Friday, March 27, 2015

अन्जना कार्कीको प्रेम कथा

अञ्जना कार्की पोखरा नजिकै एउटा गाउँमा हुर्किएकी केटी हुन । उनी १० कक्षासम्मको पढाई सकेर पोखरा छिरेंकी हुन । साहित्यमा रमाउँछे त्यसैले कहिले कहिले कोर्ने पनि गर्छे । योभन्दा बढ़ी परिचय मसँग उनको बारेमा छैन ।

फेसबुक सायद सबैको दैनिकीमा पर्छ होला । एकसाँझ यसैमा चल्दै बस्दा एउटा friend request आयो । नाम थियो - सफल पौडेल । प्रोफाइल हेर्ने रहरले उसको नाममा क्लिक गरेँ । सबै लुकाईएका रहेछन् । मैले करिब २०० friend  Request Pending मा राखेको थिएँ । खै के सोच्यो मनले त्यो Request Accept गरें । उसको Wall हेर्न थालें । केही गजलका टुक्राहरु अनि घतपर्दा केही वाक्यांश भेटें । मन बहलाउन सफल रह्यो ।

Wall हेर्दै गर्दा inbox मा मेसेज आयो । सफलको मेसेज रहेछ । "can i add u in yahoo ? " सोचें के गर्ने होला? "sure" लेखेर रिप्लाई गरें । त्यसैबाट सुरु भयो हाम्रो सम्बन्ध । त्यस्तो सम्बन्ध जसले कुनै सम्बोधन पाएन । सम्बन्ध नजिकिने क्रममा नै एकदिन उसलाई प्रश्न गरेको याद आउँछ । "हाम्रो सम्बन्ध के हो ?" उसले असरल तरिकामा जवाफ दियो -"यसको जवाफ तिम्रो सोचाई हो । तिमी मलाई प्रेम गर्छौ भने म तिम्रो प्रेमी हुँ अनि मित्रताले हेर्छौ भने हामी साथी..." त्यसदिनपछि मैले कहिल्यै हाम्रो सम्बन्धको नाम सोचिँनँ ।

पहिलो दिन नै voice chat मा पुग्यौं । ऊ कथा लेख्दै रहेछ । उसले मलाई पढ्न दिँदै लेख्दै गर्यो । कहीँकतै गल्ती भेट्दा सच्याउने गरेँ । कथा सकियो । उसले आफ्नो Facebook मा post गर्यो । केही likes र comments आयो अर्कोदिन उसले मलाई त्यही कथा मेरो facebook मा राख्न अह्रायो । उसको आग्रह मैले किन अस्वीकार गर्थें र ? उसले यो किन गर्यो मैले अहिले सम्म पनि बुझिन र सोध्ने काम पनि गरिन ।

ऊ आफैले आफैलाई अन्तरमुखी भन्न मनपराउँथ्यो । अनि मलाई पनि सधैँ त्यस्तै लाग्यो । मेरो हरेक दु:ख सुनेर सुल्झाउन तत्पर रहने ऊ, आफ्नो कुनै पनि कुरा मलाई बताएन । उसको नराम्रो पक्ष सायद यही हो । एकदिन उसले एउटा तस्बिर देखायो - डरलग्दो चोटको तस्बिर । त्यसको बारेमा केहि सोध्नु भन्दा पहिले नै मलाई नसोध्न भन्यो । उसले त्यति भनेपछि उसलाई सोध्नु पनि व्यर्थ नै थियो किनकी अब उसले त्यसको बारेमा केहि भन्दैन भन्ने थाहा थियो । जिद्दीपन उसको स्वभाव नै हो तर त्यससँगै उसले भन्यो "केही दिनपछि थाहा पाउनेछौ... ।" केहि हप्तापछि सुनायो त्यो उसको हातमा लागेको चोट रहेछ अनि यसैबाट नै थाहा पाउन सकिन्छ कि ऊ बोलीको पनि पक्का मान्छे हो कम बोल्ने अनि बोलेको कुरा हर हालतमा पुरा गर्ने ।

सफलसँगको हरेक Chat अथवा कुराकानीले उसप्रतिको आकर्षण बढ्दै थियो मेरो । सकेसम्म यो कुरा उसबाट लुकाउनै खोजेको थिएँ तर समय बित्दै रहँदा मैले आफैलाई सम्हाल्न सकिँन र एउटा बेनामी प्रेमपत्र उसको नाममा लेखेँ अनि उसले सधैँ सुन्ने रेडियो कार्यक्रममा पठाएँ । उसले सुन्ने कुरामा त म विश्वश्त नै थिएँ तर मैले नसोचेको कुरा उसले त्यो पत्र मैले लेखेको थाहा पाएछ । यस घटनापछि मैले थाहा पाएँ कि उसलाई अब प्रेममा विश्वास बाँकी रहेनछ । मानशीसँग उसको पुरानो प्रेमकथा, मानशीले उसलाई दिएको धोका अनि उसले अझसम्म मानशीलाई भुल्न नसकेको कुरा सुनायो ।

मानशी गिरी, उनीसँग सफलको भेट एअरपोर्टमा भएको रहेछ । सफलको दाई जापानको भ्रमणमा जानेबेला मानशी पनि उसको दाईसँगै रहेछ । परिचय र फोननम्बर साटासाट भयो । त्यसपछि कुराकानी र भेटघाट बढ्दै गर्दा सफललाई मानशीप्रति प्रेम पनि बढ्दै गयो । सफलले प्रेमप्रस्ताव राख्यो र मानशीबाट पनि सकारात्मक जवाफ पायो तर केही महिनापनि बित्न नपाउँदै मानशीलाई अर्कै केटा मनपर्ने कुरा थाहा पाएछ । त्यसै कारणले उनीहरुको सम्बन्ध टुट्यो अनि सफलको प्रेममाथिको विश्वास पनि ।

सफलको कुनै व्यवहारले मलाई उप्रति आकर्षित हुन रोकेन । ऊ त्यस्तै नै थियो । सोधेको कुरा हरेकको प्रतिक्रिया दिन्थ्यो तर आफैलाई खै कता कता लुकाएरै राखेको जस्तो । आफ्नो अगाडि एउटा ऐना सरहको पर्खाल उभ्याएको थियो जसको पछाडि उभिएर ऊ हरसमय मलाई चिहाई रहन्थ्यो । मेरा हरेक कुरा खोतल्थ्यो । तर जब म उसलाई हेर्न खोज्थेँ, फगत आफ्नै प्रतिबिम्ब मात्र देख्थेँ ।

सफल जे थियो अनि जस्तो थियो, ममा ऊप्रतिको आकर्षण बढ्दै नै थियो । उसलाई मेरो बनाउन सक्ने कुनै बाटो बचेको थिएन सायद त्यसैले होला ममा नयाँ रहर पलाउन थाल्यो - सफल जस्तै बन्ने उसलाई यो कुरा पनि सुनाएँ उसले नकारीदियो । उसको तर्क थियो "मेरो जिवन बाँच्न सजिलो छैन र मेरो जस्तै जिवनको भुमरीमा तिमी हिँडेको म हेर्न चाहन्न...।" तर मेरो मनले यो कुरा मान्न सकेन । म हरेकढंगमा "सफल" जस्तै बन्ने प्रण मनमनै गरेँ । उसको हरेक बोली र तरिकाहरु पछ्याउन सुरु गरेँ । केही समय बितेपछि सफलले ममा आएको परिवर्तनको भान पाएछ । कारण सोध्यो तर भन्ने मन गरेन ।

अचेल हामी पहिले जस्तो सँगै छैनौँ । टाढिएकै पनि भन्न सकिन्न तर पहिले जति सामीप्यताको आभाष थियो, त्यो भने कम भएको हो कि जस्तो लाग्यो । यसको कारण के थियो कहिल्यै थाहा पाउन सकिन । जतिपटक कारणको बारे सोच्न खोज्छु हरेकपटक उसको भनाई मात्र याद आउँछ अनि मेरो सोच अघि बढ्दैन । उसको भनाई नै त्यस्तै थियो - "हामी अहिले जति नजिक छौ नि, हामी सधैँ त्यति नै नजिक रहन सक्दैनौँ... अनि एउटा कुरा विश्वश्त छ बस्... हामीमा जुन दुरी आउनेछ त्यसको एकमात्र कारण म हुनेछु... ।"

मैले तपाईंको अनुमति लिएर मात्र यो कथा प्रकाशित गरेको हुँ यदि तपाइँलाई असहज हुन्छ भने तुरुन्तै मलाई सम्पर्क गर्नुहोस्, म यो लेखलाई हटाउने छु ।
- बिकास

अञ्जना कार्की (लेकसाईड - पोखरा)

Thursday, March 26, 2015

जवानी 'गजल'

सबैले देख्ने आँखा को नानी हो जवानी,
दुई दिने खेल प्यसिको पानी हो जवानी ।
उर्लेर आउने बैशको रोग सबैलाई लाग्छ,
मिलन बिछौड मायाको खानि हो जवानी ॥
आउछ अनि जान्छ केही भर छैन यसको,
नचाउदै नचाउदै भाविले लानि हो जवानी ।
अनौठो कुराको सोचै र बोगै सबैमा हुन्छ,
सुपर हिट फिल्मको काहानि हो जवानी ॥