Thursday, February 12, 2015

भ्रमपूर्ण विश्वासघात

एउटा केटा र केटी एक अर्कालाई धेरै माया गर्थ्यो । केटा केटीको बाबाको कम्पनीमा काम गर्दथ्यो । केटा गरिब थियो । उस्को कुनै राम्रो भबिश्य त थिएन तर उ धेरै लगनशिल तथा मेहनती थियो । ऊ आफ्नो काम सत प्रतिशत पुरा गर्दथ्यो । एक दिन अचानक केटी आएर केटालाई भनी - "अब हाम्रो साथ यो भन्दा अगाडि जान सक्दैन ।" तिमीसँग मेरो भविश्य छैन । यो कुराले केटाको मनमा ठूलो चोट पर्‍यो । उसले त्यतिबेला केहिपनि भनेन, ऊ चुपचाप आफ्नो घरतिर लाग्यो । केटा केही दिन घरबाट कतै बाहिर गएन । ऊ काममा पनि गएन । उसले मनमा एउटा निर्णय गर्‍यो । म गरिब भएको कारणले उनले मलाई छोडिन । अब म पनि आफ्नो भविश्य बनाउछु । अनि उ केटीको बाबाको कम्पनीमा काम छोडेर अर्कै सहरमा गयो र आफुले जम्मा गरेको पैसाबाट आफ्नै ब्यबसाय सुरु गर्यो । दिन रातको कडा परिश्रम अनि मेहनतले केही बर्षमानै ऊ देशको सफल ब्यापारीमा गनिन पुग्यो । आफू सफल भएपछी ऊ एकपटक केटीको घरमा गयो । ऊ चाहन्थ्यो कि आफू सफल व्यापारी बनेको र आफ्नो भविश्य पनि राम्रो छ भन्ने कुरा कटीले पनि थाहा पाओस् । जब उ केटीको घरमा पुग्यो । केटीका आमा बाबा उसलाई देखेर रुन लागे । रुदै रुदै आमाले भनिन् - "उनलाई क्यान्सर भएको थियो । तिमी गएको दुई महिना पछिनै उनको मृत्यु भयो । आफ्नो जिवनको अन्तिम सम्मसम्म तिमीलाई धेरै याद गरिरही उनले । हामिले तिमिलाई धेरै खोज्यौ तर भेटन सकेनौ । यो कुरा सुनेर केटा छाँगाबाट खसेजस्तै भयो । उस्ले बल्ल थाहा पायो कि केटीले उसलाई । धोका दिएको हैन रहेछ । उनिले त मलाई मेरो भविश्य छैन होईनकी उनिको आफ्नो भविश्य म सँग छैन भनेकि रहिछन । आफुलाई क्यान्सर भएको थाहा पाएपछी । मलाई पीडा हुन्छ भनेर पहिलै नाता तोडेको बहाना गरेकी रहिछन् । केटालाई आफ्नो चारैतिर अध्यारो छाए जस्तो लाग्यो । ऊ भक्कानिएर रुन थाल्यो । आज केटा एक्लो छ नितान्त एक्लो बस् बाचेको छ त केबल उनकै यादमा...!

(यो कथा काल्पनिक हो । कसैको जीवनसँग मेल खान पुगेमा संयोग मात्र हुनेछ ।)

Tuesday, February 10, 2015

बिदेशी श्रीमानलाई चिट्ठी

एउटी श्रीमतीले विदेशमा भएको आफ्नो श्रीमानलाई हतार हतारमा चिठी लेख्दा ठाउँ ठाउँमा पूर्णबिराम दिन भुलिछिन्, जब याद आयो, हतार हतारमै पूर्णविराम लगाइछिन् र चिठी यस्तो हुन गयो :

तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन मेरो साथी रमालाई । जागिरबाट निकालिदियो हाम्रो गाइले । बाछा पायो अंकलले । चुरोट पिउन छोडे मैले । धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटी एञ्जिला । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरी । आजभोलि अन्डा दिनै छाडेकी छे हजुरकी आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन हजुरको प्यारी श्रीमती ।

नोट: तपाइँले पढ्दा पहिला उपर्युक्त ठाउँमा पुर्णविरामको कल्पना गरेर पढ्नुपर्छ र पछि मात्र चिठीको लेखन शैली अनुसार पुर्णविराम आएपछि एकछिन रोकिँदै पढ्दै गर्नुपर्नेछ ।

एउटी बिधवाको मर्मस्पर्शी कथा ।

उनको एकापट्टीको आँखा नै थिएन । आँखा नभएको भाग कस्सिएर खोपिल्टो परेको थियो । उनी एउटा आँखाको भरमा छोरोलाई स्कुल लाने ल्याउने गर्थिन् । छोराको साथीहरू उनलाई सधैँ गिज्याउने गर्थे - "तेरी आमा बोक्सी" भनेर । छोरोले ठान्यो कि आफ्नो आमाको कुरुपताका कारण आफू सधै अपमानित हुनुपरेको छ । त्यसैले छोराले एकदिन आमालाई भन्यो, "आमा, मलाई अबदेखी स्कुल लान ल्याउन पर्दैन अब त आफैँ सक्छु ।"  उसको कुराको आशय आमाले बुझिनन् । उनले यति मात्र ठानिन् कि मेरो आँखाको नानी ठूलो भइसकेछ । समयको वहावसँगै छोरो हुर्कियो, जागिरे भयो, घरजम गर्‍यो र बाउ पनि बन्यो अनि आमासँग छुट्टिएर आफ्नो सपरिवार शहरमा राम्रो घर बनाएर बस्न थाल्यो । आत्तेस लागेर एकदिन हातखुट्टा टेकेर उनी छोराको दैलोमा पुगिन् । त्यहाँ बच्चाहरु खेलिरहेको थियो । उनलाई देख्नासाथ डराएर बाबा बाबा भन्दै भित्र भागे । बाउचाहिँ के रहेछ भन्ठानेर तल झरेको आमा पो रहिछन् । उसले खाउँलाझैँ गरेर आमालाई हकार्‍यो । तर बूढीआमाले भनिन् - "छोरा, तिम्लाई साह्रै देख्न लागेको थियो त्यसैले आएको, अब मेरो इच्छा पूरा भयो ।" अनि घर फर्कियो । त्यसको केही दिनपछि नै बूढीआमा मरिन् । छोरा र छरछिमेक भेला भए । शव उठाउने क्रममा सिरानीमुनि एउटा चिठी भेटियो । लेखिएको थियो - "छोरा तिम्रो बाबाले छोडेर गएपछि मेरो सर्वस्व भन्नु नै तिमी मात्र थियौ । तर दुर्भाग्य दुर्घटनामा परेर तिम्रो पनि एउटा आँखा काम नलाग्ने भयो । एउटै भएको छोरो पनि कानो, मैले सहनै सकिन । अनि मेरो एउटा आँखा तिम्रोमा प्रत्यारोपण गराइदिएँ ।" मेरो आँखा ममा हुनु र तिमीमा हुनु के फरक छ र ? यो पढिसकेपछि बल्ल छोराचाहिँको बल्ल होस् होस खुल्यो तर धेरै ढिलो भइसकेको थियो ।