Friday, April 24, 2015

केटाहरूले मसँग फेसबुकमा मनाए april fool !


उनलाई फुर्सदै कहाँ थियो र, उनी त हराइरन्थिन् आफ्नै दुनियाँमा सधैं आफैलाई बिर्सिएर । म क्लासमा उनको पछाडि लुकी लुकी नियालेरै दिन कटाउँथें । कति बोल्न खोज्थे अनि मनको कुरा भन्न पहल गर्थे तर कहिल्यै सकिन । जब उनको छेउमा पुग्थें मेरा गोडा लगलग काप्थे अनि हात थर्थराउथे । उनले बार्षिक उत्सवमा नाचेको हेर्दा म आफै उनीसँगै फिलिमको गीतमा नाचेको कल्पना गर्थें, सोंचेर म हिरो उनी हिरोईन ।


एवंमृतले दिनहरू बित्दै गए । केटाहरूलाई थाहा थियो यो कुरा । कतिले त रिस पनि गर्थ्यो । एकदिन फेसबुक चलाई रहेको थिएँ । उनको फोटो भएको साथीले मित्रताको लागि अनुरोध गरेको देखेर छक्क परे । सोंचे उनले फेसबुक एकाउन्ट खोलिछन् । म उत्पात खुसी भएँ तर ३ दिनपछि मात्र स्विकार गरें कारण म आफूलाई फेसबुक क्रेजी सावित गराउन चाहन्नथें जसले गर्दा उनले मलाई नअपनाओस् । एक हप्तापछि अनलाइनमा भेटे । मैले आफ्नो मनको भारी फुकाउनु जरुरी ठानें अनि कुराकानी सुरु गरें :


• एई, के सन्चै छौ ?
१० मिनेट रिप्लाई आएन मन खिन्न भयो । मैले मन अमिलो बनाउँदै फेसबुक बन्द गरें । भोलिपल्ट जवाफ आएको रहेछ :
– I am sorry for late reply. (ढिलो रिप्लाईको लागि माफी चाहन्छु)
मैले लेखेर पठाएँ :
- it's mention not, you replied me kindly it's enough for me. (केही छैन, तिम्ले दयापूर्वक जवाफ पठायौ मलाई यहीँ काफी छ)
उताबाट म्यासेज आयो :
- oh really ? you are best । (साँच्चै हो र ? तिमी महान छौं)
मैले लेखेर पठाएँ :
- I wanted to talk with you about something from many days before. Can I ? (मैले धेरै दिन अघि देखि तिमीसँग केहिँ चिजको बारेमा कुरा गर्न चाहन्थें, के म गरुँ)
उताबाट म्यासेज आयो :
Of course, why not ? (भैहाल्छ नि किन नहुनु)
मैले लेखेर पठाएँ :
I think I am in love with you. Do you agree to accept me ? (मलाई लाग्छ म तिमीलाई प्रेम गर्छु के तिमी मलाई स्विकार गर्छौ ?
उनले लेखेर पठाइन् :
- I'll meet you tomarrow at canteen. (म तिमीलाई भोली खाजा घरमा भेट्छु)
मेरो खुसीको सिमा रहेन । म कल्पनाको महासागरमा डुब्दै झन् पागल बन्दै गएँ । धेरैबेर निकै मीठो कुरा भयो हाम्रो ।
म भोलिपल्ट स्कुल गएँ । मन ढुकढुक ढुकढुक भैरहेको थियो । क्यान्टिनमा प्रायः उनी सधैँ एक्लै बस्ने गर्थिन् आज पनि एक्लै थिइन् । म डराउदै अनि लजाउँदै उनको छेउमा पुगें अनि बोल्ने प्रयत्न गरें ।
म : हाई !
उनी : उम्म्म भन ।
 म : के सोंच्यो त ?
उनी : आबुई के भनेको तिम्ले ?
म : तिम्ले हिजो फेसबुकमा भनेको हैन ?
उनी : वाइयत कुरा ! मैले फेसबुक युज गर्दिनँ ।
 म : जोक नगर न यार ! म तिम्लाई चोखो प्रेम गर्छु ।


उनले मलाई गालामा एक झापड हानी अनि कक्षामा गइन । मेरो मुटु चस्किएर आयो, आँखा रसाएर आयो । म ट्वाल्लै परें, केही बुझ्न सकिन । कक्षामा केटाहरू एकटकले मलाई जिस्काउँदै हासिरहेको थिए । म निकै दु:खी बनें अनि छक्क पनि ।
क्लास हापेर घरमा गई कोठामा ढोका लगाएर सुँक्क सुँक्क रोएँ । एकछिनपछि फेसबुक खोलेर हिजोको म्यासेज हिस्ट्री हेरे । म छाँगाबाट खसेजस्तो भएँ । उनको नाम फेरिएर सँगै पढ्ने, एउटै बेञ्चको साथीको नाम बनेको थियो - शंकर मल्ल । म्यासेज सबै उसैको नामको थियो ।

एकैछिनमा नयाँ म्यासेज आयो शंकर मल्लको नाममा : "Thank you BIKAS for being fool ! today is april 1st, how was your day ?"
1 April, sent from messenger !









पछि उनलाई भेटेर वास्तविकता बताएर माफ माग्न चाहन्थें तर हिम्मत जुरेन । आखिर कहाँबाट सुरु भएर कहाँ गई टुंगियो मेरो च्याट लव !!!