Posts

Showing posts from August 2, 2015

मैले सीधा बोल्दा पनि : मुक्तक

मैले सीधा बोल्दा पनि गलत अर्थ लगाउँछन्,
कपास जस्तै कोमल बनूँ हुरि बनि उडाउँछन् ।
खै किन मानिसहरु हिउँ जस्तै चिसा हुन्छन्,
बाटो देखाउँ भनेपनि आफैंलाई जाल बुन्छन् ।साथी बन्छ दुई दिनलाई चोट दिन्छ बषौंलाई,
हावाजस्तै बिलाई दिन्छन् नछुट्ने कसम खाई ।
खै किन मानिसहरु चट्टान जस्तै कडा हुन्छन,
कतै अघि बढौँ भनें बाधा बनि खडा हुन्छन् ।

अचम्मै पापीहरुकै हालीमुहाली छ यहाँ : गजल

अचम्मै ! पापीहरुकै हालीमुहाली छ यहाँ,
मार्न सके मार, हत्यारालाई ताली छ यहाँ ।अल्छि र ठगहरुलाई छ भ्याई नभ्याई,
परीश्रमीहरुको हात खाली छ यहाँ ।बाँच्न कठीन साधु, सन्त र ज्ञानिहरुलाई,
अधर्मीहरुलाई ओतलाग्ने पालि छ यहाँ ।विगार, भत्काउ कोही केही वोल्दैनन,
सुकर्म गर ! जताततै, मात्र गाली छ यहाँ ।भ्रष्ट वन भगवान नै भइन्छ यो देशमा,
निमुखाको मुखमा फलामे फाली छ यहाँ ।

अनमोल छन् तिम्रा आँशु : गजल

======== गजल =========अनमोल छन् तिम्रा आँसू नझार न प्रिया,
मेरो निम्ती उसलाई दुःखी नपार न प्रिया ।
मैले भन्दा धेरै माया उसले गर्छ तिमीलाई,
उसलाई छोडी त्यो मन यता नसार न प्रिया ।हेर त उ तिम्रो नाममा अझै आँसू झार्दै रै'छ,
सुरिलो त्यो उसको बचन नटार न प्रिया ।
तिमीसँग छुटेपनी मलाई कुनै अपसोच छैन,
तर उसको प्रेमको मुना नमार न प्रिया ।कित ऊ, कित म एउटा टाढा जानैपर्छ आखिर,
निःस्वार्थ प्रेमको नाता टाढा नपार न प्रिया ।
अनमोल छन् तिम्रा आँसू नझार न प्रिया,
मेरो निम्ती उसलाई दुःखी नपार न प्रिया ।

जिमेलबाट sent भइसकेको email कसरी undo वा निश्चित समयावधिमा सच्याउने अथवा रद्द गर्ने ?

Image
सूचना आदान–प्रदानका लागि कुनै जमानामा कटुवाल प्रथा, हाते चिठ्ठी, गाउँघरमा, परेवाको प्रयोग, आकाशवाणी, हुँदै अहिले इमेलको प्रयोग आधुनिक जीवनको हिस्सा नै बनेको छ । तर, यसको प्रयोग गर्दा कहिलेकाहीँ हैरानीमा पनि परिन्छ । झुक्किएर डकुमेन्ट गलत आइडीमा सेन्ड भइदिन्छ या आइडी सही हुँदाहुँदै पनि अर्कै फाइल परिदिनसमेत सक्छ । तर अब भने यस्तो समस्याबाट जिमेल प्रयोगकर्तालाई केही राहत मिल्ने भएको छ । गुगलले इमेल 'undo sent' अर्थात् पठाएको डकुमेन्ट फिर्ता गर्ने सिस्टम सार्वजनिक गरिदिएको छ । तर, इमेल सेन्ड गर्दा भएको गल्ती तुरुन्त सच्याउनुपर्ने हुन्छ । यसका लागि तल हेर्नुहोस के के गर्ने :

१. आफ्नो जिमेल लगइन गरिसकेपछि सबैभन्दा माथि दायाँपट्टि रहेको पांग्राजस्तो देखिने आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले पाउने केही विकल्पमध्ये सेटिङ मेनुमा जानुहोस् ।२. सेटिङ मेनुमा रहेको जनरल ट्याबमा प्रवेश गरेर क्लिक गर्नुहोस् । विभिन्न विकल्पहरू आउँछन् । त्यहाँ भेटिने अनडु सेन्ड फिचरको अगाडि रहेको कोठामा क्लिक गरेर एक्टिभेट गर्नुहोस् ।३. तपाईंले कुनै आइडीमा पठाएको इमेललाई अब कति समयमा अनसेन्ड गर्ने भन्ने…

ब्याट्रीलाई कतिको अनुपातमा चार्ज गर्नु राम्रो ?

Image
साथीभाइसँग भेट हुँदा मोबाइलको कुरा भयो भने सबैको गुनासो एउटै हुन्छ ‘मेरो मोबाइलको त ब्याट्री नै टिक्दैन ।’ अधिकांश व्यक्ति मोबाइलको ब्याट्री जति चार्ज गरेपनि नटिकेको गुनासो गर्छन् । ब्याट्रीलाई सहि तरिकाले चार्ज गर्नेहो भने समस्या नआउने विज्ञले बताएका छन् । सहि तरिकाले चार्ज गर्ने हो भने ब्याट्री लामो समयसम्म टिक्ने र काम पनि राम्रोसँग गर्ने हुन्छ । मोबाइल फोनको ब्याट्री तीनदेखि पाँच सय पटक चार्ज हुने गरी बनाइने गरेको मोबाइल फोन निर्माता कम्पनीले बताउने गरेका छन् । त्यो भन्दा धेरै पटक चार्ज भएपछि ब्याट्रीको क्षमता घट्न थाल्छ । त्यसपछि ब्याट्रीले चार्जलाई राम्रोसँग स्टोर गर्न सक्दैनन् । ब्याट्रीको चार्ज कहिले पनि शुन्य तथा सय प्रतिशत बनाउन नहुने विज्ञले बताएका छन् । लिथियम आयन ब्याट्रीलाई ४० देखि ८० प्रतिशतको बीचमा चार्ज गरेर राख्दा राम्रो हुने विज्ञको सुझाव छ । यस्तै ब्याट्रीको चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु सबैभन्दा उत्तम हुन्छ । महिनाको एक पटक मात्रै १०० प्रतिशत चार्ज गर्नु राम्रो हुने एडभाइजरको सुझाव छ । यस्तै ब्याट्री टिकाइ राख्नका लागि जुन पायो त्यही चार्जरले चार्ज नगरेर …

बदलिँदो तिम्रो मन : गजल

बदलियो तिम्रो त्यो मन मैले बुझ्न सकिन,
छताछुल्ल भो सपना मैले समेट्न सकिन ।हरकदममा खुशी समेटिएर रहेकै थियो,
तिमले धैर्यता गुमायौ मैले बुझाउन सकिन ।हेर्दा हेर्दै खुशी लुटियो जिन्दगी टुक्रियो,
ति सबैलाई समेटी आफु खुशी बन्न सकिन ।साथ टुट्यो मनभरि वेदनाको आँशु पोखियो,
तै पनि यो मनलाई सम्हालेर राख्न सकिन ।त्यो पल सम्झँदै भट्टी तिर धाउन थाले,
नशामा डुबेर नि तिमलाई भुल्न सकिन ।यो कस्तो इन्द्रजाल रच्यौ झुठो मायाको,
उम्किएर आफ्नै संसार सजाउन मैले सकिन ।बदलियो तिम्रो त्यो मन मैले बुझ्न सकिन,
देखेका ति सपनालाई साकार बनाउन सकिनँ ।