Friday, July 31, 2015

कसरी आफ्नो blogger account register गर्ने ?

जब मैले ब्लग लेख्ने काम सुरु गरें तब मेरो साथीहरू पनि आफ्नो बल्ग खाता खोल्न निकै प्रेरित भए फलस्वरुप सबैको खाता तयार तर साथीहरुले मलाई बारम्बार फोन र इमेलमा भन्नुहुन्छ - "मेरो ब्लग त हरायो, डिलिट भएछ क्यार अथवा आफ्नो भिजिटर बढाउन सक्नु त परैको कुरा आफ्नै ब्लग पनि खोज्न र पोस्ट गर्न समेत जानिएन । म कयौं मौखिक सुझावहरु दिएर उनीहरुलाई बुझाउन खोजें तर सकिएन । यो मेरो नयाँ ब्लगर साथीहरुको मात्र हैन आम नयाँ ब्लगर साथीहरूको ब्लगिङ क्षेत्रमा देखापर्ने सबभन्दा पहिलो कदमको समस्या हो तर समस्या त्यति जटिल पनि छैन ।

त्यस्तै गरि यस ब्लगको नियमित पाठकहहरु आफ्नो पनि ब्लग खाता बनाउन चाहनुहुन्छ र कयौंले ब्लग त खोलियो तर त्यसै हरायो भन्ने जस्ता समस्याहरु देखाउनु भयो । उहाँहरुको अनुनय विनयको कारण म यहाँहरुलाई कसरी ब्लग साइट बनाउने र त्यसमा आफ्नो Image, Text तथा Video अपलोड तथा पोस्ट गर्ने भन्ने सम्बन्धमा एउटा साधारण ब्लगर ट्रिक्स तयार गरेको छु ।

ब्लगर एकाउन्ट दर्ता गर्न तपाईँसग गुगल एकाउन्ट हुनु अनिवार्य छ । यदि तपाईंसँग गुगल एकाउन्ट छ भने तपाईंले केही स्टेपहरु पूरा गरेपछि ब्लगस्पट सब डोमेनमा स्वतः तपाईंको ब्लग सुचारु हुन्छ । यदि तपाईँसँग गुगल एकाउन्ट छैन भने आफ्नो गुगल एकाउन्ट निःशुल्क दर्ता गर्नुहोस् । यदि तपाईंसँग गुगल एकाउन्ट छ भने अब ब्लगर ब्लग एकाउन्ट बनाएर इन्टरनेटमा आफ्नो पहिचान स्थापित गर्न तयार हुनुहोस् ।

• आफ्नो डिभाइसको PC Browser (Firefox, Mozila, Chrome, Internet explore, Opera Beta, etc.) बाट => Blogger Home भित्र पस्नुहोस् वाwww.blogger.com लग इन गर्नुहोस् । कृपया प्रोक्सी ब्राउजरहरु (Operamini र UC Browser) को प्रयोग नगर्नुहोस् ।

• गुगलले तपाईंको एकाउन्ट र पासवर्ड माग्छ । आफ्नो गुगल आइडी (जिमेल) र पासवर्ड हानेर लग इन गर्नुहोस् ।

* यदि तपाईंको जिमेल तथा गुगल एकाउन्टबाट पहिलेनै ब्लग बनाइसकेको रहेछ भने तपाईले कतिवटा ब्लगहरु बनाउनुभयो अब आफ्नो गुगल एकाउन्ट ब्लगरमा लग इन गरिसकेपछि तपाईंको सबै ब्लगहरु देखिन्छ र तपाईंमा भएको भ्रम (मेरो त ब्लग डिटिल भएछ, मैले त आफ्नै ब्लग खोज्न जानिएन जस्ता) र समस्याहरु आफै हराएर जान्छ । तपाइँले एउटा गुगल एकाउन्टबाट अधिकतम सय वटा नयाँ ब्लग पनि खोल्न सक्नुहुन्छ । तर धेरै ब्लग बनाउन भन्दा एउटै तर राम्रो र अब्बल खालको बनाउन पट्टि लाग्नुहोस् ।

* यदि तपाईंको गुगलबाट खाता बनाएको रहेनछ वा छैन भने तपाईंको ब्लग लिस्ट देखिँदैन । अब तपाईं आफ्नो ब्लग कुन प्रोफाइल (ब्लगरमा दुई किसिमको प्रोफाइलबाट आफ्नो परिचय दिन मिल्छ : गुगल प्लस र ब्लगर प्रोफाइल) बाट हेन्डिल गर्न चाहनुहुन्छ त्यो विकल्प आउँछ । तपाईंलाई मन पर्ने एउटा बिकल्प छान्नुहोस् र continue to blogger भन्ने लिंकमा क्लिक गर्नुहोस् । यसमा फिक्रि लिनु पर्दैन । तपाईं जुनसुकै बेला आफ्नो ब्लग ह्यान्डिल प्रोफाइल परिवर्तन गर्न सक्नुहुन्छ ।

अझ स्पस्ट हुन तलको इमेज हरेर प्रस्ट हुन सकिन्छ ।

• अब तपाईंको प्रोफाइल तपाईंको चाहना अनुसार हेन्डिल हुने भयो अब अर्को कदम तपाईंको ब्लग एकाउन्ट बनाउने पालो आयो ।


• अब Add blog भन्ने बिकल्प (option icon) मा क्लिक/OK गर्नुहोस् । यसो गरिसकेपछि तपाईं अब आफ्नो ब्लक बनाउने स्टेपमा आइपुग्नु हुन्छ ।


• अब माथीको इमेजमा देखाएझै आफ्नो ब्लगको शीर्षक (Blog title), ब्लग ठगाना वा युआरएल (Blog Address or url) र आवरण (Templete) छान्ने बिकल्प तपाईंको स्क्रिनमा देखा पर्छ ।

* कसरी छान्ने :

क. Blog Title : यो तपाईंको ब्लगको नाम हो । तपाईंको ब्लगभित्र प्रवेश गर्नसाथ जुनसुकै भिजिटरले तपाईंको ब्लगको नाम यहिँ ब्लगले पुकार्ने गर्छ । यहाँ अब आफ्नो ब्लगको शीर्षक [कम्पनीको नाम, उत्पादनको नाम, सफ्टवेयरको नाम, मिडियाको नाम, होटल तथा रेस्टुरेन्टको नाम अथवा आफ्नै ब्याक्तिगत नाम] दिनुहोस् । यो पछि पनि परिवर्तन गर्न मिल्ने भएकाले तपाईंले आफ्नो ब्लगको शिर्षकमा के राखूँ के राखूँ भनेर दोधारमा परिराख्नु पर्दैन ।


ख. Blog address : blog address तथा URL तपाईंको ब्लगभित्र प्रवेश गर्ने चावि हो । यो बिना कुनैपनि भिजिटर तपाईंको ब्लगभित्र पस्न सक्दैनँ । यो URL पछि परिवर्तन गर्न त मिल्छ तर यसले तपाईंको भिजिटरलाई र तपाईंको लेख, उत्पादन र सिर्जनालाई ठूलो प्रभाव पार्छ । त्यसकारण तपाईंको blog address अहिलेनै fix गर्नुहोस् ।

* कसरी पार्छ त प्रभाव : मानौं मेरो मेरो ब्लग साइटको address तथा url : www.bikasgurung.blogspot.com हो । यो ब्लगमा दिनहुँ सयौं नयाँ ब्लग घुमन्ते (visitor) हरु विभिन्न सर्च इन्जिन, साथीभाइहरुको सल्लाह र सामाजिक संजालको सहायताबाट भित्र आउने गर्छ । तर यदि मैले आफ्नो url आफूलाई मन नपरेर www.gurungbikas.blogspot.com मा परिवर्तन गरे भनें सबै नियमित ब्लग भिजिटरहरु पुरानै url www.bikasgurung.blogspot.com मा पस्ने गर्छ र ब्लगरले मेरो पुरानो url मिलेन भनेर देखाउँछ । यसले गर्दा मेरो सिर्जनाहरु जति मान्छेहरूमा सम्प्रेषित हुनपर्ने हो त्यति मात्रामा हुँदैन र जति मात्रामा भिजिटर मेरो ब्लग साइटमा प्रवेश गर्ने गर्थ्यो त्यो अनुपात घट्न सक्छ । तर तपाईंले आफ्नो नियमित पाठकलाई आफ्नो ब्लग परिबर्तनको सम्बन्धमा जानकारी गराएमा भने खासै असर पर्दैनँ । 

ग. Templete : यो तपाईंको ब्लगको आवरण तथा सुन्दरता हो । यसले तपाईंको भिजिटरको आँखालाई लोभ्याउन मद्दत गर्छ । यो तपाईंले जुनसुकै समयमा फेरबदल गर्न सक्नुहुन्छ तर यसको फेरबदल गर्ने परिपाटीले तपाईंको अमुल्य समय खेर जान्छ । त्यसकारण बाहिरी बोक्रा भन्दा भित्री फल राम्रो गराउनुहोस् तर हेर्दैमा निकै भद्दा देखिने बनाउन हुँदैन ।



• अब माथीको चित्रमा देखाएझैं आफ्नो तपाईंको सम्पूर्ण ब्लगहरु देखिन्छ । आफूले कुन चाहिँ ब्लगमा काम गर्ने हो (पोष्ट गर्ने, टेम्पेट मिलाउने, पेज बनाउने र ग्याजेट बनाउने) त्यही पेजको ब्लगको दायाँ पट्टि सबैभन्दा छेउमा "View blog" भन्ने option को आडमा Drop menu हुन्छ । त्यही क्लिक/OK गरेपछि विभिन्न बिकल्पहरु आउँछ र त्यहिँ विकल्प अनुसार आफ्नो कामहरू गर्नुहोस् । अथवा आफूले चाहेको ब्लग (एक भन्दा धेरै ब्लग खाता भएमा) को Dashboard भित्र पसेपछि आफैले चाहना अनुसार काम गर्न सक्नुहुन्छ ।

के तपाईंहरु अझ धेरै ब्लग सम्बन्धि ट्रिक्स र सहयोग चाहनुहुन्छ ? यदि त्यो हो भने तलको इमेज आइकनमा क्लिक गर्नुहोस् :

 bikasgurung.blogspot.com/search/label/blogger%20trick



How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...