Saturday, May 02, 2015

सुबिन भट्टराईको - साया (समर लबको सिक्वौल २) को केहि अंशहरु

........ उसको अंगालोमा आफूभित्रको बोझ बिसाएँ । मेरो रेगुलर क्लास थिएन । हप्तामा दुई दिन मात्र थियो । अनि यसो सोंचें । हप्ता दश दिनलाई छुट्टी मिलाउन सकें भने धेरै क्लास लस्ट पनि गर्न पर्दैन । निर्णय त गरें तर अर्को भावनात्मक समस्या फेरि मनभित्र भदौरे भेलझैं ह्वाल्लै छिर्‍यो । समस्याहरु पनि विचित्रका । एकातिर टाल्न खोज्थें, अर्कोतिर उदाङ्ग हुन्थ्यो । अर्कोतिर टाल्न खोज्यो अर्कोतिर ह्वाङ्ग । टालेर कहिल्यै नभ्याइने । अलिकति दिक्तता सधैं रहिरहने । जुन कहिल्यै भरिन्न । केहिले पुरिन्न । दश दिनको छुटटी, एक हप्ता अतीतसितको निकटता अनि एउटा औपचारिक बिहाले म ऊ सितको दूरीबाट हुने प्रताडनाबाट सधैंका लागी मुक्त हुन सक्छु ? यो विचारले तुरुन्तै फेरि मन अशान्त हुन थाल्यो बिहा भन्नु नै के हो र ? एक चिम्टी सिन्दुर, एक झुप्पा पोते, एक थान सर्टिफिकेट र तुरुन्तै हावामा बिलाइहाल्ने दुई चार अनुच्छेद मनत्र ! के यी औपचारिकता सामाजिक नियमले म भित्र विद्यमान अतितको अभावलाई उसको परीक्षमा पनि पूर्ति गर्न सक्छ त ? थाहा छैन म बिलकुलै निरुत्तर छु । यी सब औपचारिकता पश्चात म कुन मुड लिएर फिर्नेछु, जान्दिनँ । तर पनि म खुसी ने भएँ । एउटा ठाउँ थियो, खुसी हुने, त्यसलाई आफ्नो अनावश्यक विचारहरुले पोषण दिएर अनेक आकार-प्रकारमा ढाली जबर्जस्ती दुःखी हुन मन लागेन कमसेकम त्यस क्षण । म मुस्कुराएँ । हाँसें । त्यहाँ बितिरगेको समयको माग यहीं थियो । अतीतलाई यो कुरा सुनाएँ । ऊ पनि निक्कै खुसी सुनियो । फोन राखें । तर के कसरी नेपाल जाने ? दिमागमा कुनै किसिमको खाका तयार हुन सकिरहेको थिएन । निक्कै सोंचें । बाबा-मम्मीलाई जानकारी दिऊँ कि नदिऊँ ? मनले भन्यो आखिर कहिलेसम्म लुकाएर सम्भव छ ? एक दिम त भन्नैपर्छ । मैले अतितलाई बाबा पोजेटिभ हुनुहुन्छ भनेर भनेकी नै थिएँ । बिचारहरुको धेरै मन्थन गरिसकेपछि यो निस्कर्षमा पुगें - म घरमा कुनै पनि किसिमले नोटिस नदिइकनै दिल्लितोरबाट धनगढी छिर्छु । काठमाडौ हुँदै जानु खतरायुक्त थियो । जो कोहीले पनि देख्न सक्थ्यो । मेरो अपराधको प्रमाण जहाँ जसरी पनि चुहिन सल्थ्यो । तथ्यांक यसैले त्यो रिक्स लिन सकिनँ । टिकट कन्फर्म गरें । भाइलाई चैं एक मेसेज गरिदिएँ दश दिनसम्म म एभाइलेबल हुँदिनँ । एसाइटमेन्टमा छन् । निकै व्यस्त रहनेछु । फेसबुक पनि डिएक्टिभेट गर्दै छु । बाबा-ममीलाई यहीँ खबर भन्दे । मस्कोको ट्रान्जिट हुँदै जाने टिकट लिइयो । टिकट कन्फर्म गर्ने बेलामा एकपटक मारालालाई पनि भनें, हिँड जाँऊँ हाम्रो देश नेपाल । 'आई विस' मारालाले अपसोंच भरिएको मुस्कानमा भनी, यही मन्डे मेरो एक्जाम छ । फेरि भिजा प्रोसेसिङ लगायत काम गर्न कति दिन लाग्ने हो केही थाहा छैन । मलाई थाहा थियो ऊ जानु असम्भवजस्तै छ । तैपनि एकफेर लोकचारा देखाइएकी थिएँ । तर ऊ मलाई छाड्न एयरपोर्टसम्म आई । छुट्नेबेला हग गरी । भनी, "विस यु ह्याप्पी म्यारिड लाइफ ।" म मुस्कुराउँदै सुड्केस घिसार्दै लमक-लमक डिपार्टमेन्टतर्फ बढें । म आफैलाई पत्याउन गाह्रो भैरहेको थियो - म बिहा गर्नलाई भनेर नेपाल फर्कँदै छु । चढें प्लेन । यसपाली मेरो शरिरलाई कुनै अदृश्य बलले तानेजस्तो फिल भएन । पाइलाहरु गह्रुङ्गा भएनन् । मन पनि प्लेनसँगै उड्यो । अझ प्लेनलाईनै ओभरटेक गरेर छिटोभन्दा छिटो धनगढी पुग्न खोज्यो । साँच्चै जाँदाजाँदै किन लागेन, किन त्यहीँ एउटै आकाश फर्कँदा पनि ? प्रतिक्षाहरुलाई फोन गरिसकेको थिएँ । निम्तो बाँडिसकेको स्थिति थियो । खाली दुलही बनेर जग्गेमा बस्नु मात्रै थियो । दुलही, जग्गे, बिहाजस्ता शब्द आफैभित्र कैयौंपटक प्रतिध्वन्धित भएर आङ सिरिङ्ग भयो । हार्टबिट बढ्यो । अत्याहट जस्तो, हड्डीभित्र कता गुजुङगुजुङ जोलाएजस्तो फिल भयो । डर पनि लाग्यो । धेरै त नर्भस जस्तो फिल भयो । कुनै महत्त्वपूर्ण एक्जाम दिन हिँडेजस्तो लाग्यो, जुन म जीवनमा पहिलोपटक चिट चोरेर दिँदै थिएँ । आत्मग्लानीका उच्छवासहरु दिल्लिसम्मै फ्याकिरहें गुडिरहेको मोटरसाइकलले साइलेन्सरबाट धुँवा फ्याँकिरहेझैं । अतित दिल्लिको एयरपोर्टमा लिन आयो । उसलाई देख्नसाथ म आवाज आवज आउने गरि रोइदिएँ । ऊ पनि म सँगसँगै रोयो । मन मनसुन जस्तो भयो । कण/कण थोपा/थोपा, छिटा/छिटा यत्रतत्र हावासँगै फरफर बात्तिँदै उड्दै भिज्दै/भिजाउँदै बर्षिरह्यो निक्कै लामो समयसम्म । उसको अँगालोमा आफूभित्रको एक्लोपनाको बोझ बिसाएँ । प्रसव वेदनाबाट तड्पिरहेकी महिलाले आफ्नो कोखबाट बच्चा निकास गरेपछिको अवस्थाझैं म हलुङ्गी भएँ । त्यहाँ एक रात पनि नबसी हामी धनगढी गयौं । प्रतिक्षाहरुलाई देखेर झन बिछट्ट खुसी मिल्यो । वालबिबाह गरेर बिदा गरिएको चेली पहिलो चोटी माइत पुग्दाजस्तो फुरुक्क भइरहेको थिएँ ।...........................

............ म ढुक्क भएँ साया त्यहीँ हो । ठयाक्कै तीन बजे म बज्र क्याफेको रुफटपमा पुगेँ। पानी रोकिएको थिएन। उस्तै गतिमा परिरहेको थियो, जस्तो अघिल्लो दिन परेको थियो। सिमसिमभन्दा अलिक सघन। स्यार्र होइन। छोटो दूरीमा हिँड्दा भिजाइहाल्ने किसिमको वर्षात् थिएन। रुफटपमा दुइटा टेबल रिजर्भ थिए। एउटामा चार-पाँच जना केटा बियर पिइरहेका थिए। अर्को, त्योभन्दा धेरै वर एउटी केटी, एक्लै चुरोट पिइरहेकी थिई। म ढुक्क भएँ, साया त्यही हो।

मलाई देख्नासाथ ऊ परैबाट हाँसी।

'बस्नोस्,' ठीक आफ्नो विपरीत दिशामा भएको कुर्सीमा बस्न अनुरोध गरी। म बसेँ।

उसलाई नियाल्नमै केन्द्रित भएँ। दुई वर्षदेखिको प्यास। म तृप्त हुन चाहन्थेँ। मलाई लागिरहेको थियो, ऊ एकछिनसम्म केही नबोलोस्। एकछिनसम्म वर-पर दायाँ-बायाँ, कसैको केही हलचल वा बाधा नआओस्। म उसलाई निरन्तर निहाल्न चाहन्थेँ। आँखाभरि भर्न चाहन्थेँ। टिलपिल टिलपिल पोखिउन्जेलसम्म। छचल्किरहोस् ऊ मेरा आँखामा, जसरी छचल्किन्छ कसैको आँखा, असीम खुसीले।

कुर्सीमा बस्नुसँगै एउटा कौतूहलको अवसान हुन्छ।

'साया शाक्य' मेरो अघिल्तिर छे। म आफैँलाई कसरी विश्वास दिलाऊँ ?

साया मरून कलरको स्लिभलेस र खैरो हाफ पाइन्टमा थिई। उसको वेषभूषा हेर्दा लाग्थ्यो— उसलाई पटक्कै जाडो भएको छैन। एकनासले धूवाँ फालिरहेकी। कपालचाहिँ गर्धनसम्म मात्र
झरेको। दायाँ पाखुरामा एउटा अमूर्त टाटु खोपेकी थिई।

समग्रमा बिछट्ट राम्री। यस्ती साया देखेर किन भुतुक्क नहोस् त अतीत शर्मा ? किन त्यसरी नपछयाओस् नर्वेसम्म ? किन नरोओस् उसलाई एकाएक गुमाउनुपर्दा ? सबै कुरा सायालाई एक झल्को देख्नासाथ छर्लङ्ग भैरहेछ।

'किन रुफटपमा बसेकी, यस्तो झरीमा ?' सिलसिला मैले नै सुरु गरेँ। यो प्रश्न आवश्यक र स्वाभाविक नै पनि थियो। भलै ऊ भिजिरहेको अवस्थामा थिइन। ठूलो छाताले टेबल र त्यस वरिपरिको सानो संसारलाई आवश्यक सुरक्षा प्रदान गरिरहको थियो। एकपटक वरपर नियालिसकेपछि थाहा पाएँ।

नसोधेकै भए पनि हुन्थ्यो कि !सोधिसकेपछि यस्तो लाग्यो।

तर उसले पनि उत्तर नदिएकै भए हुन्थ्यो, दिई। भनी, 'नर्वेमा उज्यालोको मुख नै ठीकसँग कहाँ देख्न पाइन्छ र ? काठमाडौं बसुन्जेल त धीत मार्नुपर्यो नि !'

म हाँसेँ। एउटा र्फमल हाँसो। मन नलागी-नलागी। उसको कुरामा रुचि देखाइरहेको छु भन्ने आभास दिलाउन।

'के खानुहुन्छ ?' उसले मतिर मेनु सारिदिई। पछिल्तिर वेटर आएर ठिङ्ग उभिएको रै'छ। केही खाइहालूँको स्थिति थिएन। नखाई बस्न मनले मानेन। कफी र चुरोट नै मगाएँ।

'चुरोट चैं दुइटै ल्याउनुस्।' मैले बोलिसकेपछि सायाले वेटरलाई भनी।

'एउटै चुरोट खाऊँ न, आत्मीयता बढ्छ।' मलाई भन्न मन लागेको थियो, तर भनिनँ। आत्मीयता बढाउन मन थियो तर भन्न मन भएन, होइन सकिनँ। भन्न मिल्ने कुरो पनि त थिएन।

'मलाई कत्तिको खोज्नू भो त ?' एकछिनसम्म विद्यमान सन्नाटालाई उसले बिथोली।

'हँ', सन्नाटामा अभ्यस्त भैसकेको हुँदो हुँ, उसको प्रश्नले तर्सिएँ। भनेँ, 'खोजी हराएको मान्छेको गरिन्छ, लुकेको मान्छेको होइन।'

यो मैले हाँस्दै भनेको थिएँ। सिरियस्ली भनेको भए रिसाउँथी भन्ठानेर।

'के रे ?' आँखीभौं ह्वात्तै मास्तिर सारेर धेरै पहिल्यैदेखिको परिचतलाई झैँ भनी, 'यो आरोप हो कि व्यंग्य ?'

'जे सम्झिँदा कम रिसाउँछयौ।'

ऊ मुस्कुराई। मलाई ऊ मुस्कुराएको साह्रै मन पर्यो। 'बढी रिसाउन प्रतिबन्ध छ र ?' मुस्कुराहट कायम गर्दै उसले भनी।

'तिम्रो पर्सनल रिस हो', मैले भनेँ, 'मात्रा अड्कलेर रिसाउन सक्छयौ। यत्ति चैं हो, त्यो रिसले मलाई केही असर नगरोस्।'

'रिसको कारण तपाईं बन्ने, अनि रिसाउनु चैं आफ्नै लागि ? यो कहाँको न्याय हो ?' हरेक कुराको तर्कर् गर्छे ऊ। केही बेरको र्यापिड फायर संवादपछि म पुनः पुरानै कुरामा गाँसिन चाहेँ। भनेँ, 'तिमी मैले चाहेको बेलामा किन भेटिइनौ साया ?'

'तपाईंलाई खोज्न आउँदो रहेनछ उसो भए।' केही बेरमा यसो भनी।

'कसरी खोज्नुपथ्र्यो र ?' मेरो प्रश्न।

'त्यो त तपाईंको प्रतिबद्धता थियो नि, मलाई किन सोध्नुहुन्छ।' बसिरहेको मेचमा अलिकति हलचल गरेर आफ्नो बसाइँ मिलाउने क्रममा उसले भनी, 'हेर्नुस् त प्रतिबद्धता तपाईंले गर्नुभएको थियो आफ्नो पुस्तकमा, भेटिइदिएँ म आफैँ। कति सजिलो बनाइदिएँ।'

'साँच्ची मेरो फोन नम्बर कसरी पायौ ?'

'जसरी तपाईंका अरू प्रशंसकहरू पाउँछन्।'

टेबलमा दुइटा चुरोट। पहिले मैले सल्काएँ अनि बलिरहेको सलाईको काँटी उसको मुख नजिकै लगेर चुरोट सल्काउनलाई सहयोग गरेँ। उसले पहिलो सर्को लिएर धूवाँ हावामा फाली ।

Please wait, here is loading more text....

Oh ! I am sorry ! it's unable to load more text. I suggest you to buy the novel and enjoy reading full novel "Saaya" and respect it's author Subin Bhattarai... :P

मनोज काफ्लेको - "आज एक्लै" - Download

मनोज काफ्लेको गजल संग्रह - "आज एक्लै" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Friday, May 01, 2015

ए दाई मैले के लुगा लगाउँ 'गजल'

ए दाई मैले के लुगा लगाउँ ?
घुम्न मन छ जाउँ कि नजाउँ ?
ए अंकल तिम्रो चकलेटमा के छ ?
खान त मन छ खाउँ कि नखाउँ ?
खुल्ला छ आकास तारा र जुन
चौरमै, बाटोमै रमाउँछ यो मन
एकै छिन घर नफर्के हुन्न ?
ए छिमेकी, मलाई रमाउन देउन !
ए दाई मैले लुगा के लाउँ ?
घुम्न मन छ जाउँ नजाउँ ?
हे शिक्षक रुपी दानबहरू
नातेदार र अरू मानवहरू
हे प्यारा तिम्रा ती राक्षसी दाह्रा
सम्हालेर राख की उखेलेर फाल
ए अंकल तिम्रो चकलेटमा के छ ?
खान त मन छ खाउँ कि नखाउँ ?

(बलत्कार बिरुद्ध आवाज उठाऔं)

उनलाई पहिलो पटक चोकमा देखें

जब उनलाई पहिलो चोटि
चोकमा देखेँ,
त्यसपछि त कस्सम
हरेक थोकमा देखेँ ।
उनी खित्का छोडेर हाँसिदिँदा
जोकमा देखेँ,
उनी आँसु बगाई रोइदिँदा
शोकमा देखेँ ।
जब उनलाई पहिलो चोटि
चोकमा देखेँ !

कसिएको उनको फिगरलाई हेर्दाहेर्दै
स्प्राइट र कोकमा देखेँ ।
खै के झोकमा देखेँ
सायद पिरतीको भोकमा देखेँ ।
भन्नेले त भन्लान के देखिस् र त्यसमा ?
तर मैले स्वर्गकि परी यसै लोकमा देखेँ,
जब पहिलोचोटि उनलाई चोकमा देखेँ !

भूपी शेरचनको - "घुम्ने मेचमाथी अन्धो मान्छे" - download

भूपी शेरचनको - "घुम्ने मेचमाथी अन्धो मान्छे" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

Control Systems - Download

Control Systems is an inter-disciplinary engineering text that analyzes the effects and interactions of mathematical systems. This book is for third and fourth year undergraduates in an engineering program. Please click here to download ebook of Control Systems (in pdf. format)

Introduction to Paleoanthropology - Download

Please click here for download Introduction to Paleoanthropology's ebook (in pdf. format)

Guitar guide - Download


The aim of this book is to introduce beginners to the basic concepts of the guitar. Important techniques are given their own sections with exercises and examples provided. It includes an extensive section on amplifiers and numerous tips and advice on all aspects of the guitar. Music theory concepts are clearly presented and explained. Please click here for download guitar guide's ebook (in pdf. format)

उनको सम्झनामा 'गजल'

छट्पटी पल पल मरे उनको सम्झनामा,
थामिएनन् आसु झरे उनको सम्झनामा  । 

किन किन अचेल भन्ने गर्छन देख्ने हरु,
पागल जस्तै भएँ अरे उनको सम्झनामा ।

उपचारले भेटिन खै अब निको हुँदैन कि,
यो मुटु भित्र चोट छ रे उनको सम्झनामा ।

कसरी सम्हालु यो मन आफैले सकिएन,
रुँदै रुँदै दिन रात टरे उनको सम्झनमा ।

Tuesday, April 28, 2015

सबैजना दौडधुप 'गजल'

सबैजना दौडधुप म जिर्ण घरभित्र आँखा टिल्पिलाउँदै बसेको छु,
मैले सक्याछैन भाग्न, सायद भौतिक चिहान खनि बसेको छु ।
भागेर कहाँ जाउँ देशसँगै आज म कालको भुमरीमा फसेको छु
मन मेरो कोमल रैछ बन्धुहरुको चिच्याहटले तल खसेको छु ।

मेरो आमा रुँदैछ, भावविभोर हुँदैछ मैले केहि गर्न सक्या छैन,
आखिर किन होला, यो मानव चोला अझै बुझ्न सक्या छैन ।
बन्धु रुँदैछ, घरबार बिहिन हुँदैन म आँसु पुछ्न सक्या छैन,
कस्लाई पुकारुँ देउता पनि निर्धो रैछ आफै बच्न सक्या छैन ।

एक पर्ने मिठाई पाँच भन्न भ्याछन एकदिन मर्नै नपर्ला जस्तो,
को थिए पराई, हेर आफूलाई कहिल्यै दिनदशा नलाग्ला जस्तो ।
तिनको सुद्दी, कयौं भौतिक जगत भष्म भए अझै अन्धो जस्तो,
बन्धुत्व र मानवताको भाव जागे हुन्थ्यो तिनमा मेरो मनमा जस्तो ।

Monday, April 27, 2015

भुईँचालो 'गजल'

अध्याँरो भो संसार अब डुब्न थाल्यो जताजतै,
मरिसकेको छैन की दुख्न थाल्यो कतै कतै ।

रिसाएर थल यो आज मृत्युशैया भइदिँदा,
भताभुङ्ग लथालिङ्ग हर दिशा यो यताउतै ॥

न त पथ, न छ रथ, जल बल सब निर्बल,
आफ्नै निर्माण चिहान भयो हेर यो मानब कठै ।

आफ्ना कथा आफु कता धन शान सब ब्यर्थ भो,
साथ छैन केहि आज प्रकृती भो शत्रु त्यसै ॥

गाँस छैन बास बेकार धन बिना मन के र,
संसार यो अर्कै भयो भुकम्पले जित्यो जसै,

अध्याँरो भो संसार अब, डुब्न थाल्यो जताजतै ।
मरिसकेको छैन की दुख्न थाल्यो कतै कतै ॥

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...