोल्ननै नसक्ने पिडाको सङ्घारमा रुँदै ठाउँठाउँमा मूर्छा खाँदै बहुलाएझै कराउदै आमाको लाशको पछिपछि हिड्दै हुनुहुन्थ्यो। मलाई र बहिनीहरुलाई पनि ती गाउँलेले सँगसँगै लिएर गए। कसैले बच्चाहरू सानैमा टुहुरा टुहुरी भए भन्थे कसैले सृष्टिको लिला यस्तै हो भन्थे। नजिकैको चिहान घारिमा गाउँका ठिटाहरुले एउटा खाडल खने अनि बिस्तारै सानो निदाएको नानीझैँ मेरो आमालाई त्यस खाडल भित्र हालिदियो र माथीबाट माटोले पुर्न लागे। आमाको पार्थिक शरिर रातो माटोले बिस्तारै पुरिँदै गए र गाउँका जम्दार बाजेले मेरो, बुवाको र बहिनीहरुको हात समाएर माटो आमाको चिहान माथि हाल्न लगाए। हाम्रो जिन्दगी अब सधैंको लागि अन्धकार भयो।

मेरा कलिला दिनहरूमा  मैले के नै गर्न सकेँ र, जीवन गुजरा गर्न गाउँको सबैजसो घरमा भाँडा माझ्ने, गोबर भकार सोहर्ने, लुगा कपडा धोइदिने गर्न लागेँ तर जस कहिल्यै पाइन। कति गाली खाएँ, कति कुटाइ खाएँ अनि कति घृणा र अपमान पनि पाएँ। गाउँको दाइहरुसँग टन्टलापुर घाममा दिनभरि नुन बोकेर गाउँको साहुलाई बेचेर नाफा भएको केही पैसाले भत्किएको घरको गारो र छाना हालेँ। कयौँ दुख गर्दा पनि छाप टार्न गाह्रो भएपछी मधेस छिरेर काम गर्ने सुर कसेँ.., हिड्ने बेला बहिनीहरुले राम्रा राम्रा कपडा ल्याइदिनु है दाइ भनेको र बुवाले राम्रोसँग काम गरेर छिट्टै फर्केस है बाबू भनेको कुरा सम्झँदै दलबिर फेरी भक्कानिँदै छातिमा पिटिपिटी ठूलो ठूलो आवज निकाल्दै रुन थाल्यो।

गरीबीको पीडा र अभावले मात्रैले खरानी भएको दलबिर फेरी गाउँ फर्केन उतै हराउन थाल्यो। उमेर ढल्कँदै गरेको जिर्ण शरिर भएको आफ्नो बुवा र कलिला मायाँलाग्दो बहिनीहरुलाई सम्झिँदै उनीहरू माथि ठूलो अन्याय गरेको  अपसोंच हुन थाल्यो। उसले मनमा सोंच्यो, साँच्चै मेरो बुवा र बहिनीहरु कहाँ गए होलान्? अब त बहिनीहरुको विहे पनि भयो होला, मेरो बुवा जिउदो हुनुहुन्छ भने मलाई देखे कति खुसी हुनुहुन्थ्यो होला। सायद अब त मलाई चिन्दैनन् होला। एउटा कुरा त पक्का पक्की छ, हाम्रो घरको अवशेष हेर्दा उनीहरू यहाँ छैनन्। आमा यहि सड्यो। म कहाँ कहाँ भौतारिएँ, कहाँ कहाँ पुगेँ बुवा र बहिनीहरु कता कता लागे... हरे! विधताको खेल यस्तो पनि हुन्छ र भन्दै आमाको चिहानतिर हेर्दै दलबिर फेरि टल्पलायो।

आफ्नो आफन्तको नालिवेली कायकैरन त अर्याल बाजेले मात्र बताउन सक्छन् भन्दै दलबिर तलपट्टी अर्याल बाजेको घरतिर लाग्यो। गाउँको पुरानो शैलीको घर, बाहिर सिरक र पुरानो खाटमाथी झुत्रो र मैलो परेको राडी ओछ्याएर बसेका अर्याल बाजे धेरै बूढो भएछ। दाँतहरु सबै झरेछन्। आखाँहरु भित्र गडेका रहेछन छालाहरु च्याउरी परेका रहेछन्। दिन गन्दै अस्ताउन लागेको घाम भएछ अर्याल बाजे पनि कठै बरा। अर्याल बालेले दलवीरलाई देखेपछि बाबुलाई त कहिल्यै देखेको थिएन कहाँ जाने के थर हो सोधे। बाजे! म आइतेको छोरा दलवीर हुँ, चिन्नुभएन र भन्दै दलवीरले जवाफ फर्कायो। कहाँ चिन्नु र बाबु, तँ भागेको धेरै बर्ष भयो, लाठे पो भइछ त। यतिका बर्ष कहाँ गइस् त बाबु भन्दै अर्याल बाजेले फेरी सोध्यो। बाजे म उतै मधेसतिर थिएँ बाजे भन्दै दलवीरले छोटो जवाफ दिए। तेरा सब जहानहरु पनि कता कता पुगे। दलवीर स्तब्ध हुँदै सोधे कता कता गए र बाजे? तेरो बाबा छयरोग लागेर मरे, बहिनीहरु  झोरा गिराउदै आफै बिहे गरेर गए भन्थे। परारको साल कान्छी बहिनी २ बर्षको छोरा लिएर आएकी थिई, मेरै घरमा ७ दिन बसेर रुँदै गई। तिनीहरु पनि कहाँ जाउन र जाने ठाउँ छैन। आफ्नै घर जस्तै गरेर आएकी थिइन बिचरा। घर त झापातिर कता हो भन्थे। दलबिरको मनले ठाउँ छोड्यो। बाजे म पछी आउँछु है भन्दै रुँदै कराउँदै भक्कानिँदै फेरी आफ्नो आफन्तीको खोजी गर्न तिर लागे।

- एरेन सुबेदी 'हस्ती'

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...