Thursday, July 23, 2015

बिछोडको आँसु : कथा

आँशुलाइ द्र्ब्यमा मूल्यांकन गर्ने हो भने यसको मूल्य कति हुदो हो ? आँखाबाट खस्ने यी आशुहरुका प्रवृति हरुका आधारमा यसलाई बर्गमा विभाजन गर्ने हो भने कति बर्गमा विभाजित गर्न सकिन्थ्यो होला र हरेक बर्गको मूल्य कति निर्धारण हुन्थ्यो होला । यस्तै यस्तै सोचिरहेको थिए बिछोडमा खसेका आशुहरुलाई देखेर । हुनत जीवनका लामा-लामा कष्टकर दिनमा कति रोएर आँशु बगाइयो त्यसको लेखाजोखा कहिलै गरिएन र आज अनायासै यसको मूल्यको बारेमा बुझ्न मन लाग्यो । मनै त हो कहिलेकाही नसोच्नु पर्ने कुराहरु पनि सोचिदो रहेछ । प्राकृतिक रुपमा बनेका यी आँशुहरु आफुले चाहदैमा खस्ने र रोकिने नहुदा रहेछन । आँशुलाई आँखाबाट खसिदिन पनि उसका आफ्ना छुट्टै मान्यताहरु हुदा रहेछन । संगालेर राख्दा पनि ताल बनेर नफुट्ने, रित्याएर मरभुमी बनाउन पनि नसकिने ।

प्रवासको लामो र पट्यारलाग्दो बसाइमा पारिवारिक बिछोड, मानसिक तनाव र शारीरिक पिडामा धेरै आशुहरु देखियो । स्वएं आफैले पनि खसालियो र बिवशतामा खसेका आँशुहरुलाई स्वाभाविकै मानेर सहजै पचाइयो । आँशुसंग रियाल साट्दा जसरी रियालहरु सकिए त्यसै गरि आँखाबाट बगेका आशुहरु पनि सकिदै गए र आँशुसंग रियाल साटेर जीवनका उतारार्धमा सुखी जीवन बिताउने कल्पनाहरु कल्पनामै सिमित भएर रहिरहे । आज फेरी खुसिलाइ लत्याएर जादैछु त्यहि मरभुमिको देशमा । जहाँ लामा-लामा घाटी हुने उँट र मरनच्यासेँ खजुरका बोटहरुसंग आफ्ना दिनचर्याहरू बिताउनु पर्नेछ । भविष्यका खुसिहरुलाई कल्पेर बर्तमानमा आशु खसालिरहेकी जिबन साथीसंग बिछोडमा आँखा पनि जुधाउन नसकी समयलाई पर्खिरहेको छु । घरका भित्ताहरु, आफु सुतेको पलंग अनि कपडाका दराजहरु पनि म संगको बिछोडमा रोइरहेको अनुभूति गरि रहेको छु ।

दुई बर्षमा दुइ महिना मात्र पाइने छुट्टीहरु आफ्नो धर्तीमा पाइला चाल्दैमा बित्ने गर्दा रहेछन र आफु जन्मेर संगै हुर्केका प्राकृतिक खोलानाला बोटबिरुवा सुम्सुमाउदैमा त्यसै त्यसै बित्दा रहेछन । परिवारसंग सुखदुख बाट्ने ति अमुल्य दिनहरु पनि भागबण्डा लगाउदै सकिन्छन अनि फर्कनु पर्दो रहेछ फेरी आफ्नै कर्म ठाउमा तिनै आशुहरुसंग बिदाबारी हुदै ।

अपरिचित तर आफ्नै जस्तै लाग्ने भर्खरका युवा युवती र अझै पनि दुई मुटुलाई समाहित बनाईँ नसकेका ति जोडीहरुको बिछोडमा बर्षे भेलझैँ बगेका ति आशुहरुका दृश्यले मलाई अहिलेसम्म पनि चिमोटी रहन्छ र बिदा सकेर कर्म ठाउ फर्कदा बसेको काठमाण्डौको गेस्ट हाउसमा मैले बिहान बिहानै त्यो दृश्य देखेको थिए । जुन दृश्यले म सम्हालिन नसकेर फर्केर घर आउने अनुनय बिनिनय गरेको थिए ति जोडी जस्तै आफ्नो जीवन साथीलाई । भोलि बेलुकाको उडान, सामान्य किनमेल गरेर थाकेको शरीर म निदाए मेरो कोठामा । थाहा पाइन रातभर छिमेकी कोठामा के भयो भएन र बिहान उठेर ढोका खोलेर देख्छु आफु अघाडीको कोठा खुल्ला छ । एउटी युवती भुइमा बसेर घुडामा टाउको राखेर भक्कनिएर रोइरहेकी छिन र शरीरमा लगाएका कपडाहरु पनि बेढंगले लपेटीएका छन् । रुवाइमा एकनासको निरन्तरता छ । केहि पर एकजना युबक झोला कसिरहेको छ आफ्नै सुरमा । एक छिन अक्क न बक्क भए त्यो दृश्य देखेर । मनभरी नकारात्मक सोचहरु घुम्न थाल्यो । सकारात्मक भन्दा नकारात्मक सोचेर जीवनलाई गिजिल्याउन चाहने मानव प्रवृति म मा पनि थियो त्यसैले होला त्यहि सोचले मेरो मनलाई गिजोलिरह्यो । एक मन त लाग्यो आखा अगाडी रोइरहेकी महिलालाई बेवास्ता गर्ने पुरुषलाई भकुरेर बाहिर निकालु । सहारा हुदा हुदै पनि बेसहारा बनेकी महिलालाई अपनत्वले सम्हालु । अह सकिन त्यसो गर्न पनि आँट चाहिदो रहेछ त्यो बेला त्यस्तो आँट आउन पनि सकेन । बिचलित मन लिएर फेरी उठेर हेरे कोठामा दृश्य उस्तै थियो । मैले ठाने सायद त्यो युवकले युवतीलाई किनिएकी बस्तु ठानेको होला त्यसैले त वास्ता गरेको छैन । देखेर पनि मैले बुझ्न सकिन,चाहेर पनि मैले केहि गर्न सकिन हेरी मात्रै रहे । त्यसबेला देखेको त्यो कहालीलाग्दो दृश्यले भाबुकतामा म बिचलित हुदै थिए । सकिन हेरिरहन लागे गेस्ट हाउसको रिसेप्सनमा र रिसेप्सनमा बसेर चिया पिउदै गर्दा त्यहि युबक पैसा बुझाउन रिसेप्सनमै आए । यहि मौकामा मैले उनलाई चिया पिउन निम्तो गर्दै संगै बसिरहेको सोफामा बसाले तर कुरा गर्ने हिम्मत आएन । हेरिमात्रै रहे उनको मुहारमा र मुहार हेर्दै मैले बुझे अपनत्व, प्रेम, डर र अनिश्चित जीवनका लामा लामा भावहरु अनुहारभरि छरपष्ट कोरिएका थिए । रंग फेरिएका आँखाका नानीहरूमा कायरताका बादलहरुले धपक्कै ढाकी रहेका थियो । अनभिज्ञ र कलिलो त्यो शरीर अनिश्चित भविष्यको हिसाब किताबमा थरथर कापिरहेका थियो ।

चिया पिउदा सम्मको सामिप्यताले मलाइ केहि सहज बनाएको थियो । उ कोठामा जादै गर्दा पछिपछि म पनि गए उ संगै केहि नबोली । फेरी झुलुक्क कोठामा चियाएर हेरे महिलाको दृश्य उस्तै थियो र शुन्यतामा गुम्सिएको कोठाभरी क्रन्दनका आवाजहरु गुन्जी रहेका थिए । अनमोल आँशुहरु बाध्यतामा नारी शरीर भरि लत्पतिएर गुहार मागी रहेका थिए । शरीरमा बेरिएका कपडाहरुले बिछोडमा पोखिएका बेदनाका आंचल फिजाई रहेका थिए । चाहेर पनि मैले केहि गर्न सकिन, गएँ आफ्नै कोठामा र फोन लगाए मेरी जिबन सगेनिलाई । हेलो नभन्दै उनि सुक्सुकाइन हाम्रो बिछोडमा । स्विच अफ गरेर फोन फालिदिए ओछ्यानमा । बिवसताका आशुहरु मेरा आँखाबाट पनि रसाउन थाले ।

”दाजु एकछिन आउनु न ।"
म झसङ्ग भए र उनै युबक मेरो कोठाको ढोकामा उभिएका थिए । मेरा आँखाबाट बगेका आँशुहरु लाजमा आफै रोकिए । ”हेर्नुस न हिजोदेखि सम्झाएको सम्झाई छु कत्ति मान्दैनन तपाइले सम्झाई दिनुस् न ।”
थाकेर बिवस भएका मनका चिन्हहरु अनुहारमा प्रष्टै देखिन्थ्यो । म अक्क न बक्क भए के कारणले किन रोएको अनि को हो कसरी सम्झाई दिने म दोधारमा परेँ ।
”उनि को हुन् र किन रोएकी" मैले सोधे ।
”उनि मेरी श्रीमती । म विदेश जान लागेको । मलाइ छोड्न आएकी आज मेरो फलाइट छ । छुट्टीन लागेको पिरमा हिजो देखि रोएको रोइ छिन सम्झाउनै सकिन ।"
केहि बुझे केहि बुझिन त्यसैले बुझ्न चाहे अनि सोधे – “कति भयो बिबाह गरेको ? ”
“तिन महिना पुग्दैछ ।”
“कहा जान लागेको ?”
”कतार “

दानविय बिचारले मात्र ठाउ ओगट्न खोज्ने आफ्नो मनमा कहिलेकाही मानविय बिचार पनि आइदिए कति राम्रो हुने थियो होला । आफैले आफैलाई धिक्कारे । समयमै म भित्रको मानवतामा सुविचार पलाएको भए मेरो अगाडी रोएर अपनत्व, प्रेम र सामिप्यताको भिख मागेर रुदै आंचल फ़िजाएकी एउटी महिलालाई सम्झाउन त सक्थे तर पलायन त्यो मानवता । पाइला पाइलामा कुविचार बोकेर हिड्ने दरिद्र बिचारहरुको घेरा बन्दीमा परेको सुविचारहरु कसरी घेरा तोडेर बाहिर निस्कन सक्थे र ?

आफ्नै छोरी समानकी ति युवतीलाई आफ्नै छोरीसंग तुलना गर्दै उनको टाउको सुम्सुमाउदै उठाउदै भने - “नानु यता हेर त ! नरोउ यसरी रुनु हुदैन । यस्तो बेला त तिमीले हासेर पो बिदा गर्नु पर्छ त ।” मेरा बाक्यहरुमा सायद अपनत्वको गन्ध भेटियो होला त्यसैले मेरो आड लिदै उठिन सुक्सुकाउदै । डोर्याएर पलंगमा बसाले र,कोठामा रहेको कलबेल थिचेर चिया मगाए । त्यतिबेलासम्म उनको सुक्सुकाइ पनि बन्द हुदै थियो । रातभरको रुवाइले घाँटीबाट एकनासले हिक्का छुटी रहेको थियो ।

“नानु तिम्रो नाम के रे ” उनि बोलेको सुन्न चाहे ।
“शा...र...दा ” भक्कनिदै बोलिन ।

हेर शारदा नानु ! तिमीले सुन्न सक्छ्यौ र मान्छ्यौ भने म भनिरहन्छु तिमि सुनी रह । जवाफको प्रतीक्षा बिना नै म भन्दै गए – “तिमी रोएर आफ्नो जिन्दगीको साथीसंग सामिप्यताको भिख मागी रहँदा दिन सक्नेले दिन सक्छ वा सक्दैन त्यसलाई बिचार गर्नु पर्दछ । उसको बाध्यता र विवशतालाई नबुझीकन प्रेमको आंचल थापिरहदा उसको परिस्थितिले आफुले आफैलाई झोसेको आगोको ज्वालामा उ कति जलिरहेको छ त्यो पनि बुझ्नु पर्दछ । घरबाट बिदा हुदा आँशुको सागरमा पौडी खेल्दै आमाको निश्चल मायाको अगाडी बाध्यतामा ऊ कसरि हासिरहेको छ त्यसलाई पनि बुझ्न सक्नु पर्दछ । तिम्रो आँखाबाट निरन्तर बगिरहेका अमुल्य आँशुहरुको मूल्य र मान्यतालाई पनि तिमीले मुल्यांकन गर्नु पर्दछ । मलाइ थाहा छ तिमीले खसालेका आँशुहरुमा तिमीले स्वार्थ देखेकी छैनौ । केवल प्रेम र अपनत्वको आभाषमा स्वस्फुर्त रुपमा खसेका आँसुहरु तिमीले बल जफ्ती खसालेर बिनासित्ती खेर फालेका पनि होइनन तर पनि तिमी सम्हालिनु पर्छ । बुझ्नुपर्छ बाध्यताका यी भोगाइहरुलाई । तिमीले बुझ्नु पर्दछ तिमीसँग बिछोड भएर जादा तिम्रो साथी केवल तिमी मात्र होइन सारा अपनत्वहरुलाई बिवसताको घेराभित्र कैद गर्दै केवल मनभरी मायाहरुलाई साच्दै रित्तो हात लिएर शुन्य आकाशमा सपनाको संसार बुन्दै एक्लै उड्दै छ, अनचिनारु मरभूमिको देशमा । तिमी लगाएत परिवारको भविष्यको लागी ।

यती भनिँरहदा शारदाको मुहारमा केहि चमक देखिएको थियो भने उसको जीवन साथी खुसीले शारदाको मुहारमा हेरर हसाउने कोशिस गरिरहेको थियो । मैले भन्दै गए -“तिम्रो साथी खाडी मुलुकमा गएर बालुवाका हरेक कणहरुमा रियालहरु खोजिरहनेछ । यसरी जम्मा भएका रियालहरु उराठ मरभूमिमा उडेका निष्ठुरी हावाले उडाएर साहुका दलानमा छरपस्ट पारिदिनेछ । महिना महिनाको हिसाब लगाउदै साहुले सावा ब्याज हिसाब गर्दै जानेछ । यो निरन्तरता चलिरहने छ सावा भुक्तानी नहुँदासम्म । कतारको मरभूमिमा बगेका पसिनाका एक-एक थोपामा तिमी प्रतिको मायालाई चुर्लुम्म डुबाउने छ र साच्ने छ तिमीसंगको भेटमा तिमीलाई ल्याइदिने कोसेली संगै दिनका लागी । उसले यो सबै बुझेको छ छैन र पनि यो सत्य यथार्थमा उ गुज्रदै छ बिवसताको शिकार बनेर । सक्छौ भने र मान्छौ भने यहाँ बसेर पनि तिमीले उसलाई संघर्षका अनगिन्ती अत्यास लाग्दा पहाडहरुमा पुर्याउन भर्याङ्ग बनि साथ दिनु पर्दछ । समाजमा देखिने र घटिरहने स्वार्थका तमाम बिकृतीहरुका विरुद्वमा आफुलाई उदाहरणीय नारी बनाउनु पर्दछ ताकि ऊ फर्केर आउदा तिमीसंग सहज बातावरणमा जीवन बिताउन सकोस् । नानु आँशु मूल्यमान छ यसरी जहाँ पायो त्यहि आँशुको खर्च गर्नु हुदैन । केहि समयको बिछोडमा खस्ने यी आँशु र सदाको लागी बिछोड हुदा खस्ने आँशुहरु बिचको फरक मूल्य मलाइ थाहा छैन र पनि जसरी हासो र खुसि संगाल्न आबस्यकता छ त्यसै गरि आँशु पनि संगालु पर्दछ ।

शारदाले आफ्नो जिबन साथीको हात समातेर मुसारी रहिन अनि जुरुक्क उठेर आफै झोलामा उसका कपडाहरु पट्याएर मिलाउदै राख्न थालिन् । यसो गर्दा उनका हातका चुराहरुबाट मिठो संगीतको धुन बजी रहेको थियो । घाँटीमा झुन्डिएर रहेको रातो पोतेको गुच्छामा मंगल सुत्र खुसीमा पिङ्ग खेली रहेको थियो । घडी हेरे दिनको १२ बज्दै थियो । मेरो विदेश यात्रामा बाटो तय गर्ने बेला पनि भैसकेको थियो । कतारमै भेट्ने बाचा गर्दै मेरो फोन नंम्बर दिएँ उसलाई । सानो कागजको चिर्कटोमा मैले मेरो नाम लेखेर रु. ५०० थमाइदिए शारदाको हातमा अनि हल्लाए बिदाइका हातहरु अपरिचित तर आफ्नै जस्तै लाग्ने मेरा बाटाका यात्रीहरुलाई ।

कतार एयरवेजको झन्डै ५ घन्टाको यात्रामा मेरा आँखाभरी यिनै अपरिचित यात्रीहरुका दिनभरिका दिनचर्याहरू घुमिरहे अनि तिनलाई संगै जोडे आफ्ना अतितका बिछोडका पीडाहरुसंगै । समयको गतिलाई आकाशमा एकनासले उडेको जहाजले छोट्याउदै गैरहेको थियो । हातमा रहेको पत्रिका पनि पढ्न भ्याइन रसरसर्ती शिर्षक हरु हेर्दै गए । एक ठाउमा लेखिएको थियो -“बिदेशबाट श्रीमानले दुःखले कमाइ पठाएको धन सम्पत्ति सहित महिला बेपत्ता ।" यो हेर्दै गर्दा म बसेको जहाज कतारको दोहा एयरपोर्टको ठिक माथिबाट तल तल झर्दै थियो । म झसङ्ग भए त्यो समाचारले र सम्झिए शारदालाई । पन्ना पल्टाउदै गए अर्को ठाउमा लेखिएको थियो - "घरमा परिवार अलपत्र बिदेशमा श्रीमान् मस्त ।” बेरोजगारले भित्राएको यो विसंगति र बिकृति प्रति राज्यले गरेको बेवास्ताले मन कुडिएर आयो र मनैभरि परिवारहरुको तस्बिर झाल्किरह्यो । जहाजले भुइमा टेकेर आफ्नो स्थानमा अडिन गतिलाई रोक्दै थियो । झलमल्ल बत्तीहरुको बिचमा मेरो कम्पनीको गाडी मेरो प्रतिक्षामा प्रतिक्षारत थियो । जहाजबाट बाहिर निस्किए । कालो चिल्लो अनुहारको अफ्रिकन ड्राइभर मलाइ हेरिरहेको थियो ।

- कृष्ण के.सी. दोहा, कतार ।

कुलतको जाल : कथा

आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो गर्यो ।

“भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो ।

“यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि वी.पी.को अपमान गर्दै हिडिरहेका छन्… ।” अस्पष्ट शब्दमा गुनगुनायो र एकैछिन रोकिएर थप्यो— “मलाई यिनले चिनेकै छैनन् । मेरा हातमा यो देशको बागडोर आउने हो भने मैले यो देशलाई स्वर्ग बनाइदिन्थेँ, तर के गर्नु अघि बढ्नै दिदैनन्, सालेहरू…।” यसो भन्दै यसो टाउको उठायो र पुनः माइलीलाई हकार्यो— “ऐ माइली ! अब तैले पनि टेर्न छोडिस् होइन । पख साला……..।”

“के को नटेर्ने हो ?” माइली झर्की र अगाडि थपी— “ऊ के त अगाडि, आँखा पनि बन्द भइसके हैन ?” उसले भर्खरको भाव बदलेर एकपटक खितित्त हाँसी ।

उसले हातले छाम्यो, आफ्नो अगाडि भरिबोतल देखेपछि घुटुक्क थुक निल्यो र माइलीलाई धन्यवाद दिँदै गिलासमा हालेर पिउन थाल्यो ।

अर्कोदिन अबेर उठ्यो । टाउको दुखिरहेको थियो, तैपनि पछुतो मानेन । रक्सी पिउन छोडेको सम्झेपछि सन्तोषको लामो सास फेर्द नित्यकर्ममा लाग्यो ।

बिहानैदेखि गन्हाउन सुरु गर्ने मान्छे नुहाइधुवाइ गरी घाममा बसेर रामायणको किताब पढ्न लागेको देख्दा स्वास्नी दङ्ग परी । ‘के अचम्म भयो यस्तो ?’ मनमनै गमी र पूर्ववत आफ्नो धन्दामा लागिरही ।

दिउसो श्रीमती प्रशन्न भएको समयमा उसले श्रीमतीतिर फर्केर मायालु स्वरमा भन्यो - “सन्तु, आजदेखि मैले रक्सी खान छोडेँ क्यारे । यसो भएपछि त माया गरौली नि होइन ?”

“साँच्ची !” स्वास्नी दङ्ग परी । एकैछिन विचार गरी र भनी - “खोइ…., बाह्रमासे जड्याहाको कसरी विश्वास गर्नु र ?” “त्यसो नभन न सन्तु, कहिलेकाहीँ त विश्वास पनि गर्नुपर्छ ।

साथीभाइको करबलले मात्र यति बिग्रिएको हुँ, अब त कसैका कुरा सुन्दिन र कसैका बहकाउमा पनि पर्दिन ।” उसले स्वास्नीलाई विश्वास दिलाउन सक्दो प्रयास पर्यो ।

“छोड्यौ भने विश्वास गरूँला नि, कुरा मात्रै गरेका भरमा कसरी पत्याऊँ खै ?”

“स्वास्नीका शब्दमा रूखोपन थियो, तैपनि ऊ फिसिक्क हाँस्यो । ‘मैले छोडेँ भने दङ्ग पर्लिस् नि मोरी’ मनमनै भन्दै, पुनः किताब पढ्न लाग्यो ।

सधैँ बिहानैदेखि भट्टी चहार्ने मान्छे आज दिनभरि घरैमा बसेर दुई/तीन अध्याय रामायण पनि पढी सिध्यायो । आफ्नो बानी सुधार्न खोजेकोमा ऊ आफै प्रशन्न थियो । आखिर कोसिस गरे के हुँदैन भन्ने भावना पनि जागेको थियो मनमा । दिउस आँगनमा गुन्द्री राखेर एकनिद निदायो पनि ।

स्वास्नीले अचम्म मानेकी थिई । साच्चै लोग्नेले रक्सी खान छोडे कति जाति हुँदो हो भन्ने आशा पनि जागिरहेको थियो मनमा । उसले मनमनै कुरो खेलाई— ‘कोही बिरामी परेर ओखती खोज्यो भने सदरमुकाम पुग्नुपर्छ तर रक्सी खोज्यो भने जहाँ पनि पाइन्छ । यस्तै भएर पनि भाँडिएको होला यो समाज ।’

मनमा कुरा खेलाउँदै दिउसको खाजा बनाई । खुसीले फुरुक्क परेकी थिई । लोग्ने उठ्दासाथ खाजा टकारी ।

आफूले रक्सी खान छोडेको समाचार अरूलाई सुनाउन आतुर थियो, त्यसैले खाजा खाइसकेपछि एकैछिन घुमेर आउने विचारले घरबाट हिँड्यो । ऊ सरासर तल बजारमा गयो र सधैँ आफूले रक्सी खाने गरेका भट्टीहरूमा गएर आफूले रक्सी खान छोडेको समाचार सुनायो । उसको कुरा सुनेपछि कतिपय साहुनीहरू व्यङ्ग्यात्मक हाँसो हाँसे र कतिपयले ओंठ लेप्राए । तैपनि उसले हिम्मत हारेन, मन विगारेन र एक एक भट्टी पार गर्दै अगाडि बढ्यो । जतिवटा भट्टी पार गथ्र्यो उति नै उसको मन खुसीले हल्का हुन्थ्यो ।

माइलीका भट्टीमा उसका साथीहरू जमिसकेका रहेछन् । बरबराउँदै सानेले बोलायो । उसले सुनेको नसुन्यै गरी अगाडि बढ्दै थियो, माइलीले के कुरा सुनाई कुन्नि जगते स्वाठ्ठ उठ्यो र उसका नजिक आएर बेस्सरी समाई उसलाई भट्टीसम्म पुर्यायो ।

ऊ त्यहाँबाट भाग्न खोज्दै थियो तर साथीहरूले उठ्न दिएनन् ।

“तँ आफू नखाए पनि तैले रक्सी खान छोडेको खुसीयालीमा हामीलाई त खुवा ।” पाखुरामा समाएर झट्कार्दै सानेले भन्यो । सानेको कुरालाई जगते र घनश्यामले पनि समर्थन गरे । केही बेर वादविबाद चल्यो । त्यहाँको पूरा माहोल उसको विपक्षमा थियो । उसले निकै प्रयास गर्दा पनि फुत्कन नसकेपछि बाध्य भएर माइलीलाई दुई बोतल भर्न आदेश दियो ।
टेवुलमाथि रक्सी आएपछि लामो छलफल भयो । बधाइ र धन्यबादका आदान प्रदान भए । अन्तमा रक्सी खान छोडेको खुशीयालीमा एक पेग खानका लागि उसलाई पनि आग्रह गरियो । उसले मान्दै मानेन, सक्दो प्रतिकार गर्यो, तर सकेन ।

अन्तमा उसले साथीहरूको आग्रहलाई लत्याउन सकेन । रक्सी खान छोडेको उपलक्ष्यमा खुसी मनाउँदै एकै सासमा एक गिलास रक्सी घुटुक्क निल्यो अनि गिलास भुईमा राख्दै लामो सास फेर्यो ।

उता श्रीमान्ले रक्सी खान छोडेको खुसीयालीमा श्रीमतीले घरमा मीठा मीठा परिकार बनाएर उसको आगमनलाई पर्खेर बसिरहेकी थिइन् ।

हरिप्रसाद भण्डारी :

Download Nepali Lok Dohori Song : Banaima Fula Basayo

Title : Banaima Fula Basayo, Mayale Naboli Naboli Fasayo
• Vocal: Ramji Khand and Samjhana Lamichhane Magar
Lyric : Ramji Khand

* गीत डाउनलोड गर्न तपाईं Internet Explorer प्रयोग गर्दै हुनुहुन्छ भने डाउनलोड लिंकमा राईट क्लिक गरेर Save target as र Firefox अथवा Google Chrome प्रयोग गर्दै हुनुहुन्छ भने Save link as गरेर Location दिई Save गर्नुहोला अनि मोबाइल प्रयोग गर्नुभएको डाउनलोड लिंकमा OK गर्नुहोला ।

Click on the above mentioned link for download above download mentioned link for download Nepali Lok Dohori Song : Banaima Fula Basayo by Ramji Khand and Samjhana Lamichhane Magar.

गितको सिआरबिटी र पिआरबिटी राखेर कलाकार र नेपाली संगित जगतको उत्थान गर्नुहोस् :
CRBT: 0130047428
PRBT: 60453764

Nepali lok dohori song : Jhyalko Parda Khola

Title : Jhyalko Parda Khola
Vocal: Khuman Adhikari, Arjun BK, & Uma BK

* गीत डाउनलोड गर्न तपाईं Internet Explorer प्रयोग गर्दै हुनुहुन्छ भने डाउनलोड लिंकमा राईट क्लिक गरेर Save target as र Firefox अथवा Google Chrome प्रयोग गर्दै हुनुहुन्छ भने Save link as गरेर Location दिई Save गर्नुहोला अनि मोबाइल प्रयोग गर्नुभएको डाउनलोड लिंकमा OK गर्नुहोला ।

Click on the above mentioned link for download Nepali Lok Dohori Song : Jhyalko Parda Khola by Vocal: Khuman Adhikari, Arjun BK, & Uma.

Wednesday, July 22, 2015

Maya Ko Doli Chadhai | Nepali Movie Song : : Aadhi Bato

If you are using Internet Explore to download this file; at first right click on your mouse you will reach "Save target as" option, If you are using Firefox or Google Chrome click on Download link and you will reach "Save link as" option. Now, choose appropriate folder location and Save. If you are using your mobile phone, just press "OK" on download link and Save your file to appropriate folder location as your choice or according to your browser or device operating system.

Download nepali karaoke of - mutu chhune lumleko hawale

तिलक बम मल्लको -"मुटु छुने लुम्लेको हावाले..." भन्ने गितको म्युजिक ट्रयाक(Karaoke) डाउनलोड गर्न यहाँ क्लिक  गर्नुहोस् ।

Click on the above mentioned link for download karaoke of mutu chhune lumleko hawale by Tilak Bam Malla.

के तपाईं अझ धेरै म्युजिक ट्रयाक डाउनलोड गरेर आफ्नो गायन कला अभिवृत्ति गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तलको लिंकमा क्लिक गर्नुहोस् र बिना झन्झट सजिलै एकै क्लिकमा विभिन्न बिधाको म्युजिक ट्रयाकहरु रजिस्ट्रेसन बिनै निःशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ ।

Click here => DOWNLOAD FREE NEPALI KARAOKE TRACK WITHOUT VOICEL : MP3

रातमा जूनसंग तिमीलाई माग्न पनि सकिएन : गजल

रातमा जूनसंग तिमीलाई माग्न पनि सकिएन,
तिमीदेखि टाढा-टाढा भाग्न पनि सकिएन ।

वारी परि हामी दुई बीचैमा छ ठुलो नदि,
हेराहेर भयो केवल डाक्न पनि सकिएन ।

घाम भन्दा पनि टाढा जून भन्दा पनि पर,
लुकाएर तिमीलाई राख्न पनि सकिएन ।

भारी मेरो जिन्दगीको खै कहाँ गई बिसाउ म,
नियतिनै यस्तो मेरो थाक्न पनि सकिएन,

खै कसले कोरिदियो हाम्रो सम्बन्धमा सिमा रेखा,
चिम्लिएर आखा त्यसलाई नाघ्न पनि सकिएन ।

Tuesday, July 21, 2015

Komal Mutu Jalai By Suran Pariyar and Rejina Pariyar | New Lok Dohori Song 2072 | Mp3 Download | Watch Video Online

Song Title:- Komal Mutu Jalai
Vocal:- Suran Pariyar & Rejina Pariyar
Music & Arrange : Hemraj Ashram
Song Provider:- Milan Gurung

सुरन परियार र रेजिना परियारको सुमधुर स्वर, हेमराज आश्रमको संगीतमा नयाँ लोक दोहोरी गीत “कोमल मुटु जलाई”

Lyrics:- पिरतीको बन्धनलाई तोडेर,जिन्दगीको गन्तब्य मोडेर,  गएपछी यो मेरो कोमल मुटु जलाई, मलाई भुल्न सजिलो भा'होला तिम्लाई भुलन ए सानु गाह्रो भा'छमलाई ।

If you are using Internet Explore to download this file; at first right click on your mouse you will reach "Save target as" option, If you are using Firefox or Google Chrome click on Download link and you will reach "Save link as" option. Now, choose appropriate folder location and Save. If you are using your mobile phone, just press "OK" on download link and Save your file to appropriate folder location as your choice or according to your browser or device operating system.

How to fix Broken Links and Avoid 404 Errors for Better SEO Result

​​In our lives there has been numerous number of occasions when we’ve got entered a unsuitable deal with on our web browser or mistypes an U...