Friday, March 13, 2015

जवानी 'गजल'

आँखाभरी उनकै तस्बिर झल्किएर गयो जवानी,
आवश्यकता र अभावहरुसँगै खिएर गयो जवानी ।
अन्धो प्रेमको नामै कस्तो मुटु चिसो पारि दिन्छ,
खडेरिको आगो सरह सल्किएर गयो जवानी ॥
एकोहोरो टोलाइरहन्छु सधैं उनको प्रेमको आशमा,
सधै एकतर्फी प्रेममा पागल बनेर गयो जवानी ॥
सिउदो भरि लान मन थ्यो जीवन साथि मानेर,
आखिर आज घर न घाटको भई गयो जवानी ।
सोंचेको थिएँ एकवारको जीवनमा रमाउँछु भनी,
कस्तो खेल खेलेउ तिम्ले पिडामानै गयो जवानी ॥

Sunday, March 08, 2015

मेरो सिरानी तिम्रो हात होस 'गजल'

मेरो सिरानी तिम्रो हात होस !
तिम्रो र मेरो मीठो मीठो बात होस !
बसन्त बहार खुशिको लहर,
त्यस माथि पनि चाँदनी रात होस !
मेरो सानो आशा तिम्रो भरोषा,
जीबनभर तिम्रो न्यानो साथ होस !
अंगालोमा बेर्दा मायाँले घेर्दा,
मधु माशको सधैं बैंशालू मात होस !