Monday, April 13, 2015

पाँस्सा : बरुण पोखरेल

पैसाको मुख बिरलै देखिन्त्यो । नोठका त के कुरा गर्नु र ! एक सुका गोजामा भए कसैलाई भाउ दीइन्थेन । घरा'ट त सुको दिन्थेनन । कैले काहीँ यस्सो मावल गैयो भने चाँही पैसा जाबो त छेलोखेलो हुन्त्यो । मावल बाट फर्केको केही दिन सम्म त अरु केटाहरुको पछी लाएर जिम्मालको घोँडाको पछी पछी कुँद्ने नि गरीइन्थेन । हामी भन्दा पछील्लो पुष्ता टेक्टरको पछी पछी कुँद्यो, हाम्रो पुष्ता चाँही जिम्मालको घोँडाको ।
हाम्रा गोजाँ एक रुप्पे हुनलाई चोर्नै पर्थ्यो । नत्र काँबाट आउनु र तेत्रो पैसो । एक सुका गोजाँ हुँदा त दुई चार जना केटाहरु पछी लाग्थे मिठाइँ खान पाइने भओ भनेर । तर एक पैसाको चाँही खास्सै भ्यालु थेन । यसो यदा कदा पाइन्थ्यो गुराँसको चित्र भएको एक पैसा । पाँच पैसा चाँही बडो ब्यापक थियो । हामी खोपी खेल्ने ठिनी नै पाँच पैसाको हुन्त्यो । कती पटक पाँच पैसा ठिनी खोपी खेल्दा भुट्टाना टाँट्टाना परेर एक मोहोर एक रुप्पे सम्म हारेको रेकर्ड हुन्त्यो। त्यो पनि नखत काँ हो र ! उधारो । त्यै नि तिर्न नसकेर लुक्दै हिन्न पर्नी !
नाकाँ सिगानका लुर्का, कमिजका बाउला सिगान पुछ्दा पुछ्दा कट्कट्टेर कक्रक्क परेका हुन्ते । जाएँमा सधैं पछाडि दुइटा भैरबका आँखा हुन्ते । दर्जिकोमा लगेर टालो हाल्यो त्यै नि निलो जाएँमा कैले कालो टालो कैले रातो टालो अजिबको हुन्त्यो । आजभोलि भए त क्या गज्जब फेसन हुन्त्यो होला ।
ब्यान आटो खायो, काम लाइदे काम गर्‍यो नत्र खेल्न हिँड्यो । गुच्चा त धेरै ठुलो भएसी मात्र देखेको । रिठा खेलिन्त्यो । पैसा नभएर टाँकको खोपी नि खेलिन्त्यो । टाँकको फुक्का खेल्न अझ टेस पर्त्यो । त्यसैले कमिजका त के ! जाएँका सम्म टाँक सकिन्थे खोपी र फुक्का खेली-खेली ।
यसो कतै कैलेकाहीँ पैसा भेटिन्त्यो बाटाँ । ठुलो हैन 'पाँस्सा' । (पाँच पैसालाई धेरै चलन चल्तिको हुनाले छिटोछिटो भन्दा अपभ्रम्स भएर पाँस्सा बनेको थियो)

पाँस्सा भेटियो भने त दाँयाँबायाँ नहेरी गुरुरुरु खाली खुट्टा टाँक नभको कमेजको फेर हावामा फर्फराउँदै खर्क तुले बुढाको दोकान तिर हुर्रीईन्थ्यो । बाटोमा भेटिने केटाहरु ले सोध्थे: काँ जान लाइस ?, यत्राको जबाफ दिनु नि !! केइ नबोली बत्ताउँदै कुँदिन्थ्यो, केटाहरुले मेसो नपाई नपाई पछी पछी कुँद्थे । दोकान सम्म पुग्दा कैले त आठ दश जना केटा पुगिसक्ने । एकै सासमा तुले बुडाको दोकानको ढोकामा रोक्केर स्याँ स्याँ गर्दै मुठिमा च्याँप्या पाँस्सा फुत्त बुडाको काखाँ फाल्देर 'रातोमिठाइँ!' भनिन्थ्यो । बुडाले डब्बा बाट निकालेर एउटा रातो मिठाइँ दिन्थ्यो । बाहिर आएर कमिजको फेरमा मिठाइँ बेरेर दाँतले टोकेर फुटाएर, पछी लागेका सबै केटाहरुले बराबर भाग लगाएर खान्थिम । एउटाको भागमा लग्भग एउटा गहुँको गेडा जती पर्थ्यो होला । टप्प जिब्रामा राखेर च्वाप्प मुख मिठाउँदै खुप टेसले खाइन्थ्यो । पिपलगेडी एक रुप्पेका शय वटा आउँते, रातो मिठाइँ चाँही एक रुप्पेका बीस वटा । तर पिपल गेडी भन्दा रातो मिठाइँ नै मिठो हुन्थ्यो र शय वटा पिपलगेडी भन्दा मात्रा नि केही बढी हुन्थ्यो । त्यसैले सबैको प्यारो रातो मिठाइँ (रातो डल्लोमा सेता धर्का भएको) नै हुन्थ्यो । 

पैसाको मायाँ कहिल्लेइ लागेन, तर लोभ भने असाध्यै लाग्यो । मैले पैसा सानैमा चिनिसकेको थेँ जस्तो लाग्छ । एक पटक मावल सप्ताहा लगाएका थिए । म जेठो नाती उर्फ मावलका हजुरबा हजुरआमाका सन्तानका तर्फबाट केटा तर्फको जेठो । आफ्नै खुदका मामा थिएनन् तर नि मामाहरुको कमी थिएन र छैन पनि । मावली गाउँमा चिनेजतीकाले भान्जा नै भन्चन । अझ अचम्म त गाउँमा आफु भन्दा दश बर्ष कान्छाले नि 'ओए !, तँ ' भनेर बोलाउँचन । तर मावल तिर गएसी चिन्ने नचिन्ने आफु भन्दा तिस चालिस बर्ष बुढाले सम्म भान्जा 'तपाइँ' भन्चन । आत्म सम्मान भन्दा नि लाज पो लागेर आउँच । सप्ताहामा मै हिरो नि ! भर्खरको फिस्टे थेँ । गणेश बनाएका थिए मलाई सप्ताहामा । तर मलाई खासै टेस परिरको थेन । पूजारिका छेउँमा धुम्म परेर बसिरहनु पर्थ्यो । कथा बाचनको हरेक पूर्णबिराममा 'हरे~~~ !' भन्दै अरुले हात हातमा जोडेका फुलका थुङ्गा जग्गेमा फाल्दा आफ्ना उल्फट्याङ दरौँलेहरुले परालका गुजुल्टा फाल्थे । आफुलाई नि तेसै गर्न मन लाग्थ्यो तर जग्गेमा कुँजिएर बस्नु पर्ने । थुक्क गणेश !
सप्ताहा सकियो । सबैलाई टिको लाएर पैसा दिन थाले । मेरो नि पालो आयो । दिपका मामाले (दिप = आमाका जेठाबाका छोरा, दिप भन्ने टोलमा बस्नाले दिपका मामा) यत्रोबोडो सुपा(नाङ्ला) भरी पैसा ल्याएर टिका लाइदेर भने : लौ भान्जा रोजेर एउटा नोट लैजानुस् !
मलाई त रिँगटा लायो, भनन्न भयो । हजार, पाँच शय , एक शय देखी लेर एक रुप्पे सम्मका नोट थिए । कुन टिपौँ टिपौँ भयो । एक्छिन घोरिएँ । आफ्नो उमेर र औकात सम्झिएँ अनी यसो सुपामाका नोट केलाएँ र अली नयाँ खालको दश रुप्पेको नोट टिपेँ । मलाई थाहा थ्यो पैसाको भ्यालु । त्यसैले मैले मेरो औकात अनुसारको पैसा लिएको थिएँ आँफै छानेर । म जत्तिको मान्छेले दश रुप्पे भन्दा बढी लोभ गर्नु हुन्न भनेर । बडो बिचार  पुर्याएको थिएँ । पैसाको लोभी आरोप नलागोस भनेर । किन कि शय भन्दा माथिको लिएको भए पछी फिर्ता माग्थे या बाउ आमाले मैले राख्दिन्छु भनेर दम्पच पार्दिन्थे, आफ्नो हातमा शुन्य लाग्थ्यो । बिस र पचास् लिएको भए त्यसबाट एक-एक रुप्पे मासेको नि घरमा हिसाब देखाउनु पर्थ्यो । त्यसैले दश रुप्पे लिएँ । तर अर्थको अनर्थै लाग्यो । हाम्ले त भान्जा ट्यालेन्ट होलान भनेको त हुस्सु पो रहेछन । नयाँ नोट भए हुने रहेछ । पैसाको भ्यालु थाहा रहेन्छ भन्न थाले । अन्तमा मैले आफुले दश रुप्पे छानेको कारण खुलाउनु पर्‍यो । त्यै नि कसैले पत्याएको भए पो !

पहिलो ममः बरुण पोखरेल

सधैंको एउटै रुटिन । बिहान उठ, आँखा मिच्दै धारामा जाउ, पालो बस, पानी ल्याउ चार पाँच खेप दनादन । पछाडि बाँसा' सुपिलो (खोइलो) लगाउ, चुइने गाग्री पछाडि धारा लाउँदै । चप्पल भिजेर माटो मिसिएर चिप्लेर उस्तै आपत । घर आइपुग्दा पानी गाग्रीको घाँटीबाट तल लागिसकेको हुन्थ्यो । छोत्ल्याङ्-छोत्ल्याङ् गरेर गर्धन तिर नि चुत्रुक्कै । कैले चिया खान पाइन्थ्यो, बासी भात बचेको भए त्यहीँ चियाको सितन, कैले मकैका रोटी । टाप्टुप पार्यो घाँस-दाउरा हिँड्यो । फर्केर आयो, चिसो भैसकेको आटो दन्कायो फेरी गोरु फुकायो चल्यो ग्वाल । खेत-बारीको काम भए घाँस दाउराको रुटिन क्यान्सिल, बिहानै धन्धा सक्यो आटो खायो चल्यो खेत-बारीमा । दिक्कै लाग्दो । सधैं उस्तै ।

कहिले काहिँ त यसो घर छोड्न पाइयोस, अझ उस्तै परे गाडी चढ्न पाइयोस । मुख फेर्न पाइयोस, होटेलको भात खान पाइयोस । सम्झँदा मात्रै नि खाएकै जस्तो आनन्द आउँत्यो ।
त्यसैले घरबाट फुत्किने बहाना खोजिन्थ्यो हरदम । कैले सफल भैन्त्यो कैले असफल । घरबाट फुत्किन पाए नि माओल-फुपुको घर टाइप चाइँ फेरी झन दिक्क लाग्त्यो । ताप्के बाट उम्केको माछा फेरी भुङ्रोमा । त्याँ गएर झन सोब्बर बन्न पर्त्यो, अनी काँ'ण स्वाल्लाउस् !
आफ्नु स्तर एसएलसीमा झाम्टे (एक्जेम्टेड) भए नि घरकालाई चाइँ छोरो डाक्टरै बनोस्, इन्जिनेरै बनोस् लाग्नी । घरको र आफ्नो स्तर जोखाना हेरेर घरकाको चाइँ सिएमए सम्म पढेर गाउँको छोटे डाक्टर सम्म भए नि बनोस् । फल्ना छोरो सिएमए डाक्टर भनेर गाउँमा चिनियोस्, सान्सानो मेडिकल दोकान नि होस्, भन्नि चाहना बडो गहिरो थ्यो । आफुलाई फेरी डक्टरी भन्दा बित्तिकै आँफैलाई तीन बित्ताको ज्वरो आउँत्यो । बरु हलो जोतेर खाइन्च, यो पिप निचोर्नी काम गरिन्न भन्नि द्रिढ अडान लेर बसिया थ्यो । तर क्यार्नु ! घरकाको नि मन राख्दिनै पर्नी ! कैले काइँ त्यै मन राख्दिनी कार्यले नि यसो मुख फेर्नी र जिउ तन्काउनी अवसर चाइँ प्रदान गर्त्यो ।
 चौराँ गोरु चराउँदै केटा'रु सँग डन्डी बियो खेल्दै गर्या बेलाँ कता'ट पार्द्या दामे छ्यास्स आयो र ओई! यौटो कुरो सल्ला गर्न छ तँ सँग ! भनेर छेउँमा लगेर 'चुत्राबेसीमा सिएमए खुल्दै छ रे प्राइभेट । जानी हो त बुझ्न ? स्वाल्लाए पढम्ला, नलाए बुझे जस्तो गरम्ला, घुमम्ला फर्किम्ला!' भन्यो । यसो सोँचेँ, कुरो नठिक हैन । मनमा लड्डु फुरे। बेल्का घराँ सल्ला गरेर भोली खबराम्ला भनेँ।
बेल्की भात खाइसकेपछी घटना र बिचार  सुन्दै गरेका बाउको छेउँमा गएर टाउको कनाउँदै कुरो पसारेँ । बाउको सुरुको प्रश्न : कती लाग्नी रैच ? सुक्या स्वरमा : केइ थाहा छैन, यै साल देखी सुरु रे । फारम खुल्या छ रे । सबै बुझेर अउँचु । बुडाको ताल देख्दा पर्दैन भो ! भन्चन जस्तो लाथ्यो, एक्छिन सोँचे जस्तो गरे, जान्नस! जा बुझेर आइजा ! भने । एक्छिन त खुशीले सनन्न भओ । बुडा बुडीलाई तिर्थ बर्त जानी भन्दा अझ खुशी लाओ मनाँ ।
अर्को दिन हिँडियो ब्यानै उठेर झोला बोकेर । टाढाको बाटो, पैदलै गए पनि बजार जस्तो ठाउँ, अर्नीपानीको लागि डेढ शय रुप्पे जती द्या'थे घरबाट । पैसो जाबो छ्याल्ब्याल । तर दामे बाट चाइँ जोगिन पर्त्यो । ब्योरा ठीक थेन त्यस्को । फकाइ फकाइ धुत्थ्यो । दुइटै उस्तै अल्लारे झल्लु । हल्लिँदै चिच्याउँदै ढुङ्गा फाल्दै चुत्राबेसी नजिकै पुगियो साँझ । फुपुको घर थियो । जात्तिबिती मोय गर्नी फुपु । दुइ जना त्यैँ बास बसियो । अर्को दिन ब्यान झरियो चुत्राबेसी सिएमए सेन्टर खोज्दै । मलाई त खासमा पढ्न मन थेन । दामेलाई था'भएन । शायद त्यस्लाई नि पढाई सढाइमा इन्ट्रेस थेन ।
सोध्दै खोज्दै सिएमए अफिसमा पुगियो । यसै त काँ पढ्ने मन थ्यो र ! त्यस्मा पनि त्याहाँका कर्मचारीको व्यबहार ! बुझ्न आका हम् ह्याँ सिएमए खुल्या छ भन्नि थाहा पाएर भनेर सोध्दा कर्मचारीहरुको व्यबहार सिधै काम माग्न आए भन्दा कम् लागेन । सिधै फाराम दिएर फाराम चार्ज मागे । गोजाँ पैसो नि थेन, बुझ्न मात्र गएका हामी, काँ फारम भर्नु ! फारमको कागज समाएर पढाई खर्च, सुबिधा, पढाई सिस्टम सोध्यौँ । मोटामोटी हिसाब बताए, करिब डेढ लाख । दुइटैले जिब्रो टोकिम । हस् ! फारम भरेर फेरी आउँछौ भनेर लागिम बाटा । पचास्- साठी हजार जती होला भन्ठान्या त तेत्रो महङ्गो ! ढुक्क भैयो, यती भएसी त हाम्ले पढ्छम भने नि घरकाले पढाउन्नन यत्रोनी !
दिन्भर घुमियो त्यतै बजारमा रमाइ रमाइ । हामी गाम्लेलाई बजार ! अली ठुलो घर देखे नि 'एब्बा नि !' भन्या छ। बस, टेक्टर आए नि घुम्तीमा पुगेर नछेकियुन्जेल हेर्या छ, समय गएको पत्तै नाइ !
त्यस दिन दाम्या माओल जानी प्लान थ्यो । माओल चुत्राबेसी बाट गोरुसिँगे जाने बाटो तिर घुम्ती भन्ने ठाउँ देखी सर्लक्कै माथी डाँडामा । साँझ झमक्क भएसी तेस्का माओल पुगियो । दामे -भान्जा, म -भान्जाको साथी । हल्का मान मनितो पाइयो । अर्को दिन ब्यान हिँड्ने बेलामा टिको लाएर पैसा नि पाइयो । आज घर फर्कने दिन थियो । खर्च पानीको जुगाड बेस्सरी भयो ।
फर्केर चुत्राबेसी (सन्धिखर्क) आउँदा मध्यानह भएको थ्यो । गोजाँ पैसा थ्यो, भोक लाग्यो । सन्धिखर्कको गल्ली गल्ली हिँडिरको बेलामा साइनबोर्डमा 'रेसुङ्गा मम सेन्टर' भन्ने यत्रोबोडो साइनबोर्ड देखियो । ओक्खो ~~~ यो त बडो सुनिराख्या नाम हो । अझ काठमाडौं तिरकाले खानि चिज । ममको बारेमा थाहा पाएको पत्रीकाहरु हेरेर । पत्रीका आउने जम्मै काठमान्डु तिर बाट । गाउँमा खाएको कसैले थेन । तर मम भन्नि खाने चिज हो भन्ने बडो आधुनिक नाम बनेको थियो । अहिलेको अवस्थामा भन्दा देख्नु न भोग्नुको तर नाम सबैलाई कन्ठै भको 'नयाँ संबिधान' जस्तो ।
लौ दामे !! मम खाम हेर !
दामे एक्छिन अक्मकायो । नाम त सुन्या हो खुपै । कैले नखाको चिज, कस्तो हुनी हो ~~~ , खानि र ?
ह्या ~~ मम खाइयो भनेर फुर्ती लाउन पाईन्छ जाँटा गाउँमा गएर ! दन्काइदिम !
लौ तो यत्रैसीत ! तैँले भनिस, खाइदिम !
छिरियो भित्र ।
भित्र त छिरियो, कोइ ग्राहक छैनन । हामी मात्र । भक्खर १२ जती बज्या थ्यो होला । बेन्चमा बसिम । साउजी आएर सोध्यो : के खाने ? (मम सेन्टर भए नि अरु थुप्रै आइटम थे मेनुमा)
मम खाने दुई ठाउँमा । (प्लेट भन्न नि आएन । प्लेटमा खानि हो कि कपमा हो कि थालमा हो कि के मा खानि जिनिस हो भन्नि थाहा थेन । कतै चित्र समेत देखिया थेन ।) तर साइनबोर्डमा प्लेटमा बाफ पुत्ताउँदै गरेका डल्लाको चित्र थ्यो । अनुमानले मम भनेको यै होला भनेर लख काटेका थ्यौँ ।
हस् ! भनेर साउजी छिर्यो भित्र किचेन पट्टी ।
आउला खै, आउला खै ~~ साउ बाइरै निस्किन्न । दिक्क लाइरख्या थ्यो । साउ आयो दुइटा यित्त्रै बटुकामा आधा जती तातो पानी लेर । टेबल अगाडि राख्द्यो, हिँड्यो । यसो हेरिम, धनीयाका पत्ता छन्, सङ्लो पानी छ । त्यो पनि यित्ती थोरै । हामी त हेर्या हेर्यै भैम् । यै हो त मम भन्नि ?! दामेले मलाई सराप्न थाल्यो, खुप मम खाम भन्तिस नि ! इस् खा मम ! मेरो बोल्ने बाटो नै रहेन । बटुका सँगै बियरको बत्तल नि ल्याएर राख्दिएको थियो । यसो हेरिम, बत्तलको बिर्को खोलेको छैन, दुलो पारेको छ । छेरेर दिसा नधोएको जस्तो लतर पतर छ बिर्को ओरिपरी । चट्नी होला भन्नि अनुमान लाइम, तर कस्तो कन्जुस पारा हो ! बिर्को नि नखोल्या, के सुँघ्दै खाँदै गर्नी होला त त्यत्रो दुला बाट ?! खास खुस कुरा गर्दै आँफैले आँफैलाई सराप्दै बसिम । इस् खाइस मम भन्दै । त्यै नि आशा मरेको थेन । मुल्य रु १२ लेखेको थियो । १२ रुप्पेमा यस्तो झोल मात्र देर त यत्रोनि टार्दैन हेर ! आउँछ होला के ! पर्खे एक्छिन । इस् आउँच ! यो झोल ल्याइदेको आधा घण्टा हुन लाइसक्यो । कैले ल्याउँच ! सानो स्वरमा खास्खुस बादबिबाद गर्दै त्यै झोल भए नि खाउँ भनेर चम्चाले सुरुप सुरुप पार्न थालिम् । खासै टेसिलो थेन, अलिअली नुनिलो, धनीयाको गन्ध आउने । फसियो केटा फसियो । बडो मम खाइ टोपल्नी भका !
यसो पारी हेरेको चुत्राबेसी बाट किम्डाँडा तिरको उकालोमा टेक्टर् ध्वाँर् ध्वाँर् गर्दै उकालो चढ्दै थ्यो । त्यो टेक्टरको ट्रलीमा बस्न पाएको भए आधा बाटो हिँड्न पर्थेन । मध्य दिउसको टन्टलापुर घाममा । बडो दु:ख लाओ । यै ममको कारणले टेक्टरमा चढ्न पाइएन । ममले डुबाउनु डुबाओ ।
एकछिन पछी साउ आयो दुइटा प्लेट लेर । प्लेटमा सेता सेता डल्ला भब्र्याल्तै, पुत्तौँदै । यास् ! बाइर बोर्डमा देखेको त यो पो हो त !! अब फेरी समस्या पर्यो । ति सेता डल्ला त्यो धनीयाको झोलमा मुछेर खान पर्नी थ्यो कि चोपेर केइ मेसो पाइएन । झोल त लग्भग सकिएको थियो । साउले यसो हेर्यो सुप ल्याइदिउँ अली ? भन्दै बटुका टिपेर लाग्यो । अब मुखामुख गर्न थाल्यौँ । यस्तै त होला खानि भनेर काँटाले घोँचेर एक एक डल्ला मुखाँ के हाल्या थ्यौँ, निल्नु न ओकेल्नु बनायो । आगोका कोइलै उठाएर ल्याको जस्तो तातो । मुखको माथिल्लो डाँडी, गाला जिब्रो जताततै पोल्यो । तर देख्दा जती मिठो होला जस्तो लाग्या थ्यो त्यती मिठो लागेन खासै । साउले फेरी सुप भनेर धनीयाको झोल लेर आयो । उस्ले बुझ्यो यिनिहरुलाई थाहा छैन नयाँ हुन् भन्ने । यो सस हो । यसरी प्लेटमा झारेर चोपेर खानु पर्च भन्दै बत्तल घोप्टो पारेर बत्तलको पिँधमा थ्याँच थ्याँच पार्दै हत्केलाले हानेर अचार् प्लेटमा झार्दियो । थाहा नभएको कुरो त सोधेको भए नि बताइदिन्थ्यो होला साउजीले । हाम्लाई सोध्नै लाज लाओ । अब मम चोप्दै खान थालिम् भकाभक । नाम मात्र ठुलो रैच । मिठो त समोसा जत्तिकै नि हुनी रैन्च । यस्तै रह्यो ममको पहिलो अनुभब ।

मुनामदन - लक्ष्मीप्रसाद देबकोटा

  मुनामदन पुस्तक 

समर्पण :

हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरु ता मैले के गर्न सक्थेँ ! अपढ(अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया(बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको वास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।,
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !,
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।,
नेपाली माटो स्वर्गको किरण भरेर झन्क्यो मूल,,
नेपाली वास्ना भएर निस्के अत्तर देशी फूल,,
एकान्त वनमा फूलपरी रङ्गमा पस्सिए फुर्फुरी,,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।,
नदेख्ने वन कविको मन रङ्गले छर्किन्छ,,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,,
आँसुको जाल डालीमा हाली विन्दुले रसाए,,
कल्पने माली, अम्लान कुसुम,,
एक डाली गुँथी, गलामा फाली,,
जोड्दछु हात हे भाइ(बहिनी ! बास्नामा रसाए,,
दिलमा खुशाए,
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन,
आनन्द मेरो लखगुना होला सकारे समर्पण !,

सज्जनवर्गका प्रति :

क्या राम्रो, मीठो नेपाली गाना भ्mयाउरे भनेको !,
यो खेतभित्र बिरुवा रोपेँ नदेखि खनेको !,
फुलेर जाओस् वैलेर जाओस् ईश्वर(इच्छा हो,,
पयरपनि नकुल्च, भाइ ! यो मेरो भिक्षा हो ।,
यो फलिजाओस् ! यो फैलिजाओस् ! वसन्त डाकन,,
झ्याउरे भनी नगर हेलाँ हे प्यारा सज्जन !,
नरम गररोस्, चरम(चुली उडाई पु¥याओस्,,
निर्मल नाला(लहर जस्ता अगर चलाओस्,,
पहाडछातीमा पो टम्मराओस् डाँडाले दोह¥याउन्,,
मन र वन गुँजेर उठून्, छहरा छहराऊन्,,
शहरभित्र एकान्त खोपी, यो गरोस् उज्यालो,
झोपडीभित्र यसैले बालेस्, मनको दियालो;,
नेपाली गेडा, नेपाली दाना, नेपाली रसले,
भिजेको मीठो रसिलो गीत, नेपाली कसले,
नेपाली भन्ने कसले त्यसै आँखा नै चिम्ललेला;,
प्रतिभाबाट छहरा छुटे, हृदय नछोला ?,
पर्वत, खाडी, फाँटमा चल्छ झयाउरेको लहरी,,
स्वदेशी माटो जागेर बोल्छ सरलमा छहरी,,
झुप्राका चरी, वनका परी, दिल भल बगाउँछन्,,
मासा र मासा जनका भाषा हावालाई रँगाउँछन्,,
नक्कली जीवन, कुटिल विद्या लिँदैन यसमा चाल,,
भावका वशमा पग्लन्छ रसमा जनको दिलको छाल;,
पहिलो कवि पर्वतको पानी निर्मल अधर,,
हिमाल सारा सङ्गीत धारा प्रथम छरर ।ं,
कराली टिपी जलबेली कल्क्यो जीवन(सागरलाई,
बोलूँ कि बोलूँ फूल फुट्न खोजे बास्ना दी अधरलाई,,
चरीले तर चुच्चाले च्यापी पहिलो पल्लव,,
झर्नाको स्वर टिपेर कुर्लि प्रकृति गौरव,,
तिनैका साथी नेपाली जाति घाम र पानीमा;,
ढुक्कुरे मुटु सजीव भै कुर्ले भ्mयाउरे वाणीमा,,
यो नीलो स्वर्ग पार्वती(माइती, छिरबिरे छाया(वन,,
भत्केर आउँछ जीवनको तार कुर्लन्छ चरी मन,,
प्रकृति(किरण रङ्ग भै दिलमा भावले छिर्केर,,
झर्नाको शीतल शीकर उड्छ स्वरमा सिर्केर,,
दुःख र सुख मिसेको रस जो जीवन कहिन्छ,,
रसको धर्म लिएर पग्ली गीतमा बगिन्छ,,
नेपाली सच्चा जातीय जीवन भ्mयाउरेमा बोल्दछ,,
कोदाली(तालमा, हलाको फालमा नाचेर खुल्दछ,,
नेपाली नसाभित्रको रगत पाउँदछ स्पन्दन,,
यो प्रकृत छन्द(बीचमा सुन्दर रमाउँछ नन्दन,,
जनको मुटुभित्रकी चरी स्वभावमा कुर्लन्छे,,
जनको जीवन(नदीकी लहर यसैमा उर्लन्छे,,
पहाडी वायुमण्डलको ध्वनि गोधुलि(वनको बोल,,
हिमालमा हुर्की, फूलरङ्गले छिर्की, बास्निन्छ अनमोल,,
श्रमको अमृत, प्रेमको पीयूष, जनको रसमा,,
दुःख र सुखको कराली पथ, जल(ज्योति(सम्झना,,
भ्mयाउरे हाम्रो जलको बाटो आँसुको कहानी,,
झिल्झिले नाला लहरबेली रुलाइ र मुस्कानी,,
जनको सच्चा साहित्य यही, जनको नाडी छन्द,
कविता(देवी झर्दछिन् यहीँ प्रकृत लिई बन्ध,,
जमीन यस्तो विशाल यहाँ न केही सह्यार,,
यो नयाँ जमीन बटार्न कोर्न बन्दो छु तयार,,
भ्mयाउरे कवि भनेर मेरो दुर्नाम ह्ुनेछ,,
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ ।,
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,,
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ ।,
मलाई सानो पातलो गाउँ पहाडी नालीमा,,
मसिनो सानो वनचरी(कुर्लून् जल बोल्ने थलोमा,,
शहरबाट सुदूर नीरमा मोहनी कुनामा,,
गन्धर्व परी नेपाली कुर्लून्, प्रकृत टुनामा ।,
हृदयले नै डो¥याई भाषा अर्थलाई मन्त्रेर,
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर ।
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा(कम्पन,
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन ।
पेशाले बिग्¥यो कविको धर्म, शब्दले मम्र्मघात,
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात ।
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,
आदिम तर नवीन चीजको वजन गुन्नेछन् ।
यो सानो भ्mयाउरे गीतको कथा नजर लगाई,
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई !

मदन भोट जाने बेलामा :

मुना—
नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई !
ननिभ्ने गरी विरह जलाई !
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए !
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
प्यारा विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कँदो होला, तस्वीर खुलाए,
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा ! आँसुले बोल्दैन !
मदन—
हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ल्हासा, बाटामा बीसै दिन,
चखेवा फेरि आउँछ उडी बिहान कुनै दिन,
प्यारी ! भेटको बडा दिन !
कि मरि छाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा ।
अनार (दाना दाँतका लहर खोलेर हाँसन,
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन ।
प्यारी ! बिदामा हाँसन ।
मुना—
हे मेरा राम ! हे मेरा कृष्ण ! जङ्गल पहाड,
भीरका भोटे, वनका जन्तु, गाईको आहार
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ
जाने नै भए नछाडी जानोस् साथमा सुहाऊँ !
हजूरको गाथ, हजूरको माथ प्रीतिले समाऊँ !
मदन—
नभन त्यसो ! बुझन मुना ! थ्ुँगा झैँ त्यो पाउ,
वनका काँडा, उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नआऊ !
ती यौटी आमा, लच्छिनकी बत्ती, नछाड सुसार,
तीन बीस हिउँद खाएकी आमा टुहुरी नपार,
ती हेरी बसून् यो चन्द्रमुहार !
मुना—
फुलेका केश गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजूरको पाउ ! मायाको छायाले,
हजूर ! आमाको मायाले !
जङ्गली देश बेपारी वेश सङ्कट सहेर
के मिल्छ हरे ! तिनलाई छाडी ल्हासामा गएर ?
हालका मैला सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले !
हे मेरा प्यारा ! अमीरी मनले !
मदन—
हे मेरी प्यारी ! वचन तिम्रो गड्दछ मनमा,
के गछर्यौ मुना ! यो सास अड्छ त्यै पापी धनमा ।
ती आमालाई दूधको घुड्काले गला रसाऊँ,
उनको यौटा पाटी र धाराको इच्छा पु¥याऊँ,
यो हातलाई सुनको बाला दँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँला
असल गर्दा झन् बिघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !
मुना—
हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !!
ल्हासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी ।
ची सबै खेलून् ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हवस् अँध्यारो पारी घर शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली—झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमाÞ
Þपिंजराभित्र जलेकी चरी नबोली रुनेछ
ठँुगेर डण्डी बत्तिई भने कहाँ पो हुनेछ !
क्षण क्षण प्यारा हुनेछन् मेरो जलेका जीवन !
खरानीबाट छिन्छिन बिउँती रुनेछ सम्झना !
छहारी दिने रसिलो बादल झुकेको बिलाए
शीतको दाना सुकेको फूल
खङ्ग्रङ्ग भई सुकेर मूल
वैलेर झर्ली नबाोली, बोली को सुन्ला उहाँ ए !
प्यारा ! को सुन्ला यहाँ ए !
सवारी होओस् भन्नै त प¥यो मुख थुनी मुटुको
नरुँदी चरी पिउनेछ मरी आँसुको घुटुको
कमलको मुटु खुम्चेर मर्छ
भुमरा(दर्शन त्यसमा पर्छ
तिरमिर छाया मुख बाउँछन् धुृइरा शीतले काँप्छ तन
प्यारा ! शङ्काले काँप्छ मन !
मदन—
पुरुषको प्यारी, सङ्ग्राम संसार, विजय उसको सार !
पौरुष विना पुरुष हुन्न तरबार विना धार !
सङ्घर्षद्वारा बिजुली बल्छे विक्रमद्वारा दीप !
तिमीलाई पाउन म दूर जान्छ्ु झन् आफ्m्नो समीप
देहको न्यानो नजीकको प्यारी, आत्मालाई बिर्साउँछ
चौमासको वियोग किन हो ज्ञानी तिमीलाई तर्साउँछ
दूरतालाई गिज्याउँला हामी तिर्सना चढाई
झन् तिखो प्यासले सँगसँगै ह्वौँला मुटुलाई मिलाई
तिमी ता मेरी जीवन(ज्योति बाटाकी दियाली
ननिभ्ने कहिल्यै, नछोड्ने कहिल्यै जीवन अँजाली
तिमी छौ पर भन्ने यो डर मलाई हुँदैन
हिमालपारि हिमालवारि
कल्पने चरी भुरभुर गरी
तिम्रो त्यो अमर प्यारको मुटु पङ्खले छुँदैन
प्यारी ! पङ्खले छुँदैन !
पुछ्नद्यौ आँसु नजरका दाना बरबर गुडे झन्
पर्वत(खाडी सागरले छेक्छन् प्याराका जोडी कुन ?
कालको वारि, कालको पारि एक वस्तु अमर छ
दुइटा जोडी दिलको प्यार
दुइटा आत्मा जोडिने तार
देश र काल नाघेर चल्छ इश्वरको वर छ ।
सँभाल मन ए मेरी जून ! यो छोटो बादल हो
निर्मल आकाश उघ्रन्छ फेरि पखाली गाजल यो
डाँडाको पारि उडेको चरो गुँडलाई बिर्सन्न
पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
प्यारी ! तानिए फर्कन्न ?
नमान डर ईश्वर छ भर बुझाई बसे मन
अँध्यारो हुन्न सधैँलाई प्यारी ! फर्केर आउला दिन !

मदन भोट जान्छन् :

डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चीसो बरफ झैँ डुलेको ।
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका ।
बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ल्हासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी !
स्याउला चीसा, ओछयान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात ।८
८बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ल्हासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ल्हासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी ।
आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदानतिर पोतालामनि ल्हासा नै मुस्कायो ।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढ्ुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको ।
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा ।
कीचको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो त्यो ल्हासा झलमल ।
ती हस्तिहाडसरिका सेता, भोटेनी भरखरका,
आँखाका काला, नौनीका छाला, त्यो ल्हासा शहरका ।
खौरेका शिर भोटेका गुरु, ती माला फिराई,
गम्भीर चाला, गडेका आँखा अनौठा लगाई ।
‘ॐ मणिपद्मे ॐ मणिपद्मे’ भनेर हिँडेका,
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका ।
त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,
ल्हासाको शहर क्या लाग्दो रहर सुनको झलकमा !८८
८८ हिमालको आकाश किनारापारि बुद्घको शीतल घाम
सुनौला बादल नगरी जस्तो गन्धर्व —परी —ग्राम,
विपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव,
स्वर्गमा यात्रा गरे झैं चले बबाटाको बिर्सी ताप,
ल्हासाको झल्के सुनका छाना उनका आँखामा,
रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामा ।
दुधले न्वाउँथिन् भोटकी रानी, फुलमा सुत्त थिइन्,
हिमालको हिउँसँगैमा स्पधौ छालाले गर्दथिइन्,
गुलाफसँग दाँजिनुपथ्र्यो ऐनामा गाला रे ।
एक राज्य किन्ने गलामा उनको रत्नको माल रे ।
फुलको मह सहेली टिप्थे वागमा छानेर,
मणिको प्याला उचाली प्यूँथिन् आनन्द मानेर,
तरंग यस्ता हजारौ चले मदनका मनमा
सुनेको माथि कल्पना लागी रंगिलो क्षणमा ।
बाटो त सा¥हो यमालो ठाडो कहीँ छ बित्ते भीर,
कहीँ छ डोरी टाँगेको पूल कहाली रिङ्ने शिर;
पातलो उचाईं धप्काउँदो फोक्सो मुटुलाई फोरेर
गरल लीला पर्वतमाथि पर्वत चढेर
तपस्वीलाई निर्माणनिम्ति चढाई कठोर
हजारौं सही भएझैं विफल कष्ट भो अघोर
बीचबीचमा तर अमोल झल्क्का पाइन्थे पथमा,
नन्दन जस्ता फुलेका जङ्गल पहाडी पटमा,
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा,
प्रकृति उनलाई छक पारिदिन्थिन्, झल्काई मुटु वाः।
बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र
गर्जनतल, इन्द्रेनीतल,
झुल्कन्छ घाम, तल छ जल
माथि छ मानव स्वर्पुरमाझै चुलीमा पवित्र ।
स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
चरण फयाँकि बाँसुरी तालमा, अप्सरा लजाई,
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र ।
पृथिवि भरमा क्वै जाति भए नेपाली के कम छ ?
मनमन भन्थे मदन त्यहाँ यहाँ क्या जीवन छ ।
हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव तपस्वी,
विश्वमा नेपाल विक्रम—तेजले हुनेछ यशस्वी ।
कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,
गुन्जायमान शीतल पर्वत शीकर दानाले ।
अमृत जल त्यो भन्दा मीठो पृथ्वीमा पाइन्न,
प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न ।
ढुङ्गाको दाँत,झन् तीखो बतास दा¥हा नै किटाउने,
विचित्र जन्तु सैरने बन गोधूली—छायामा,
कालीको बाहन फुकेर चर्ने मिर्गका कायामा ।
कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल
शहरका सङ्गीत(कविताभन्दा बनेली अनमोल !
जीवनको मीठो आनन्द चर्को हरियो हावामा
उद्गार गरी थरी र थरी
फुर्फुरी गर्ने भुर्भुरी लिने,
उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा !
पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा !
क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी,
भीषण काली क्रोधमा तर,
नङ र चुच्चो लोहित हुँदी आँधीको भुमरी !
कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका
अत्तर बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलका,
सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा,
देखेर मदन गदगद हुन्थे विचित्र मिठासमा,
मिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवमा,
चाञ्चल्यको नै आनन्दस्वरुप फुर्केको रहरमा,
इन्द्रेनीराज्य फुलारु बाक्ला जङ्गल नाघेर
मदन चढे पर्वत ऊँचा हिमालमा लागेर,
पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,
काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,
दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,
उषाले बाल्थिन् लखबत्ती(चुह्ली सुनौला ज्वालामा,
एकान्त त्याहाँ शासन गर्थे साम्राज्य सेतोमा
तपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा,
बिहानी लाली घसेर आउँदा प्रथम गुलाफ,
सृष्टिको पैह्लो ललित रङ्ग धम्काउँथ्यो रवाफ,
मानिसलाई चुनौती दिने हिउँका टाकुरा
डुबुवा दिनले छोएर बल्थे
प्रकृति(मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ !
विशालताको रोमाञ्चकारी हिमाली स्वरुप,
विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप ।
करुणाजस्तो कोमल निर्मल हिउँको कया छ,
भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ ।
रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास,
उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास ।
सकलयुगको इतिहास जानी निश्चल तपस्वी,
सागर भेटी बादल फ्याँक्थे
आसिकजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी ।
जूनले लस्दा हिमाल महल कान्तिलृ कोमल,
चाँदनी स्वर्ग, चाँदिलो सपना
अमृत(जलप(निवास बन्थ्यो उमाको शीतल,
पीयूष(जलमा छायाको सार झल्के झैँ मञ्जुल ।
एकान्तलाई त्योभन्दा ठूलो विलस थिएन,
संसारी विष निभाउन शीतल
तयोभन्दा र्को भूतलमा कहीँ स्थल नै थिएन,
अनेक गङ्गा निर्झर नाला आँसु झैँ दयामा,
पग्लेर स्वतः बर्बर झर्झर्
तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियँमा ।
श्यामल धन नेपालको भन कसको वरदान ?
जलडोरे अनेक सभ्यता युगका कसको प्रदान ?
उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने,
आश्चर्य के छ भारत खोज्थ्यो
त्यो दिव्य मीठो आभास सधैँ आत्मालाई जगाउने ।
उचाली आफ्नो मनको तह तरङ्ग उचाली
हिमाल(प्रदेश पार गर्थे मदन हृदय उचाली ।
धूपीका घारी सल्लका घारी पर्वत चढेका,
हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका ।
पृथिवी अब पातलो उँचाइ लिएर नङ्गिन्छिन्,
छ मास हिउँको सिरक ओढी छ मास फुङ्गिन्छिन् ।
बतास भो तीखो, हिमाली श्वास सियो झैँ कडा भो,
भोट जाने युवा हिउँको लामो लहरमा खडा भो ।
बुर्बुरे चीनी हलाले छानी सल्लाको सियाभर,
पवित्रताको पीठोको धूली पर्वतमा छरबर,
शीतमा थियो अग्निको जलन पैताला जलाउने
हावामा थियो पातलो पन फोक्सोलाई फुलाउने,
बतासले दा¥हा किटेृर टोक्थ्यो साँझमा मुटुलाई
भोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई,
सुकुटी चिया भेडाको धुली चौरी दुध गट्टाले
बचाए बल्ल क्या कष्ट पाए बाटामा पठ्ठाले ।
प्रकृति देवी मानिसप्रति क्रूर र निठुरी
भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी ।
उब्जनी छैन, खानलाई छैन, प्यून नदारत,
बल्ल र तल्ल सँभाली सामल
नेपाली साँघु भोटेको त्यो दल—
सँगमा मदन जिनतिन चले कष्टको कडा पथ ।
अनेक दुःख बाटामा सही देखेर उदेक
एक मैन्हापछि मदन पुगे ल्हासाको नजीक ।
अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी ।
कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो
पसु की फलू झँै सुकेर गइन् आँसु नै बर्सन्थ्यो ।
लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार
कोठामा सुत्ता तकिया भिज्थ्यो चिन्ताले हजार,
ती दिन लामा, ती रात लामा, ती दिन उदासी ।
अँध्यारा रात, उज्याला रात जून नै उदासी ।
भ्mयालमा आँसु मुनाको मन चिन्ताको आहारा ।
स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,
एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ ।
चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,
सपनाभित्र उनलाई देखे उठ्न नै गा¥हो छ ।
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन् ।
मनको दुःख मनैमा राख्छिन् नबोली, छिपाई,
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई ।
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिप्धिप्मा,
वैलिँदा फूल झन् हुन्छ राम्रो शरदको समीपमा ।
बादलको कालो किनार चाँदी, झन् जुन उज्यालो,
विदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो ।
फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,
रातका आँसु तारका ज्योति, टप्कनछन् महीतल ।
गुलाब मीठो जरामा बन्छ कीराको आहार,
शहरभित्र फुलेको फूल दुष्टको शिकार ।
मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,
मानिसलाई बाटामा काँढा मानिस छर्दिन्छ ।
अत्यन्त राम्री यी मुना हाम्री भ्mयालमा बसेकी,
शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी ।
भवानीलाई कातेर बत्ती बेयाद रहेकी,
गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर ।
+ + +
गुलाबलाई देखेर राम्रो हे भाइ नछुनू !
लोभले हे¥यो; मोहनी गयो जङ्गली नहुनू !
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार !
ईश्वरको हाँसो पाएका फूल छोएर नमारÞ
Þभित्र छ आत्मा मसिनो तिनको पत्तीमा झल्केको
भित्र छ तिनको मसिनो बास्ना हावामा बल्केको
सुन्दर सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा ।
गुलाफ आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले
बोलाउन आप्mना आत्माले आत्मा सुन्दरको आह्वानले
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
लज्जाले खुम्ची भाग्दछ देही
के माटोबाहेक हात लाग्ला केही ?
मुस्कान देऊ फुस्कन देऊ बास्नामा मधुर,
बास्नाले मात्र सौन्दर्य छोऊ
आँखाको लोभ आँसुले धोऊ
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।
घरमा आई माउर लाई नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे समाई,
‘कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
छ मैना भयो खसम हजूर ! गएको ह्लासामा ।
बिस्र्यो है क्या र ? हजूरलाई तरुनी(खासामा ।
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?’
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो;
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै न ै हरायो ।
खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू !
म अरु जस्तो नठान बुभ्mयौ हे नैनी भाउज्यू !
यो कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,
जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख ।
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,
यो मेरो मन डगाऊँ भनी नरच यो जाल ।
गुलाब जस्तो फुलेको दिल कोपिला हँुदैन,
जो एकबाजि सुम्पियो बुभ्mयौ सो आफ्नो हँुदैन ।
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कँुला,
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसँुला ।
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्न्ु माथि बाबुको अघि हिलोले बिगारे ।
दयाले नैनी ! ईश्वरले सिँगारे ।
पापको भारी बोकेर फेरि उक्लनु कसोरी
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,
नैनी ! फिर्दैन यसोरी !
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,
मानिसहरुको मनको जगत् गर्दिन्छ पवित्र ।
ती तिम्रा आँखा रसाई आए, परेला अडेको,
आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको !
हे नैनी दिदी ! मनको मैलो आँसुले पखाल्छ,
आँसुका थोपा आफैँमा असे यो मन उचाल्छ ।
यी मेरा कुरा गएर तिमी अरुमा सुनाऊ,
आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,
नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !’Þ
Þ‘बिराएँ हजूर, माफ रहोस् कसूर’ नैजीले जोडी हात,
भुङ्ग्राले जल्यो उसको गाला
मानव–आत्मा पतनमा पनि
निदाइरहन्न लौ हेर ! चाला
अन्तरले उसको के भोग्यो होला शरमको बज्रपात ।
त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा
सुतनेलाई त्यस्तै जगाउने शक्ति सतको वचनमा,
भाइ ! सतीको वचनमा !
सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ ।
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको
चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,
अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा,
फूलबुट्टे चउर घाँसका बगैँचा ।
चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,
कस्तूरी(वास, सुनको रास, बाटो त उकालो,
आएर बसी के जानु चाँडै नबुझी नौलो चाल,
मित्यारी लाई मदन बसे घरको बिर्सी हाल ।
छ मैना गयो, सात मैना गयो मन भो झसङ्ग
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग
मनमा आए लहर नाघी जङ्घार त¥यो पार,
मनले उनको पखेटा हाल्यो उडेर गयो घर ।
बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,
मुनाका आँखा रोएर ठूला, नयन बदामी,
लाम्चिला, ठूला नयन बदामी !
घ्याङ्घुङे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो,
पहाडमनि पहाडी छाया साँझमा लम्बियो ।
बतास चीसो चम्केर आयो मनको तन्द्रामा,
उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा ।
उदासी जून, फिकामा गए मदन डेरामा,
ती आमा नाचिन्, ती मुना नाचिन् आँखाको घेरामा ।
त्यो रात त्यसै छर्लङ्ग गयो, ओछयान बिझायो,
छातीमा केले थिचे झैँ लाग्यो आकाश रछायो ।Þ
Þ छबीस दिन उज्याला पङ्ख िहिमालमा ब्यूँझेर
पश्चिमी सुनको सागरपारि गएछन् उडेर
गोसाइाकुण्डको धेरै नै पानी गङ्गामा बग्यो हो,
ह्लासाको जादू घरले जित्यो
नेपाल–खाडी निर–किल्लाभित्र स्वप्नमा अड्यो हो,
साहुका साथ सिकेर किल्ली बेपारमा चलेथे
तीन मैना चल्दा क्यै गुठिल जम्मा भएर फुलेथे
कस्तुरी असल बिनाका बिना बटुली सह्यारे
शिलाजित बूटी उत्तम केही बटुले त्यहाँ रे
सुनका माल प्रशस्तै मिले लगाउँदा लगानी
आपूmलाई चाहिनेसम्मको धन कमाए त्यहाँ नि !
आखती केह िलगेका थिए एक लामा धनीको,
दमको व्यथा निमन भयो भाग्य नै बनिगो,
आपूmले उनले चिताएभन्दा रास थियो सुनको,
नेपाल फर्की जानै भो इच्छा अब ता उनको
लुकाई ग¥हांै सुनका थैली, कस्तूरी सह्यारी,
ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी ।
+++
‘सपना मैले के देखेँ आज ? भैँसीले लघा¥यो,
यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछा¥यो,
बज्यै ! भैँसीले लघा¥यो ।’
‘बुहारी मेरी ! शीतको सपना पिर्दैन खराब,
खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप ।
फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब,
हे छोरी जस्ती बुहारी मेरी ! त्यसरी नकाँप ।’
‘दाहिने आँखा फर्फर गर्छ मनमा लाग्यो पीर,
कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर ।
आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान,
हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान,
बज्यै ! मनको मुहान !’
‘कसैका माथि कुभलो हाम्रो मनमा बसेन,
पापको छाया यो हाम्रो सानो घरमा घुसेन ।
दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ,
दैवको बज्र ओर्लेर आए ममाथि पर्दछ,
फुलेको केश, ममाथि पर्दछ !’
‘धेरै नै भयो खबर केही आएन ल्हासाको,
चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको ।’
‘बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।’Þ
Þ‘नमान पीर बुहारी मेरी पीरले सुहाएन’
‘तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
खराब कुरा नसोच्नु भन्छन् अफाल्दा फर्किन्छ
मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ
हजूर ! आँखिभौँ फड्किन्छ ।
हजूर, हाम्रो अबला चोला आधार हुँदा दूर
सुकेको पात भैmँ शीतको बेला,
हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर
मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
उडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरी
हिमाललाई हे¥यो मन चीसो हुन्छ पर्वत है¥यौ नीर,
हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
हजूर ! के गरी रहूँ थिर ?’
‘नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
पूmल भैmँ छोयौँ संसार हाम्ले,
न मान्छे न त दैवले हाम्लाई काँडालै छुनेछ ।’
==(मदनलाई बाटामा हैजा लाग्छ)==
‘नछाड मेरा हे साथीभाइ ! वनमा मलाई,
काग र गिद्धहरुको पापी शिकार बनाई ।
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन् ।
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन,
अझ छ सास, अझ छ आस, यो दर्द बुझन ।
आशिष देलिन् ती बूढी आमा मलाई बचाओ !
मानिसको आँसु मानिसले पुछ्न्ु सबैको धर्म हो ।
यो घाँटी सुक्यो म पानी खान्नँ ! बिझायो यो घाँस,
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास !’
‘के गर्छौ भाइ ! टाढाको घर बाटाको जङ्गल,
यो हैजा हाम्ले कु¥हेर बसे हुँदैन मङ्गल ।
औषधिमूलो साथमा छैन यो माझ वनमा
ईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा ।
घर र बार सबैले छाडी जानु त पर्दछ,
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ ।’
हातले टेकी मदन उठे ती साथी गएछन्
पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन् ।
वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो
पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो ।
दुर्दशा त्यस्तो, निठुरी सारा जङ्गल पहाड
निठुरी तारा जगतै सारा निठुरी उजाड ।
पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर,
घरको तस्बीर मनमा उठ्यो झन् गाढा भएर ।
‘हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि !
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि !
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् ।
आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब ।
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?’
भएको बल गलाको पुग्छ चिराक पल्तिर ।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी ।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैन ।’
भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
‘ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन !
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी ।
मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो ।
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो ।Þ
Þहिमालको बूटी विचित्र थियो जादूको दियो काम
त्यो भोटे दैव नभए कठै जान्थे ती परमधाम ।
वनका बीच घरेलु चिल्लो झुपडी टुमुक्क
गोबरमाटे —फूल टाटेपाटे,
वनको कोही देव र देवी घुस्ने भैmँ सुटुक्क,
हाँगाको टेको, हावाको छेको ढुङको गाहारो
मदनलाई लाग्यौ महलभन्दा धनी र पियारो,
भेडाको ऊनको बिछ्यौना नरम आढ्नालाई पाखी छ,
त्यहाँको जीवन वैकुण्ठ जस्तो उनको लागि छ,
मुस्कानमा छैन मान्छेको छुरी, वचनमा छैन विष,
हावामा छैन दूषण केही, मनमा राग रिस,
दारिद्र्य त्यहाँ क्या धनी थियो थोरैमा कति धेर ।
चाहिँदो रैछ के सुखलाई ? प्रकृति भएनेर ।
हरियो थियो आँखाको शीतल प्रकृति रङको धन
शहरमा भरी जीवन भन्छन् जीवन थियो वन !
नकली ज्ञान पोथीका भन्दा, पूmल–पाना हँसिला
रङ्गिला पत्र प्रकृतिदेवी उल्टन्थिन् रसिला,
ईश्वरको ज्योति टल्कन्थ्यो त्यहीँ शीतका दानामा,
क्या बोल्थ्यो ईश्वर पखैरुबाट रङ्गनि गानामा !
पूmलको बोट उम्रेको हेरी मान्छेले पाउँथ्यो ज्ञान,
सुँघेर बास्ना लट्ठ भै आत्मा भोग्दथ्यो क्या निर्वाण
लामाको जीवन प्रकृतिबीचमा बनेली मुटुमा
बुद्धको टकले झिल्केको थियो निर्वाण–पथमा
पन्छी र पशुहरूको साथी अहिंसा विचारी
रूखको ढुकढुक, पूmलको धड्कन,
ज्योतिका पथमा बीजको स्फुरण,
समस्त तिनको रहस्य जान्ने प्रकृति–पुजरी
रहेछ लामा एकान्ततामा विलासिरहेको
देख्तामा झुत्रो, भित्र त्यो कत्रो ! विशाल भएको
चौँरीलाई पाली, फलपूmल हाली, बटुली जहान
पाल्दथ्यो यौटा आदर्श ढङ्लै कुटीमा सुबान
रहस्यमय अदृश्यसँग बसेको रमाई,
उदारताले हृदयद्वार जीवनलाई झिाई,
रोग र व्याधि निखार्न सक्ने मन्त्र र बूटीले,
मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले,
हिउँले ब्रह्मा बनाइदिन्थे उसका कुमारी,
गालामा उषालालीले रङ्ग दिव्यले मुसारी,
वनकी देवी जस्ती थी छोरी बृद्धको पालाकी
उसको नाम थियो है लावा कोमल चालकी
कुमार उसको तेजिलो थियो फुचाको नामको
बर्षमा बा¥ह गजबकौ तर जेहेन र कामको,
पशु र पन्छी सबेको बोली मुठीले निकाली
भाले र पोथी लागाउथ्यो बोल्न विचित्र कला ली,
महीना बित्यो मदनको त्यहाँ प्रकृतिबचिमा
अचम्म मानी आनन्दमाथि हिमालनगीचमा
बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती,
सुरिलो गीत गाउँथी लावा बरबर बन्थे ती,
कलुषशून्य तिनको जीवन सत्युग समान
देखेर त्यहीँ बसूँ भैmँ लाग्यो सधैँ नै नजान
तैपनि मेघ दक्षिणको आयो नाघेर हिमाल
जलको कुइरो पातलो बनी,
‘कोही छ रोइरहेको’ भनी,
सम्झना दिँदै अबोल बोलमा मसिनो जञ्जाल,
पन्छीको उठान मनले टिप्यो धराको घेरापार
घर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पार
वैशाख लाग्यो पल्लवमा पन्ना, पूmलमा इन्द्राणी
चरामा कलकल, साँझमा लाली,
ढुकुरमा कुकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी,
नालामा छलफल, हिमालमा झलझल, हाँगामा फुर्फुर,
मुजूरमा ढाँचा, हरिणमा कन्याइ, मिर्गमा छुर्छुर,
लहरा हल्के हल्लेर फुल्की मधुम, गुनगुन भो !
नवीन मीठा कलकले वन शिशु–शिर छुनमुन भो,
वास्नाका कण दुगुर्न थाले, पोथीलाई बोलाउन,
शब्दले डाक्थ्यो मुटुको शब्द,
प्रश्नका साथ उत्तर लागे वनलाई गुञ्जाउन,
सृष्टिले नयाँ नाटक रचिन् आनन्द चञ्चल भो,
प्रमको राज्य हरियो भयो, जीवन हलचल भो,
पूर्णिमा आइन् हिमाल–भालमा बाटुली बनैर
अमृत थाली झिलमिल पाmली,
जादूको जाली शीतल हाली,
चराचर–दिलमा जलप लगाई हिमाल सपनेर,
वर भो यौटा द्यौथल सुन्दर जूनको जलपमा,
परीको संसार स्वप्नको मुहार शीतल झलकमा,
जुनेली पूmल फक्रेर आए हृदय खोलेर
पातला पात भै पारदर्शी जूनसँग बोलेर
बुद्धको थियो उत्सवको रात उज्यालो खुलेको
विशवमा शान्ति मनमा कान्ति,
चराचरलाई नवीन जीवन अमृत मिलेको
लामाले लियो बाँसुरी हातमा वनको बाँसुरी
जनको मन कुर्लने भन,
सङ्गीतको आत्मा अटाउँने खाक्रो प्वालसुरे बाँसुरी ।
टिरि र लिरि बाँसुरी बोल्यो अबोला बोलाई वन
लावा र फुचा हातपाउ फाली,
तालमा नाचे शरीर चाली,
बुद्धको जीवन–कथाको सारमा भावले नाच्यो मन,
गीत गाए तब लामाका जहान मिलेर वनमा
भोटेको छन्द दोसाँधे मिठास शब्दको बन्धमा
मदनको आत्मा बुद्धको लोकको मुक्तिमा रमायो
उनले टिपे तलको गाना हृदय रसायो–
==गीत==
वैशाखको पूर्णिमा
हेर हो हिमाल जून !
रातको कालो वर्णमा
अमृतको यो थालीले
झलमल पार्ने कुन ?
स्याब्बो च्याङ्बा । स्याब्बो च्याङ्बी !
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखकोमा
दिन तारा(झुप्पे यो रुखमनि
कसले लायो धून ?
चूलीमा पुग्यो बाटो गुनी
आँधी नाची, पर्वत नाघी,
संसारलाई लाउन गुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
आकाश उनको छाती हो
करुणा धारा सुन
तारा आँखा राती हो,
माटी—जरामा बन्चरो दी
काललाई जित्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !
पानीले पा¥यो आकाश नीलो, पखाली तुवाँलो,
कौसीमा लाग्यो क्या राम्रो जून स्वर्गको उज्यालो ।
सिरिरि सिरि शीतल हावा, सुन्तला फुलेको,
क्या मीठो वास्ना मधुर मसिनो, जूनमा मिलेको ।
जूनको विमल –अमृत–जल– तलाउ–छायामा,
नरम, मधुर सरस, जगत्, जीवन झैँ मायामा ।
नीदले छोडेकी कोइली बोल्छे जुनेली रातमा,
जीवन देश बोले झैँ प्रीति मनका पातमा,
क्या मीठो त्यसको सुरिलो स्वर रातको कलिलो,
मनको तिर्सना सपनाभित्र घुसे झैँ रसिलो
गमलामाथि केँबरा झुल्छ, गुलाब बोल्दछ,
छायाको बुट्टा पर्खालमाथि ज्यूँदो झैँ चल्दछ ।
नीलो छ सारी ताराको पारी मुनाको गाथमा,
भावका जल–महल–लोचन कोमल छन् रातमा ।
चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौसी र आकाश,
स्वर्गको अटाली हाँस्दिछिन् यौटी, यौटी छन् उदास ।
यो देश छैनन् उनका आँखा, मनका चित्रमा,
गडेको टक छ अरु देश जूनका भित्रमा ।
सम्झना झुम्मियो बादल जस्तो चन्द्रमा हराइन्,
विरह जस्तो अँध्यारोभित्र, एक आँसु चुहाइन्,
मुनाले बोलिन्, ‘हे मेरा कृष्ण ! मलाई भुल्यौ नि !
निठूरी मन लिएर भन, कसरी डुल्यौ नि ?
कृष्ण ! कसरी डुल्यौ नि ?
मुहार तिम्रो जुहार मेरो नजरको हरायो,
कुन पापी दैव आएर चोरी कुन देश फिरायो,
सम्झनालाई छायाले छकायो !
पहाडवारि पहाडपारि पर्दाले ढाकेको,
स्वरुप तिम्रो खालि छ मेरो मनमा जागेको,
झल्झली देखी विरह लागेको !
वचन तिम्रो तारमा मनको निदाइरहन्छ,
सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ,
दुःखको कानमा सुखको कथा बजाइरहन्छ ।
पखेटा छैनन् उडेर जान चिडिया उडेका,
हेरेर बसी आँसुका थोपा गहमा छुटेका,
देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका !
किन हो किन, यो मेरो मन बादलले ढाक्दछ,
सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ,
प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको !
न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको,
उडन पाए त्यो पाउमाथि लुटुपुट पर्नेछ
त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ,
सधैँको निम्ति साथमा फिर्नेछ !
पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ?
मनको धन छाडेर किन ल्हासामा बसेको ?
हे पैसा ! तैँले पासोमा पाछस् सिंह झैँ हृदय !
सोझाको सराप असलको विलाप, दुष्टको अभय !
पैसामा भुली बिर्सेको हो कि ? कसैले भुलायो ?
प्राणको मन छकाईकन अरुले डुलायो ?
बिर्सनुपर्ने यसरी होइन ! भमरासरी मन !
के भर त्यसको ? नलागोस् पाप पापी छ मेरो मन,
प्राण ! पापी छ मेरो मन !
पहाड त्यस्तो ! जङ्गल त्यस्तो पथरा प¥यौ कि ?
मलाई सम्झी दुःखमा नजर आँसुले भ¥यौ कि ?
प्यारा ! आँसुले भ¥यौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
सुसार कसले गरेको होला ? अकेला थियौ कि ?
प्यारा ! अकेला थियौ कि ?
हावाले लगे मनको चिठी, मन रुने थिएन !
तिमी छौ पर, म रुन्छ् घर, बिन्ती नै पुगेन,
प्यारा ! रोएको पुगेन !
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
नबसोस् ध्रूलो, नबिझोस् काँढा, मङ्गल होस् साथमा !’
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !
० ० ०
राता र नीला पहेँला फूल वनमा फुल्दछन्,
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् ।
दक्षिणतिर किनारातिर फड्केको बादल,
भोटेको घर मदनअघि नेपाल झलझल,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचूली बिहान खुली उत्तर हाँसेको !
पहाडहरुको नीरको माला नेपाल शहरको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
उज्यालो पाटा छायाका टाटा, पहाड टाढामा,
दूधका झर्ना झरेका सेता सतह गाढामा ।
दूबोको बारी त्यो टुँडिखेल रुखले घेरेको,
धररा उठी शहरमाथि गजूर भिरेको ।
आकाशलाई छातीमा राख्ने त्यो रानीपोखरी,
त्यो कान्तिपुरी, केँवराकेश उज्याला सुन्दरी,
साँझमा गाग्रो कटीमा राखी अँगालो हालेका,
मस्केर चल्ने लाजले बल्ने, कपूरमा ढालेका ।
विचित्र त्यस्ते त्यो चित्रकारी भ्mयाल र ढोकामा,
पीपल ठूलो बोलेर उठ्ने हावाको झोकामा ।
त्यो सानो घर पीपलनिर, भ्mयालमा मुनियाँ,
ती बूढी आमा, ती प्यारी मुना, मनका दुनियाँ ।
आमाको बोली, मुनाका आँखा, दिदीको रुलाइ,
कौसीको ज्रन, गमलामाथि फूलको झुलाइ ।
फर्केर हेर्छन् मदन फेरि भोटेको आँगन,
क्या राम्रा बच्चा, क्या राम्रा पाठा खेलमा मगन !
हेरेर फेरि भोटेका तर्फ मदन बोल्दछन्,
हृदयभित्र लुकेको इच्छा ओठले खोल्दछन्,
‘हरियो भयो डाँडाको मुख फूल फूल्यो वनमा,
टाढाको घर झल्केर आयो हे दाज्ु ! मनमा ।
कलिलो राम्रो पालुवा होला नेपालमा लागेको,
त्यो आलुबखडा हाँसेको होला वसन्त पाएको,
हरियो चिल्लो जोबन होला वनमा जागेको !
वास्नाले मीठो चलेको होला हावाको लहर,
रुख र लहरा झुलेका होलान् सिहर सिहर,
खोलामा होलान् घाममा खेल्न छविला लहर !
‘वसन्त लाग्यो ! वसन्त लाग्यो !’ भन्दी हो कोइली,

डुल्दी हो लिई अनेक रङ्गी फूलका सहेली,

दुई दिल मिली फुलेकी बेली, मगमग चमेली,

बगैँचाभित्र स्वर्ग नै होला हाँगाको हबेली,

जोबनका गालामा लाजको लाली फुलेको गुलाब,

पानामा सेता सुनका अक्षर, चम्पक किताब,

पहाड–किल्ला चूली उपल्ला श्रीपेच–सरोज,

रक्षाका निम्ति ती पशुपति मुटुमा विराज,

वीरको देश, धर्मको गादी, शक्तिको आँकुरा,

पछिको बढ्ती देखाई उठ्छन् हिउँका टाकुरा,

त्यो देशभित्र त्यो सानो घर, झल्झली फिर्दछ,

बिर्सेको रिन सम्झनाकन आँसुले तिर्दछ ।

सम्झँदिहुन् ती डाँडाकी ज्रन, आमाले मलाई,

वनको छेउ म टाढा बस्छु त्यो घर रुलाई,

तिमीले लायौ सधैँको गुन, म तिर्न सक्तिनँ,

सधैँको ऋणी, म तिर्न सक्तिनँ !

दुइटा मैला सुनका थेला वनमा गाडेको,

यौटा हो तिम्रो यौटा हो मेरो गुनले बाँडेको,

यो तिमी लेऊ बिदाइ देऊ, म घर हिँड्दछु,

यो तिम्रो गुन सधैँको सम्झी अगाडि बढ्दछु ।’

भोटेले भन्छ,‘के गर्छ मैले पहेँलो सुनले ?

रोपेर सुन उम्रन्न क्यार के गर्छ सुनले ?

रोपेर राख्यो, पछि पो खान्छ यो तिम्रो गुनले,

बालक मेरा यी छोराछोरी, आमाले छाडेको,

के गर्नु सुन ? के गर्नु धन ? दैवले चुँडेको,

यो केटाकेटी खाँदैन सुन, लाउँदैन गहना,

आकाशमाथि जहान मेरो बादल छ गहना !’

भोटेका बच्चा काखमा राखी, कपाल मुसारी,

पुछेर आँखा फूलको थुङ्गा केशमा घुसारी,
पुछेर आँखा त्यो भोटेसँग मदन भन्दछन्,
‘बिदाको बेला आँसुले आँखा झन् भरी बन्दछन् ।
गाहारो भयो छाडेर जान गुनको आँगन !
दाज् ! केही त माग न !’
भोटेले भन्छ, ‘मौकाले पायो त्यो गुन लाउन,
गुनको सट्टा लिँदैन हामी, सम्झेर जाऊ न,
आफैेले खन्छ आफैँले खान्छ, सित्तैमा छुँदैन,
क्या दिन्छ तिम्ले ? क्या लिन्छ मैले ? मागेर लिँदैन ।
च्याङ्बाको नाउँ सम्झेर जाऊ घरमा सुनाऊ;
बूढीको आसिक यी केटाकेटीहरुमा पठाऊ ।’
रोएर हिँडे, जङ्गलछेउ, अपढ, अजान,
त्यो भोटेभित्र देखेर त्यस्तो मनको मुहान, रोएर घर हिँडे ती मदन !
० ० ०
मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
सुकेको तेल घरकी बत्ती मधुरो भएकी
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी ।
छोराको म्ुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन् ।
भ्mयालको हावा फुलेको केश मुसारी हिँड्दछ,
ल्हासाको तर्फ आमाको दिल बहाई बढ्दछ ।
आँखामा छैन उनको आँसु शान्तिले छाएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,
प्राणको टेका, कलको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ ।
जरोले तातो, पातला हात नसाले जेलेको,
रसिला–आँखा–बुहारी–हात प्रेमले मिलेको ।
कलिलो हात समाई भन्छिन्, ‘मेरी हे बुहारी !
अब त बेला नजीकै आयो जानु छ उसपारि !
के गछ्र्यौ रोई, नरोऊ बुहारी !
सबैको बाटो यही हो नानी ! अमीर–फकीरको,
यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,
शहर बस्नू, नफस्नू यसमा, दुःखको जञ्जाल !
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल !
फुलेको देखेँ वैलेको देखेँ जगत्को फूलबारी,
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी !
पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,
दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ ।
गरेको जति लिएर जान्छु, के जान्छ साथमा,
सपनाभित्र पाएको धन ब्यूँझेको हातमा ।
बिदाइ लिन्छु सबका साथ मदन आएन,
त्यसलाई हेरी आँखाले आज चिम्लिन पाएन ।
म मरिहाले मदनसँग यो भन्नू तिमीले,
‘नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले !’
रोकेको दिल आँखामा खस्छ गलामा बोल्दछ,
मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ ।
‘हे मेरी बज्यै ! हे मेरी आमा !! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु ।
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ !’
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र ।
कहिलेकाहीँ मुनाको हात छामेर ‘यहाँ छ’
भनेर दिँदा बलले भन्थिन् ‘मदन कहाँ छ ?’
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओह्र्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो ।
नजर फि¥यो, पसीना पुछी बोले ती बटुवा,
‘सुबोल् सुबोल् हे ! ठाउँ सरी बस्न, आकाश(डुलुवा !
हेरेर आइसु ती आँखा तानी के मे शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
‘नमान्नू धन्दा नमान्नू फिक्री’ भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवावेद खाई !’
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
‘कागले बुझयो, उडेर गयो पुग्नेछ सबेर ।
बुझदैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !’
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !
० ०
शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप ।
बज्रको झिल्का चड्केर गई आँधीको पुछार,
हुन्हुन हावा बिलौना गर्छ साँझको सँघार ।
कुक्कुर रुन्छ पिँढीमा बसी, अँध्यारो राति छ,
औँसीको कालो आकाश(छाना घरको माथि छ ।
पिल्पिले बत्ती धिप्धिप गर्ने अँध्यारो उज्यालो,
अँध्यारोसँग मिसिएजस्तो टुकीको तुवाँलो ।
रुखमा तप्क्यो आँसुको थोपा हुरीले भाँचेको,
भुल्काले आँखा बाटुला लायो रुखमा भाँचेको ।
कलिलो रुख पिटिक्क भाँचेको ।
पिल्पिले बत्ती, भिजेका आँखा, भिजेका परेला;
औँसी झैँ मुख किन हुन् त्यस्ता ती आँसु भरिला ?
हा कठैबरी ! भिजेका परेला !
सासूको सास घाँटीमा बज्छ अड्कन्छ गलामा,
बुहारी मूच्र्छा इन्तु(न(चिन्तु माथिको तलामा,
ती मुना कठै ! नीली भै पलामा !
दाजु र भाइ छिमेकी रुन्छन्, अलाप विलाप,
छातीमा हात, आँखामा आँसु, मनमा विलाप,
बिजोग हरे ! बिजोग त्यस्तो ! दैवले देख्तैन,
दैवले देखे कसरी हेर्छ ? कलम लेख्तैन !
त्यो कालो सर्प बनाई मुटु कसरी उठायो ?
मदन मरेको कसरी चिठी गुण्डाले पठायो ?
सर्पको दाँतमा विषको थैलो, ईखको तिखो फल,
मानिसभित्र झन् हुन्छ कालो मनमा हलाहल !
० ०
‘के देख्न आएँ ? हे मेरी आमा ! के देख्नुप¥यो नि ?
हे मेरी आमा ! हे मेरी आमा ! यो छाती चि¥यौ नि !
आमा ! यो छाती चि¥यौ नि !
पापीको मुख हेर न आमा ! मलाई हेर न !
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न !
आमा ! मलाई हेर न !
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ !
नजर फेरि फिराऊ यता, रोएर कराएँ !
रुन पाउमा म आएँ !
मुटुमा गाँठो पारेर हेछर्यौ ! नजर फि¥यो नि !
नछाड आमा ! फर्क न , फर्क, टुहुरो म¥यो नि !
आमा ! टुहुरो म¥यो नि !
म आएँ आमा ! म द्ुःख दिन कोखमा पसेको !
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको !
छुरी मुटुमा धसेको !
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ?
‘आइछस् बाबू !’ भनेर हरे ! मुखले भनिनौ !
आमा ! चिन्यौ कि चिनिनौ ?
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ !
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ !
आमा ! कलेजा जल्दछ !
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ !
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ !
हरे ! म अघि आइनँ !
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न,
अमृतजस्तो वचन तिम्रो हृदय खोल न !
आमा ! एक फेरा बोल न !
हे मेरी आमा ! मलाई हेरी नजर रसाए,
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ?
आमा ! कसरी बिझाएँ ?
सुनका थैला लिएर आएँ, चढाएँ पाउमा,
पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा,
आमा ! भनेको ठाउँमा !
कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगा¥यो,
दिलले दर्द नपोखी, हान्यो दैवले झटारो !
फर्क न फर्क हे मेरी आमा ! माथि नै हेछर्यौ नि !
उठाई औँला माथि नै आमा ! इशारा गछर्यौ नि !
आमा ! कलेजा चिछ्र्यौ नि !
लौन नि ! लौन !’ भनेर उठे मदन जुरुक्क,
मूच्र्छामा परे पाउमा, देखी गलाको हिरिक्क !
छाृराको मुख हेरेर गइन् कठै ! ती घुरुक्क ।
हा कठैबरी ! ती बूढी घुरुक्क !
० ०
‘भन न भन हे मेरी दिदी ! ती मुना कहाँ छिन् ?
आमाको यस्तो बिछोड पर्दा देख्तिनँ यहाँ झन् !’
‘हे मेरा भाइ ! ती मुना छैनन् यो तिम्रो घरमा,
मावल जान ती बिदा भइन् बिछोड परेमा !
ल्हासामा जाँदा बिछोड परेमा !’
‘स्वर्गमा गइन् ती मेरी आमा, तिम्लाई छाडेर,
कसरी गइन् ती मेरी आमा, तिम्लाई छाडेर,
कसरी गइन् बिचरीलाई टुहुरी पारेर ?’
‘बुहारी मध्ये कुँदेको हीरा भएर बिरामी,
मागेर बिदा सबेैका साथ सा¥है नै बिरामी !
भएर गइन् सा¥है नै बिरामी !’
‘कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ?
पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?’
हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न !
हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !’
‘ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !’
‘खोज्दिहुन् तिनी आउनलाई ! पाउन्नन् ती रस्ता ।’
‘गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?’
‘बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !’
‘हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न !
मुना, अझ छिन् भन न !
‘पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्किन्छिन् ।
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !’
‘मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् भन न !
कुन दिन दिदी ! आउँछिन् भन न ?’
‘हे मेरा भाइ ! ती मुना छैनन् !! पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा,
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।’
‘निठुरी दिदी ! निठुरी दिदी !! मा¥यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!!
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !
हे मेरी प्राण ! तिमी नै थियौ नि !!
प्राण ! छाडेर गयौ नि !!!
दैवले हान्यो शिरमा मेरो निठुरी घनले,
के गरी सहूँ ? के गरी रहूँ ? जीउँदो मनले !
सहन सीमा नाघेको मनले !
हे मेरी दिदी ! ती मुनालाई हेर्दछु एकै छिन्,
ती मुनालाई डाक न दिदी ! हेर्दछु एकै छिन् !
डाक न दिदी ! हेर्दछु एकै छिन् !
हे मेरी मुना ! हे मेरी मुना !! ओह्र्लेर आऊ न !
हे मेरी रानी ! मुहार तिम्रो म देख्न पाऊँ न !
मुना ! ओह्र्लेर आऊ न !
अँध्यारो भयो ! अँध्यारो भयो !! मनको बिलौना,
उम्लेर आई घाँटीमा अड्क्यो मनको बिलौना !
आँसुमा खस्यो मनको बिलौना !’
‘हे मेरा भाइ ! हे प्यारा भाइ !!’ ती दिदी भन्दछिन्,
पछयौराछेउ पुछेर आँसु ती दिदी भन्दछिन्,
‘हे मेरा भाइ ! नगर त्यसो धीरज लेऊ न !
आखिर जानु सबैले पर्छ, यो सम्झी लेऊ न !
चार नै दिनको यो पापी चोला, यो मैलो गुमानी,
आखिर छर्छ हावाले फेरि एक मुठी खरानी !
बाबू ! एक मुठी खरानी !
मासुको फूल वैलेर जान्छ मट्टीमा मिल्दछ,
अरु नै फूल पृथिवीपारि स्वर्गमा फुल्दछ !
सर्धैँको लागि स्वर्गमा फुल्दछ !
सहन भनी जन्मन आयौँ हे बाबू ! सहन,
दुःखमा हामी शोधिन आयौँ, दुःखमा रहन,
आँसुको खोला न्हाई जान्छौँ वैकुण्ठ–भवन !’
‘हे मेरी दिदी ! सम्झेर आयो यो छाती चिरिन्छ,
यो तातो घाउ नूनले पोल्छ झन् आँखा भरिन्छ !
दिदी ! झन् आँखा भरिन्छ !
मुनाको बोली, लाग्दछ गोली ! सम्झन्छ मनले,
क्या मीठोसँग सम्झाई भन्थिन् ‘के गर्नु धनले ?’
गलामा लाग्यो, मुटुमा घुस्यो अमृत–वचन,
‘साग र सिस्नु खाएको बेस आनन्दी मनले !’
बसालिहाल्यो दैवको घनले !
ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्ता, मुनाको मुहार,
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार !
मुना ! छातीको जुहार !
पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु,
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु ।
कसरी खायो आगोले दिदी कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ !
खरानी तिनको मलाई द्यौन, छातीमा लगाऊँ !
हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिाँ आमा ! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिनँ म्ुना ! म यहाँ बस्तिनँ,
‘हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !’
‘पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ, गएर भोलि भेटुँला तिनलाई,
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !’
मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो ।
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ ।
मदन भन्छन्, ‘चरक पढ, सुश्रूत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ ।
मनको रोगको औषधि के हो ? मलाई बताऊ ।
सम्झना भन्ने छटपटी हुन्छ, दर्शनपियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँमरीभित्र मुटुमा दुख्तछ !
लक्षण सारा बाहिरबाट मनमा लुक्तछ !’
वैद्यले हे¥यो, वैद्यले बुभ्mयो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता ! औषधि पाएन ।
दिनका दिन झन् सा¥हा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
‘:हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पु¥याऊ ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरु अकेली आमाको,
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटुको,
आँैषधि छैन हे मेरी दिदी ! फुटेको मुटुको ।’
+ ं+ +
बादल फाट्यो, चन्द्रमा हाँसी स्वर्गमा सुहाए,
साथमा तारा भएका शशी झयालमा चिहाए ।
बादल मिल्यो, सधैँका निम्ति मदन निदाए,
भोलि ता फेरि छर्लङ्ग भयो श्रीसूर्य उदाए ।
० ०
आँखाको धूलो पखालिहाल्यौ हे भाइ ! बहिनी !
संसार हाम्ले बुभ्mनु नै पर्छ काँतर नबनी ।
संसारलाई मुखमा हेरी कम्मर कसेर,
आकाशतिर पखेटा चालौँ पृथिवी बसेर,
खानु र पिउनु जीवन भए, जिउनु हरे ! के ?
पछिको आशा नभए कठै ! मानिस हरे ! के ?
पृथिवी बसी स्वर्गमा हेर्ने छन् हाम्रा नजर,
तल नै हेरी तल नै हेरी बिलौना नगर ।
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद,
कर्ममै पुज ईश्वर भन्छ यो ‘लक्ष्मीप्रसाद ।’
 
Source : wiki books

* लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य - "मुनामदन" को ई-बुक (pdf. format) मा डाउनलोड गर्नुहोस् ।

डायमण्‍डशमशेर राणाको सेतो बाघ - Download



 
"सेतो बाघ" डायमण्ड शमशेरद्वारा लिखित ऐतिहाँसिक घटनाक्रमा आधारित लोकप्रिय उपन्यास हो । हालै यस कृतिमा आधारित भएर नेपाली कथानक चलचित्र समेत बनिसकेको छ । "सेतो बाघ" को collection audio खगेन्द्र नेपालीको आवजमा डाउनलोड गर्न तलको डाउनलोड क्लिकहरुमा गर्नुहोस :





Summer Love | Nepali Audio Novel | Download Full Episode

Summer Love is a famous Nepali Novel book by Subin Bhattarai. The Summer Love's story mainly takes place in capital city Kathmandu Nepal where a freshman lad Atit Sharma from eastern Nepal falls for another freshman Saya Sakya from Capital who was the topper in the entrance of the class. As the plot develops they share quality time during college and field visit around Pokhara and Chitwan  and they are in deep love. At the climax Saya takes some unexpected decision and the story takes another twist compelling Atit to take some daring steps, will Atit and Saya be together at the end? will any of the character betray one another? To know all these appealing love sequences, separation factor and the heartbreaking climax listen below .

Book Cover
 

"मुक्तक माधुरिमा" (2071-12-26) - Download


मिति 2071 चैत्र 26 गते विहिबारका दिन रेडियो र्पण १०४.५ मेगाहर्जबाट हरेक हप्ताझैं विहिबार  बेलुका ८.४५ मा BBC पछि प्रसारभएको तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम "मुक्तक माधुरिमा" डाउनलोड गरेर सुन्नको लागि  यहाँ क्लिक गर्नुहोस् :

भानुभक्तको रामायण

यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही ।
कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ ।
आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥

यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥

लक्ष्मणलाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।
सीतालाइ तिमि ता घरै बस भनी पैल्हे त भन्दा भया॥
पङ्खा छत्र चमर् रहित प्रभु कनै देख्ता त शङ्कित भइन ।
क्या कारण हुन गो भनी कन सिता हात् जोरि साम्ने भइन् ॥३८॥

शङ्कित जानकिलाइ देखो प्रभुले तीमी घरैमा यहाँ ।
सासुको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
पीताको वचनै लिई सिर उपर् जन्छु म वन् मा प्रिये !
चौधै वर्ष बिताइ जल्दि म यहाँ फिर्न्या छु निश्चै श्रिये !॥३९॥

यस्ता बात् सुनी कन तहाँ सीताजि मूर्छा परिन् ।
पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन्॥
सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया।
ब्राह्मण खूसि सदा रहुन् भनि तहाँ दौलत बहूतै दिया ॥

कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मणजिले बिन्ति लाइ।
माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥
येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।
सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥

बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।
यस्तो देखि असह्य भो र दुनियाँ शोक् गर्दा भया ॥
सिताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई ।
सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥

यो अन्याय भयो यहाँ त न बसौँ जाऔं प्रभूका सँगै ।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता नगै॥
यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनि ।
सब् विस्तार गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनी ॥

हे लोक् हो ! अति गर्दछौ तिमि त शोक् यो शोक् ता छाडि द्यौ।
साक्षात् विष्णु इ हुन् भनेर मनले श्रिरामलाइ जानि ल्यौ॥
पृथ्विको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन कहाँ ।
साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥

यस् बात्ले ऋषिले मनुष्यहरुको खुप् मन् बुझाई दिया ।
पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
हे मातर ! वन जनलाइ अब ता आयौं जना तिन् चली ।
बीदा जान मिलोस् म जन्छु वनमा रिस् राग् रती भर् न ली ॥

आग्या जान मिलोस् पिताजिकि पनी जन्छु सदा खुस् म छू।
दुख् पाउनन् कि भनी पिताजि कन शोक् मन्मा न लागोस कछू।
कैकेयी यति बात् सुनी खुसि भई वस्त्र पुराना दिइन।
लाया श्रिरघुनाथले ति कपडा सिताजिले ता लिइन॥

यस्तामा वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी ।
लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
श्रिरामले मुटुरा गरी ति कपडा हात्मा जसैता लिया ।
त्यो देखि कन राज पत्निहरु सब् रोया तहाँ जो थिया॥

दुष्टे ! आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ ।
यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि लियौ॥
कैकेयी सित बात वशिष्ठ गुरुले येती ग-याथ्या जसै।
बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥

सीताराम् वनमा चल्या रथ चढी लक्षमण् गया साथमा ।
वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस रातमा॥
सुन्दर् एक् तमसा नदी तहिं थिइन् दुबै तिर् भरी ।
आयो लस्कर राम्जिला सँग बस्यो खाली अयोध्या गरी॥

फिर्नन् ता रघुनाथ सँगै फिरियला जानन् चलौंला सँगै
राम्लइ छोडि यहाँ कसो गरि बसौं कहाँ बसौंला न गै
यस्ता सुर प्रभुले बुझी कन तहाँ युक्ती ग-या छल्नको
प्रातःकाल भयो झटपट् उठेर मन्-सुब् ग-या चल्नको

फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया।
फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया॥
यस् रित्ले दुनियाँ फिराइ सहरै श्रि राम् वनैमा गया।
गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥

सुन्दर वृक्ष थियो ठुलो तिर एक् शिंशपाको तहाँ ।
दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
फल् फुल् ली कन भेट्नलाइ गुहजी आया बडा हर्षले ।
निर्मल देह भयो तसै बखतमा श्रीरामका स्पर्शले।

मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् ! ग-याँ बिन्ति यो ।
सेवक हूँ करुणानिधान् ! म कन होस् माया र मर्जी छ जो ॥
यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे ! आज ता
वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छु म ता ॥
कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनि ।
भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिग्या भनी ॥
मेरै हौ तिमि राज्य जो छ उ पनि मेरै छ भन्दा भया ।
बर्-को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया॥

जलपान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया।
लक्ष्मण्का सँगमा रहि गुह पनी रात् भर् खडा भै रह्या ॥
सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ ।
साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढ्न गो मन् महाँ ॥

भन्छन् लक्ष्मणलाइ भाइ ! फजिति खुप् कैकेयीले दिइन् ।
राजालाइ वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
लाग्या सुन्न पनी तहाँ गुहजिले तन् मन् वचन् धरी ॥

दाताको छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।
दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
कर्ता हूँ पनि भन्नु छैन अभिमान जन्ले न गर्नु कहीं ।
कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं॥

धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पजी ।
कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजिक्मा रही।
गङ्गा तर्न हुकुम भयो प्रभो प्रभुजिको ताहाँ उज्यालो भई ॥

फिर्दामा म पुजा अवश्य गरुँला सामग्रि ठूलो गरी ।
गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार गरी॥
यस्तो बिन्ति गरी सिता पतितिका साथै चलिन् पार् तरी ।
आग्याले घरमा फि-या गुह पनी भक्ती मनैमा धरी ॥

गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ ।
तेस्रो वास रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ ।
चौथो वास् रघुनाथको हुन गयो आश्रम भारद्वाजको ।
राम्ज्यूको ऋषिले ग-या स्तुति तहाँ सुर् जानि काम्काजको ॥

पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी ।
राम्ज्यूलाइ यमुनाजि तारि ति कुमार साँझ्मा त फर्क्या पनी॥
सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ ।
वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥

वाल्मिकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ ।
कुन् जग्गा बढिया छ सब् तरहले होला सुविस्ता कहाँ ॥
सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले ग-याका कुरा ।
सोही माफिक बिन्ति बात् पनि ग-या वाल्मीकि छन् झन् पुरा ॥
जान्दैनन् महिमा बड ऋषि पनी जस्का त एक् नामको ।
यस्ता हौ रघुनाथ ! हजुर कन यहाँ क्या काम् असल् ठामको॥
सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर कहाँ ।
विस्तार एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ

व्याधा हूँ म सप्तऋषिको निर्मल कृपाले गरी।
वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम् नाम उल्टा गरी ॥
उल्टै कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ ।
गङ्गाका र इ चित्रकुट गिरिका बिच्मा जगमा रहू ॥

वाल्मीकी ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।
गङ्गाका र ति चित्रकूट गिरिका बिच् पारि बस्ता थिया॥
गङ्गा देखि सुमन्त्र फर्कि दशरथ जहाँ बस्याका थिया।
ताहाँ जल्दि गयेर जो छ समाचार् बिल्कुल् सुनाई दिया॥

बर्को दूद घसी जटा मुकुट झै बाँध्या दुबै भाइले ।
फिर् लौ जा भनि यो हुकुम् ताहिं दिया राम्ले सिता माइले ॥
गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ ।
छोड्याँ देख्न जसै रूँदै रथ लिई दौडेर आयाँ यहाँ ॥

सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको
हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको
यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै।
कौशल्या दशरथ्जिलाइ रिसले बाग्बाण् बजारिन् तसै ॥

वाक्शर्-ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती ।
भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरिरले गती॥
ऐल्हे मर्छु सराप् पनी छ तिमिले खुप् पुत्रशोक्ले गरी।
जस्तै हामि मर्यौं उसै गरो म-या ठूलो विपत्ती परी ॥

येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी ।
तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी॥
सब् बिस्तार सरापको कहि सकी हा राम ! सीता ! गरी ।
प्राणैत्याग दशरथ्जिले जब ग-या खल्-बल् प-यो तेस् घरी ॥

प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दर्-बार् गया।
तेल्-मा ती दशरथ्जिलाइ धरि फेर् छोरा झिकाई लिया॥
चाँडै आउनको वशिष्ठ गुरुको आग्या छ भन्या सुनी
दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।

कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ ।
सब् बृतान्त गरी भरत् त सब् विसतार् सुनाइन् तहाँ ॥
सून्या शोक् मनमा प-यो भरतका साह्रै रिसाया पनी ।
पापी हौ तिमि कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥

कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया।
कौशल्याजि जहाँ थिइन् तहिं रूँदै धाउँदै भरत्जी गया ।
हे मातर् ! मनमा कदापि न परोस् मत छैन मेरो रती ।
पाप लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मा-या जती

बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्-जी तहाँ
मन्त्रीवर्ग समेत वशिष्ठ गुरुजी पौंच्या नजिक्मा तहाँ
देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी ।
शोक् गर्नू बढिया त छैन किन शोक् गर्छौ महाराज् ! भनी ॥

नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरुले ह-या ।
सब् आग्या गुरुको लिई भरतले काम्काज् पिताको ग-या
राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी
तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी

माता मेरि त राक्षसी सरि भइन् इन्का नजिक्मा यहाँ।
बस्नु योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ॥
यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी।
मालुम् ता गुरुमा थियो तर पनी भन्छन् उचित् हो भनी ॥

बाबको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।
गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥

यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ ।
उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥
कीर्तीमा अपकीर्ति पारि कासरी राज् गर्नु यहाँ बसी।
दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥

गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ ।
फगत् एक् कैकेयी बसि रहुन् छोड्दछु यहाँ ॥
फलाहारी हुन्छू सिर भरि जटा धरि वनमा ।
म भोलि जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥

प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा ।
म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा ॥
भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया।
भरत् भोली बेरै उठि कन सबेरै हिंडि गया ॥

सबै माता भ्राता गुरु सहित सब फौज ली।
फगत् सीताराम्का चरणतलमा चित्त पनि दी॥
भरत् गङ्गा पौंच्या गुहजि कन शङ्का हुन गयो ।
ठुलो लस्कर देख्या न बुझि कन तार्नै डर भयो ॥

लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या ।
भनी मन् भै लस्कर्-हरु तयार् हौ पनि भन्या ॥
ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥

जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी ।
कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
जसै सिर् पाऊमा गरि ति गुहले ढोग् पनि दिया।
भरत्ले अङ्कमाल् गरूँ भनि उठाई कन लिया ॥

भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।
सुत्याको स्थल कुन् हो म कन जान्छू अब तहाँ ॥
गया विस्तार् पाई रघुपति सुत्याका शयनमा ।
भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥

अहो ! मेरा खानिर् वन वन सिताजी पति सँगै ।
कुशासन्मा सुत्छिन् न त यसरि सुत्थिन् अघि कतै॥
अहो ! धिक्कार् मेरी जनमजननी कैकेयि भइन्।
इनैले गर्दैमा पति सँग सिताजी वन गइन्॥

कहाँ छन् सितानाथ् कति पर गया भेट्तछु कहाँ ।
छ केही मालुम् ता म कन कहु जान्छु अब तहाँ ॥
बताया जहाँ छन् भनि ति गुहले राम् कन पनी।
गुहैका सम्चर्-ले खुसि पनि भया भेट्तछु भनी॥

सब् विस्तार बताई ताहिं गुहले गङ्गाजि तारी दिया।
तहाँ देखि भरत् चली पुगि गया जहाँ भारद्वाज् थिया ॥
एक् दिन् ताहिं मुकाम् ग-या भरतले सम्मान ऋषिले ग-या ।
बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् प-या॥

भोलि बेर सबेर लस्कर लिई बीदा ऋषि थ्यैं भया ।
कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया॥
खुस् भै लस्कर चित्रकूट गिरिका पौच्या नजिक्मा जसै ।
खोज्या ताहिं भरत्लजिले अघि गई डेरा प्रभूको तसै ॥

डेरा देखि भरत्जी जहिं नजिक् गया पाउका छाप देख्या ।
श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
भन्छन् धन्न्यै रह्याँछू सहज न मिल्न्या पाउको छाप देख्याँ।
ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥

Sunday, April 12, 2015

William Shakespeare's - "The Merchant of Venice" - Download

"The Merchant of Venice" is a play written by William Shakespeare. Now you can download this ebook (in pdf. format from my site. click here to download.

ध्रुब सापकोटाको कथासंग्रह "उच्चारण" भित्रको दुई लोकप्रिय कथाहरु : "घात प्रतिघात" र "जिन्दगी - अर्थात टाइम्बम" - Download

"उच्चारण" ध्रुब सापकोटाद्वारा २०३५ सालभन्दा अगाडि लिखित कथासंग्रह हो । यस कथासंग्रह भित्र "घात प्रतिघात" र "जिन्दगी - अर्थात टाइम्बम" लगायतको २ लोकप्रिय कथाहरू समेटिएको छ । "घात प्रतिघात" र "जिन्दगी - अर्थात टाइम्बम" अडियो भर्सनमा डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस ।

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...