Posts

Showing posts from March 1, 2015

लक्ष्मीप्रसाद देवकोटाको 'लूनी' - Download looni

Image
लक्ष्मीप्रसाद देवकोटाको - "लूनी" को ई-बुक (pdf. format) मा निःशुल्&#2325 डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

माधवप्रसाद पन्थीको उपन्यास - "भूमिका" - Download bhumika

Image
माधवप्रसाद पन्थीको उपन्यास - "भूमिका" को को ई-बुक (pdf. format) मा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Anusasanlai Baliyo Parau | Nepali Essay | Download Free PDF

Image
Author(s)

TitleShyam Prashad Sharma
Narnath Luitel (Editor)
Anushasanlai Baliyo Parau (अनुशासनलाई बलियो पारौँ)
Place of PublicationNepalPublisherSahitya Sewa SadanPublication year2013-07End page20LanguageNepal

शेखर ढुङ्गेलको - "क्षितिजपारीका सपनाहरु" - Download khitij parika sapanaharu

Image
शेखर ढुङ्गेलको - "क्षितिजपारीका सपनाहरु"
को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

Maile Dekheko Darbar | Free Nepali eBook | Download PDF

Image
Title: Maile Dekheko Darbar
Language: Nepali
Author: Bibek Kumar Saha
eBook Format: PDF
Prise: Free
Catagory: Reminiscence

नेपाली - अंग्रेजी शब्दकोष २००७ (Nepali English Dictionary 2007)

Image
नेपाली - अंग्रेजी शब्दकोष २००७  (Nepali English Dictionary 2007) को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

के हो होली अनि होलीमा प्रयोग गरिने रंग कसका लागि शुभ र अशुभ हुन्छ ?

Image
प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान्विष्णु भक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । शुभ/अशुभ रङ्ग : - यदि कसैको जन्म कुनै पनि महिनाको १, १०, १९ वा २८ तारिखमा भएको छ भने- सुन्तला, क्रिम आदिलाई शुभ रङ्ग मानिन्छ । कालो रङ्ग अशुभ हुन्छ ।- यदि २, ११, २० वा २९मा कुनैपनि तिथिमा जन्मिएका व्यक्तिका लागि शुभ रङ्ग- स…

सफलता कसरी प्राप्त गर्ने ?

Image
• प्रयास नगर्नेहरू नै संसार मा सबैभन्दा गरिब भएर बाचिँरहेका छन् ।
• “जहाँ इच्छा त्यहाँ उपाय” मनमा जाँगर भए
मान्छेको उन्नतिलार्इ कुनै पहाडले पनि छेक्न सक्दैन् ।
• आत्मविश्वास नै ठुलो मन्त्र हो, यो हुनासाथ हामीले जस्तो काममा पनि सफलता प्राप्त गर्न सक्छौँ ।
• आत्मविश्वासी व्यक्ति नै इतिहास मा अमर भएका छन् । यदि तपाईँ कुनैपनि काममा आत्मविश्वासको साथ निरन्तर खत्नुहुन्छ् भने तपार्इको सफलता निश्चित छ ।
• आफु गरिब हुँ भन्ने सोँच नै शुरूको गरिब हो ।
• आफ्नो इमान (अस्तित्व) वेचेर पाएको सफलता को के अर्थ ? त्यसैले सफल बन्नको लागि इमान नबेच तर व्यक्तित्व बेच ।
• अपांग र अशक्तको कुरा अलग हो, संसारै अलग जो ठिक ठाक छन् तिनीहरूको पो कुरा,सर्लक्क परेको हातखुट्टा छन् ।
• कुरा गर्न खप्पिस्, तैपनि गरिब किन ? भगवान् ले त सबथोक दिएकै छन् । सुन्दर शरिर, सोच्ने दिमाग, यो त बरदान नै हो । तपाई यस्तो बरदानलाई अभिषापमा बदल्नु हुन्छ भने कस्को के लाग्छ ? प्रयास गर्नुस्, गरिबी हटाउनुहोस् ।
• अरू व्यक्ति भन्दा म केही बढी नै परिश्रम गर्छु, अरूले भन्दा बढीनै कमाउँछु भनेर मिहेनेत गर्नुस्, अवस्था परिवर्तन हुन थाल्छ ।
• उ…

गुनासो (गजल)

Image
मलाई देख्दा तर्कियौ तिमी गुनासो गर्दिन म,
रुखो बोल्दै झर्कियौ तिमी गुनासो गर्दिन म ।
चोखो माया गर्छु भनि आश दिएकै हो तिम्ले,
हिजोआज तर्कि हिँड्छौ गुनासो गर्दिन म ॥
पक्कै पनि सामुन्नेमा मलाई देखेर हुनुपर्छ,
बिचबाटै फर्कि गयौ गुनासो गर्दिन म ।
मेरो लागि मनमा खाली घृणा मात्रै उमारेपनि,
सहने बानी भइसक्यो मेरो दुःखी हुँदिन म ॥

नेता (गजल)

Image
आजभोली स्यालको दांई बागको छालामा छ,
नपत्याए हेर्नुस् नेताले लगाएको मालामा छ ।
सकेसम्म भुक्नुस कुर्लनुस अनि चड्कन खानुस्,
सबको प्यारो प्रधानमन्त्री पद आफ्नै गालामा छ ॥
मेलम्ची आउने भो अनि काठमाण्डौ बगाउने भो,
शुद्द पिउने पानी त फोहोर बग्ने ढल र नालामा छ ।
ठुला ठुलै भैहाले उनीहरुको नातामा पद बढ्छ सधैं,
बिचरा कार्यकर्ताको जीवन तिखो भालामा छ ॥
भण्डार नेताकै देश नेताकै जनता नेताकै हो रे,
तपाई हाम्रो सम्बिधान त थोत्रो डालामा छ ।
आजभोली स्यालको दांई बागको छालामा छ,
नपत्याए हेर्नुस् नेताले लगाएको मालामा छ ॥

जीवन (गजल)

रेटिञ्छन हजार सपना, जीवनलाई धार मान्नु हुन्न,
निभाउनु पर्छ जिम्मेवारी, कहिल्यै भार मान्नु हुन्न ।
जिन्दगीको यात्रामा पाईला पाईलामा ठेस लाग्छ,
बढ्नुपर्छ निरन्तर अघि, कहिल्यै हार मान्नु हुन्न ॥
चक्र झैँ घुम्छ जीवन, दुख पछि सुख आउछ,
कर्म गर्नु सहि, अभागी यो निधार मान्नु हुन्न ॥
स्वाभिमानी बन्नु पर्छ, आफ्नै नजरमा नगिर्नु,
पाप अधर्म लुटलाई, जिउने आधार मान्नु हुन्न ॥
खुट्टा तान्ने दुई चार, गलत बिचार भेटीए पनि,
कोही हुन्छन साथ दिने, झुठो संसार मान्नु हुन्न ॥

कहाँ छ मानव अधिकार 'गजल'

पलासको फूलाई यहाँ लालिगुँरास भनिएको छ,
मूर्ख मान्छेहरूलाई पनि साधुराम गनिएको छ ।
नातावाद र चाकडीवाद फस्टाउदै छ दिन दिनै,
भष्ट्रचारी दलालहरुलाई नै नेता मानिएको छ ॥
मानव अधिकार रे ! खै कहाँ छ मानव अधिकार,
दिनदहाडै सर्वसाधारणलाई गोली हानिएको छ ॥
विज्ञहरुले अवसर नपाएर सबै परदेशिनु पर्ने,
राजनीतिमा समेत दादागीरीलाई छानिएको छ ।
सबै दल मिलेर देश निर्माणमा जट्नुको सट्टा,
आ-आफै लुछाचुडी गरी देशको जरा खनिएको छ ॥

जाँदैछु छोडी (गजल)

जादैछु म सँसार छोडी बाँची राख्नु तिमी,
कल्कलाउदो तिम्रो बैश साँची राख्नु तिमी ।
चौतारीको बाटो हुदै आउँदा मेरो लास,
लास माथि फाल्ने फुल भाँची राख्नु तिमी ॥
चिनेनौकी साँचो माया पत्याईनौ मलाई,
दोष कस्को थियो यहाँ जाँची राख्नु तिमी ॥
खरानी भै मेरो चिता जल्दै गर्दा बगरमा,
पराईको हात समाई नाँची राख्नु तिमी ॥

तिम्रो साथ छोड्दिनँ म (गजल)

मर्नु परे मर्छु बरू तिम्रो साथ छोड्दिन म,
बिचैबाट हात छोडि यात्रा अन्त मोड्दिन म ।
भनेको थें साथ दिन्छु मुटुभित्र बास दिन्छु,
गरेका ति बाचाहरू कहिले पनि तोड्दिन म ॥
फुलहरू फुल्छ जहॉ कॉडा पनि हुन्छ त्यहॉ,
फुल छोडि कॉडामात्रै कहिलेपनि गोड्दिन म ।
दुई मुटु एकै ठाउँमा गॉठो पारी राखेको छु,
जोडिएको मुटुलाई कहिलेपनि फोड्दिन म ।
अहिले टाढा भएपनि कुनै दिन त भेट होला,
तिमीलाई पर्खि बस्छु अन्त नाता जोड्दिन म ॥

गरिब केटाको कथा

एउटा गरीब केटा थियो । ऊ गरीब भएकै कारण एउटी केटीले ऊसँग बिहे गर्न मानिन र अर्कैसँग बिहे गरेर गई । १० वर्षपछि अचानक ति २ जना बजारमा भेट भए केटीले भनी - "म धेरै खुसी छु, मेरो लोग्नेको मासिक तलब पचास हजार छ । गाडी, घर, ब्याङब्यालेन्स, सबै छ ।"केटो केही बोलेन एक छिनपछी केटीको श्रीमान आयो र नमस्कार सर !  तपाईं मेरी श्रीमतीलाई चिन्नु हून्छ भन्दै आफ्नो श्रीमती तर्फ फर्केर भन्यो उहाँ मेरो मालिक हो अनी हाम्रो कम्पनीको म्यानेजर पनि । थाहा छ उहाँको मासिक तलब कती छ ? दुई लाख छ, गाडी र घर त सहरको ठाउं ठाउमा छ । तर दुःखंको कुरा उहाँ पहिले गरीब हूनूहून्थ्यो रे गरीब भएकै कारण एउटा केटीले धोका दिएपछी आजसम्म बिहे गर्नुभएको छैन ।* भबिष्य सबैको लेखिएकै हून्छ । जती सुख र खुसी मिल्ने हो अवस्य पनि मिल्छ नै । बर्तमान हेरेर कसैलाई अपहेलना नगरौ किनकी हातको रेखामा मात्र भाग्य हूदैन किनकी भाग्य त्यसको पनी हून्छ जसको हात हुँदैन ।

मुटुभित्र श्रद्वा भए ओंठमा नाम चाहिँदैन (गजल)

Image
मुटुभित्र श्रदा भए ओठमा नाम चाहिदैन,
बगलीमा छुरा नहोस मुखमा राम चाहिदैन ।
देखावटी धर्मभन्दा ठुलो हुन्छ कर्म हातको,
मन पबित्र भए पछि कुनै धाम चाहिदैन ॥
महको लेप लाए जस्तै चिल्ला कुरा ब्यर्थ हुन्छन्,
हार्दिकता हुनुपर्छ जोर सलाम चाहिदैन ।
साँचो साथी दुःखको हो सुखमा त सबै आफ्नै,
माया बस्न पनि छुट्टै मधुयाम चाहिदैन ॥
दिलको भक्त देवतालाई आस्था अग्लो भए पुग्छ,
आफ्नो रोदन साट्न धेरै भक्ति धाम चाहिदैन ।
मुटुभित्र श्रदा भए ओठमा नाम चाहिदैन,
बगलीमा छुरा नहोस मुखमा राम चाहिदैन ॥

म यो गर्न सक्छु, म यो गर्छु (I can do, I do it)

Image
असम्भव भन्ने केहि पनि छैन । नेपोलियन बोनापार्टले भनेका थिए – “असम्भव भन्ने कुरा केवल मुर्खहरुको शब्दकोशमा मात्र हुन्छ ।” त्यसैले हामिले यो सकिन्नी, त्यो सकिन्नकी भनेर कामै नगरी बस्नुभन्दा काम आजैबाट सुरुवात गर्नुपर्दछ । कुनै पनि काम सानो, ठूलो भन्ने नै हुदैन । जुन काममा, तपाईँको लक्ष्यमा पुग्न चाहनुहुन्छ । त्यो कामलाई निरन्तरता दिनुपर्दछ । एक दुई चोटि असफल भयो भन्दैमा त्यसलाई बिचैमा छोड्नु भनेको पागल बन्ने बाटो रोज्नु हो । संसारका महान् बैज्ञानिक थोमस एल्भा एडिसनले बल्ब (चिम)को आविश्कार गर्दा ९९९ पटकमा मात्र सफलता हात पारेका थिए । त्यसैले हामिले एकचोटि असफल भयो भन्दैमा त्यसलाई चटक्कै छोड्नु हुदैन । कम्तिमा थोमसले जस्तै कामलाई निरन्तरता दिनुपर्दछ
। कुनै काम सुरु गर्दा देखिनै हामिले लक्ष्यमा पुग्ने आसा र आत्मविश्वास राख्नुपर्दछ । पहिल्यै हुदैनकी, बन्दैनकी, बिग्रन्छकी भनेर सुरुवात गरियो, आत्मविश्वास भएन भने त्यसको लक्ष्यमा पुग्न सकिदैन । त्यसैले “म सक्छु”, "म गर्छु" भन्ने आत्मविश्वास तपाईँसंग हुन जरुरी छ । मानिस चौरासी लाख प्राणीमध्ये अलि विवेकशिल, चेतनशिल प्राणी भनेर हामि गर्भ…