Thursday, November 27, 2014

मेरो उपन्यास लेखन पहल "सम्झौता" को केही (draft) अंशहरु

जीन्दगीमा कयौं कथा व्यथा बोकेर बाँचेको समय मसंग हिसाव देखाउन भन्छ, मैले सधैं पाउ टेक्ने धरती मसंग निष्पक्ष निसाफ देखाउन भन्छ, छुटेका यादहरू कतै छरप्रस्ट होलान् पानाभारी अतीत फर्केर एकपटक जीवनरुपि किताव देखाउन भन्छ। सुड्केस भित्र च्यातिएर जिर्ण अवशेष मात्र बाँकी रहेको पुरानो डायरी पल्टाएर आफ्नो जीन्दगीलाई फर्किएर हेरें । कति उराठ र कहाली लाग्दो जीन्दगी मेरो, अनि फेरी क्षणिक सुखको काल्पनिक संसारमा डुब्न सघाउने प्रांणहिन डायरी मेरो । कठोर सत्य भन्दा मीठो भ्रमनै प्यारो लाग्न थाल्यो, आज आफ्नै जीवनप्रति अर्थहिन आक्रोस जाग्न थाल्यो मलाई ।  कालो हुस्सु लागेर बाहिर चिसोले बस्न सक्ने स्थिती छैन, कोठाको झ्याल खुल्लै छ, जाडोले झ्यालसम्म लगाउने जाँगर आएको छैन। मोबाइलमा नारायण गोपालको मुटुमाथी ढुङ्गा राखी हाँस्नु पर्‍या छ भन्ने गित बज्दै छ । सधैं सुन्ने गरेको गितहरु पनि आज निकै नै राम्रो लागिरहेको छ । एक एक शब्दमा चुर्लुम्म डुबेर गितको भाव केलाउन थालेछु, खै कुन्नि के भयो मलाई, आँखाबाट आँसु झार्दै रून थालेछु । परेलीको डिलमा टिलपिल टिलपिल भैरहेको आँसुलाई औंलामा लिएर प्रश्न गर्न मन लाग्यो - "ए आँसु, म किन जीन्दगीको प्रगति पथमा लम्कन सकिरहेको छैन, जीवनयात्राको केन्द्रबिन्दुमा नपुग्दै किन यसरी थाक्न पुगें ?" आँसुले जीन्दगीमा दुःख पर्दैमा हरेस नखाउ, यसले तँलाई साथ दिने दुइचार व्यक्ति चिनाउने छ, तँलाई काँडामा पनि हिड्न सिकाउने छ भनिरहेको आभाष हुन्छ मलाई, केही हदसम्म मनको भारी हल्का भएजस्तो हुन्छ ।

झिनो आशाहरु धिपधिप बल्दैछन्, सारा खुसीहरुले एक एक गरेर छल्दैछन्, यो निष्ठुर समयले त झन् के सुन्थ्यो र मेरो वेदना एकोहोरो आफ्नै वेगमा बग्दैछन्, सपनाका महलहरु आज सारा एक पछि अर्को गरि ढल्दै छन् । सबले पुज्ने ढुङ्गाको देउतालाई एक एक रुपैयाको सिक्का राखेर कयौं खुसी मागें तर पनि मनमा उमङ्ग र ओठमा हाँसो ल्याउन सकिन मैले, यस्तो लाग्छ सायद देउता पनी पराई बन्दैछ आज मेरो दयनीय अवस्थाबाट । दुनियाँको सामु नाङ्गिने, हरेक पल भित्रभित्रै जलेर जिउने अनि बिनाकारण रात दिन आँसु पिउने कसलाई रहर हुन्छ होला र ? अतीतका दिन याद बनेर पलाइदिएपछि, पीडा र सम्वेदनाले मुटु जलाइदिएपछि आँखाबाट अनायसै बर्खे भेल उर्लिँदो रहेछ । जीवनमा एक्लै छु भन्ने भावले भन्दा पनि मेरो आफ्नो भन्ने कोही थियो भन्ने कठोर सत्यताले मुटु चस्किँदो रहेछ हर पल, हर क्षण । अस्थित्वहिन जीन्दगीका कुनै पानाहरुभित्र बाँचिरहेको मेरो अमर प्रेम, त्यहिँ प्रेम भित्रका भोगाइहरु अनि हराएका मेरा ती अधुरा सपनाहरु खोज्न एकाएक विगतमा फर्किन मन लागेको छ आज मलाई । जीवन तीन अक्षरले बनेको छोटो शब्द जसलाई पढ्न एक सेकेन्ड, सोंच्न एक मिनेट, बुझ्न एक दिन लाग्दो हो तर जिएर सावित गर्न पूरा एक जुनी नै लाग्दो रहेछ । जीवन पढेपनि गाह्रो नपढे त झनै गाह्रो, कयौं दुःखी जीवन जिएपछि थाहा भयो मान्छेको वेथा कतिसम्म साह्रो, अनि फेरी जीन्दगी भरीनै भ्रमले भरिपूर्ण सपना यतिधेरै प्यारो । जीन्दगी क्यारेम बोर्डको खेल जस्तै, जहाँ रानी गोटी सरह मनको चाहना र खुशीका निम्ति कयौं पटक समयको पाउडरमा चिप्लेर लडिरहन पर्ने, असफल भैरहनु पर्ने । आखिर मान्छेको यात्रा शुन्यदेखि शुन्यसम्म रहेछ तर पनि अस्थित्व भरी किन यति धेरै हल्ला गर्छन्, कुर्लन्छन्, उफ्रन्छन्, चिच्याउँछन्, मर्छन्, मार्छन्, लुट्छन्, पिट्छन्, खोस्छन, रुन्छन् अनि फेरी व्यर्थको असन्तोषी कोलाहाल किन मच्चाउँछन् ? हो रहेछ कसैलाई आफूभन्दा धेरै प्रेम र विश्वास गर्र्यो भने त्यसले साँच्चै आजीवन पोल्दो रहेछ, निर्दोष आँखाको परेलीबाट आँसुको बर्खे भेल उर्लिएर आउँदो रहेछ । भन्नले त भन्छन्, आफ्नो लागि रुनु भनेको मोह हो, अरुको लागि रुनु प्रेम हो तर यस्ता आदर्शका कुरा गर्नेहरु व्यबहारिक बन्ने को होला दुनियाँमा देख्न मन लागेको छ मलाई । जीवन, दर्शन र आदर्शको कुरा अरुलाई सिकाउन जति सजिलो हुन्छ तर आफुभित्र लागू गर्न त्यो भन्दा कैयौं गुणा गाह्रो हुँदा रहेछ जुन आज मलाई बोध भइरहेको छ । सल्युट गर्छु त्यसलाई, जसले जीवन जिएर अनि साँच्चै कसैलाई प्रेम गरेरनै भनेको हुनुपर्छ कसैको प्रेम पाउदा मनमा शान्ति मिल्छ भने कसैलाई प्रेम गर्दा अनौठो शाहस मिल्छ भनेर । खेर, जीवनमा खुसी हुनुपर्छ भन्ने धेरै भेटें तर आउ म तिमीलाई खुसी बनाउछु भन्नेचाहिँ को होला मेरो लागि आजकाल यस्तै यस्तै अस्थित्वहिन र प्रसङ्गहिन कुरामात्र खेलिरहन्छ मेरो मनमा । माया, प्रेम, विश्वास, साथ अनि साथ हुनुको यहसास फलतः सबै भ्रम रहेछ । कति मीठो भ्रममा बाँचिरहेको हुने रहेछ मान्छेहरु आखिर धड्कनले पनि मुटुको साथ छोड्दो रहेछ प्राण नभएपछि, छाँयाले पनि साथ छोड्दो रहेछ घाम नलागेपछि फेरी किन कसैको साथको प्रतिक्षामा सारा जीवन व्यतित भैरहेको छ मेरो ? जीन्दगीले किन यस्तो अग्नी परिक्षा लिंदै छ मसँग ? मुस्कानले मुहारको साथ छोड्यो, आफन्तीले नाता तोड्यो, सहयात्री ठान्नेले हात छोड्यो, दोबाटोमा सँगै हिडी गोरेटोमा बाटो मोड्यो तर धन्य छ मेरो आँसु तँलाई, आखिर तँ एउटाले त मलाई आजीवन साथ दिइरहेको छस् । म रुँदा र हाँस्दा साथ दिने आँशु, मेरो दुखः र सुखमा टिलपिलाउने आँशु अनि आँशु मेरो आँखाको सारथी पनि अब मेरो के को गुनासो तिमी आँसुसँग । श्वास त लिँदै छु म तर लाग्छ धड्कन मध्यम हुँदैछ, पिडा अनी दुःख दुबै कम हुँदैछ, भावना अनी सम्बेदना कम हुँदैछ, कस्तो रहस्यमय परिवर्तन होला यो मेरो जीन्दगीको पूरा जीवन रंगहीन अनि सारहीन बन्दैछ। लाग्थ्यो मेरो प्रेम गाथा गित बनाएर गाउँ, सहयात्रीको साथ जुनीजुनीको लागि पाउँ, मन थियो मेरो प्रेमको उदाहरण इतिहासमा लेख्न तर विवस भएँ कथाका दुःखी र अभागी पात्रको रुपमा आफै उभिन । सपना अधुरोनै रह्यो, चाहना अपूरोनै भयो ।

डायरीको पानाहरु एक पछि अर्को गर्दै पल्टाइरहँदा कता हो कता जलन महसुस हुन थाल्छ मनभित्र, कारण म खाटा बस्न लागि सकेको घाउ कोट्याउन चाहन्नँ । आफु, आफ्नो सहयात्री अनि मेटिन लागेको प्रेमको अस्तित्व खोज्न विशाल आकाशमा भौतारिँदा भौतारिँदै म त आफैँ कुहिरोभित्र रुमलिएको मलेवाझै हराउन पो पुगेछु । लाग्न थाल्छ यो झुटो संसारिक माया मोहको जीवन अनि यी स्वार्थी र तुच्छ् मान्छेको संगत गर्नुभन्दा त बरु जंगलको गैंडाझैँ एक्लै भएर सारा जीवन व्यतीत गरुँ कि त कालीगङ्गामा हामफालेर जीवनको सारा बोझिलो भारी बिसाउँ । तर खुसी विहिन मनलाई कता हो कता भित्रको आत्माले मजबुत बनाउँछ, धैर्यताले साथ दिन्छ अनि जीवन जिउने प्रेरणा समेत दिन्छ । दुःख कति हुँदो रहेछ जीन्दगीमा लुकाउनु पर्ने, आँसुसँगै बगाएर सुकाउनु पर्ने तर पनि सुखी छु भनि देखाउनु पर्ने कस्तो विचित्रको रहेछ संसार मेरो, मुटुमाथी ढुङ्गा राखी हाँस्नु पर्ने । जिन्दगीमा अझै कति धेरै सम्झौता गर्न बाकी छ यस्तै नमिठो प्रहरसँग, फेरी किन दुर हुन सकिरहेको छैन आफु आफ्नै रहरसँग ? दुःखी मात्र भएर पनि कति दिन चलाउनु र जीन्दगानी ? मुहारमा खुसी, ओंठमा मुस्कान बिना कसरी जीवन जिउन सकिन्छ त्यो विकल्प खोज्ने प्रयास जारि छ मेरो आज पनि ।

प्रायः आफूलाई निकै वुद्धिमानी, विवेकी, इमान्दार, धैर्यवान, सहनशील, स्वाभिमानी, निडर र व्यबहारिक लाग्थ्यो मलाई विगतमा तर आज विगतको त्यो सुखी पुरुष रहिन म । यो विचित्र संसारका धेरै विवश मान्छेहरू मध्ये म पनि एक हूँ निर्वायत सोच्नुस् अनि घोषणा गर्नुस् पनि । बाँकी मेरो कथा पढेर, मलाई बुझेर र मेरो प्रकृतिको चियोचर्चो गरेर तपाई अवस्य आफै सोंच्न बाध्य हुनु हुनेछ । हुन त जीवन र प्रेम एक्काइसौं शताब्दीको रंगमञ्चमा कथा बनाएर देखाउने चिज त हैन तरपनि खोटो भाग्य, परिस्थिस्थिति, विवशता, भावना अनि अपूर्ण चाहना सब आफ्नो स्थानमा स्थिर रहन सकेन मेरो । सृष्टि प्रेमबाट, सर्वनास प्रेमबाट, अनि अवकाश पनि प्रेमबाट त्यस्तै सुमधुर पिरतिमा असमझदारी बढेपछि, म जस्तो लाचार प्रेमीहरु हुनुपर्ने ज्युदो लास प्रेमबाट । थाहा छैन हिजो सम्मको निकटता आज बिकटतामा कसरी परिणत हुन्छ, फेरी मान्छे आखिर किन बिछोडमा दिन रात यति धेरै रुन्छ । सतह हेरि गहिराई नाप्न सकिन्न, गहिराई बुझ्न डुवुल्कि मार्न जरुरत पर्दो रहेछ । दुई शब्दको प्रेममा कति भाव र अर्थ लुकेको छ आज बल्ल केही मात्रामा महसुस हुँदैछ मलाई । अस्तिको निकटताले कसैको नजिक पुर्‍यायो, हिजोको प्रेमले क्षणिक हाँसो हँसायो, आजको बिछोडले धुरुधुरु रुवायो मलाई अनि सधैं सधैंको लागि वियोगमा तड्पिएर हिँड्ने बनायो।

सबैको मनमा कुरा खेलेकै हुन्छ, कथा वेथामा जीवन जेलेकै हुन्छ । बिरोध गर्छु म ति स्वर्गीय हजरआमासँग, भन्ने गर्नुहुन्थ्यो कि - "कथा भनेको राजा-रानी, राजकुमार-राजकुमारी, देवी-देवता, स्वर्गीय अप्सरा, धनाड्य मानव र दानवको मात्र हुन्छ ।" सधैं 'हामी जस्तो गरिब निमुखा त बिहान बेलुका हात मुख जोर्न काममा जोतिनै ठिक्क हुन्छ, हाँस्दै जीवन जीउने भाग्य मुखिया खान्दानको मात्र हुन्छ । मान्छेको जीवन जिउनै नपाएको हामी अनि कहाँबाट हाम्रो आफ्नो मौलिक कथा बन्छ ?' भनेर मलाई यति ठूलो भ्रममा पार्नुभयो । 'साहित्य भनेको ठूलाठूला विद्वानले मात्र लेख्छन, संसार उनीहरुले मात्र देख्छन' भनेर सानोमा कलम चलाउन खोज्ने कलिला हात, भुवादार भावना र रचनात्मक कार्यमा अवरोध गर्नुभयो । भन्नुहुन्थ्यो  - "बाबु तिमी जस्तो वालखाले त्यस्तो गहिरो कुरा सोंच्न हुँदैन। कलिलै उमेरमा त्यस्तो मसिनो कुरा सोंच्न थाले मान्छे पागल हुन्छ । मेरो नाति त सज्जन र ज्ञानी बन्नुपर्छ, कर्तव्यपरायन, अनुशासित र  नैतिकवान हुनुपर्छ अनि भविष्यमा हर कष्ट र दुःखसँग सामना गर्नुपर्छ ।" तर मलाई माफ गर्नुस् है हजुरआमा! त्यो त हजुरको आत्मविश्वास र अधुरो चाहना मात्र रहेछ । म हजुरले चाहेजस्तो असल नाति हुन सकिनँ, हजुरले भनेजस्तो असल मान्छे बन्न सकिनँ । हो हजुरआमा, आज म आँसुको तालबाट पौडिएर बाहिर निस्किनैँ सकिरहेको छैन, नामर्द बनेर क्वाँ क्वाँ रुँदैछु जीवनदेखी हार खाँदै एकान्तमा, केही पनि नजान्ने ग्वाला र पूर्ण रुपमा पागल बनिसकेँ, जुन कुराको डर र संकोच तपाईँमा थियो त्यही बनायो मलाई विधताले । राष्ट्र र राष्ट्रियताको निम्ति लडेर विजयी बन्नुपर्ने, नाम संसारभर चम्काएर पहिचान बोकेर हिड्नुपर्ने नेपाल आमाको छोरो म, जीवन र प्रेमको लडाइँमा एकाएक पराजित बन्न पुगें । आफ्नै जीवन कथामा खलनायक बन्न पुगें, आफ्नो प्रेमको कहानीमा धोकेवाज प्रेमी घोषित हुन पुगें जुन प्रेम भित्र कुनै मर्यादा देखिन्नँ, कुनै नैतिकता देखिन्नँ, कुनै त्याग र समर्पण देखिन्नँ ।

सुखी लेखक जसले मात्र कथामा काल्पनिक नायकको चर्चा गर्न सफल हुन्छ तर म जस्तो लाचार लेखक कथाको अभागी पात्रको रुपमा आफैलाई उभ्याउन बाध्य हुन्छ । मैले जीवनमा रुन्न भनेर आफ्नै हजुरआमाको सामु गरेको प्रतिज्ञा पूरा गर्न सकिनँ । तर मैले आफ्नो वाचा  बन्धन तोडेको हैन, जीवनमा मैले सोंचेजस्तो अनि चाहेजस्तो केही पनि पाउन सकिनँ । तर यसमा मेरो कुनै गुनासो छैन, जन्मदा रुदै जन्मनु पर्छ, मर्दा रुवाउदै मर्नु पर्छ, अब बचुन्जेलका एक दुई थोपा आसुमा किन यत्रो त्रास ? आखिर आँशु नै त जिवनको नछुट्ने साथ रहेछ । हजुरआमाले मलाई छोडेर नजानु भएको भए सायद आज म यो स्थितीमा पुग्ने थिइनँ । आज आँखाबाट मेरो नामर्दिपनको झोल जति रोक्न खोजेपनी परेलीनै छेक्ने गरि पग्लि रहेको छ । सबैलाई आफ्नो दुःख बिसाएँ आखिर दुई शब्दको सहानुभूति समेत बटुल्न सकिन मैले । कहाँ गएर बिसाउँ म आफ्नो मनको भारी बिसाउनलाई कुनै चौपारी छैन, साथ र सहयात्राको लागि कुनै बिरुवा उम्रिएको छैन मेरो आफ्नो लागि । अनि फेरी भएको साहस, हौसला र निर्देशन दिने अनि सधैं निस्चल माया गर्ने रोग, भोक र शोकले खाएर जिर्ण अनि कमजोर बनेको आमा बुवाको काखमा त्यत्रो ठूलो भारी बिसाइदिँदा बोझले गर्दा अलिअलि शितल दिने रुखको छायाँले पनि कतै मलाई जीन्दगीको यस्तो चर्को टन्टलापुर घाममा टहटह पारेर ढल्ले त हैन डर लाग्छ मनमा, कतै म एक्लोबाट झन वेशाहारा पनि बन्न पुग्ने त हैन भनेर । अब म के गरुँ ? भिरबाट हामफालेर मरुँ कि, पासो लगाएर मरुँ कि, विष पिएर मरुँ ? बाँच्न कति कठिन छ भन्थें तर मर्न त झन कति गाह्रो हुँदो रहेछ । हजुरआमाले मलाई सधैंका लागि एक्लै छोडेर जानुभएपनी उहाँको आदर्श वाणी नास भएको रहेनछ कि क्यार कता हो कता एउटा मनले भन्छ - "अँह, विवेकशील मान्छेले मृत्युलाई हैन जीवनलाई रोज्नुपर्छ, जीवनमा खुसी नआएर के भो त दुःखमा सहनशील बन्न सक्नुपर्छ । मान्छेहरु अर्को जुनी पाउनको लागि यस जुनीमा पुजापाठ गर्छन् रे मैले यहीँ जुनीमा पाएको जीवन किन खेर फाल्ने ?" भन्ने भाव मनमा जाग्दछ । म कसरी भुल्न सक्छु होला, हजुरआमाले गुन्द्रीमाथी झुत्रो कपडा बिछ्याएर एउटा हातमा तमाखु लिएर सुत्ने बेला भन्ने कथा कहानीहरु। कथा सुन्दा त आफूलाई सधैं नायक, सुखी, असल र विजयी पात्रसँग तुलना गर्थे तर आज म किन आफूलाई एकाएक दुःखी र अनाडी खेलाडी महसुस गर्दैछु ? हजुरआमाको चाहना थियो म सधैं खुसी बनूँ, तर म आफैंदेखि सन्तुष्ट छैन अरुसँग पनि सन्तुष्ट छैन भने आखिर कसरी खुसी हुन सक्छु र, आफैलाई छलेर...।

तमु (गुरुङ) हरुको बेद विधि अनुसार " बलि किन चढाइन्छ ?"

बलि अर्थात् काटमारको बिषयलाई लिएर तमु समाजमा थुप्रै विवादहरु देखा नपरेको होईनन् । विशेष गरेर तिब्बतियन लामावादको प्रचलनले गर्दानै तमु समाजमा यी विवादहरु देखिन अएको कुरा स्पष्ट छ । लामावादहरुले सिंगो तमु समाजलाई नै बलि प्रथाबाट हटाइ आहिंसाको मार्गमा हिंडाउन गौतम बुद्धको सिद्धान्त तमु सस्कारमाथि लाद्न चाहन्छ । हामी तमुहरु गौतम बुद्धको सन्तान होईन, तमु प्राकृतिक शक्तिदेखि माथि आकाशबाट उत्पति भएर अएको खे-माँ को सन्तान हौं। यसरी तमु पुर्ब प्रचिनकाल देखि उत्पति भएर आएको हुनाले विभिन्न प्राकृतिक तथा दैवी समस्याहरुसंग पनि जुध्नु परेको थियो, जसलाई बलि दिएर मात्रै सन्तुस्ट हुने थियो । तर यी तमुको पूर्व प्राचिन धर्मग्रन्थ, सस्कार रितिरिवाज र भाषा के थियो भनेर धेरै पछि जन्मेको बुद्धलाई अघि राखेर हिन्ने लामालाई के थाहा हुन्छ र ? हामी तमुहरु पच्यु-क्ल्हेप्री र बोन्पो लमको शास्त्र मार्फत प्रभु परमेश्वर कहाँ पुग्नलाइ पितृ-पुर्खाको बाटो हुदै पुग्ने प्रार्थान गर्दछौ । जो उहाँसम्म पुग्गलाई अनगिन्ती मार्गहरु छन्, जो प्ये- विधि, खोला-नाला, डांडा,उकालो ओरालो यी सबै परमेश्वरले नै
सृजना गर्नु भएको थियो प्रभु परमेश्वरले यशु सृष्टी गर्नु हुन्छ र नाश पनि गर्नुहुन्छ । उहाँको लीला अपरंपार छ, हुन त कुनै पनि जिउँदो शरीर प्रमेश्वर कहाँ पुग्न सकिदैन तर यो जिउदो शरीरलाई दुख दिने आत्माहरु पनि छन् जो पहिले नै परमेश्वरसंग बाचामा बाँधिएको थियो । यसबाट मुक्ति हुनलाई तमुहरुको शास्त्र अनुसार "ङो-मै प्ये बिधि र बलि दिनुपर्ने हुन्छ । जब यो जिउदो शरीर लाशमा परिणत तब शुद्ध आत्मा परमेश्वर कहाँ जानलाई दुष्ट आत्मा देखि टाढा भाग्न खोज्छन् तर दुष्ट आत्माले जान दिदैनँ सताउने काम जारि नै रहन्छ र स्वर्ग पुग्न सक्दैन, त्यसैले यस दुष्ट आत्मालाई नास गर्न र दबाउनको लागि प्रभु प्रमेश्वर अथवा शक्तिशाली स्याम क्रोलु पच्यु र पग्रे पच्युले आफ्नो पाँच शक्ति प्रयोग गरि एक विकराल शक्ति उत्पन्न गर्नुभयो । जसलाई तमु शास्त्रमा यस विकराल शक्तिलाई फैलंग महासर्की रहोरे फेला कर्ने छ्योंबूको नामले पुगरिन्छ र यी शक्तिलाइ पुकारी ती दुष्ट आत्माबाट शुद्ध आत्मालाई मुक्ति प्राप्तको लागि प्रार्थना गर्दै बाचा गरि बलि चढाउछौ र यस दुष्ट आत्मा शर्भिमो को पन्जाबाट फुकाई स्वर्ग "तार्किला मर्किला इचाई देब चैगी सिन्ग्मा " पुराउने महायज्ञ गर्नु पर्छ जसलाई "पय" खस् भाषामा अरघुम भनिन्छ हामी तमुहरुले बलि दुष्ट आत्मालाइ र प्रभुको विकराल शक्तिलाई फैलंगको नाममा चढाउने गर्छौं ।

यो लेख तमु ब्लगबाट साभार गरिएको हो।

झमक घिमिरेको "जीवन काँडा कि फूल" अडियोमा डाउनलोड गर्नुहोस । (Size 40.0MB)

झमक घिमिरेको आत्माजीवनी परक निबन्ध "जीवन काँडा कि फूल" डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

Download karaoke of fewatalma saili dunga sarara

"फेवातालमा साइली डुङ्गा सरर, सम्झनामा तिम्रो तस्बिरै झलल..." भन्ने गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

Click on the above mentioned link to download nepali karaoke of fewatalma saili dunga sarara, samjhana timro tasbirai jhalala...

If you want to download more karaoke please click on the picture given below :

Download karaoke track of bhetna aau relimai

Karaoke Title : Bhetna Aau Relimai Andhi Khola Tarera Syangja Jharera (Syangjali Thito)

Singer : Narjong Gurung

Download Karaoke

Download karaoke of alu tamale



Karaoke Tittle : Aalu Tamale..., Buhari Chaiyo Bhanchhin Aamale...

Singer : Khemraj Gurung

Download Karaoke 

पहिला पढ्नुहोस् नत्र त्यतिकै जिब्रो नटोक्नुहोस्।

परीक्षा चलिरहेको थियो, लोडसेडिङ भएकाले कन्भर्टरबाट बत्ती बालेको थियो। बत्ती अलि कम बलेकाले लास्ट बेञ्चमा अध्यारो थियो। म बाहिर थिएँ, एउटा केटा र केटी लास्ट वेञ्चको झ्यालनेर गुनगुन गर्दै थियो, झ्याल नजिकै कान लगेर सुनेको त तिनीहरु यसरी बोल्दै रहेछ।

केटा: खोई मलाई तिम्रो देखाएर गर्न देउ न!
केटी: नाइँ भयो, अब त दिन्न।
केटा: एकैछिन् त हो नि, देउ न के प्लिज।
केटी: अघीनै देखि गरेको गर्‍यै त छौ नि। अब त भयो, कति धेरै गर्नु पर्छ र? मलाई कति डर लागि'रछ।
केटा: अझै पनि एकछिन गर्छु, तिमी खोलेर
राखी राख न ल!
केटी: ल ल छिटो छिटो गर त्यसो भए, कसैले
देख्ला फेरी!
केटा: केही हुँदैन अब त मैले ५ मिनेट जतिमा
सकिहाल्छु।
केटी: (एकछिन पछि) भ्याएन भन्या कति बेर गरेको, म आत्तिसकें।
केटा: लास्ट स्टेपमा छु के।
केटी: सक्यो? अब त छोप्छु है।
केटा: अँ छोप, मैले पनि भ्याएँ। Thank you so much, तिमीले आज कपि हेरेर गर्न नदिएको भए म परिक्षामा sure फेल हुन्थें।

ठिटा ठिटीलाई परीक्षा हलमा दिउँसै कात्तिक लागेछ भनेको कहाँ हुनु यार।

Wednesday, November 26, 2014

कलेजको पहिलो दिन

भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा, तनहुँ

ट्रिरिररङ्ग ट्रिरिरङ्ग ट्रिरिरङ्ग.... मोबाइलको अलराम बजेपछि निद्रा खुल्यो। मोबाइल हातमा लिएर समय हेरेको पाँच बजेको रहेछ। ओहो! आज त कलेज जानु छ ह्यात्तेरिका! कलेजमा पहिलो दिन अलिक छिटो जानुपर्ने कस्तो अबेलासम्म सुतिएछ। झन आज बिहानै कलेज जानुछ भनेर हिजो फेसबुक र ट्विटर पनि नचलाइकन ८ बजेनै सुतेको थ्यात्तेरीका कस्तो कुम्भकर्ण भएछु यो प्लस टु दिएपछि त यार। गाउँमा पो अबेलासम्म सुते कचकच गरिहाल्थ्यो बुवाले तर शहरमा के काम जति सुतेपनि बालै हुन्थेन अनि आठ बजेसम्म सुत्थें पनि। आफू एक्लै गनगन गर्दै कपडा निकालेर लगाँए। जुत्तामा पालिस् लगाएर जुत्ता पनि लगाएर चिया र पाउरोटी खाएर झोला बोकेर घरबाट निस्किएँ। चोकमा पुगें, बस् आउन पनि कति बेर लागेको रिसको पोका दुध उम्लेझैं उम्लेर आएथ्यो तर के गर्ने टाउको भुँइमा ठोकेर नहुने। पाँच दश मिनेटपछि बस आयो। हात हल्लाएँ बस् रोक्यो, भित्र क्या ह्यान्डसम् र क्या बुलेट केटीहरु थिए। मैले सबैतिर नजर डुलाउन भ्याएन यसो छेवैमा आँखा पुर्‍याएको सुन्दरी केटी रहिछ उनले मलाई बस्नुन भनिन्। मैले नाई भनिन बसें पनि। बोलचाल सुरु भयो, मालेबगरबाट आएकी रहेछ बि. एड. फस्ट एयरमा अंग्रजीनै पढ्दो रहेछ, मलाई लाग्यो साथी त भइहाल्यो। भानुभक्त क्याम्पसमा झर्नुपर्ने मान्छे गेट नाघेर गइसक्दा पनि थाहा पाएन रहेछु अनि उनले हजुर भानुभक्तमा हैन र? झर्ने ठाउँ त गइसक्यो भनेपछी झसङ्ग भएँ अनि तिमी नि, उनले म त पञ्चामुनी भनि। मलाई १२० भोल्टको करेन्टको झड्का लागेजस्तो लाग्यो अनि खलासीलाई ओ दाई भाडा मात्र उठाउने कि पेसिन्जर झर्ने ठाउँ पनि हेर्ने हो? कस्तो साइको हुनुहुँदो रहेछ यार तपाइँ त सम्म भन्न भ्याएछु। तर वास्तवमा "साइको" भनेको के हो आफैलाई थाहा छैन डिक्सनेरी वा विकिपेडिया अथवा गुगलमा हेर्न बाँकिनै छ। यार त्यो त हेर्दै गरुम्लानी पछि टाइम मिलाएर। आफू झर्ने ठाउँ आफूले पो याद गर्नुपर्‍थ्यो बुद्धु मनमनमा आफैलाई भनें तर आफूलाई केटीको अगाडी हिरो सावित गर्नु थियो मुखमा ट्यापेले बोल्ने शब्द फुत्त निस्किहालेछ। ड्राइभरले बस रोक्यो म त्यो केटीलाई नाइस टु मिट यु भनेर ओर्लिएँ। ओहो कस्तो भुलक्कड म, उनको नाम पनि भुलिछ, हतारमा फेरी नम्बर पनि माग्न पाएन। नाम थाह भए त गुगलमा आमाबुवा पाउन लागे त्यो केटी कसो पाउथेन हुँला र। एकछिन गफ निकै मिठो चल्यो। यो आत्मियता भन्ने कुरा पनि कस्तो जति छोटो उति मिठो। मैले त्यो पाँच दश मिनेटमै यति गहिरो आत्मियता महसुस गरें त्यो नाप्न मुटुको धड्कन नाप्ने मेसिनले पनि सायद क्याच गर्न सक्दैनँथ्यो होला तर मैले त्यो कष्ट गरिन जे होस् मैले अरु साथीकोझैं उनको के कमजोरी थियो पत्ता लगाउन नसकेपनि खलासीलाई हप्काइहालें यहिं त होला केटीहरुको केटालाई हातको औंलामा नचाउन सक्ने शक्ति हुन्छ र अनौठो साहस पनि भरिदिन्छ भनेको। त्यो केटीले मलाई औंलामा नचायो कि नचाएन त्यो त उनैलाई भटेर सोध्नुपर्ला। तर साहस भने साँच्चै भरिदिएको हो, नत्र त म जाबो यत्रो फुच्चे मान्छेको कहाँबाट आउँथ्यो त्यत्रो खलासीलाई थर्काउन सक्ने साहस निमोठेर फालिदियो भने भकुन्डोझै गुल्टिन्थें होला म डल्ले फर्सीझैं।

मंसिरको महिना, कलेजको नयाँ परिवेश, सिरसिर चलिरहेको चिसो बतास, चारैतिर सुनसान वातावरण, आँखै नदेख्ने गरि लागेको कालो हुस्सु, गाउँकै हास्कुलमा प्लस टु गरेर कलेज पढ्ने सपना बोकेर शहर छिरेको, मनमा एक किसीमको उकुसमुकुस त थियो नै। भानुभक्त बहुमुखी क्याम्पस लेखेको गेट भित्रबाट छिरें, कलेजको पालेलाई ट्वाइ लेट सोधें, पालेले औंलाले देखाइदियो, म गएर पिसाप फेरेर बाहिर आएँ। सबै अपरिचत थियो, कसलाई सोधुँ बि. एड. फस्ट एयरको कोठा कुन हो भनेर मनमा एक किसिमको आत्तेस जागिरहेको थियो। जे होस् परेपछि टरिंदो रहेछ एउटा कोठामा बत्ति बलिरहेको थियो। नजर डुलाएको एउटा केटी मोबाइल खेलाउँदै रहेछ। मैले उनको ध्यान म तिर मोड्दै भनें एक्सक्युज मि, बि. एड. फस्ट एयरको क्लास कुन चाहिं होला? उनले मतिर फर्कँदै भनिन् खै म पनि धेरै भएको छैन आएको जम्मा दुई दिन। आउनुन भित्रै कोहीं आएको छैन। मलाई कोही आएको छैन भनेपछी ढुक्क भयो समयमै आइपुगेछु भनेर। म उनी बसेको ठाउँमा बस्दै वाई द वे तपाईको नाम? मैले सुरुमै नाम सोधें। खै समिक्षा भनेझैं लागेथ्यो फेरी दोहर्‍याएर सोध्न न्यायोचित लागेन। उनले हजुरको नि मैले बिकास। अनि कहाँबाट आउनुभएको, कहाँबाट एस्एलसी, गर्नुभएको, कहाँ बस्नुहुन्छ भनेर सोध्यो लागेथ्यो रेडियोमा एउटा कार्यक्रम प्रस्तोताले मेरो इन्टरभ्यु लिंदै छ। मैले पनि मल्याङ्कोट स्याङ्जाबाट आएको; खड्गकाली मा.बि. मल्याङ्कोटबाट एसएलसी, महेन्द्र उ.मा.बि जगतभञ्ज्याङ बाट प्लस टु गरेको, अनि हाल खैरेनिटार बस्दै छु भनें। मैले उनलाई उनैले गरेको प्रश्न उल्ट्याएँ ब्राइट चोकमा बस्दो रहेछ, खैरेनीकै हाइस्कुलबाट प्लस टु गरेको र अहिले वि. वि. एस्. मा भर्ना भएको रहेछ। हाम्रो यति कुरा सक्न साथ सबै कलेज पढ्ने बिद्यार्थीहरु आए। मैले एउटा अग्लो क्याप भएको केटालाई सोधें, ऊ पनि मेरै तह र शिक्षा संकायमा नै पढ्ने रहेछ। नाम उसको सुमन रहेछ। साथी बनाइहालें मैले उसलाई अनि सँगै कक्षाकोठामा छिर्‍यौ हामी। कक्षामा जताततै केटीहरुमात्र देखिन्थ्यो केटा भनेको सुमन र म मात्र। अंकलको उमेरको एउटा मान्छे कक्षामा आयो। गुड मर्निङ सर! को सामुहिक आवज कक्षा कोठाभरी फैलियो। हामीलाई पढाउने शिक्षक सुमनले कानमा खुसुक्क भन्यो। मैले नाम के हो भनें उसलाई पनि थाहा रहेनछ। आएर डाइरेक्ट नोट लेखाउन थाल्नुभयो। म त ट्वाल्लै कुन बिषय पढ्दै छौ त्यो पनि थाहा भएन। कपि कलम झिक्दाझिक्दै भनिहाल्नुभयो मैले हतारहतार दुईचार लाइन छोडेर नोट सारें र छोडिएको जति सुमनको कपी हेरेर सारें। कस्तो सिस्टम नभएको सर रैछ यार, हामी जस्तो नयाँ विद्यार्थीलाई स्वागत गर्ने, परिचय गर्ने हुन्छ नि तरिका तर बुढोले केही गरेनँ। आफ्नो लेक्चर सकेर निस्कियो, मैले सुमनलाई सोधेँ हामी कुन बिषय पढ्यौ ऐले? उ हाँस्यो र खै लिङ्गुइस्टिक कि केहो भन्छ। जाम अब भनेर कक्षाबाट निस्कियौ। बि. एड. पढ्ने सबै जना एउटै कक्षामा बस्दा पनि केटीहरु चालिस पचास जना तर केटाहरु जम्मा चार पाँच जना थियो। म छक्कै परें किन कलेजमा केटीहरु मात्रै छ भनेर। जाबो त्यति केटाहरुपनि केटीलाई जिस्काउँदै थियो म चुप लागें। सबै मिलेर खनियो भने नमस्ते भन्दै खुट्टा ढोग्नु शिवाय अरु उपाय हुन्थेन।

एक पछि अर्को गर्दै सर पढाउँदै जाँदै गर्नुभयो तर कसैले आफ्नो परिचय पनि दिएन मलाई नत मेरो परिचय खोज्यो। कक्षामा शिक्षाशास्त्र पढाउने सर पस्नसाथ हल्ला खल्ला मच्चिन थाल्यो। उहाँ अलि हँसिलो स्वभावको हुनुहुँदो रहेछ। उहाँ बोल्नसाथ त्यो अगाडी बस्ने केटीहरु मुर्छा परेर हाँस्थ्यो तर मलाई किन हाँस्दैछ उनिहरु पत्ता भएन। यस्तो लागेथ्यो सरको एक एक शब्दले उनिहरुलाई काउकुती लगाइरहेको छ। नत्रभने त्यती हाँसो लाग्ने कुरा त केहीँ गर्नुभएको थिएन अथवा सायद वैश चढेको भएर होला। नेपाली पढाउने मेडम आउने बित्तिकै कडा स्वरमा भाषाण सुनाउन लाग्नुभयो, हल्ला गर्न मन लागे बाहिर जाने भनेर सन्किनुभयो। मैले कति कडा रहेछ मेडम त मनमनै सोंचें। दुई जना केटीहरु मेडमले पढाउँदा पढाउँदै बाहिर अनुमतिनै नलिइ निस्कियो। मलाई लागेथ्यो सायद केहीं काम परेर गएको होला अहिले आउँछ तर पुरा घण्टीसम्म पनि आएन। हिजोसम्म कलेज जिवन कस्तो हुन्छ होला भनेर उठ्ने मन भरिको प्रश्न आज एकै दिनमा थाहा पाएँ मैले। कलेज भनेको नर्सरी कक्षा जस्तै रहेछ पढ्न बस्नै पर्छ भन्ने नहुने र कलेज पढ्नेहरु चाही नर्सरीमा पढ्ने केटाकेटी जस्तो मन लागे बस्ने, नत्र बङ्क हान्दिने अथवा कसै नभए कक्षामा हल्ला गर्दै बस्ने। म संगैको बेञ्चमा बस्ने केटाहरु पनि कहिले अगाडी, कहिले पछाडी, कहिले दायाँ, कहिले बायाँ गर्दै कक्षाकोठामै भ्रमण गरिरहेका थिए। यस्तो लागेथ्यो रगत चुस्न लागेको जुका यता र उता भौताररहेको छ। कलेजको पहिलो दिनको अन्तिम् सर जुन मलाई पहिलो नजरमै प्रभावित पार्न सफल हुनुभयो। खै नाम त थाहा भएन तर मेरो बिहान देखिकै मनमा खड्किरहेको सिस्टमको तिर्सना उहाँले मेट्नुभयो। आउनसाथ मेरो परिचय गराएर यति मिठो पढाउन थाल्नुभयो, सायद पहिलो दिनको बेस्ट टिचर अफ द कलेज उहाँनै बन्नुभयो मेरो लागी। जेनेरेसन भन्ने ऐच्छिक अंग्रेजी पढाउनुहुँदो रहेछ। तर अन्तिमको उहाँको बोलीले मलाई साह्रै नरमाइलो बनायो कि उहाँ अब हप्ता दिनमै सरुवा हुनुहुँदै रहेछ। मलाई आफ्नै भाग्यसंग प्रश्न गर्न मन लागेथ्यो त्यतिबेला किन जुन चिज मेरो लागी प्यारो बन्छ उहिं चिज टाढा भैदिन्छ भनेर तर केही छैन उहाँको पहिलो दिनको त्यो शालिन ब्यवहारनै मेरो लागी एउटा मिठो क्षण भन्नेछ भन्ने कुरा खेलाउँदै म घर फर्किंएँ।

साथीहरू भन्नेले त भन्छन् "campus is just time pass" तर भन्नेहरुले जे भनेपनी स्कुल स्कुल नै हो चाहे त्यो कलेज होस् चाहे युनिभर्सिटीनै किन नहोस् अनुशासनको अनौठो कडि हुन्छ विद्यालयमा जसभित्र हामीले आफूले आफैलाई सिमान्तकृत गर्न बाध्य हुन्छौं। आफ्नो स्वतन्त्रताको नाउँमा नचाहिने भद्रगोल मच्चाएर के पाइन्छ?