Saturday, August 01, 2015

गारो भा'छ सानी अचेल : गजल

गारो भा'छ सानी अचेल झर्न खोलापारी ।
त्यहीँ दिलको महासागर तर्न खोलापारी ।
यादहरु त कति कति मरेतुल्य पारिदिन्छन,
त्यहीँ यादको समिपमा पर्न खोलापारी ।
सपनिमा चन्द्रले नि कोल्टे फेरे जस्तो,
त्यहीँ चन्द्रको धरातलमा सर्न खोलापारी ।
एउटा याद बनिरह्यो जहा अतित सत्य थियो,
त्यहीँ ठाउमा चोखोमाया छर्न खोलापारी ।

=> कमला

सामन्तका महल जति ढाल्न आउँछु आमा : गजल

======गजल=====

सामन्तका महल जति ढाल्न आउँछु आमा ।
समानताको नयाँ दिप बाल्न आउँछु आमा ।
धेरै बस्यौ यतिन्जेल पिंजडामा थुनिएर,
गरिबका हरेक विचार सम्हाल्न आउँछु आमा ।
कुविचार र कुसंस्कारको बाण खडा गर्नेजती,
जरैदेखी निर्मुल पारि फाल्न आउछु आमा ।
नयाँ विचार समाजभित्र ल्याउन शङ्कल्पलाई,
पुरा गर्न नयाँ पाईला चाल्न आउछु आमा ।

- डि आर छित्तिज
घुघुरकोट छ अछाम
   हाल : भारत

पुजेँ जसलाई मैले मन्दिर भनेर : गजल

पुजेँ जसलाई मैले मन्दिर भनेर ।
त्यहीँ सावित हुँदा जन्जिर भनेर ।
धिक्कार्दै मनलाई, थुक्दै जिबनलाई,
रोएँ दोषी त आफ्नै तक्दिर भनेर ।

मैदानै मैदानमा सयर झै लाग्थ्यो,
फेरिएसी त्यहिँ मैदान भिर भनेर ।
नपिएको, त्यहीँ बिष लाग्दैछ अचेल,
ठान्थे जसलाई मेरो शिर भनेर ।

- रितु

सधैं भरी यसैगरी हाँसुन् मेरी आमा : गजल

सधै भरी यसैगरी हाँसुन मेरी आमा ।
म चाहान्छु म मरेनि बाचुन मेरी आमा ।
आउँदा आच भाईचाराको सम्बन्धमा जहिले,
एकताको माला उनी गाँसुन मेरी आमा ।
आँखाबाट झर्दा आँशु कुनै पनि नेपालिको,
झरेका ति आशुहरु साँचुन मेरी आमा ।
नेपालको सिमामाथी धावा बोल्ने जो कोहिलाई
देबि रुपि शक्ति बनि नाशुन मेरी आमा ।

- डि आर छित्तिज
घुघुरकोट छ अछाम
   हाल : भारत

बाहिर ठिक्क पार्ने तिमी : गजल

बाहिर ठिक्क पार्ने तिमी भित्र भने जाली रैछेउ,
दिनभर मात्र पानी अडिने खेतको आली रैछेउ ।

चन्द्रमुखी मुहार देखाइ एकोहोरो पार्यौ मलाई,
भित्रभित्रै मन चिर्ने तिमी एउटा फाली रै छेउ ।

तिम्रो सामु कोही रुँदैछ तर तिम्लाई कहाँ दुख्छ,
निर्दयीले बजाउने तिमी एउटा ताली रै छेउ ।

देख्नु सुन्नु केही थिएन परपरै चिनजान भयो,
बल्ल पछी थाहा भयो तिमी मेरै साली रै छेउ ।

सँगै सागर तार्छु भनि : गजल

संगै सागर तार्छु भनी किन हात थाम्यौ प्रिया ।
समुद्रको बिचमा पुगी किन आफै काम्यौ प्रिया,

दुई आत्माको मिलनलाई किन जिर्ण पार्यौ भन,
तिम्रै यादमा डुबिसके पछि किन छाम्यौ प्रिया ।

बाँच्दिन म तिमी बिना पहिले आफै भन्ने गर्यौ,
मलाई छाडी तिमी किन अर्कै संग भाग्यौ प्रिया ।

झरनाको पानी हुँ म कसले छेक्न सक्छ भन्थ्यौ,
तर तालको पानी जस्तै तिमी किन जम्यौ प्रिया ।

- मनिषा क्षेत्री

How to add Live Online Visitor Gadget on blogger : In nepali medium

के तपाईं आफ्नो ब्लगमा Live Online Visitor Gadget राख्न चाहनुहुन्छ ? अथवा तपाईंको ब्लग हाल कतिजनाले हेरिरहेको छ भनेर तपाईंको ब्लग पाठक तथा भिजिटरलाई देखाएर आफ्नो ब्लग अरुको भन्दा Unique र attractive बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने तलको विडगेट कोड कपि गरेर आफ्नो Widget बनाएर राख्नुहोस् ।

=> पहिलो विधि (यस्तो Widget ले कति जना अनलाइन छ भन्ने सुचना अक्षर (Text) ले मात्र दिन्छ :

• तपाईंको साइटमा एक जना मात्र भिजिटर भएमा : 1 Online User भन्ने देखिन्छ
• दुई जना भएमा : 2 Online Users भन्ने सुचना देखिन्छ । अथवा दुई भन्दा धेरै जनाले अनलाइन भएर तपाईंको ब्लग हेरेमा जति जना अनलाइन युजर छ त्यति नै Online User भन्ने सुचना प्राप्त हुन्छ ।

=> दोस्रो विधि : (यो विधीले कति जना अनलाइन छ भन्ने सुचना माथीको भन्दा फरक किसिमले चित्रको सहायताबाट दिन्छ ।

* आफ्नो कसरी राख्ने Widget तथा Gadget राख्ने ? :

• Go to Blogger Home
• Gadget >> Add Gadget >> HTML/Javasprit हुँदै गएर कोड copy/past गर्ने सेभ गर्ने ।

Friday, July 31, 2015

कसरी आफ्नो blogger account register गर्ने ?

जब मैले ब्लग लेख्ने काम सुरु गरें तब मेरो साथीहरू पनि आफ्नो बल्ग खाता खोल्न निकै प्रेरित भए फलस्वरुप सबैको खाता तयार तर साथीहरुले मलाई बारम्बार फोन र इमेलमा भन्नुहुन्छ - "मेरो ब्लग त हरायो, डिलिट भएछ क्यार अथवा आफ्नो भिजिटर बढाउन सक्नु त परैको कुरा आफ्नै ब्लग पनि खोज्न र पोस्ट गर्न समेत जानिएन । म कयौं मौखिक सुझावहरु दिएर उनीहरुलाई बुझाउन खोजें तर सकिएन । यो मेरो नयाँ ब्लगर साथीहरुको मात्र हैन आम नयाँ ब्लगर साथीहरूको ब्लगिङ क्षेत्रमा देखापर्ने सबभन्दा पहिलो कदमको समस्या हो तर समस्या त्यति जटिल पनि छैन ।

त्यस्तै गरि यस ब्लगको नियमित पाठकहहरु आफ्नो पनि ब्लग खाता बनाउन चाहनुहुन्छ र कयौंले ब्लग त खोलियो तर त्यसै हरायो भन्ने जस्ता समस्याहरु देखाउनु भयो । उहाँहरुको अनुनय विनयको कारण म यहाँहरुलाई कसरी ब्लग साइट बनाउने र त्यसमा आफ्नो Image, Text तथा Video अपलोड तथा पोस्ट गर्ने भन्ने सम्बन्धमा एउटा साधारण ब्लगर ट्रिक्स तयार गरेको छु ।

ब्लगर एकाउन्ट दर्ता गर्न तपाईँसग गुगल एकाउन्ट हुनु अनिवार्य छ । यदि तपाईंसँग गुगल एकाउन्ट छ भने तपाईंले केही स्टेपहरु पूरा गरेपछि ब्लगस्पट सब डोमेनमा स्वतः तपाईंको ब्लग सुचारु हुन्छ । यदि तपाईँसँग गुगल एकाउन्ट छैन भने आफ्नो गुगल एकाउन्ट निःशुल्क दर्ता गर्नुहोस् । यदि तपाईंसँग गुगल एकाउन्ट छ भने अब ब्लगर ब्लग एकाउन्ट बनाएर इन्टरनेटमा आफ्नो पहिचान स्थापित गर्न तयार हुनुहोस् ।

• आफ्नो डिभाइसको PC Browser (Firefox, Mozila, Chrome, Internet explore, Opera Beta, etc.) बाट => Blogger Home भित्र पस्नुहोस् वाwww.blogger.com लग इन गर्नुहोस् । कृपया प्रोक्सी ब्राउजरहरु (Operamini र UC Browser) को प्रयोग नगर्नुहोस् ।

• गुगलले तपाईंको एकाउन्ट र पासवर्ड माग्छ । आफ्नो गुगल आइडी (जिमेल) र पासवर्ड हानेर लग इन गर्नुहोस् ।

* यदि तपाईंको जिमेल तथा गुगल एकाउन्टबाट पहिलेनै ब्लग बनाइसकेको रहेछ भने तपाईले कतिवटा ब्लगहरु बनाउनुभयो अब आफ्नो गुगल एकाउन्ट ब्लगरमा लग इन गरिसकेपछि तपाईंको सबै ब्लगहरु देखिन्छ र तपाईंमा भएको भ्रम (मेरो त ब्लग डिटिल भएछ, मैले त आफ्नै ब्लग खोज्न जानिएन जस्ता) र समस्याहरु आफै हराएर जान्छ । तपाइँले एउटा गुगल एकाउन्टबाट अधिकतम सय वटा नयाँ ब्लग पनि खोल्न सक्नुहुन्छ । तर धेरै ब्लग बनाउन भन्दा एउटै तर राम्रो र अब्बल खालको बनाउन पट्टि लाग्नुहोस् ।

* यदि तपाईंको गुगलबाट खाता बनाएको रहेनछ वा छैन भने तपाईंको ब्लग लिस्ट देखिँदैन । अब तपाईं आफ्नो ब्लग कुन प्रोफाइल (ब्लगरमा दुई किसिमको प्रोफाइलबाट आफ्नो परिचय दिन मिल्छ : गुगल प्लस र ब्लगर प्रोफाइल) बाट हेन्डिल गर्न चाहनुहुन्छ त्यो विकल्प आउँछ । तपाईंलाई मन पर्ने एउटा बिकल्प छान्नुहोस् र continue to blogger भन्ने लिंकमा क्लिक गर्नुहोस् । यसमा फिक्रि लिनु पर्दैन । तपाईं जुनसुकै बेला आफ्नो ब्लग ह्यान्डिल प्रोफाइल परिवर्तन गर्न सक्नुहुन्छ ।

अझ स्पस्ट हुन तलको इमेज हरेर प्रस्ट हुन सकिन्छ ।

• अब तपाईंको प्रोफाइल तपाईंको चाहना अनुसार हेन्डिल हुने भयो अब अर्को कदम तपाईंको ब्लग एकाउन्ट बनाउने पालो आयो ।


• अब Add blog भन्ने बिकल्प (option icon) मा क्लिक/OK गर्नुहोस् । यसो गरिसकेपछि तपाईं अब आफ्नो ब्लक बनाउने स्टेपमा आइपुग्नु हुन्छ ।


• अब माथीको इमेजमा देखाएझै आफ्नो ब्लगको शीर्षक (Blog title), ब्लग ठगाना वा युआरएल (Blog Address or url) र आवरण (Templete) छान्ने बिकल्प तपाईंको स्क्रिनमा देखा पर्छ ।

* कसरी छान्ने :

क. Blog Title : यो तपाईंको ब्लगको नाम हो । तपाईंको ब्लगभित्र प्रवेश गर्नसाथ जुनसुकै भिजिटरले तपाईंको ब्लगको नाम यहिँ ब्लगले पुकार्ने गर्छ । यहाँ अब आफ्नो ब्लगको शीर्षक [कम्पनीको नाम, उत्पादनको नाम, सफ्टवेयरको नाम, मिडियाको नाम, होटल तथा रेस्टुरेन्टको नाम अथवा आफ्नै ब्याक्तिगत नाम] दिनुहोस् । यो पछि पनि परिवर्तन गर्न मिल्ने भएकाले तपाईंले आफ्नो ब्लगको शिर्षकमा के राखूँ के राखूँ भनेर दोधारमा परिराख्नु पर्दैन ।


ख. Blog address : blog address तथा URL तपाईंको ब्लगभित्र प्रवेश गर्ने चावि हो । यो बिना कुनैपनि भिजिटर तपाईंको ब्लगभित्र पस्न सक्दैनँ । यो URL पछि परिवर्तन गर्न त मिल्छ तर यसले तपाईंको भिजिटरलाई र तपाईंको लेख, उत्पादन र सिर्जनालाई ठूलो प्रभाव पार्छ । त्यसकारण तपाईंको blog address अहिलेनै fix गर्नुहोस् ।

* कसरी पार्छ त प्रभाव : मानौं मेरो मेरो ब्लग साइटको address तथा url : www.bikasgurung.blogspot.com हो । यो ब्लगमा दिनहुँ सयौं नयाँ ब्लग घुमन्ते (visitor) हरु विभिन्न सर्च इन्जिन, साथीभाइहरुको सल्लाह र सामाजिक संजालको सहायताबाट भित्र आउने गर्छ । तर यदि मैले आफ्नो url आफूलाई मन नपरेर www.gurungbikas.blogspot.com मा परिवर्तन गरे भनें सबै नियमित ब्लग भिजिटरहरु पुरानै url www.bikasgurung.blogspot.com मा पस्ने गर्छ र ब्लगरले मेरो पुरानो url मिलेन भनेर देखाउँछ । यसले गर्दा मेरो सिर्जनाहरु जति मान्छेहरूमा सम्प्रेषित हुनपर्ने हो त्यति मात्रामा हुँदैन र जति मात्रामा भिजिटर मेरो ब्लग साइटमा प्रवेश गर्ने गर्थ्यो त्यो अनुपात घट्न सक्छ । तर तपाईंले आफ्नो नियमित पाठकलाई आफ्नो ब्लग परिबर्तनको सम्बन्धमा जानकारी गराएमा भने खासै असर पर्दैनँ । 

ग. Templete : यो तपाईंको ब्लगको आवरण तथा सुन्दरता हो । यसले तपाईंको भिजिटरको आँखालाई लोभ्याउन मद्दत गर्छ । यो तपाईंले जुनसुकै समयमा फेरबदल गर्न सक्नुहुन्छ तर यसको फेरबदल गर्ने परिपाटीले तपाईंको अमुल्य समय खेर जान्छ । त्यसकारण बाहिरी बोक्रा भन्दा भित्री फल राम्रो गराउनुहोस् तर हेर्दैमा निकै भद्दा देखिने बनाउन हुँदैन ।



• अब माथीको चित्रमा देखाएझैं आफ्नो तपाईंको सम्पूर्ण ब्लगहरु देखिन्छ । आफूले कुन चाहिँ ब्लगमा काम गर्ने हो (पोष्ट गर्ने, टेम्पेट मिलाउने, पेज बनाउने र ग्याजेट बनाउने) त्यही पेजको ब्लगको दायाँ पट्टि सबैभन्दा छेउमा "View blog" भन्ने option को आडमा Drop menu हुन्छ । त्यही क्लिक/OK गरेपछि विभिन्न बिकल्पहरु आउँछ र त्यहिँ विकल्प अनुसार आफ्नो कामहरू गर्नुहोस् । अथवा आफूले चाहेको ब्लग (एक भन्दा धेरै ब्लग खाता भएमा) को Dashboard भित्र पसेपछि आफैले चाहना अनुसार काम गर्न सक्नुहुन्छ ।

के तपाईंहरु अझ धेरै ब्लग सम्बन्धि ट्रिक्स र सहयोग चाहनुहुन्छ ? यदि त्यो हो भने तलको इमेज आइकनमा क्लिक गर्नुहोस् :

 bikasgurung.blogspot.com/search/label/blogger%20trick



कास त्यो फलामे डन्डी

                      एक सुरमा
                   मोबाइल चलाउदै
                     हिड्दै थिए म
                     ठोक्किन पुगे
                     एउटा डन्डीमा
                ऐया ! टूटुल्को पलायो !
                 कास त्यो फलामे डन्डी
                  एउटा मानिस हुन्थ्यो
                  कास त्यो फलामे डन्डी
                   एउटा मानिस हुन्थ्यो
                       ठोक्किएसी
                     टुटुल्कोको ठाउमा
                       माया पलाउथ्यो
                    कास त्यो फलामे डन्डी
                    एउटा मानिस हुन्थ्यो ।
                   टाउको ठोक्किएको सुरमा
                      रिसाएर हेर्नेथिएं म
                     ऊ मुसुक्क हासेर
                     सरी है भन्नेथ्यो
                  कास त्यो फलामे डन्डी
                   एउटा मानिस हुन्थ्यो
                   उसको त्यो मुस्कानले
                    भित्र भित्रै मख्ख पर्दै
                      कर्के नजर लाउदै
                     इट्स ओके भन्थ्ये म
                    कास त्यो फलामे डन्डी
                    एउटा मानिस हुन्थ्यो ।:)
                     कास त्यो फलामे डन्डी
                      एउटा मानिस हुन्थ्यो
                       अनि यो छोरीको पनि
                      प्रेम कहानी सुरू हुन्थ्यो
                       कास त्यो फलामे डन्डी
                      एउटा मानिस हुन्थ्यो ।।।

लेखक : हराएकी परी
@lostangle

Thursday, July 30, 2015

Audio gajal आफ्नै सम्झि तिमीलाई मायाँ गरें भुल भयो - Download

अत्यन्तै छोटो, मीठो, मार्मिक र मीठो गजल  : "आफ्नै सम्झि तिमीलाई  मायाँ गरें भुल भयो..." अडियो भर्सनमा डाउनलोड गरेर सुन्नुहोस् ।

Audio duration : 44 Seconds.
Audio size : 691 KB.
Click here => DOWNLOAD

* यस साइट भित्र राखिएको जुनसुकै बिषयबस्तुहरु नितान्त ब्याक्तिगत प्रयोगको लागि मात्र राखिएको हो । कृपया ब्यापारीकरण नगरिदिनुहोला ।

उहि हो मेरी कसरी भनु : गजल

=====गजल======

उहि हो मेरी कसरी भनु ।
जुनभित्र अधेरी कसरी भनूँ ।
यात्रा सबै सहज कहाँ होलान र,
यार फेरि फेरी कसरी भनूँ ।
चाहिन मैले त्यो रुपको बिश्लेषण,
र नी उसले हेरी कसरी भनु ।
सपनिमै भयनी रुवाउन एकपल,
अङ्गालोमै बेरी कसरी भनु ।

- डि आर छित्तिज
घुघुरकोट छ अछाम
     हाल भारत

आमा तिम्रो सम्झनाले यो मन जल्दैछ : गजल

आमा तिम्रो सम्झनाले यो मन जल्दैछ ।
बाध्यताले टाढा हुदा यो ज्यान गल्दैछ ।।
दिन बित्छ काम गरेर रात बित्छ रोएर ।
बिहान सधै उठ्छु आमा आँसुले मुख धोएर ।।
प्रबासमा लर्खराउदै पाइला मेरो चल्दैछ ।
आमा तिम्रो सम्झनाले यो मन जल्दैछ ।।
बाचे पनि मरे सरी भएको छ तिम्रो छोरा ।
तिमी छैनौ साथ मेरो कस्लाई सुनौ यो कुरा ।।
तिर्न सकिन दुधको भार पीडाले आगो बल्दैछ ।
आमा तिम्रो सम्झनाले यो मन जल्दैछ ।।

मेरो अधुरो प्रेम : गजल

क्षितिज पारी बादलको देशमा थियौ तिमी,
मन् त झन् जुन भन्दापनि धेरै टाढा रै'छ ।

बास्ना दिने सुन्दर फुल सम्झि मनमा राखेँ,
तर तिम्रो मायाँ मुटमा बिझाउने काँडा रैछ ॥

निष्ठूरी त भयौ नै कोमल मुटु समेत रेटी गयौ,
साथ किन माग्यौ तिम्ले जब मेरो नहुनु रैछ ।

म नै वेकुफ हुँ कि नियतिनै खोटो होला मेरो,
सयौं जुनी साथ दिन्छु भन्ने अर्कैको भै'छ ।

आमालाई गुनासो : गजल

म मर्दा रमाउने यहाँ धेरै छन आमा !
हेर्दा पुर्पुरो समाउने यहाँ धेरै छन् आमा !!

उद्वारमा ज्यान गए पनि आउँछु फुलेर अर्को जन्म !
जे होस हातमा दहि जमाउने धेरै छन् आमा !!

नमर्दै जमिनमा पुरिँदा के सोंच्ला यो आत्माले !
अवसर सोची धन कमाउने यहाँ धेरै छन् आमा !!

नजन्मेको छोरो सम्झी सम्झि बिर्सिएर मुस्कुराइदिनु आमा अब !
तिम्लाई हेर्दै मन घमाउने यहाँ धेरै छन् आमा !

अरु त सबथोक छ नि बाहेक तिमीलाई !
गुम्दानी सबथोक मन थप-थपाउने यहाँ धेरै छन् आमा !!

- लक्ष्मण बास्तोला 'चिन्तन'
     बेगनास, हाल बगर

सुत्नुअघि मोबाइल चलाउन छाडिदिनुस्

तपाईमा सुत्नुभन्दा अघि मोबाइल हेर्ने बानी पक्कै पनि हुनुपर्छ । नयाँ इमेल केही पो आयो कि ! फेसबुक च्याटमा कसैले केही पो भनिरहेको छ की ! ट्वीटरमा के ट्वीट भइरहेको छ र अन्त्यमा भोली बिहान त उठ्नु नै छ, अलाम सेट त गर्नै पर्यो ! यस्तै - यस्तै कारणले पनि सुत्नुअघि मोबाइल चलाउने गरिन्छ ।

यसरी मोबाइलमा रमाउदै गर्दा रात छिप्पिन सुरु हुन्छ र शरिरलाई चाहिने आवश्यक निन्द्रा पुग्दैन । मनोरोग विशेषज्ञ भन्छन् 'निन्द्रा नपुगेपछिको पहिलो असर नै दिमाखमा पर्न सुरु हुन्छ ।' सुत्नुअघि मोबाइलबाट इमेल/इन्टरनेट हेर्दैगर्दा स्त्रिनले दिने चमकले आखालाई चनाखो बनाइ राख्दछ । आँखाले आनन्द लिन थालेपछि मानिस रोमाञ्चित हुदै जान थाल्दछ, त्यतिन्जेलसम्म दिमाखपनि चनाखो नै भई बस्नुपर्ने हुन्छ ।

शरिरका कोशिकालाई आराम गर्न दिनु पनि हो । शरिरका कोशिकालाई आराम गर्न दिइएन भने टोक्सिन अर्थात एक प्रकारको बिष उत्पादन हुन सुरु हुन्छ र त्यसको प्रत्यक्ष असर दिमाखमा देखापर्दछ ।

साधारणतया ७ देखी ९ घण्टा सुत्नको लागि समय चाहिन्छ । त्यो भन्दा कम सुत्ने मानिसमा ध्यान केन्द्रित गर्न नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास हुने तथा सुस्त मनस्थितिको समस्या देखापर्दछ ।

राती १० बजे सुत्दै हुनुहुन्छ भने ९ बजे नै मोबाइल फोन प्रयोग गर्ने छाडिदिनुपर्दछ । एक घण्टापछि सुत्नको लागि तयार हुदैगर्दा दिमाखले आरामको लागि तयार हुन थाल्दछ र दिमाखलाई डिजिटल डोमेनले प्रभावमा राख्न पाउदैन ।

Wednesday, July 29, 2015

मेरो भावना : भित्री मनबाट

आधा रातमा झलमल घाम खोज जस्तै,
महलको बाँस छोडी झुपडीलाई रोजे जस्तै ।

कोमल मनले हिजोसम्म पुज्थें भगवानलाई,
आज भने मन रोयो पुजौं मैले कसलाई ?

सधैं सधैं रुने मन कहिले हाँस्छ अब,
वनमा गाउने कोइली चरी कहिले आउँछ अब ?

रित्तिएको थाली बोकी मन्दिरभित्र पस्दा,
धीप-धीप बत्ती मेरै सामु मन्दिरमा बाल्दा,

जीवनको खुल्ला ढोका अन्धकारमा परेपछि,
चम्कने ती आँखाबाट बर-बर आसु झरेपछि ।

कति विश्वास गर्थे मैले पाइला अघि सार्दा,
कति मन रोयो होला बिश्वास घात गर्दा ।

- सबिना पौडेल
पोखरा १७, बिरौटा

Download mp3 song of gorkha paltan : Ramdi pula tarane bittikai

If you are using Internet Explore to download this file; at first right click on your mouse you will reach "Save target as" option, If you are using Firefox or Google Chrome click on Download link and you will reach "Save link as" option. Now, choose appropriate folder location and Save. If you are using your mobile phone, just press "OK" on download link and Save your file to appropriate folder location as your choice or according to your browser or device operating system.

Language :Nepali
Movie : Gorkha Paltan

Singer : Narayan Raimajhi



click here

मौलिक संविधानमा भारतीयलाई हाल्न थालेपछी : गजल

मौलिक संविधानमा भारतीयलाई हाल्न थालेपछि,
धर्म निरपेक्ष देश केवल हिन्दुमा गाल्न थालेपछि ।
किन नहोस् त आखिर हडताल अनि चर्को नाराहरु,
पूर्खौँदेखीको हाम्रो पहिचानलाई फाल्न थालेपछि ।

अयोग्यलाई योग्य र योग्य भा'कोलाई फालेपछि ।
अधर्मी दिप रातारात कालाबजारी गर्न बालेपछि ।
सुनिश्चित कसरी पो होस् त जनताका अधिकारहरु,
नयाँ चुनाव नयाँ चुनाव भनि जनताको मुख टालेपछि ।

हस्तक्षेप बढ्दैछ दिनानुदिन अशान्त हुन थालेपछि,
सरकारी सम्पत्तिहरु बेचि आफ्नो खातामा हालेपछि ।
देशमा शान्ती र सुरक्षित रहन कसरी सक्छौं हामी,
नेताले खुङ्खार अपराधीहरुलाई घर घरमा पालेपछि ।

Download dukha dine haina : Nepali kauda song

Download nepali kauda song : dukha dine haina mp3


If you are using Internet Explore to download this file; at first right click on your mouse you will reach "Save target as" option, If you are using Firefox or Google Chrome click on Download link and you will reach "Save link as" option. Now, choose appropriate folder location and Save. If you are using your mobile phone, just press "OK" on download link and Save your file to appropriate folder location as your choice or according to your browser or device operating system.

click here


Click on the given download icon to download and save audio file for offline listening.


* Don't forget to rename file : as "songtitle.mp3"

Tuesday, July 28, 2015

Download rado rado naumati baja : Gurung Movie Song

• भाषा : गुरुङ
• चलचित्र : कर्म
• शब्द : "रादो रादो नौमती बाजा... प्रिनो सेदो आँछ्याबा तोई आता... हो आँछ्याबा तोई आता...।"
[बजाउ बजाउ नौमती बाजा... गाउ नाच नराम्रो केही हुँदैनँ... हो नराम्रो केहीँ हुँदैन... ।]

• गायक र गायिका : धन गुरुङ र शान्ती गुरुङ

If you are using Internet Explore to download this file; at first right click on your mouse you will reach "Save target as" option, If you are using Firefox or Google Chrome click on download link and you will reach "Save link as" option. Now, choose appropriate folder location and Save. If you are using your mobile phone, just press "OK" on download link and Save your file to appropriate folder location as your choice or according to your browser or device operating system.

Click on the given download icon to download and save audio file for offline listening.

Download gurung song : khanai pardi kyo dhi ni nasa


नेपालीमा रुपान्तरण : "कहाँ पर्यो तपाईँहरुको घर र गाउँ आज हामी रमाइलो गरौं है - यो मन खुसी खुसी भैरहेको छ..."

* गीत डाउनलोड गर्न तपाईं Internet Explorer प्रयोग गर्दै हुनुहुन्छ भने डाउनलोड लिंकमा राईट क्लिक गरेर Save target as र Firefox अथवा Google Chrome प्रयोग गर्दै हुनुहुन्छ भने Save link as गरेर Location दिई Save गर्नुहोला अनि मोबाइल प्रयोग गर्नुभएको डाउनलोड लिंकमा OK गर्नुहोला ।

कसरी आफ्नो blogger blog मा mp3 music player राख्ने ?

मैले यस ब्लगमा नेपाली भाषामा बुझ्न थालेको दिनदेखिनै धेरै साथीहरुले विभिन्न प्रश्नहरु गरिराख्नु भएको छ । यसै क्रममा लमजुङको साथी अजय मगर ले केही दिन अगाडी इमेलमा मलाई प्रश्न गर्नुभएको थियो - "ब्लगर ब्लगमा कसरी mp3 अथवा गित अपलोड गर्ने ।"

माफ गर्नुहोला मित्र ! ब्लगर ब्लग फ्रि ब्लग होस्टिङ कम्पनी हो । स्वभावैले सित्तैमा पाएको जुनसुकै चिजमा कयौं गुण भए तापनि एउटा न एउटा अबगुण हुन्छ नै । त्यस्तै ब्लगरको एउटा अवगुण हो सिमित भण्डारण क्षमता अथवा low web space capacity. ब्लगर ब्लग प्रदायकले (blogspot.com) ब्लगमा भिडियो र इमेज बाहेक अन्य फाइल अपलोड गर्ने सुबिधा दिएको छैन । तर चिन्ता नलिनुहोस् । तपाईंको समस्याको समधान अब बैकल्पिक तरिकाले हुन सक्छ ।

[ कृपया नोट गर्नुहोस् : म्युजिक बजाउनको लागि तपाईसँग उपर्युक्त Flash Player को आवश्यता पर्दछ र यसले तपाईंको इन्टरनेट बढी खर्च गर्न सक्छ जसको नकारात्मक असर मोबाइलबाट ब्लग ब्राउज गर्ने भिजिटरुमा नैरस्यतापन बढ्न सक्छ । ]

• सर्वप्रथम तपाईसँग Flash player support हुने जुनसुकै अनलाइन library (जस्तै : achieve.org) म्युजिक फ्रेण्डी वेवसाइटहरु अथवा क्लाउड स्टोरहरु (जस्तै : OneDrive SoundCloud, Itunes, Google rive यी बाहेक अन्य पनि) मा अपलोड भएको MP3 resource direct link हुनुपर्छ ।

* जस्तै यो soundcloud मा भण्डारण गरिएको कौडा गितको डाइरेक्ट लिंक हो जसको लिंक यस्तो छ :
http://media.soundcloud.com/stream/EUHT3wnKwFLD.mp3"

अब, Blogger home >> creat new post >> html हुँदै गएर आफ्नो लिंकलाई तलको कोडसँग मिलाउनुहोस् ।

<embed type="application/x-shockwave-flash" wmode="transparent" src="http://www.google.com/reader/ui/3523697345-audio-player.swf?audioUrl="http://media.soundcloud.com/stream/EUHT3wnKwFLD.mp3" height="27" width="320"></embed>

• अब माथीको कोडमा भएको "YOUR_MP3_FILE_ADDRESSS" भन्ने कोडलाई आफ्नै डाइरेक्ट लिंकले प्रतिस्थापन गर्नुहोस् अथवा त्यसको ठाउँमा आफ्नो लिंक राख्नुहोस् ।

अथवा यसरी राख्नुहोस् :

<embed type="application/x-shockwave-flash" wmode="transparent" src="http://www.google.com/reader/ui/3523697345-audio-player.swf?audioUrl="http://media.soundcloud.com/stream/EUHT3wnKwFLD.mp3" height="27" width="320"></embed>

Download Mp3 of Kauda Song : Bhayo Bheta Jhamke Sajhaima

Nepali lok geet kauda song : bhayo bheta jhamke sajhai ma

If you are using Internet Explore to download this file; at first right click on your mouse you will reach "Save target as" option, If you are using Firefox or Google Chrome click on Download link and you will reach "Save link as" option. Now, choose appropriate folder location and Save. If you are using your mobile phone, just press "OK" on download link and Save your file to appropriate folder location as your choice or according to your browser or device operating system.

click here

* Don't forgot to rename file as "song title.mp3"

Download kauda song : fula vaye

Download nepali kauda song : fula vaye mp3

* गीत डाउनलोड गर्न तपाईं Internet Explorer प्रयोग गर्दै हुनुहुन्छ भने डाउनलोड लिंकमा राईट क्लिक गरेर Save target as र Firefox अथवा Google Chrome प्रयोग गर्दै हुनुहुन्छ भने Save link as गरेर Location दिई Save गर्नुहोला अनि मोबाइल प्रयोग गर्नुभएको डाउनलोड लिंकमा OK गर्नुहोला ।

File size : 6.42 MB

* Don't forgot to rename file as "song title.mp3"

Download magar ethnic modern kauda song

Downliad Nepali Magar Ethnic Modern Song Kauda 2013 - MS mp3

File size : 9.7 MB
Duration: 10:31 min.

* गीत डाउनलोड गर्न तपाईं Internet Explorer प्रयोग गर्दै हुनुहुन्छ भने डाउनलोड लिंकमा राईट क्लिक गरेर Save target as र Firefox अथवा Google Chrome प्रयोग गर्दै हुनुहुन्छ भने Save link as गरेर Location दिई Save गर्नुहोला अनि मोबाइल प्रयोग गर्नुभएको डाउनलोड लिंकमा OK गर्नुहोला ।

Monday, July 27, 2015

HTML grab को सहायताबाट कसरी आफ्नो Widget बनाउने ?

यसका लागि सबभन्दा पहिले तपाईंसँग आफ्नो ब्लगको लोगो (लोगो नभएमा आफूलाई मन पर्ने इमेज) को HTML source code थाहा हुनु जरुरी छ ।

* नोट : आफ्नो लोगो तथा इमेजको HTML कोड थाहा नपाएमा यो ट्रिक्स कसरी कुनै Image को HTML code source थाहा पाउने र त्यसको उपयोग गर्ने ? पढ्नुहोस् ।

- अब तलको code copy गर्नुहोस ।
<a href="http://www.yourURL.com"><img src="http://www.yourURL.com/image.jpg"></a>

- आफ्नो वेव/ब्लग URL र लोगो तथा Image html code मा दिइएको दोस्रो चाहिँ image URL ले माथीको कोडलाई मिलाउनुहोस् ।

अथवा :

• http://www.yourURL.com को सट्टामा आफ्नो URL राख्नुहोस् ।
• www.yourURL.com/image.jpg को ठाउँमा आफ्नो Image HTML code मा भएको दोस्रो चाहीँ इमेज URL राख्नुहोस् ।

- यदि तपाईं चाहनुहुन्छ भने तलको widget code copy गरेर आफ्नो ब्लग पोस्टमा past पनि गर्न सक्नुहुन्छ ।

अब कसरी आफ्नो सर्कलको साथीहरुलाई उक्त कोड कपि गरेर आफ्नो HTML/JavaSprit Gadget मा राख्न लगाउनुहोस् ।

# के तपाईंलाई यो ब्लग साइट र यस भित्र समावेश भएको विषयबस्तु मन पर्यो ? यदि मन पर्यो भने आफ्नो HTML/JavaSprit Widget मा गएर राख्दिनुहोला ।

यस साइटको HTML widget code :

# ब्लगरमा कसरी HTML/JavaSprit Widget वा Gadget राख्ने ?
1. Go to blogger >> add gadget >> HTML/Javasprit and past code.

धन्यवाद ! नियमित रुपमा यस साइटमा भिजिट गर्दै गर्नुहोला ।

कसरी कुनै Image को HTML code source थाहा पाउने र त्यसको उपयोग गर्ने ?

* यदि तपाईं नयाँ ब्लगर हुनुहुन्छ भने यो पोस्ट अति नै काम लाग्छ र जान्न अपरिहार्य पनि छ । तर यदि तपाईँले ब्लग चलाउनुभएको धेरै नै भइसक्यो भने यो ट्रिक्स तपाईंको लागि सामान्य हुने छ ।
१. आफ्नो ब्लगर होममा गएर जिमेल अथवा गुगल एकाउन्ट लग इन गर्नुहोस् । or Log in your www.blogger.com/home with the help of your your google account. or directly click here => Blogger Home
* इमेज अपलोड तपाइँले आफ्नो ब्लगरको आधिकारिक एप्स (Blogger, Blogger droid, Blogspot, etc) र विभिन्न ब्राउजरहरुबाट अपलोड गर्न सक्नुहुन्छ । तर proxy browser (opera mini) बाट भने मिल्दैन ।
२. अब Post >>new post हुँदै गएर आफ्नो कम्प्युटर वा डिभासमा रहेको इमेजलाई draft मा अपलोड गर्नुहोस् । इमेज पूरा अपलोड भएपछि त्यस post लाई edit गर्नुहोस् । अब त्यसलाई HTML mode मा हेर्नुहोस् । तपाईँले आफ्नो फोटोको HTML code पाउनुहुनेछ ।
* मानौं यो हामीले अपलोड गरेको सक्कली फोटो हो भने,
अब हाम्रो फोटोलाई HTML code मा रुपान्तरण गर्दा यस्तो बन्छ :
<div class="separator" style="clear: both; text-align: center;"> <a href="http://lh3.googleusercontent.com/-IKHxejxrPQY/VbGqsaFQVLI/AAAAAAAACOc/dauOnZtk6BI/s1600/Keep%252520visiting%252520this%252520site.jpg" imageanchor="1" style="margin-left: 1em; margin-right: 1em;"> <img border="0" src="http://lh3.googleusercontent.com/-IKHxejxrPQY/VbGqsaFQVLI/AAAAAAAACOc/dauOnZtk6BI/s640/Keep%252520visiting%252520this%252520site.jpg"> </a> </div>
जुनसुकै इमेजको Full HTML code दुइवटा लिंकहरुको संयोजनबाट बनेको हुन्छ । माथीको कोडमा पनि तपाईंले दुइटा लिंकहरु क्रमश पहिलो :
http://lh3.googleusercontent.com/-IKHxejxrPQY/VbGqsaFQVLI/AAAAAAAACOc/dauOnZtk6BI/s1600/Keep%252520visiting%252520this%252520site.jpg 
दोस्रो :
http://lh3.googleusercontent.com/-IKHxejxrPQY/VbGqsaFQVLI/AAAAAAAACOc/dauOnZtk6BI/s640/Keep%252520visiting%252520this%252520site.jpg 
लिंकहरुको संयोजनबाट बनेको देख्नुभएको छ ।
# Image को HTML source त थाहा पाइयो तर तपाईँलाई यसको के उपयोग छ त भन्ने कौतुहलता जाग्न सक्छ । यो कोड तपाईंलाई विभिन्न क्षेत्रमा काम लाग्छ । जस्तो कि :
Image मा आफ्नो address मा लिंक गर्न
आफ्नो ब्लगको HTML widget बनाउन
ब्लग पोस्टमा इमेज अपलोड नगरी डाइरेक्ट HTML mode बाट इमेज राख्न ।
यससँग सम्बन्धित ट्रिक्सहरु पढ्न माथीको लिंकमा क्लिक गर्नुहोस् ।