Wednesday, May 06, 2015

फोनको घण्टी - शेखर ढुङ्गेल

मध्य रातमा ट्रिरिङ...ट्रिरिङ... फोनको घण्टी बज्यो । दिनभरको थकाइले चूर भएर मस्त निन्द्रामा परेको किरणका लागि त त्यो बमको धमाका जस्तै लाग्यो । मनमा धेरै आशङ्काहरूले परेड खेल्न थाले । हुन पनि सुखको खेती गर्न परदेशमा बसेको बिचरो किरणका लागि मध्य रातमा बजेका हरेक घण्टीले अशुभ समाचार मात्र सुनाउँदै आएका छन ।

दशक बितिसक्यो किरण लाहुरे बनेको । निम्न वर्गीय परिवारमा सानै छादा बाबु गुमाएको किरणले आवश्यक शिक्षा पाउन सकेन । परिवारको जेठो छोरो थियो ऊ - तीन भाइ र दुई बहिनीहरूको शिक्षा, विवाह अनि विधवा आमाको रेखदेखमा भएको जग्गाजमिन केही बेच्यो त केही जमिनदारकोमा चर्को ब्याजमा धितो राखेको थियो । जागिर खोज्ने प्रयास शिक्षाको अभावमा सफल भएन । भारतीय र बेलाइती पल्टनमा कोसिस गर्यो, सफल भएन । हुर्कंदै गरेका दुई सन्तानको खर्च पनि बढदै थियो । पहुँच, सिफारिस, कोसेली केही पनि जुटाउन नसक्ने किरणका मनमा भविष्यमा सुख पाउने र वर्तमानको माग पूरा गर्ने एउटै मात्र उपाय विदेश गएर मजदुरी गर्न जुर्यो । निक्कै प्रयासपछि बल्ल अरबमा एउटा काम मिलेको थियो - भेडाका बथानसित लाप्पा खेल्दाखेल्दै दशक बितेको उसलाई पत्तै भएन । तर उसको शारीरिक, मानसिक र पारिवारिक अवस्थामा आएको उथलपुथलले भने किरणको जीवनले धेरै सुनामी पार गरिसकेको छ । धेरै आँधीका धक्काले किरणका आासु सुकाइसकेको छ । कमजोर, शिथिल अनि नीरस किरण कसैको आशाको त्यान्द्रो मात्र भए पनि ऊ आफ्नै लागि आशावादी छैन । समयान्तरले उसका सपनाहरू बदलिएका छन । उसका बाटाहरू भत्किसकेका छन, उसको गन्तव्य अन्धकारतर्फ धकेलिएको छ ।

यो घण्टीले पनि अशुभ समाचार नै लिएर आएको त होला नि ! उसमा फोन उठाउने चाहना रहेन । बरु प्रत्येक घण्टीसागै ऊ अतीतमा फर्कियो । लाहुर हिँडेको तेस्रो वर्षको एक रात बजेको घण्टीसागै ‘घरको फोन आयो’ भनेर खुसीले उफ्रेर फोन उठाएको मात्र के थियो उताबाट किरणकी आमाले रुँदै सुनाइन - जीवनमा सागै बाँच्ने सँगै मर्ने बाचासहित सिन्दुर लाएकी किरणकी पत्नी सीताले किरणसित अब आशा भरोसा नरहेको भन्दै दुई नाबालक बच्चालाई सासूको जिम्मा लगाएर सुख खोज्न अर्कै पुरुषको हात समाती हिँडेको समाचार सुनाएकी थिइन । त्यो रात पहिलो चोटि विदेशमा खुबै रोएको थियो किरण । उनीहरूकै सुख खोज्न आफ्नो जवानी धितो राखी मुग्लान पसेको किरणको भक्कानो छुटेको थियो त्यो रात । त्यसपछिका दिनहरू न निन्द्रा न भोकमा बित्तै गएका थिए । चाँडै घर फर्कने विचारले किरण अधिक काममा खटन थालेकाले कमजोर बन्दै गएको थियो । फर्कने इच्छा नगरेको होइन किरणल तर के गरोस ? उसको लाहुर आउँदा लागेको ऋण तिर्दै थियो । कमाएजति साहूको ब्याज र स्याज अनि बच्चा र जीवनसागिनीको खुसका लागि खर्चंदै किरण खाली हात थियो । खाली हात लिएर कसरी फर्कने ? केही कमाउने अनि स्वदेश गएर केही गर्ने सोचेर किरण मरुभूमिको रापमा पिल्सिएर काम गर्दै जीवनयात्रा लम्ब्याउँदै थियो - आफ्ना सबै खुसी, यौवन र उमङगलाई
खरानी बनाएर ।

केही महिनापछि एक रात यसरी नै आफ्नी जन्म दिने आमा र मातृभूमि सम्झेर आँसु झार्दाझार्दै
निदाएको थियो ऊ । ट्रिरिङ...ट्रिरिङ... को आवाजसागै उसले झम्टेर फोन उठायो । उताबाट आएको भाइको आवाजमा ‘दाइ, आमाले तपाईंको बाटो हेर्दाहेर्दै यो संसार छोडेर जानुभयो आज........’ भन्ने बाक्य के सुनेथ्यो थप सुन्ने र सोध्ने साहस भएन । उसका आँखाबाट बलिन्द्र आँसु टप्किन थाले, हात– खुटटा कामे, रातभर रोयो, छटपटायो । मरुभूमिको गोठमा उसको रोदन सुन्ने अनि सान्त्वना दिने को थियो र ? जीवनको बाँकी यात्रा अब पूरा भएजस्तो लाग्यो किरणलाई । ऊ काममा पनि गएन त्यो दिन । साहूले नोकरीबाट
निकालिदियो । उसलाई बिस्मात लागेन किञ्चित पनि । घर फर्कने सोचेको थियो तर के गरोस् भएको पैसा अस्ति मात्र आमालाई दशैँ मनाउन पठाएको थियो । हवाईखर्चसमेत थिएन । चिनेका साथीहरूसित बिन्ती गर्यो, साथीहरूको पनि व्यथा उस्तै थियो । फर्कने खर्चकै लागि किरण फेरि अर्को ठाउँमा काम गर्न थाल्यो । आमालाई सम्झेर घरीघरी रोइरहन्थ्यो किरण ।

एक दिन साहूको ऋणको हिसाब गर्यो - साँवा जति त ब्याजमै तिरिसकेको रहेछ किरणले । आफ्नो बास भएको घरजग्गा मात्र फिर्ता पाए पनि गाउँ फर्कने र त्यहीँ मर्ने इच्छा सुनाएको थियो केही दिनपहिले साहूलाई फोन गरेर किरणले । साहूले कुनै जबाफ नदिई फोन राखेको थियो । किरण विक्षिप्त हुँदै ‘मरुभूमिमै मरिने हो कि,बालबच्चाको के हाल होला’ भनी सोच्दै पिल्सिरहेको थियो । दिनप्रतिदिन अशक्त पनि हुँदै गएको किरणको निन्द्रामा समेत आशावादी हुने सपनाहरू आउन छाडिसकेका थिए ।

ट्रिरिङ...ट्रिरिङ... घण्टी बजि नै रहेको थियो । किरणको मस्तिष्कमा अनेकौँ अशुभ कुरा खेलिरहेका थिए । एउटा ट्रिरिङ...ट्रिरिङ... नसकिँदै अर्को पटक फेरि बज्न थाल्यो । किरण झन् अत्तालियो । पक्कै केही अशुभ भयो र त्यसको खबर आयो भनेर । मनले नमानीनमानी फोनमा हात पुर्यायो किरणले ‘हेल्लो’ भन्न भ्याएको थिएन, उताबाट कुरो सुरु भइहाल्यो । यस्तो खबर आउला भनेर त किरणले कल्पनासमेत गरेको थिएन । फेरि एक पटक किरणका आँखाबाट तरर आँसु बगे । ...साहूजी, साहूजी । ...किरण बोल्न सकिराखेको थिएन । उताबाट साहूजी बोल्दै थिए... । जिज्ञासानै जिज्ञासाले किरणका मनमा प्रश्नहरूको बाढी ल्याएको थियो । आजपनि उसको निन्द्राले बिदा लियो । किरण आफ्नो गुन्टा बाँध्न थाल्यो ।
आँखाबाट आँसु बग्न रोकिएको थिएन । बिहान सबेरै राताराता आाखा लिएर ऊ साथीको कोठामा पुग्यो । सबैसित अङकमाल गरेर बिदा माग्यो । साथीहरूलाई विश्वासै भएन किरणको कुरामा, उनीहरूले शुभयात्राको कामना गरे । धेरै वर्षपछि किरणको आँखाबाट खुसीको आँसु झरेको थियो । किनकि किरणको साहूले उसको परिवारको बेहाल देखेर किरणलाई ‘स्वदेश फर्कोस’ भनेर घरजग्गा
फिर्ता मात्र पठाएका थिएनन्, मरुभूमिको पोस्ट बक्समा हवाईजहाजको टिकटसमेत पुर्याइदिएका थिए ।

Tuesday, May 05, 2015

मोमिलाको - "ईश्वरको अदालतमा आउटसाइडरको बयान" - Download

मोमिलाको - "ईश्वरको अदालतमा आउटसाइडरको बयान" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

मेरो कविताको अन्तिम पृष्ठ - Download

मेरो कबिताको अन्तिम पृष्ठको ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

उत्कृष्ट दश पप गितहरुको म्युजिक ट्रयाकहरु : collection of top 10 pop song karaoke

आफुलाई मन पर्ने गितको शिर्षकमा क्लिक गरेर म्युजिक ट्रयाक (karaoke without voice) डाउनलोड गर्नुहोस्र र आफै गित गाउनुहोस् :
• रोसन गुरुङको  - "यहाँ यस्तै छ..." गितको म्युजिक ट्रयाक डाउनलोडगर्न यहाँ क्लिक गर्नुहोस् ।
• त्रिलोक रानाको - "तिमी जस्तो छैन कोही" - गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
• सुगम पोखरेलको "मेरो संसार नै हौ तिमी नै हौ..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
• यश कुमारको - "हिजो अर्कै संग देखें, आज अर्कै संग देखैं..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
• सबिन राईको - "गुराँसको फेद मुनि, सम्झनाको छाँया..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
• यम बरालको - "बादलुको घुम्टोले..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
• यश कुमारको - "म आफ्नै आगनमा..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
• दिपेश किशोर भट्टराईको - "एकै नजरमा..." गितको म्युजिक ट्रयाक डाउनलोड गरयहाँ क्लिक गर्नुहोस् ।
• 1974 AD ब्याडको - "यो मन त मेरो नेपाली हो..." गितको म्युजिक ट्रयाक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

ईश्वरको गर्भबाट

पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु ।

 charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी चलचित्रहरु हेर्छ । नाटकहरुमा भाग लिन्छ र सिनेमा बनाउने भयानक सोच मा डुबीरहन्छ । उसको चिया कफी र बे्रड बनाएर बाँकी रहेको समयमा उ डरलाग्दो पात्रको परिकल्पना गरेर बस्छ । कथाकारले कहीले काँही दुघ उमाल्दै गरेको देख्दा उ green lady को पेन्टीङ सफा गर्दै छु भन्थ्यो । उसलाई थहा छ 'green lady' protagonist को भित्तामा झुन्डाईएको महत्वपुर्ण पेन्टीङ हो ।

बाँकी कुरा कथाकारले बिच बिचमा भन्ने छ ।
 Scold lady: यो बुढी आईमाई मुख्य पात्रको पहीलो छिमेकी । जसले प्राय जसो दुध लेराउने केटा लाई, फोहोर उठाउन आउने अधबैंसे महीला लाई, बिजुली र धाराको मिटर जाँच्न आउने कर्मचारीलाई सानो सानो कुरामा हर्काछे । यो झगडालु स्त्री सबै सित प्राय झगडा गर्छे तर मुख्य पात्रलाई उसको घरमा शुक्रबार हुने नृत्य भेलामा सधै पियानो बजाउन बोलाउँछे ।
 Lucian: लुसियन मोन्टे राम्रै नेपाली बोल्छ तर उसको समुदाएको मान्छेहरु भेट्दा उ नेवारीमै कुरा गरीरहेको भेटाईन्छ । मुख्य पात्रको बाँया तिरको पुरानो बंगलामा त्यो मान्छे बस्छ जहाँ त्यसलाई १९६० को मर्सिटिज पुछ्दै गरेको देख्न सकीन्छ । मुख्य पात्रको कोठा बाट सजिलै त्यसको मोटर ग्यारेज देखीन्छ । त्यो अहीले मुख्य पात्रको झ्याल तिर हेर्दै छ । मुख्य पात्र varginia लाई लुसिएनको मर्सिटीजमा राखेर vallléy de loiré घुम्न जाने योजना बनाउदै छ । हेरुँ, कथामा के हुन्छ ।
Varginia dikenson: मुल बाटोको पारी, सानो तर भब्य लाग्ने कटेजमा उ बस्न आएकी हत्ता दिन भयो । उसले त्यो cottage théo संग भाडामा लिएकी हो । उसको नयाँ उपन्यासको लागी उ यहाँ आएकी छे । उपन्यास न सकाउनजेल उ यहाँ बस्ने छे । scold lady ले हिजोको नृत्य भेलामा भनेकी थिई ।

 ठिक छ, कथा यहाँ बाट सुरु हुनेछ । यो आजको मिती हो । protagonist ले भने बमोजिम कथा भन्न लाएक को दिन । आज नृत्य भेलाको अर्को दिन । हिजो अबेर सम्म मुख्य पात्र scold lady को घरमा पियानो बजाउँदै थियो त्यसैले मुख्य पात्र अझै ओछ्यानमै छ । उसको उपस्थीती बिना कथा फेबरेबल नहुन सक्छ । पहीला उसलाई उठाँउ तर यो काम लुसियनले गर्ने छ । लुसियनले खोक्दै 60's को मर्सिटीज पुछ्दा निस्कीएको घिन लाग्दो आवाजले कथाको नायक उठ्ने छ । झ्याल तिर उभीएर लुसियनलाई हेर्ने छ । उसको मर्सिटिजमा varginia लाई लिएर valléy de loiré जाने कल्पना गर्ने छ । varginia उसको सामुन्ने को झ्याल बाट देखीने कटेजमा बस्छे । उसले दुई ओटा भुस्याहा कुकुर पालेकी छे । उ दिनभरी उपन्यास लेख्नमा ब्यस्त हुन्छे । यो शान्त ठाँउ छ । हामीले स्पष्ट देख्न सक्छौं(कटुसको रुख, आरुको रुख, Walnut Tree,palm tree) उसको cottage वरिवरी रोपीएका छन् । लेखकहरु शान्त रुचाउँछन् । एकप्रकारले isolate हुन रुचाउँछन् । सायद उ पनी यस्तै खोज्दै आएकी होली भन्ने मुख्य पात्रलाई लागेको थियो । तर हिजोको नृत्य भेलामा scold lady ले 'उ आफ्नो पती संग छुट्टीएर यहाँ बस्न आएकी हो' भन्ने कुरा मुख्य पात्रलाई भनेकी हुन्छे । चार्लेएन कफीको प्याला सहीत कोठा भित्र प्रबेस गर्छ । फेरी निस्कन्छ । बे्रड र अण्डा लिएर पुन प्रबेश गर्छ । उनीहरु बसेर कफी पीउँदै छन् । कोठामा रङ पोतीएको हुँदैन । फुस्रो रातो ईट्टाहरु लाई oil painting ले ढाकीएका छन् लाग्छ कुनै नग्न स्त्री ब्राले छोपीएको सुन्दर आकारमा उभिएकी छे । मुख्य पात्र दिनभरी पेन्टीङ बनाउँछ । कहीले काँही कबिताहरु लेख्छ varginia को लागी, र यि सबै आजकाल हुँदैछन् । सायदै बर्तमान रही रहन्छ भने उ यही नै गर्ने छ । उ कलाकार हो । आख्यानकार वा कबी होईन । तैपनी varginia को लागी मामुली लाग्ने यस्ता कामहरु गुपचुप आजकाल हुँदैछन् । चार्लेएन चुप छ । उसले कुनै पनी चलचित्रको कुराहरु गरिरहेको छैन । डरलाग्दो कहानी रचीएको छ भनेर सुनाँउदै छैन । हिजो राती जस्तो आफुलाई भम्पाएर ले वा एलिएनले डसेको अनौठो कुराहरु गरेन । उ नबोली ब्रेडका टुक्राहरु मुखमा हाल्दै छ । मुख्य पात्र पनी कफी पिउँदै छ । उ भित्तामा झुन्डाएको green lady को पेन्टीङ हेर्छ । हरियो ball गाउन मा एउटी स्त्री उभीएकी छे । उ भाग्न आतुर जस्ती देखीएकी छे । चार्लेएन रित्तो कफीके मग सहीत बाहीरिन्छ । उ यसरी नबोलेको मा मुख्प पात्र लाई शंका छ की उ केही डरलाग्दो काहानी लिएर आउँदै छ । 'green lady' painting बाट बाहीर निस्कीएकी छे र अहीले protagonist संग तर्क गर्ने सोचमा मुख्य पात्रको अगाडी उभीएकी छे । मुख्य पात्र green lady लाई हेर्छ । उसको आँखा रसाएका छन् ।
 green lady: 'तिमी अर्को बिबाह गर' ।
 मुख्य पात्र: 'यो सम्भब छैन । you can't force me' ।
 green lady: 'यो सम्भब छ । तिमी आफुलाई सानो परीधीमा राखेर नसोच । दोस्रो बिबाह सम्भब छ । तिमीले मलाई यो भित्तामा झुन्डाएको बषौं भईसक्यो' ।
 मुख्य पात्र: 'camellia, this is not possiable' ।
 मुख्य पात्र green lady लाई अंगालो हाल्न पुग्छ । उ आफुलाई उसको अंगालो बाट फुस्काउँछे र भन्छे 'जाउ तिमीलाई varginia ले पर्खदै छे' ।

 अहीले उ scold lady को घरमा छ । सोफमा बसेर green coffee पिउँदै छ । "green cofee", सम्भबत भबिष्य कल्पान गर्न सकीन्छ । सेतो कुकुर कहीले scold lady को काखमा, कहीले कालो coffee table मा उफ्रीदै हुन्छ । Scold lady कहीले काँही उसलाई झगडालु लाग्दीन । उ संयम छे । उसको हप्काईमा गहनता छ भन्ने मुख्य पात्रलाई लागेको हुन्छ । उसको अनुहार झगडालु स्त्री को जस्तो पक्कै देखीन्छ तर उ प्रत्येक साता हुने नृत्य भेलाको लागी ढोकामा बसेर सबैको स्वागत गर्छे । वाईनको गिलास सबैको हातमा छ वा छैन भनी याद गर्छे । आफ्नो सत्कारमा कुनै कमी नहोस भन्ने चाहाना राख्छे । मुख्य पात्र को बस्तीमा प्रबेस हुनु भन्दा पहीले देखी नै यो प्रक्रीया रहँदै आएको थियो । त्यती बेला पियानो कसले बजाउँथ्यो भन्ने कसैलाई पनी थाहा थिएन । शुक्रबार बाहेकका दिनमा पनी उ मुख्य पात्रलाई हेर्दै भाबुक बन्छे र कहीले काँही पियाँनो बजाउन आग्रह गर्छे । मुख्य पात्र पियाँनो बजाउँदै छ । Chaule अझै coffee table मै छ । scold lady मुख्य पात्रलाई बजाउँन ईशारा गर्छे । कुकुर पियानो छेउ गएर उभीन्छ । scold lady ऐना अगाडी उभीएर कम्मर देखी छाती सम्म नियाल्छे । उ आफ्नो हातहरुले गर्धन र स्तन बरिपरी सुमसुमाउँछे । उ आफ्नो जवानी कल्पनामा हुन्छे । पियानो बजिरहेकै हुन्छ । शुक्रबार हुन्थ्यो भने सायद मानिसहरु नृत्यरत देखीन्थे । कसैले पनी उसलाई देख्ने थिएनन् । उ आफुलाई ऐना अगाडी र्सबथा एक्लो अनुभब गर्थी होला । त्यस्तो बेला protagonist लाई थाहा हुन्छ कस्तो संगीत बजाउँनु पर्छ । प्रेम बिकासको चरण, सुन्यता, प्रेमालाप, रोमान्स, खुसी देखी मनमुटाब सम्मको अबस्थालाई उ पियानो को धुनमा भर्न ब्यस्त हुन्छ ।
scold lady ले बिबाह गरीन । उ आफ्नो यौबनाबस्थामा थुप्रै पुरुषको मायामा परी । उ प्रेममा बिश्वास गर्थी तर बिहे गरी बच्चा जन्माउनु सही होईन भन्थी । उ निदाउनु भन्दा अगाडी धर्म पुत्री वा धर्म पुत्रको बारेमा सोच्थी र बिहान हुँदा नहुँदै चटपटे दिमाग बाट त्यो कुरा हटाउँथी । उसलाई लाग्थ्यो प्रत्येक दिन प्रेममय छ । उ कुनै दिन आफुलाई एउटा पुरुषसंग सुम्पन्थी र भन्ने गर्थी 'माफ गर, मैले तिमी संग बिताएको यो पहीलो रात होईन तर बास्तबमै पछिल्ला रातहरु भन्दा त्यो उत्कृष्ट रह्यो' । 'तिम्रो अधरपानको टेक्नीकहरुले मलाई लोभ्याएका छन्' । यती सकेर उ कुनै परपुरुष लाग्ने पुरुष मित्रको कोठा बाट निस्कन्थी र भोलि पल्ट sammu rué बाट lénon सम्म ट्रेनमा हिड्दा अर्को पुरुष संग प्रेममा परेको कुरा सुनाउँथी । उ अहीले बुढी भएकी छे । उसको चाउरी परेको रेखाहरुमा हामी जवानी बिम्बहरु अझै केही केही देख्न सक्छौं । मुख्य पात्र लाई लाग्छ उ पियानो बजाउँदा त्यो बुढी यस्तै केही सोच्छे होला । बास्तबमै पुरानो समयले नेटो काटीसकेको छ । उ भरसक पियानो मा राम्रो धुन भर्न ब्यस्त रहन्छ ।

 Chaule भुक्न थाल्छ । एकछिन सब शान्त हुन्छ । scold lady ढोका तिर हेर्छे । मुख्य पात्र पनी ढोका तिर र्फकीएको छ तर उसका औंलाहरु पियानो कै स्पर्शमा देखीन्छन् ।
 'स्वागत छ तिमीलाई'– पुर्ब उल्लासको साथ scold lady ले र्भजिनीयालाई भित्र बोलाउँछे । मुख्य पात्र पनी उठ्छ र उ सगं पहीलो प्रत्यक्ष परिचय सुरु गर्छ ।
 'म मुख्य पात्र'– मुख्य पात्र सु-परिचय साथ हात अगाडी बढाउँछ ।
 ‘i am varginia dikenson’- उ हल्का मुस्कुराउँछे ।
 अहीले तिनै जना पियानो पछाडीको भेल्भेट सोफामा बसेका छन् । varginia त्यती मोटी छैन । आकर्षक देखीन्छे । कानमा लापरबाही पाराले झुन्डीएका ear ring ले मुलत सौन्र्दय लाई निखारेका छन् । छातीको बिच भाग हुँदै झुन्डीएको मसिनो लकेटमा कृष्णको अनुहार कुँदीएको छ । अहीले मध्यान्न छुँदै छ । scold lady अर्गानिक कफी लिएर कोठा भित्र छिर्छे । उ संगै उसको chaule पनी दर्गुदै आईपुग्छ ।
 'तिमीलाई थाहा छ उ राम्रो पियानो बादक हो' । मुख्य पात्र लाई ईकींत गर्दै scold lady, varginia लाई सुनाउँछे । 'मैले गए राती तिमीलाई सुनेको थिँए ...
' 'ए ए धन्यबाद' –
 मुख्यपात्र चुप लाग्छ । varginia उसलाई हेर्न थाल्छे । मुख्य पात्र सोच्दै हुन्छ, कसरी एउटा केटीलाई पहीलो भेटमै मन पराएको कुरा गर्न सकीन्छ । मुख्य पात्र लाई उ राम्री लाग्न थालेको हुन्छ । लुसिएनको र्मसिटीज संझन्छ । valléy de loiré संझन्छ । उसको हातहरु समाएको कल्पना गर्छ । र आफु संग सन्तान जन्माउन ईच्छा राखेको अर्मुत कल्पना गर्न थाल्छ ।
'तिमीले उपन्यास सुरु गर्यौ' ? scold lady ले निस्तब्दता भगं गर्दै बोल्छे ।
 'कलम समाई सकेको छु' । उ हाँस्न थाल्छे । उ आफ्ना सानातीना जोकहरुमा आफैं रमाउने गर्छे । उ सिग्रेट सल्काउँछे र सोफमा ढेसिएर पिउन थाल्छे । उ पेन्टीङहरु बेपत्ता संग मन पराउँछे । लेख्न बस्नु अघी कुनै शान्त पेन्टीङलाई हेर्दै सुरु गर्नु साहीत्यीक आनुभुती हुने कुरा गर्छे । उसलाई पेन्टीङहरु को ब्यबस्था théo ले मिलाई दिएको हो । cottage भन्दा केही पर théo को आर्ट ग्यालरी छ । varginia बिदा हुन सोफा बाट उठ्छे । अहीले उसको सेतो रहरलाग्दो पिड्यौलामा मुख्य पात्रका आँखाहरु रोकीएका छन् । varginia लाई पे्रम गर्न चाहान्छ । प्रेम ब्यक्त गर्न चाहान्छ तर उसले उपयुत्त समयलाई बुझेको जस्तो गरी अहीले शान्त रहन्छ ।

 'तिमी white wine मन पराउनने छौ' ? varginia मुख्य पात्र लाई सोध्छे ।
'अबश्यनै, म मन पराउने छु' । उ नरम भएर जवाफ र्फकाउछ । उसलाई थाहा छ बिश्वबिद्यालयको दिनहरु मा केटीहरु संग केटाहरुले यो भन्दा नरम भएर बोल्थे र भोलिपल्ट country side dating का रमाईला बकवासहरु सुनाउँथे । मुख्य पात्र फेरी भन्छ– 'सालमन माछा संग' 'अबश्य तिमीलाई स्वागत छ मेरो कटेजमा' । varginia आफ्नो बिशेषाधिकार प्रयोग गर्छे सामान्य स्त्रीहरुले जस्तो । उ निस्कन्छे । chaule फेरी भुक्न थाल्छ मानौ उ पनी varginia लाई रोक्न खोज्दैछ । अब कोठामा फेरी मुख्य पात्र र scold lady मात्र बाँकी छन् । scold lady मुख्य पात्रलाई हेर्छे र केही बुझे जस्तो गरी हल्का मुस्कुराउँछे । मुख्य पात्र त्यहाँ बाट निस्कन्छ किनकी उसलाई बेलुकाको निमन्त्रणमा पुग्नु पर्ने तारतम्य मिलाउनु छ । हलुङ्गो मन लिएर scold lady को घर बाट बाहीरीन्छ । मन स्निग्ध छ जसरी बाहीर बगैंचाका फुलहरु देखीएका छन् । सडकमा केही केही मात्र मानीसहरु देखीन्छन् । सबै प्राय हल्का गोरो बर्णका । चार्लेएन जस्तो कोही पनी देखीदैनन् । उसको जस्तो चौडा छाती र भद्धा ओठ भएका मानीसहरु यहाँ कमै छन् । मुख्य पात्र लाई थाहा छ उसले varginia लाई सुखी राख्ने छ । सबै ठिक रहेमा बेलुकाको बसाई पनी उत्तेजित हुनेछ । उसको नरम हातहरुको स्षर्शले मुख्य पात्रको अङ्गहरुमा संचारको प्रक्रीया बिथोलीने छ र त्यसले पक्का पनी उत्तेजीत कामोत्तेजना लेराउने छ । उ ball गाउन को green lady लाई संझन्छ ।

उसले आजकाल भन्ने गरेको 'जाउ तिमीलाई varginia ले पर्खदै छे' भन्ने कुरा को हल्का स्मरण गर्छ । मुख्य पात्र varginia को cottage अगाडी उभीएको छ । उसले लुसिएनको ग्यारेज तिर हेर्छ । लुसिएनलाई दिउँसो देखीदैन । सम्भबत कसैलाई पनी थाहा हुने छैन उ दिउँसो कहाँ गायब हुन्छ । उ बेथितीको मानिस हो । भद्रगोल जिबन जिउनु आफ्नो आदर्श ठान्छ । प्रेमलाई अती बिश्वास र सम्मानको साथ लिन्छ । उसकी आमा पनी एक ब्यबसायी पुरुषको प्रेममा थिई र बिहेहुनु पुर्ब नै लुसिएन जन्मीसकेको हुन्छ । त्यसैले उसलाई आफ्नो जन्म अधार्मीक र अनैतिक लाग्छ तर धर्ममा आस्था भएको कुरा खुलेर बताउँछ । मुख्य पात्र रङ्ग खुईलिएको र्मसिटिजलाई हेर्छ र valléy de loiré को योजना चाँडै बन्नेछ भन्नेमा आशाबादी देखीन्छ । मुख्य पात्र आफुलाई डिनरमा varginia ले बेलाएकी  कुरा पहीला चार्लेएनलाई सुनाउने छ । उ हतार हतार आफ्नो कोठा भित्र प्रबेस गर्छ । green lady पेन्टीङ बाट बाहीर निस्कीएकी छे । 
'बास्तबमा यो हुनु थियो' – green lady मुख्य पात्र लाई हेर्दै बोल्छे ।
 'तिमीले यो गर्न भन्दै छौ' – मुख्य पात्र भाबुक देखीयो ।
 'तिमीलाई उसले सन्तान दिन्छे । तिमीलाई त्यसको ईच्छा सदैब रहदै आएको छ । होईन र मुख्य पात्र' ? – green lady उसलाई यथार्थ बुझाउन खोज्छे ।
 green lady मा भएको painting उसको स्र्वगिय श्रिमती camillia woolf को हो । उसको बिबाह भएको निकै समय बितेको हुन्छ । पछी केही अज्ञात रोगको कारण उसको मृत्यु भएके पक्का हो । पछी मुख्य पात्र यहाँ आई पेन्टीङ बनाउन थालेको हो । उ यहाँ आउँदा उसका छिमेकीहरु आफुलाई आदिबासी हुँ भन्थे । green lady उसले बनाएको उत्कृष्ट painting हो । यो केही सजिब र केही अनौठो छ । उ यस संग  कुरा गर्न सक्छ । green lady उ संग कुरा गर्न सक्छे र प्रत्येक रात काल्पनीक सुहागरात मनाईदै आएको छ ।

 मुख्य पात्र सिग्रेट सल्काउँछ । green lady painting मा र्फकीसकेकी हुन्छे ।

 चार्लेएन भित्र छिर्छ । केही हडबडाएको छ । केही बेर हाँफीएपछी उ बोल्न थाल्छ ।
'मुख्य पात्र तिमीलाई थाहा छ?' –
 'के' –मुख्य पात्र संक्षीत्त सोध्छ ।
'बबाल भएको छ । मैले मेरो चलचित्रको लागी character भेटाएको छु । त्यसको नाम मैले दिएको छु । त्यो एउटा seclude बाट आएको प्राणी हुनेछ । त्यो 'gull-azmir'  हो । तिमीले त्यसलाई यो नामले बोलाउन सक्छौ' । चार्लेएनले यो  सबै एक सासमा भनी सक्छ ।
 'gull-azmir'? यो कस्तो नाम हो ? मुख्य पात्र आफ्नो लामो नसुहाएको नाक बजाउँदै बोल्छ ।
 'अहो! तिमीलाई पनी अच्चम लाग्यो हैन' ? चार्लेएन दङ्ग पर्दै मुख्य पात्र तिर र्फकीन्छ ।
'तिमीलाई थाहा छ । सिनेमा जगतमा यसको वाहा वाही हुनेछ' ।
 'तर...' मुख्य पात्र चार्लेएनको खुसि सलबलाएको आखाँमा हेर्न थाल्छ ।
 'पक्कै पनी मानीसले यसलाई मन पराउने छन् । gull-azmir ईतिहाँसमा अमर रहोस्' । चार्लेएन यती भनेर हतारिदै कोठा बाट बाहीरिन्छ ।
 चार्लेएन यस्तै केही गर्ने सोचमा मात्र हुन्छ । यस्तो कहानी नसोचेको दिनमा मात्र उ दुध उमाल्दैन । मुख्य पात्रले varginia को कुरा सुनाउन भ्याएन ।

 'शुभ सन्ध्या' –लुसिएनले मुख्यपात्रलाई अपेक्षाकृत अभिबादन ब्यक्त्त गर्छ ।
 'शुभ सन्ध्या लुसिएन' –
 'Tell me if you want my car key. look , isn't it cool for make a love'? – लुसिएन मुख्यपात्र लाई देख्ना साथ सधैं valléy de loiré को बारेमा संझाउने गर्छ ।
 'धन्यबाद' –
मुख्पपात्र लाई हतारमा देखेर लुसीएन 'हुन्छ' को टाउकोमा मुस्कुराउँछ । मुख्यपात्र पहीला पाहाडियाको फुल पसलमा जान्छ र मित्रताको लागी दिईने सेतो फुलको गुच्छा किन्छ । उ अब सरासर varginia को cottage तिर जान्छ । उसले एउटा महत्वपुर्ण साँझ त्यहा बिताउने छ । उसले गोडाहरु काँप्न बाट रोकाउन भरमजबुत प्रयास गर्ने छ । उ cottage को मुख्य ढोका बाट भित्र छिर्छ । varginia आफ्नो भुस्याहा कुकुर संग खेलीरहेकी हुन्छे ।
 'स्वागत छ मुख्य पात्र' –
'धन्यबाद' – उसले फुलको गुच्छा varginia लाई दिन्छ ।
उनीहरु एउटा लामो साधुँरो कोरीडोर हुँदै मुख्य बैठक कोठा मा पुग्छन् । बिचमा ठुलो रोयल बेड । हरियो पर्दा । नेपाली गलैंचा । पुरानो युरोपीयन साजसज्जा को भाडाँहरु royal bed को दुबै तिर मिलाएर राखीएका छन् । बैठक कोठा अती सुन्दर र बिलासि देखीएको छ । Claude monte को ‘Impression Sunrise’ royal bed को ठिक सामुन्ने झुन्डाईएको छ । अर्को पट्टी भित्तामा women in green dress टाँगिएको थियो ।
 'तिम्रो परिचय पेन्टर या पियानिष्ट, के भन्न सक्छु' ? varginia मुख्य पात्रलाई सोध्छे ।
 'पेन्टर, तिमी मलाई पेन्टर भन्न सक्छौ । पियानिष्ट केबल नृत्य भेलाको लागी मात्र' । –कोठा लाई panorama शैलीमा नियाल्दै जवाफ दिन्छ ।
 कोठामा झुन्डाएको पेन्टीङहरुको combination र रङ्गको आधारमा अनुमान गदै मुख्य पात्र बोल्छ । 'तिमी शान्ती प्रीय छौ । अँ, अती सफा मन । त्यो निश्चल हुनु पर्छ' ।
 'How could you tell that'? उ उपन्यास लेख्दै गरेको आफ्नो डायरी पल्टाउँछे ।
'रङ्गहरुको उपस्थीतीले तिम्रो परिचय या गुण बोल्छन्' । मुख्य पात्र prophet झै बोल्न थाल्छ ।
 'अबश्य, तिमीले सही भन्यौ' । varginia भन्न थाल्छे । 'मलाई शान्ती संग सहबासको आकांक्षा छ । मलाई मेरो पात्रहरु यस्तै स्थाबाट जन्मीउन भन्ने लाग्छ । तिमीलाई थाहा हुनु पर्छ । a room of one's own मा भनेझै ‘a women must have money and a room of her own if she is to write fiction’ … ‘हो, म सित अहीले कोठा छ र पैसा । तिमीले बिश्वास गर्नु पर्छ मैले यतीकै लागी श्रिमान त्यागेको छु' । 
'यसरी नसोच एकान्त समयले तिमीलाई अजिङ्गर ले जस्तो निल्ने छ' । – Protagonist भन्न थाल्छ । 'अजिङ्गर'?
'हो', अजिङ्गरले जस्तो । –मुख्य पात्र varginia को एउटा हात समाउन्दै भन्न थाल्छ । 'निर्जन अबस्थामा तिमीले रोजेको समय मात्र अजिङ्गर बन्न सक्छ । तिमीलाई प्रेमको खाँचो छ । कुनै पुरुष पात्रको खाँचो छ' । उ आफ्नो प्रेम देखाउन खोज्छ । varginia लाई सबै कुरा भन्न चाहान्छ । बिबाहको प्रस्ताब राख्न चाहान्छ । varginia wine लेराउँछे । सालमन माछाको परिकार बिषेश देखीएको छ । varginia music player on गर्छे । चोपिन र स्कुमनले कम्पोज गरेको धुन कोठा  भरी फैलीन थाल्छ । बस समय अड्कीएको छ । युगल प्रेम जोडीको काहानी मा जस्तो ।
 'You know virginin'? – मुख्य पात्र virginin लाई हेर्दै बोल्न थाल्छ । 'समयले तिमीलाई हराएर छोड्छ । There is no value of time' ।
मुख्य पात्र लाई समयको परिर्बतन प्रती त्यती रुची छैन । उ समयको एक किसिमले ख्याल नराख्ने प्राणी हो । उ समय आउँछ, जान्छ, र परिर्बतन हुन्छ भन्नेमा गलत बिचार राख्छ । उसलाई थाहा छ मानीहरु समयको सदुपयोग गर्दैनन् । र समयको गलत ब्याख्या गर्छनन् ।

 'तिमी सुन्न चाहान्छौ मैले सुरु गरेको उपन्यास' ? उ उपन्यास सुनाउने सुरमा आँउछे ।
 'अबश्य, अबश्य । ठिक छ । white wine, सालमन माछा र उपन्यास' । मुख्य पात्र cheers को लागी गिलास माथी उठाउँछ । background मा पातलो भएर फेरी स्कुमनको धुन बज्न थाल्छ । varginia कथा सुरु गर्छे ।

 ( .........पहिला, कथामा आईपुग्ने पात्रहरुको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सभ्भब भएका छन् । protagonist सगं नजिक हुने केही पात्रहरु ।
 charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । उ आवशकता भन्दा बडी चलचित्रहरु हेर्छ । नाटकहरुमा भाग लिन्छ र सिनेमा बनाउने भयानक सोच मा डुबीरहन्छ । उसको चिया कफी र बे्रड बनाएर बाँकी रहेको समयमा उ डरलाग्दो पात्रको परिकल्पना गरेर बस्छ । कथाकारले कहीले काँही दुघ उमाल्दै गरेको देख्दा उ green lady को पेन्टीङ सफा गर्दै छु भन्थ्यो । उसलाई थहा छ green lady protagonist को भित्तामा झुन्डाईएको महत्वपुर्ण पेन्टीङ हो । बाँकी कुरा कथाकारले बिच बिचमा भन्ने छ ।
 Scold lady: यो बुढी आईमाई मुख्य पात्रको पहीलो छिमेकी । जसले प्राय जसो दुध लेराउने केटा लाई, फोहोर उठाउन आउने अधबैंसे महीला लाई, बिजुली र धाराको मिटर जाँच्न आउने कर्मचारीलाई सानो सानो कुरामा हर्काछे । यो झगडालु स्त्री सबै सित प्राय झगडा गर्छे तर मुख्य पात्रलाई उसको घरमा शुक्रबार हुने नृत्य भेलामा सधै पियानो बजाउन बोलाउँछे ।
 Lucian: लुसियन मोन्टे राम्रै नेपाली बोल्छ तर उसको समुदाएको मान्छेहरु भेट्दा उ नेवारीमै कुरा गरीरहेको भेटाईन्छ । मुख्य पात्रको बाँया तिरको पुरानो बंगलामा त्यो मान्छे बस्छ जहाँ त्यसलाई १९६० को मर्सिटिज पुछ्दै गरेको देख्न सकीन्छ । मुख्य पात्रको कोठा बाट सजिलै त्यसको मोटर ग्यारेज देखीन्छ । त्यो अहीले मुख्य पात्रको झ्याल तिर हेर्दै छ । मुख्य पात्र varginia लाई लुसिएनको मर्सिटीजमा राखेर vallléy de loiré घुम्न जाने योजना बनाउदै छ । हेरुँ, कथामा के हुन्छ ।
 Varginia dikenson: मुल बाटोको पारी, सानो तर भब्य लाग्ने कटेजमा उ बस्न आएकी हत्ता दिन भयो । उसले त्यो cottage théo संग भाडामा लिएकी हो । उसको नयाँ उपन्यासको लागी उ यहाँ आएकी छे । उपन्यास न सकाउनजेल उ यहाँ बस्ने छे । scold lady ले हिजोको नृत्य भेलामा भनेकी थिई ।

 ठिक छ, कथा यहाँ बाट सुरु हुनेछ । यो आजको मिती हो । protagonist ले भने बमोजिम कथा भन्न लाएक को दिन । आज नृत्य भेलाको अर्को दिन । हिजो अबेर सम्म मुख्य पात्र scold lady को घरमा पियानो बजाउँदै थियो त्यसैले मुख्य पात्र अझै ओछ्यानमै छ । उसको उपस्थीती बिना कथा फेबरेबल नहुन सक्छ । पहीला उसलाई उठाँउ तर यो काम लुसियनले गर्ने छ । लुसियनले खोक्दै 60's को मर्सिटीज पुछ्दा निस्कीएको घिन लाग्दो आवाजले कथाको नायक उठ्ने छ । झ्याल तिर उभीएर लुसियनलाई हेर्ने छ । उसको मर्सिटिजमा varginia लाई लिएर valléy de loiré जाने कल्पना गर्ने छ । varginia उसको सामुन्ने को ..............)

 यस बिचमा varginia र protagonist को हत्तै पिच्छे भेट हुन थाल्छ । 'White wine, सालमन माछा र उपन्यास' । मुख्य पात्र varginia ले कथा सुरु गर्नु भन्दा पहीले यसै गरी गिलास माथी उचाल्छ । उनीहरु बिच शारारीक सम्बन्ध बन्छ । लुसिएनको मर्सिटिजमा valléy de loiré घुम्ने योजना बारे मुख्यपात्र ले varginia लाई भनीसकेको हुन्छ । varginia ले बर्ष को अन्तीम तिर उपन्यास सकाउने र अर्को बसन्तको सुरुमा valléy de loiré  जाने कुरा गरेकी हुन्छे । गए राती उनीहरुले सम्भोग गरेका थिए ।

 ११ महीना पछी ..... 

 मुख्य पात्र हतारीदै varginia को cottage भित्र प्रबेस गर्छ । उसलाई केही अज्ञात जिज्ञासाले यहाँ सम्म लेराएको हुन्छ । लाग्दैछ उसलाई चार्लेएनको gull-azmir ले लखेटीरहेको हुन्छ । उ varginia को ठुलो बैठक भित्र प्रबेस गर्छ । उ त्यहाँ हुँदीन । बैठक कोठा खाली छ र निरश धुनले ढाकीएको जस्तो अुनुभब हुन्छ । स्कुमनको धुन बजिरहेको छैन । impression sunrise एउटा चमत्कारी बिहानी पर्खेर बसेजस्तो भित्तामा मौन झुन्डीएको छ । पछिल्ला दिनहरुमा उसको सौख भित्तामा झुन्डाईने गोरा बच्चाहरुको पेन्टीङ बनेको थियो । ति पेन्टीङहरु लिन मुख्य पात्र धेरै चोटी théo को art gallery पुगेको हुन्छ । varginia ले उपन्यास हिजो सकाएकी थिई र आज भब्य समारोह राखीने छ भनेकी हुन्थ्थी । तर यहाँ कुनै चहल पलह थिएन । भर्खर केही अनौठो घटना घटेको  हुन्छ । मुख्य पात्र त्यही सुनाउन निर्धारीत समय भन्दा केही पल अघी cottage आईपुगेको हुन्छ । मुख्य पात्र varginia को bed तिर जान्छ । varginia ले उपन्यास लेख्दै गरेको डायरी पल्टाउँछ र उपन्यासको अन्तीम तथा बाँकी अशं पढ्न थाल्छ ।

 (.....त्यसपछी varginia ले सोचेको जस्तो मुख्य पात्र संग सहबास हुन्छ । varginia गर्भबती हुन्छे । उनिहरुले valléy de loiré घुम्ने योजना बनाएको पनी १० महीना बितीसकेको हुन्छ । varginia ले यो महीना भित्र उपन्यास सकाउने र अघिल्लो बसन्तमा घुम्ने भनेकी हुन्छे । varginia मुख्य पात्रलाई लिएर théo को आर्ट ग्यालरी र scold lady को नृत्य भेलामा संग संगै पुग्न थालेकी हुन्छे । मुख्य पात्रले green lady संगको कुराकानी दिनै पिच्छे छोट्याउँदै लगेको छ । उ आजकाल green lady संग कुरा गर्दैन । मुख्य पात्रले नयाँ पेन्टीङ god's hand भर्खर सुरु गरेको हुन्छ । varginia को अनुरोध मा उसले ईश्वको हात बाट मात्र मानब को कल्याण हुन सक्छ भन्ने theam मा त्यो पेन्टीङ सुरु गरेको हुुन्छ । कथाले अनौठो मोड लिएको छ । मुख्य पात्र आज अली छिटो ब्युँझनेछ सायद । उसले चार्लेएन लाई कफीको लागी अनुरोध गरी सकेको हुन्छ । varginia ले आज राख्ने भब्य समारोहमा उसले जानु छ । उसलाई cottege पुग्न हतार छ । फेरी चार्लेएन लाई कफी को लागी कराउँछ । मुख्य पात्र green lady को पेन्टीङ तिर हेर्छ । यस अघी उसले पेन्टीङको आईमाईको पेट ठुलो भएको देखेको थिएन । उ याद गर्न खोज्छ । उसलाई थाहा छ उसले कहीले यस्तो बनाएको थिएन ।
'यो अनौठो हो' – मुख्य पात्र पेन्टीङ बाट आँखा हटाउँछ ।
चार्लेएन कफी लिएर अझै आईपुगेको छैन । भान्छा बाट कुनै आवाज आएको छैन । मुख्य पात्र हलुका गतीमा भान्छा भित्र छिर्छ । अकस्मात उसलाई कोठा भित्र कसैको पुर्ब उपस्थीती अनुभब भए झै लाग्छ । उसलाई कसैले समाईरहेको छ या तानीरहेको छ । उ चार्लेएन लाई बोलाउँछ । चार्लेएन भान्छा मा देखीदैन । भान्छामा सामानहरु छरीएको छ । फ्रीज भित्र बाट रगत चुहीँदै निस्कीरहेको छ । मुख्य पात्र लाई र्चालेएनले यो सब सिनेमाको लागी गरेको जस्तो लाग्छ । 'बेबकुफ! के गरेको होला?' । उ फ्रीजको ढोका खोल्छ । चार्लेएनको शरीर काटेर कोचीएको छ । मुख्य पात्र त्यहाँ बाट भाग्छ र scold lady को घर तिर जान्छ । chaule लाई मारेर कसैले ढोकामा झुन्डाईदिएको छ । scold lady त्यहाँ देखीन्न । यो सबै काम gull-azmir को हो भन्ने अन्तीम निस्कर्ष मा मुख्य पात्र पुगेको हुन्छ । जो आदीमानब र आधा शरिर तेस्रो ग्रहको प्राणी को भएको चार्लेएनले बताएको हुन्थ्यो । उसलाई सहर सुनसान लाग्छ । लुसिएनको गाडीमा कसैले आगो लगाईदिएको छ । मुख्य पात्रलाई लाग्छ लुसिएन आफ्नो अनैतीक शरीर लाई लिएर पाहाडको फेदी तिर गयो होला जहाँ उ ईश्वर लाई खोज्न सक्छ । 'कस्तो बिस्मात' ? मुख्य पात्र बरबराउँछ । मुख्य पात्र हतारीदै varginia को cottage भित्र प्रबेस गर्छ ।

Impression sunrise
उसलाई केही अज्ञात जिज्ञासाले यहाँ सम्म लेराएको हुन्छ । लाग्दैछ उसलाई चार्लेएनको gull-azmir ले लखेटीरहेको हुन्छ । उ varginia को ठुलो बैठक भित्र प्रबेस गर्छ । उ त्यहाँ हुँदीन । बैठक कोठा खाली छ र निरश धुनले ढाकीएको जस्तो अुनुभब हुन्छ । स्कुमनको धुन बजिरहेको छैन । 'impression sunrise'  एउटा चमत्कारी बिहानी पर्खेर बसेजस्तो भित्तामा मौन झुन्डीएको छ । पछिल्ला दिनहरुमा उसको सौख भित्तामा झुन्डाईने गोरा बच्चाहरुको पेन्टीङ बनेको थियो । ति पेन्टीङहरु लिन मुख्य पात्र धेरै चोटी théo को art gallery पुगेको हुन्छ । varginia ले उपन्यास हिजो सकाएकी थिई र आज भब्य समारोह राखीने छ भनेकी हुन्थ्थी । तर यहाँ कुनै चहल पलह थिएन । भर्खर केही अनौठो घटना घटेको हुन्छ । मुख्य पात्र त्यही सुनाउन निर्धारीत समय भन्दा केही पल अघी cottage आईपुगेको हुन्छ । मुख्य पात्र varginia को bed तिर जान्छ । varginia ले उपन्यास लेख्दै गरेको डायरी पल्टाउँछ र उपन्यासको अन्तीम तथा बाँकी अशं पढ्न थाल्छ । ......)

 मुख्यपात्र को हात बाट डायरी भुईमाँ खस्छ ।
'यो पुर्ब निर्धारित कहानी थियो र'? मुख्यपात्र आफैलाई प्रश्न गर्छ ।
 नजिकैको cot बाट बच्चा रोएको आवाज आउँछ । vagitus अत्यन्त सुन्दर थियो । अचानक स्कुमनको कम्पोज बज्न थाल्छ र बच्चाको रुवाई संग मिसिएर royal room को चारैतीर फैलीन थाल्छ । मुख्य पात्र लाई अनौठो अनुभब भईरहेको स्पष्ट देख्न सकीन्छ । सम्भबत पाठकहरु भ्रममा परे जस्तो मुख्प पात्र पनी भ्रममा परेको छ । यो severe दुबीधा हो । यो भ्रान्ती हो । बच्चाको रुवाई झन झन बाक्लीदै गएको छ । varginia, scold lady, लुसिएन अनौठो संग हराएका छन् । यो बच्चा बषैं अघी green lady को कोख बाट जन्मीनु पर्ने थियो । varginia ले आज यो उपहार छोडेर गएकी छे । मुख्य पात्र बास्तबिकता बाट धेरै टाढा छ । varginia को थिई सायद मुख्य पात्र लाई यो कहीले थाहा हुने छैन । तर varginia को माया र यो उपहार सधै रहीरहने छ । varginia को emblem मुख्य पात्रले कोठा भरी अनुभब गर्छ । लाग्छ त्यो बच्चा ईश्वरको गर्भ बाट जन्मीएको धरतीको पहीलो सन्तान रहनेछ । मुख्य पात्र त्यो बच्चालाई उठाएर छातीमा टाँस्छ र ईश्वरलाई धन्यबाद दिदै varginia को काल्पनीक cottage बाट बाहीरीन्छ ।

 अब, कोलोनी युद्ध बिराम पछीको लामो सुस्केरामा उभीएको छ ............