Saturday, June 13, 2015

आउने महिना लगनको गाँठो : गजल

आउने महिना लगनको गाँठो कस्दै छौ रे काली,
रमाईकन पराईको नयाँ दैलो पस्दै छौ रे कालि ।

तिमी बिना बेसाहारा हुन्छु थाहा थियो तिमिलाई,
अंगालोमा लिई ढाडमा छुरा धस्दै छौ रे कालि ।

तिम्रो जस्तो मुटु मेरो नि भैदिए कति धन्य हुन्थें,
प्रेमको कोपिला तिमी डालीबाट खस्दै छौ रे काली ।

मनभित्रैबाट सके जती मायाँ गरेकै त थिएँ तिमीलाई,
मेरो मायाँ लत्याएर पराइकोमा फस्दै छौ रे काली ।

Friday, June 12, 2015

यी मेरो नयन भरी आँसु बोकी : गजल

यी मेरो नयन भरी आँसु बोकि हाँसु कसरी,
पलपल चोट सहेर तिम्रै यादमा बाँचु कसरी ।

तार छिनेको सारंगी जस्तै मेरो यो जिन्दगी,
सुर बिनाको संगीतको तालमा नाचु कसरी ।

तिमी दिनको घाम, म रातको जुनझैं हुनु पर्दा,
सिसा जस्तै टुक्रिन्छ कोमल मुटु गाँसु कसरी ।

न म तिम्रो बन्न सकेँ, न तिमीलाई भुल्न सक्छु,
तिम्रै यादमा पलपल तड्पिएर बसु म कसरी ।

यो नेपाली शिर उचाली गितको कमिडी भर्सन : यो नेपाली शिर निहुराई

पहिला म्युजिक ट्रयाक (KARAOKE) डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् :

यो नेपाली शिर निउराई साउदी-कतार लम्किन्छ,
लोडसेडिङमा टुकीबाली अन्धकारमा चम्किन्छ ।
यो नेपाली शिर निउराई साउदी-कतार लम्किन्छ... ॥१॥

           +++(___MUSIC___)+++

(चाहे लागोस् तातो घाम यो नेपाली झुक्दैन)२
(जति दुःख गरेपनि दुई छाक् टार्न पुग्दैनँ)२
ज्याला जर्ति कम भएनी काममै मात्र जोतिन्छ,
यो नेपाली शिर निउराई साउदी-कतार लम्किन्छ...
॥२॥
           +++(___MUSIC___)+++

(एकातिर घर जग्गा बन्धकीमा परेको छ)२
(अर्कातिर साहुहरुले अत्याचार गरेको छ)२
एकातिर तातो तातो बालुवाको खानी छ,
अर्कोतिर तिर्खा लाग्दा न त खाने पानी छ । ॥३॥

         +++(___MUSIC___)+++

(जन्मे यहीँ भ्रष्ट नेता कपडा लाउने कुकुर)२
(गाली गर्दा यी कुकुरलाई देशकै बदनाम हजुर)२
लोडसेडिङमा टुकी बाली अन्धकारमा चम्किन्छ ।
यो नेपाली शिर निहुराई साउदी कतार लम्किन्छ । ॥४॥
+
यो नेपाली शिर निउराई साउदी-कतार लम्किन्छ,
लोडसेडिङमा टुकीबाली अन्धकारमा चम्किन्छ ।
+ यो नेपाली शिर निउराई साउदी-कतार लम्किन्छ...

* नोट : माथी दिइएका गितहरु ओरिजिनल गितको म्युजिक ट्रयाकसँग तलमाथि सुर तालमा फरक नहुने किसिमले गाउनको लागी (२) लेखेको अंशलाई दुईपटक दोहर्याउनुहोस् र (+) लेखेको अंशमा धेरै पाउज नभइकन ट्रयाकलाई समाउँदै जानुहोस् ।

धन्यवाद ! कस्तो लाग्यो प्रतिकृया दिन नभूल्नु होला ल... ।

Download karaoke of yo nepali sir uchali

लोकप्रिय नेपाली राष्ट्रिय गित : "यो नेपाली शिर उचाली संसारमा लम्किन्छ..." भन्ने गितको म्युजिक ट्रयाक डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।
अथवा, तल क्लिक गर्नुहोस् ।

Click on the above image link named karaoke for download "karaoke" of "yo nepali sir uchali sansarama lamkinchha, junkirijhai jyoti bhari andhakarma chamkinchha..." You may also like other karaoke too. If you like to download different types of many karaoke easily and free of cost, please click on the image given below :

Wednesday, June 10, 2015

Bhana Bhagwati | Nepali Story | Download Free Audio

Bhana Bhagwati is a nice story by Youbraj Nayaghare. You can download and listen this story in Audio version for free of cost.

Book Title:  Bhana Bhagwati
Category: Story
Author: Yubataj Nayaghare
Audio by: Himali Sowrharu

Download | Free Audio 

लक्ष्मीप्रसाद देवकोटाको उपन्यास - "चम्पा" - Download champa

लक्ष्मीप्रसाद देवकोटाको उपन्यास : "चम्पा" को ई-बुक (pdf. format) मा निःशुल्क डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् ।

One one two : poem with photo

   One One Two
     I love You,
   Two Two Four
   Love Me More,
  Three Three Six,
       Love is Fix,
    Four Four Eight
     Love Is Great,
      Five Five Ten
One kiss me friend !!!

Tuesday, June 09, 2015

त्यो कालो दिन

                यस्तै घाम र गर्मी दिन थियो त्यो दिन पनि । एउटा कोठा अनि हामी चालिस जना । कुनामा थियो ट्वाइलेट / बाथरुम , त्यो पनि बिना ढोकाको र बिना भित्ताको । राति सुत्नु को त के कुरा  राम्रो संग बस्न पाए भाग्य । सबको अनुहार हेर्थे एउटा अनौठो क्रोध र धृणा भरिएको देखिन्थ्यो ।

            त्यो दिन मलाई पुलिसले पक्डेको तेस्रो दिन पनि थियो । राती दुई घण्टा मुस्किलले सुत्ने पालो आएको थियो । तर के निन्द्रा लाग्नु । एक त लागु औषधको तलतल , अनि पुलिसले पक्डेपोछि घरमा के भयो होला भन्ने कुराको तनाव। दाई बिदेश गएको दुई हप्ता भएको थिएन । त्यति मात्र कहाँ हुनु मामाको छोराको बिहेको लागी आमा काठमाणडु जानु भएको थियो । घरमा भाउजु एक्लै । मलाई पक्डेको कुरो थाहा पाए कि पाएनन् ? सबैले थाहा पाएभने त्यो बिहेको माहोल कस्तो होला ? बिचरि आमाको ता झन् के होला ब्लड प्रेसेको औषधी खानु लागेको तिन बर्ष भो, यो कुरा थाहा पाउदा के होला ?
   
            बिहानै यस्तै कुरा सोच्दा सोचदै अचानक कहाँबाट मेरै नाम सुन्छु  । कसैले मेरै नाम बोलाएर मुद्दा फाटमा लैजानै भन्यो । किन बोलाएको होला ? कोहि भेट्न पो आए कि ? खै ! के के सोचे सोचे !! बहिर निकालियो मलाई । हतकडि लागाइयो हातमा र लगियो मुद्दा फाटमा । हेर्छु चिनेको अनुहार कोहि थिएन । साधा पोसकका दुई जना प्रहरी मात्र थिए । पुगे खै डरनै नमानि सोधे 'मलाई किन बोलाको?'  । 'आज हामी धेरै खुसी छौ त्यैले तलाई मिठाइ खुवाउन बोलाको ' दुई मध्य डल्लो ड्ल्लो र गोलो अनुहार भएको ले भन्यो र हास्यो ।
 
              उसले त्यति मत्र के भन्न भ्याएको थियो झ्याम.. मेरो ढाड मा पाइपको एक चुटाई पर्यो । अर्को अग्लो पुलिस जसलाई मैले मलाई पक्डेको दिन दुईवटा तारा भएको कपडामा देखेको थिए । उसैले बजाएको रहिछ । दुखाई संगै पछाडि हेरेर ' किन पिट्नुभएको मलाई ' भनेर सोध्दा उसले 'त्यो लागुऔषध मैले आफुले सेवन गर्न होईन अरुको लागि ल्याएको । र एक पटक ल्याउदा हजार रुपैया नाफा आउने हुदा यो पेशामा लगेको भनेर भनेस् अदालमा । नत्र पिटि पिटि तलाई मारेर गायव गर्दिन्छू । बुझिस् ?' भनेर अर्को पटक फेरी हान्यो ।

             'तर मैले कहिल्य लागुऔषध बचेको छैन ' यति मत्र के भन्न भ्याएको थिए । संसारको सबैभन्दा नराम्रो आमाको गाली दिएर लात्ताले मलाई हानियो । 'हुन्छ सर म त्यही नै भन्छू' दुखाइसंगै आँखामा आँशु लिएर म भन्छु ।

             फेरी लगियो मलाई त्यही कोठामा । गर्मी त्यतै थियो अनि त्यो कोठामा न त पङ्खाको सुबिधा थियो न त राम्रो संग पानिको ।
भित्र पुग्दा खाना आइसकेको थियो । कोहि हतार हतार खादै थिए , को चाहि खानाको भाडा लिएर कस्लाई के चाहिन्छ भनेर  थप्नमा व्यस्त ।

             कोठामा भएको चालिस जना जति मान्छेमा पनि छ जना नाइके टोलि रे । उनीहरुले जे भन्यो त्यही चल्थ्यो । उनीहरु आफ्नो  इच्छा अनुसार जस्लाई मनलाग्यो त्यसलाई नराम्रो यातना दिने र पिट्ने काम गर्थै ।

        म भित्र पुग्नसाथ एक जना नाईके मध्यकैले बोलायो । 'किन बोलाको रहिछ तलाई ?' भनेर उसले सोध्दा सबै कहानी सुनाए । खै ! उ चाहि अलि नरम मान्छे रहिछ क्यारे !! 'त्यस्तो नभन्नु अदालतमा र सरकारी ओकिल कार्यलयमा बयान गर्दा म सेबक हो र मैले कहिले लागु औषध बेचबिखन गरेको छैन भन्नु । नत्र तलाई दस् बर्ष सम्म जेल हाल्न सक्छ । ' उसले त्यती भनेपोछी के बयान गर्ने भनेर म स्पस्ट भए ।

         'ओए ल खान खा। ' अर्को नाईकेले भन्छ । मलाई कति पनि खानु मन थिएन। हुन पनि तिन दिन भएको थियो मैले पानि बाहेक केहि नखाएको । मन लागे पो खानु । 'नाई दाई आज नी खानु मन छैन ।' यति मत्र के भनेको थिए अगि बयान सिकाऊने नाईके जुरुक्क ऊठेर पुरै शरिरमा लात नै लात बजायो र भन्यो 'त मरिस् भने तेरो बउने जिम्मा लिन्छ मा.......। ल खाना न खा तर आज सबैको थाल तैले माझ्ने हो बुझिस् मादर........।'

            घरमा कहिले केहि नगरेको म त्यो दिन सायद ३८ वटा थल माझेको थिए । सबै सक्दा एक घण्टा जति लाग्यो होला मलाई । बिहानको लगबक एघार बजे फेरी मेरो नाम आयो । एक जना पुलिस आएर 'ल तँ अदालत जाने हो बाहिर निस्की ' भन्दै ढोकाको ताल्चा खोल्यो र मलाई निकालेर फेरी हातमा हतकडी लगाइदियो ।

                    मलाई बाहिर निकालियो जहा 'नेपाल प्रहरी ' लेखेको निलो गाडि तयार थियो । मलाई अदालत लान अनी एक अपराधी भनेर पेश गर्न । गाडिको अगाडिको सिटमा थियो त्यही दुई तारावाला अग्लो मानिस निलै पोशकमा । पछाडी मलाई राखियो संगै तिन जना गार्ड पुलिस । दुईजनाको हातमा बन्दुक र अर्कोको हातमा बेदको लौरो ।

                    सायद पाँच मिनेटको बाटो थियो होला जिल्ला प्रहरी कार्यलयबाट र जिल्ला अदालत पुग्न । अदालत संगै सरकारी ओकिल कार्यलय । खै किन हो मलाई पहिला अदालत नलगी ओकिल कार्यलय पो लगियो ।

                    तिन तले भवन माथि जिल्ला सरकारी ओकिलहरुको कार्यलय लेखेको । हुन त मलाई त्यो भवन नौलो थिएन किनभने त्यो भवन बन्दा म आफै त्यहाँको सुपरभाईजर थिए । तर बनिसकेपोछो पहिलो पटक आएको थिए । एउटा  लागु  औषधको गिरोह अपराधी  बनेर ।
         
                मालाई सिधै माथि दोस्रो तलामा लगियो । जहा एउटा गुम्ने कुर्ची मा चस्मा लगाएका मनिस बसेका थिए । अनि मलाई देख्दा बित्तिकै उनले सोधै 'तपाई नै हो हजार रुपैया नाफा लिदै लागु ओषध बेचने' ? भनेर । खै मलाई किन हो झनक्क रिस उठ्यो र कहाँबाट जोश आयो । तिन दिन देखी केहि नखाएको भएपनि जोश निकालेर भने 'मैले तपाईलाइ कहिले मैले लागु औषध बेच्चु भने ? म त प्रोगकर्ता मात्र हो । नभएको आरोप किन लगाउनु हुन्छ । तपाईहरुको प्रमोशनको लोभको नभएको आरोपमा कति जिन्दगि ब्रवाद भयो  र हुने तरखरमा छ होला । तपाईहरु जस्तो सरकारी निकाए ओकिल र पुलिस भन्दा त बरु हामी जस्तो ड्रग एडिन नै ठिक। '

                    मैले त्यति मात्र के भनेको थिए त्यो ओकिल त यति रिसायो । र पुलिसलाई भन्यो सहिसाहेव ल 'यस्को यहा बयान सकियो तर त्यहाँ यस्तो बयान बनाउनुस् कि हाम्रो अनुवार जिन्दगी नभुलोस् ।' उसको जवाफमा त्यो दुई तारावाला पुलिसले "तपाई चिन्ता नगर्नु यस्को औषधी म संग छ' भन्यो ।

                       फेरो त्यहाबाट निकालियो मलाई । हतकडि लगाएर निकै क्रोधको साथ घिसार्दै अदालत तिर लगियो । तर अचम्म  अदालतको ढोका के आएको थियो यस्तो व्यहवार गरे कि मानो म उनीहरु भन्दा ठुलो हो । भित्र लगियो इजलास् नं ३ मा । न्यादिश थिए हेर्दै भलाद्मी र नर्म। सार्हे साम्रो संस सोधे के भएको भनेर । मैले "म लागु औषध सेवक चाहि हो श्रीमान तर बेचेको छैन अहिले सम्म । अनि त्यहाँ देखाएको जति पनि ब्राउन सुगर म संग पक्डेको होईन" भने । त्यति मात्र भनिन बिहान देखि भइएको दुरव्यहवार पुलिसको साथै ओकिलको पनि भने ।

                    सबै कुरा सुनेपोछि न्यादिशले पुलिसलाई नपिट्न र तथ्य सत्य बुझेर मात्र बयान गर्नु भनेर दस दिनको म्याद थपिदिए। साच्चि न्यादिशको त्यो कुराले बिहान खाएको पिटाई र यातान सबैमा ठुलै रहात दिएको थियो मलाई ।हातमा हतकडि थियो । मनमा तनाव थियो । तर पनि अदालतबाट निस्कने बेला मनमा केहि आशा थियो । के को आशा म अहिले पनि भन्न सक्दिन ।सायद यातना पाउदिन भन्ने कुराको अथवा निश्पक्ष छानबिन हुने भो र केहि धरौटिमा छुटेर घर जान्छू भन्ने आशामा ।अदालतबाट पनि फर्कियो त्यसरी नै जसरी गइएको थियो ।

                  बिलुकाको छ बजे । अफिसको टाइम सकिसकेकोले होला जिल्ला प्रहरी कार्यलय शान्त थियो ।दिनभर तातेको हावा पनि सितल भएको थियो बाहिर तर भित्र भने सासै सासको तातोले पुसको जाडोमा पनि गर्मी हुन्थ्यो होला । त्यो त झन् बैशाख महिनाको प्रचनड गर्मी । अनि चालिस जनाको निराश् अनुवार । त्यही बेला त्यो दिनको तस्रो पटक मेरो नाम आउछ । फेरी मुद्दा फाटमा जाने भनेर ।

                  बिहान जस्तै निकालियो । हतकडि लागाईयो । अनि लगियो मुद्दा फाट। त्यो पटक चाहि बिहान जस्तो दुई जना मात्र होईन चार जना पुलिस मानिस  थिए । त्यो  मध्य दुईवटा बिहानकै अनुवार । भित्र के छिर्न मात्र पाएको थिए ठाडै ढाडमा बेदको लौरी पर्यो । ऐया भन्न नपाउदै अर्को । अनि जर्को फेरि अर्को। कति कति । त्यो जिल्ला प्रहरी कार्लयको शान्त माहोल मेरे चिच्चाहाटले बिथोलेको थियो होला ।

                दुखाईले अचेत भएर लडेको थिए म । आवाज आयो 'साला दिनमा तैले नै होईन पुलिस भन्दा हामी ठिक । हाम्रो प्रमोशनको लोभमा तिमीहरुको  जीवनसंग खेलवाड गरने भनेको । ला.. ख.. मु....' फेरि पर्यो अर्को लाठी शरिरमा ।त्यही बेलामा एउटाले आठ/नौ पन्नाको कागज ल्यायो अनि हतकडिले बानेको मेरो हातबाट जबर जस्ति औठा छाप लगाईयो ।

                     त्यसपोछी फेरी सुरु भयो पिटाईको क्रम । पहिला त बरु हातमा मात्र हतकडी थियो पोछि त खुट्टामा पनि । अनि चार जनाले चारतिर जता मन लाग्यो त्यतै । जहा मन लाग्यो त्यही । आमाको गाली दिदै । पिटाई खादा , खादा कति बेला अचेत भएछु थाहा भएन तर होस् आँउदा त्यही कोठाको कुनामा थिए ।

               औठमा घाउ थियो जस्को दाग अहिले  सम्म निको भएको छैन र हुदा पनि हुन्न होला कहिल्यै । खुट्टाको पैतला निलो थियो तर अहिले  चाहि ठेला भएको छ र अझै चसक्क दुख्छ । जब त्यो घाउको दाग र खुट्टाको ठेला अहिले देख्छु मन चिसो हुन्छ । र निलो पोसकवाला पुलिस बाटोमा देख्यो कि झस्ङ्ग हुन्छु र खै के कुराको भित्रैबाट डर लागेर आउछ । अनि फेरि मन पुग्छ त्यही कोठामा , त्यही ठाँउमा अनि त्यही समय जुन म जति भुल्न खोज्छु त्यती नै सम्झन्छु ।

- बिक्रम ज्ञवाली (राइटिइङ नेपाल डट कम)

मगर कथानक चलचित्र : लाफा (साथी) - Watch live

Watch Online Now :


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

Pate | Full Gurung Movie | Watch Online

Musician: Krishna Gurung, Deepak Thapa Magar
Lyricist: Krishna Gurung, Deepak Thapa Magar
Artist : Anu Gurung, Binita Gurung, Pritam Gurung, Khem Gurung, Sherjung Gurung, Saru Gurung, etc.
Director: Pritam Gurung

Dhi | Gurung Movie | Watch Online

Starting: Om prakash Gurung, Rajani Gurung, Bal Bahadur Gurung Rupa Gurung
Camera: Yuk Gurung
Story/Director: Lok Bahadur Gurung, Bed Bahadur Gurung (shyam)
Released by: Abhiyan Films Production, Pokhara

Nai Nabhannu La - Nepali Movie :: Watch Online

Movie : Nai Na Bhannu La
Banner : Himalayan Films P.Ltd.
Language : Nepali
Genre : Love/Romance/Drama 
Producer : Ramesh Jung Raymajhi, Pradip hadal
Director : Bikash Acharya Star 
Cast : Jiwan Luitel, Richa Singh Thakuri, Suman Singh, Mukesh Acharya, Mamta Pradhan, Mithila Sharma
Cinematography : Shambhu Sapkota


November Rain | Full Nepali Movie | Watch Online

Subas Entertainment Production & Aryan Sigdel Entertainment Presents Nepali Movie "November Rain"


Starring: Aaryan Sigdel, Namrata Shrestha, Chhulthim Gurung, Keshav Bhattari, Shishir Rana Child
Artist: Kritan Giri, Budha Bahadur Jabegu
Costume: In Art Fashion House
Art Direction: Raju Painter, Chhetan Gurung
Production Manager: Surya Karki
Original Sound: Rajan Ishan
Lyrics: Dinesh Raut Playback
Singer: Sonup Paudel, Yubraj Chaulagain, Prabisha Adhikari, Rajina Rimal, Melina Rai
Music: Tara Prakash Limbu
Song Director: Alok Nembang
Action: Himal KC
Associate Director: Samrat Shakya
Co-Producer: Kamal Giri
Dialogue: Samipya Timilsina
Story/Screenplay: Chhetan Gurung
Editor: Surendra Paudel 
Producer: Subas Giri
Director: Dinesh Raut

Nai Nabhannu La 2 | Full Nepali Movie | Watch live

Starting: Anuvab Regmi, Suyagi Bhattaria, Suraj Singh Thakuri, Priyanka Karki, Saroj Khanal,Sitaram Kattel (Dhurmus), Barsha Shiwakoti etc.
Story/Direction: Bikash Aacharya
Music: Basanta Sapkota/Shuresh Gaire
Producer: Dinesh Pokhrel

Monday, June 08, 2015

धर्तीमा बसि आकाशको जुन दिन सक्दिनँ म : गजल

धर्तिमा बसि आकाशको जुन दिन सक्दिन म,
गरिब भएर जन्मे महंगो सुन दिन सक्दिनँ म ।

दिन सकूँला मैले आङ ढाक्ने दुई सर्को कपडा,
फेसन फेसनमा चलेको ऊन दिन सक्दिन म ।

बाबा आमाको पसिना छन हर नशा नशामा ।
त्यहि नशा कटाई आज खुन दिन सक्दिन म ।

माग्छौ भने चोखो माया दिउला जुनि जुनि ।
यस्तै छ भाग्य बिनयको धुन दिन सक्दिन म ।

शिव अधिकारीको उपन्यास : पुनस्चली अडियो भर्सनमा डाउनलोड गर्नुहोस् । - Download

"पुनस्चली" बुद्ध समाजको एउटा आदिवासी नारीको कथामा आधारीत आख्यान हो । शिव अधिकारीको उपन्यास "पुनस्चली" अच्युत घिमिरेको आवजमा शृङ्खलाबद्व रुपमा डाउनलोड गरेर सुन्न तलको लिङ्कहरुमा क्लिक गर्नुहोस् :

• पुनस्चलीको पहिलो शृङ्खला डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् :

• पुनस्चलीको दोस्रो शृङ्खला डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् :

• पुनस्चलीको तेस्रो शृङ्खला डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् :

• पुनस्चलीको चौँथो शृङ्खला डाउनलोड गर्नयहाँ क्लिक गर्नुहोस् :

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...