Friday, February 20, 2015

बच्चाको कथा

एउटा प्राथमिक बिद्यालयको शिक्षिकाले एकदिन कक्षा तिनका बिद्यार्थीसँग परिक्षा लिइन । परिक्षामा एउटा मनोबिज्ञानसँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो ।

"यदि मेशिनबाट मान्छेलाई पनि ऊ आफू बन्न चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ र किन ?"

परिक्षा सकियो, मिसले परिक्षाको उत्तर कपी जाँच्नको लागी घरैमा लिएर आईन । साँझको खाना खाएर कपी जाँच्न बसिन । कपि जाँच्दै गईन । अन्तिम कपि जाँच्दै गर्दा उनका आँखाभरी आँशु भए । उनका श्रीमान उनकै नजिक बसेर टिभी हेरिरहेका थिए । त्यो देखेर उसले भने - "किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ?"

शिक्षिकाले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन - आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो । "यदि मेशिनबाट मान्छेलाई पनि ऊ आफू बन्न चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ र किन ?" त्यसको जवाफमा एकजना बच्चाले यस्तो लेखेको छ:"टिभी" बन्ने थिएँ ।

श्रीमान - (हाँस्दै) धत् लाटी यस्तो कुरामा किन रुनु ?

मिस - अगाडि सुन्नुस् न अझै... "किनकि टिभी बन्न पाएको भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा मेरो स्थाननै अलग हुने थियो । जब म बोल्थेँ सबैले ध्यान दिएर सुन्थे बिना कुनै उल्टा सवाल, बाबा अफिसबाट थाकेर आएपनि मरो छेउमा बसेर मलाईनै हेरिरहनु हुने थियो । मम्मिको अरु कुनै काम नभएको बेला पनि ममा लागेको धुलो पुछ्दै प्यारका साथ रुमालले ढाकि दिनुहुन्थ्यो । मम्मि बाबा जब तनाबमा पर्नुहुन्थ्यो तब मलाई गालि गर्नु हकार्नुको सट्टा उल्टै मेरो साथमा बसेर आफ्नो तनाव कम गर्नुहुन्थ्यो । साँच्चै म टिभी हुन्थेँ भने सबैलाई खुशि दिन सक्थेँ । यहाँसम्म कि मेरो सामु बस्न मेरा दिदी दाजु र भाई बहिनीमा तँछाड मछाड झगडा हुन्थयो ।" यति सुनेपछि मिसका श्रीमान अलि गम्भिर भए र भने - बिचरा ! बालक, उसका बाबाआमाले त उसलाई अलिकति पनि ख्याल नगर्दा रहेछन् । कति अभागी त्यो बच्चा बाबुआमाको ममताको लागी तड्पीरहेको रहेछ । केहि त देखभाल गर्नु नि ।

अगाडि मिसले भनिन् - "थाहा छ हजुरलाई त्यो बच्चा को हो ?
श्रीमान - को हो ?
मिस- "त्यो बच्चा हाम्रै छोरा कालु हो ।"
श्रीमान - हँ….... ?

दुबै जना स्तब्ध !!!

Wednesday, February 18, 2015

पराइको मुटु

एउटा केटा र एउटा केटी थिए । केटी केटालाई प्रेम प्रस्ताव राक्छे र केटाबाट स्विकार हुन्छ । केटी सधैं भन्ने गर्थी मेरो मुटु मसँग होईन यो सदै तिमी संगै हुनेछ ।

केही महिना पछि केटीले भन्छे : म तिमी सँग बिहे गर्न सक्दिनँ । किनकी मेरो आमा-बाबाले मलाई अनुमती दिनुहुन्न तर हामीहरु सधैंको लागि साथि भएर बस्न सक्छौ ।

केही समय पश्चात केटीको बिहे अर्कै केटासँग हुन्छ । बिहेको दोस्रो दिन, केटी आफ्नो बिहेको गिफ्ट हेर्न जान्छे । उनी गिफ्ट नजिकै पुग्छे र डाँको छोडेर रुन्छे । उक्त गिफ्ट मुटु थियो जुन एउटा बन्द सिसामा रगतै रगतले भरिएको थियो । उक्त सिसाको बिर्कोमा एउटा कागज चप्काइएको थियो र लेखिएको थियो - "एई लाटी तिमी कति भुलक्कड तिम्रो मुटु मसँग थियो अनी तिमी आफ्नो श्रीमानलाई के दिन्छौ ?

आवेगको रिसको परिणाम

एउटा केटा बाबाको नया कारमा कलमले कोरिरहेको थियो । उसको बाबाले आफ्नो नया कारमा कोरेको देखेर रिसलौ चुर परेर भर्खरको बच्चालाई जोड लगाएर एकथप्पड हानेछ ।

दुःखको कुरो त्यो बच्चा एकदम कमजोर रहेछ जसले गर्दा आफ्नो बाबाको एक थप्पडमै मृत्यु भएछ ।

एक थप्पडमै आफ्नो छोराको मृत्य भएकोले बाबालाई पछुतो भएछ र त्यहि रोइ कराइ गर्न थालेछ । जति रोएपनि मरेको मान्छे कहाँ फर्किन्छ र ? धेरै बेरसम्म रुँदारुँदै अकस्मात उसको आखा छोराले कोरेको ठाउमा परेछ ।

जब उसले कारमा कोरिएको शब्दहरु पढ्यो झन उसको आखाबाट आसुका धारा बग्न शिवाय केहि गर्न सकेन । यो धर्ति नै फाटेको जस्तो भान भो उसलाई । नहुने काम गरेछु, नबुझिकन बेकारमा रिस देखाएछु भन्ने पछुतोले उसको आखा ओभानो हुन सकेन । किनकि त्यो बच्चाले कारमायस्तो लेखेको थियोः

"I LOVE YOU DAD"

मोरलः माया भौतिकतासँग हैन आत्मियतासँग गर्न सिक्नुहोस् ।