Thursday, January 01, 2015

कसरी इम्प्रेस गर्ने आफूले मन परेको मान्छेलाई ?

युवायुवतीहरु आफूले मन पर्ने केटा वा केटीसँग कसरी कुराकानी गर्ने भन्ने कुरामा अन्यौलमा परेको हुन्छन् । यहीँ कुराको चिन्ताले कयौं युवायुवती मानसिक तनाबमा समेत परेको देखिन्छ । केटाहरु केटीसँग कुरा गर्न नसकेर आफू कमजोर भएको महसुस गर्छन् भने केटीहरु केटाहरूलाई आफ्नो वसमा पार्न नसकेको महसुस गर्छन् । युवाहरूले केटी साथीलाई प्रभाव पार्न नसक्ने गुनासो त कुनै नौलो कुरा हैन सायद । युवाहरु त्यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्, जो देख्दा आकर्षक, मीठो बोलिचाली र मुस्कान, साधारण तर आकर्षक पहिरन र उनको चाल चलन पनि राम्रो होस् । बिचार गर्नुहोस् यस्ता कुरा मनमा आएपछि युवाहरू विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्छन् । त्यस्तै युवतीहरूको मामिलामा पनि यस्तै कुरा लागू हुन्छ । केटीहरु साधारण किसिमको पहिरन, मीठो बोलिबचन, मुस्कान, चाल चलन र आनिबानी भएको केटाहरू मन पराउँछन् । कसैमा यस्ता भ्रम पनि पाइएको छ कि आफ्नो केटा वा केटी साथीलाई प्रभावित तुल्याउन आधुनिक पहिरन, पाश्चात्य भाषा र लागुपदार्थ सेवन गर्नुपर्छ । त्यसैले कपालको कटाई, जिब्रोको बोलाई र शरिरको लगाईमा समेत कस्तो कस्तो विधीहरु अपनाएको हुन्छ । यदि यस्तो भ्रम तपाईंको मनमा पनि छ भने त्यो भ्रम आजबाटै त्याग्नुहोस् र निश्चित बिन्दुमा आउनुहोस् । दुबैले आफूले मन पराएको मान्छेको साना साना कुरामा ध्यान दिएर मधुर मुस्कान दिँदै सकरात्मक प्रतिक्रिया दिनुहोस् । युवाहरूले सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुपर्छ । आफ्नो अहमलाई कहिल्यै प्रस्तुत नगर्नुहोस् । दुवै पक्षले आफ्नो श्री सम्पत्ति र आय ज्यथाको धक्कु कहिल्यै नलगाउनुहोस् ।  इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । एकअर्कासँग बोल्दा छोटो तर मीठो बोल्नुपर्छ । साधारणतयाः बोल्ने युवकले युवतीलाई फोनमा र च्याटमा जिस्क्याउन बढी मन पराउँछन् तर तपाइले यसमा फिक्रि लिन कदापि हुँदैन किनकी यसले तपाइमा आत्मियता बढाउँछ ।  यदि तपाइँलाई आउँछ भने कथा, कविता, गजल, जोक्स आदी सुनाएर पनि एक अर्कालाई प्रभावित पार्न सक्नुहुन्छ तर यदी तपाइँलाई आउँदैन भने जानि नजानी भन्न नखोज्नुहोस् र अस्लिल किसिमको कुरा नगर्नुहोस् यसले तपाईंको प्रतिष्ठा घट्न सक्छ । युवाहरु बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् तर यस्तो कहिल्यै नसोंच्नुहोस् किनकि ऊ तपाइँलाई बोलेरनै रिझाउन खोज्दै हुन्छ । तर कोही युवक वा युवती भने कम बोल्ने प्रकृतिको हुन्छन् त्यो तपाइले उनीहरुको अनुहारमा हेरेर मनोविज्ञान पढ्नुपर्छ । युवातीहरु सुरुमा नबोलेपनि पछि बोल्न थालेपछि चुप नरहनुहोस जसले उनको मस्तिष्कमा नैरस्यतापन निम्त्याउन सक्छ ।  एक अर्कासँगा बोल्दा पाश्चात्य भाषा र फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । आजकाल प्रायः सबैको मुखमा त्यहीँ पाश्चात्य भाषा र फिल्मको थेगोहरु जस्तै 'म त मर्छु क्या हो', 'ए हो ठिकै छ नि त', 'ट्यानटराङ', 'सक्किगोनी', 'स्लो मोसनमा' जस्ता वाइयात कुराहरूले तपाईंको रोमान्टिक क्षणको समेत भताभुङ्ग गरेर तपाईंको आत्मिय बढाउने कयौं समय त्यतिकै खेर जान्छ । अर्को जान्नै पर्ने कुरा केटाहरुले फिल्म वा टिभी कार्यक्रमको देखासिकी गरेर केटी पट्याउन सकिने भ्रम पालेका हुन्छन्, कतिले केटी पट्याउनु सय किलोको भारी उठाउनु सरह मान्छन् त कतिले आफू कुरुप भएर कतै केटीनै नपाउने हो कि भन्ने तनाबमा परेको हुन्छन् । तर त्यो सोंचमा पनि बदल्नुहोस् । तपाईं लायक बन्नुस् केटीहरु तपाईंको पछि लाग्नेछ । प्रायः सुन्दा तितो लाग्ने कुरा केटाहरू सुन्दरताको पछि कुदछन् भने केटीहरु लायकताको पछि कुद्छन् ।  हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हातको प्रयोग गरेर भन्न सकिन्छ । यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ । तर, यसमा के ध्यान दिनुपर्छ भने उनको यसमा कस्तो प्रतिक्रिया आउँछ । विना प्रतिक्रिया हामफाल्नुभयो भने ड्ब्नुको बिकल्प रहन्न । तर, उनको प्रतिक्रिया सकारात्मक आयो भने अरु केही नसोंच्नुस मात्र सोंचे हुन्छ केटी वा केटा तपाइसँग इम्प्रेस छ, अनुकुल समयमा प्रपोज गरे हुन्छ ।

Wednesday, December 31, 2014

यौन चाहना भयो भने कस्तो व्यवहार देखाउँछन् त महिलाहरु ?

पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ । पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने स्वभावका हुन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१. तपाईलाई छुने बहानामा नजिक हुनुः महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु
खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भनेपनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

२. नजिक भएर लामो लामो स्वास फेर्नु : यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

३. एकान्त होस भन्ने चाहेमा : यदि कुनैपनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४. अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु : स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५. अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखेमा : यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

Tuesday, December 30, 2014

साँचो माया गर्दा 'गजल'

साँचो मायाँ गर्दा मेरो आज यस्तो हाल भयो ।
हिजो जीउने आधार थियो आज मर्ने काल भयो।
रोकेर नसकिने मुसलधारे बर्खे झरी सरी,
लाग्छ यस्तो मेरो आँसु समुन्द्रको छाल भयो ।
हाम्ले सँगै बिताएका तिता तिठा अतितका पलहरु
सम्झिएर रूँदा आँखामा आँसुको ताल भयो ।
जानी जानी बाटो मैले बिराएको कहाँ थिएँ र,
तरपनि जीन्दगीमा कसैबाट आज ठूलो जाल भयो ।

Monday, December 29, 2014

के हो तमू ल्होसार अनि कसरी मनाइन्छ ?


गुरुङ समुदायले 'ल्हो' तथा बर्षहरु बाह्रवटा भएको विश्वास गर्छन् । यसरी यस समुदायले बाह्र वर्षमा एक युगको परिकल्पना गरेको हुन्छ । गुरुङ समाजमा जान लागेको पुरानो बर्षको विदाई गर्नका लागि ल्होसार आउनुभन्दा २/३ दिन पहिलेदेखि लामाहरू आमन्त्रण गरी भव्य पूजा गरिन्छ । बाह्र वर्षको नाम पशुपंछी र जीव जन्तुका नामबाट राखिएको हुन्छ । तमू ल्होसार भनेको गुरुङ जातीको नयाँ नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरुको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । तमु पात्रो तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्र अनुसार थाह पाउन सकिन्छ । तमूहरुको ल्हो यसप्रकार हुन्छ:
‍‍१. ‍‍‍मुसा वर्ग (च्यु-ल्हो)
२. गाई वर्ग (ल्वोँ-ल्हो)
३. बाघ वर्ग (तो-ल्हो)
४. बिरालो वर्ग (हि-ल्हो)
५. गिद्द वर्ग (मुप्री-ल्हो)
६. सर्प वर्ग (सप्री-ल्हो)
७. घोडा वर्ग (त-ल्हो)
८.भेंडा वर्ग (ल्हु-ल्हो)
९. बादर वर्ग (प्र-ल्हो)
१०. चरा वर्ग (च्हया-ल्हो)
११. कुकुर वर्ग (खि-ल्हो)
१२. मृग वर्ग (फो-ल्हो)


तमूहरुले कृष्णपक्षीय चतुर्दशीको दिन अथवा जान लागेको पुरानो बर्षको विदाई कार्यक्रममा गु थुग्पा खान्छन् । नौ किसिमका विभिन्न गेडागुडीहरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकै
ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खान्छ । त्यसपछि आउन लागेको ल्होसारको लागि विशेष गरी घरहरू सजाइन्छ । भरको भित्ता पाखामा स्वस्ति चिन्हहरू कोर्दछन् । चाङका चाङ रोटी (खमस्य) पकाएर थुपार्छन्। ल्होसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन । विभिन्न चिज विज हालेर बनाएको पीठोको परिकार (क्षेमर) र अमृत खाने गर्छन् । घरको आँगन र डाँडा पाखामा रंगीचंगी झण्डाहरू फरफराउँछन् सेरङसेरक्येम (कुलदेवता बुझाउन) लगाउँछन् । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य) को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सो सो ल्ह ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो दिनबाट
फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेलाभई एक आपसमा टशि देलेक आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभूषामा उभिएर मिठोमिठो खानेकुराहरू आदान–प्रदान गरी ल्होसार मनाउने गर्छन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहर दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तरतिर फर्केको हुन्छ । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भन्ने विश्वास गरिएको छ। त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा ल्होसार मान्ने गरेको हो ।

(द्रष्टव्य: सबै ठाउँमा ल्होसार मनाउने तरिका उहीँ नहुन पनि सक्छ र यो लेखमा विभिन्न विद्वानहरुको सहयोगमा तयार पारिएको हो ।)

"शिरिषको फूल" अडियो भर्सनमा डाउनलोड गर्नुहोस् ।

"शिरिषको फूल" पारिजातद्वारा लिखित नेपाली उपन्यास हो । उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति संवेगबाट प्रसारण भएको उपन्यास "शिरिषको फूल" को पूरा भाग अच्युत घिमिरेको आवजमा डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

नेपाली लोकप्रिय उपन्यास 'शिरिषको फूल' को पूरा पृष्ठभूमि सहितको अडियो भर्सन अच्युत घिमिरेको आवजमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

वाइफाई लवर (Wi-Fi lover)

जीया धनि बाउको एक्ली छोरी हुन् । उनी भर्खरै एसएलसी पास गरेर कलेजमा भर्ना भएको छिन । आजभोलि उनको घरको गेट नजिक एउटा ह्यान्डसम युवक देखिन थालेको छ । कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ।  कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाजले शिर निहुराउछ, कहिले आँखा जुध्छन त कहिले छड्के नजरले हेर्दा अचानक आँखा जुध्छ र दुवै मुस्कुराउछ तर बोल्न सक्दैनन् । संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिनमा र साँझ बिहान हर पल जीयाको घर वरिपरि देखिन थाल्छ । यसरीनै झन्डै महिना दिन यो क्रम चलिरहन्छ तर कुरा गर्न दुबैले सक्दैन । जीयाला लाग्छ त्यो युवक पक्कै पनि आफूलाई मन पराउछ । कता कता उनलाई त्यो युवक मन पर्न थाल्छ । हेर्दैमा साधारण, भलाद्मी सुन्दर र आकर्षक देखिन्छ त्यो युवक । जीयाले आफ्नो कक्षामा साथीहरुसंग त्यो युवकको बारेमा कुरा कुरा गर्छे । सम्पूर्ण साथीहरुले पनि 'पक्कै त्यो केटाले तँलाई मन पराउछ होला' भन्छ र एक पटक भेटेर कुरा गर्ने सल्लाह दिन्छ । त्यहीँ दिन कलेजबाट फर्किँदे गर्दा जीया हिम्मत बटुल्दै 'हाई, तिमीलाई म संधै यहीँ देख्छु तर किन जान्न सक्छु ?' भनेर प्रश्न गर्छे । युवक अक्मकाउँछ, जीया उछिनेर बोल्छे - "मैले थाहा पाएँ तिम्रो मनको कुरो, मैले धेरै दिन कुरें, पहिलो प्रस्ताव तिमीले राख्छौ होला भनेर तर तिमी त कति लाज मान्दा रहेछौ, सायद मनको कुरा भन्न संकोच मान्यौ होला हैन ?, त्यसैले मैलेनै हिम्मत गरेर तिमीलाई भन्ने आँट गरें, हो म पनि तिमीलाई मन पराउछु । तिमी ढुक्क भएर मेरो घरमा आउ मेरो बुबा आमासंग मेरो हात माग्न अनि हामी बिहे गरौँला ।" जीयाको कुरा सुनेर युवकले अप्ठेरो महसुस गर्छ । युवक कपाल कन्याउँदै बोल्छ - "म त बास्तवमा तिम्रो घरको वाइफाईमा पासवर्ड रै'नछ, त्यही भएर फ्री नेट चलाउनलाई यहाँ आउने गर्छु ।"