Friday, August 21, 2015

कसरी सजिलै Blogger blog मा Youtube video राख्ने ?

मेरा साथीहरूले मलाई आफ्नो ब्लग लिंक दिँदै भने - "ओए, मैले पनि भिडियो ब्लग चला'छ हेर्न यार झक्कास झक्कास भिडियोहरु हेर्न पाइन्छ ।" म पनि त इन्टरनेट क्रजी हेरिहालेँ पनि तर उसको भिडियो भनाउँदो ब्लग खोलेर हेरें । हेर्दा मलाई काउकुती लागेर हाँसोको परा छुटेर आयो । उसले त मिडिया प्लेयरबाट भिडियो पाउज गरेर स्क्रिन सट लिँदै युट्युवको लिंक तल त्यहिँ पनि रिडाइरेक्ट नगरिकनै राखेको रहेछ । मैले उसलाई तत्काल इमेल गरेर भनेँ - "तेरो त भिडियो ब्लग भइन, फोटो ब्लग जस्तो भयो ।" उसले तत्कालै इमेलको जवाफमा भन्यो - "युट्युब भिडियो ब्लगमा राख्ने त्यसरीनै होइन प्लिज सि'का न यार ।" बल्ल मैले महसुस गरें उसले कसरी ब्लगमा युट्युब भिडियो Embed गरेर युट्युब वेबसाइटमा नपसिकन भिडियो राख्न जानेकै रहेनछ । अर्को साथीले मलाई फेसबुकमा भन्नुएको थियो "मैले भिडियो ब्लग बनाउन खोजेको छु तर मैले भिडियो अपलोड गर्न लागेको एउटा भिडियो अपलोड हुन एक घण्टाभन्दा धेरै टाइम लाग्यो, लास्टमा आफै क्यान्सिल भयो इन्टरनेट र समय मात्रै बर्बाद ।" त्यस्तै मलाई धेरै नयाँ ब्लगर साथीहरूले पनि कसरी ब्लगमा भिडियो हाल्ने भनेर प्रश्न गर्नुभएको थियो । त्यसैले आज सबैको समस्याको समधान हुने हिसाबले कसरी युट्युब भिडियो बिना झन्झट सजिलै राख्ने भन्ने ट्रिक्स लेख्न गइरहेको छु । युट्युब भिडियो आफ्नो ब्लगमा Embed गरेर तपाईंको ब्लगबाटै लाइभ भिडियो हेर्न मिल्ने गरि राख्न सकिन्छ । युट्युब भिडियो ब्लगमा राख्ने धेरै तरिकाहरु छन् ती मध्ये आज मैले नयाँ ब्लगर जो भर्खर ब्लग चलाउन सिक्दैछ उनीहरुलाई सहयोग पुग्ने हिसाबले सजिलो चाहिँ तरिका बताउँदै छु । तर यो बिधीले Javasprit र प्रोक्सी ब्राउजरबा ब्लग लोडिङ ढिलो हुनुको साथै कहिलेकाही Error हुन पनि सक्छ । यदि त्यस्तो भयो भने फेरि पेज एकचोटि रिफ्रेस गर्नुपर्छ ।
# पहिलो तरिका : तलको कोड कपि गर्नुहोस् :


• माथीको VIDEO LINK भन्ने अक्षरको ठाउँमा आफ्नो युट्युब भिडियोको साधारण लिंक ले प्रतिस्थापन गरेर [जस्तै : https://www.youtube.com/embed/PRnZQB4Wt4U] कोड मिलाउनुहोस् ।

• अब Blogger Home मा गएर आफ्नो ब्लग लिस्टबाट भिडियो राख्न खोज्नुभएको ब्लग छान्नुहोस् (यदि तपाईंको एकभन्दा धेरै ब्लग एकाउन्ट छ भने) । Post option मा क्लिक गर्नुहोस् >> अब New post >> हुँदै गएर भिडियोको शिर्षक दिनुहोस् र लेख्ने Post editor लाई HTML mode मा बदल्नुहोस् ।

• तपाईंले copy गर्नुभएको गरेको कोडलाई Past गर्नुहोस् र पोस्टको Title दिएर publish गर्नुहोस् । युट्युबमा नगइक तपाईंको ब्लगबाटै भिडियो हेर्न सकिन्छ ।

# दोस्रो तरिका :
1. आफ्नो PC Browser बाट Youtube Website मा जानुहोस् । अब आफुले राख्न खोज्नुभएको भिडियो लिंकबाट खोज्नुहोस् अथवा search गर्नुहोस् । यदि आफ्नो एकाउन्टको भिडियो राख्न चाहनुहुन्छ भने भिडियो लिस्टबाट सम्बन्धित भिडियो छान्नुहोस् ।

2. अब पहिला Share बटनमा क्लिक गर्नुहोस् र Embed link मा पनि क्लिक गर्नुहोस् । त्यसपछि तपाईँले उक्त भिडियोको code पाउनुहुनेछ र कोड copy गर्नुहोस् ।

3. अब Blogger Home मा गएर आफ्नो ब्लग लिस्टबाट भिडियो राख्न खोज्नुभएको ब्लग छान्नुहोस् (यदि तपाईंको एकभन्दा धेरै ब्लग एकाउन्ट छ भने)

4. अब Post >> New post >> HTML हुँदै गएर तपाईंले copy गर्नुभएको गरेको कोडलाई Past गर्नुहोस् र पोस्टको Title दिएर publish गर्नुहोस् । अब तपाईंको ब्लगबाटै उक्त भिडियो हेर्न सकिन्छ ।

नोट : यो विधीबाट ब्लगमा राखेको भिडियो तपाईंको भिजिटरले Play गरेर हेरेन भने तपाईंको Youtube Video को Vistor संख्यामा बृद्दि हुँदैन अथवा Youtubeले तपाईंको भिजिटरको कुनै information हरु store गर्दैनँ । यदि भिडियो व्यवसायीहरुको copyright तथा मातहतमा छ भने अनुमति लिन आवश्यक पनि हुन सक्छ नत्र तपाईं Cyber Criminal समेत हुन सक्छ र दण्ड जरिवानाको समेत भागिदार हुन सक्छ ।
तपाईंको भिडियो तलको इमेज जस्तो फर्न्याट/मोडेलमा देखिन्छ :

मेरो बालापनको साथी सरस्वतीसँगको केही तितामिठा अतितहरु बिदाईको अन्तिम घडिमा

मेरोहृदयस्पर्शी बालपनको साथी सरस्वती गुरुङको अल्पआयुमै भएको असमायिक निधनको अप्रत्यासित खबरले म अत्यन्त मर्माहत भएका छु । उसको दिवंगत आत्माको चीर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्वा सुमन अर्पण गर्न चाहन्छु । यस दु:खद घडीमा मेरो व्याक्तिगत तर्फबाट शोक सन्तप्त सम्पूर्ण परिवारजनहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै सम्पूर्ण भगवान र देवी-देवताले समग्र परिवार र नातेदारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछु ।

अन्तिम बिदाईसँगै बालपनका देखीका केही अविस्मरणिय पलहरुलाई यस ब्लगबाट आमा पाठकमाझ पोख्ने अनुमती मागें मैले... !

सायद अझैपनि चाहन्छ होला यो मन टुटेको नाता एक एक होउन । एक्लिएर यो शहरमा आत्मियताको त्यो अतितका सुखमय पलहरु हरसमय छातिमा संगालेर टोलाउँदै छु आज। मन्द गतिमा धड्किरहेको कोमल मुटुहरुले कहाँ छन् मेरो बाल्यकालकोलको साथी सरस्वती भन्दै हरदम साथ खोजिरहेको छ। आँसुले त नचाहने यो बिछोड म आफ्नो स्पन्दनलाई कसरी बुझाउन सकूँला। मैले तिमीलाई कहाँ कहाँ कहाँ खोजिरहेको छैन र सरस्वती ? घण्टौंसम्म बसेर हृदयका वेथाहरुको ति क्षणहरु कल्पना गर्न नपाउँदै छट्पटीमा बदलिसके मेरा पूरा यादहरु । एकान्तमा बसेर एकैछिन आत्मालोचना गर्छु मेरो मुटुभित्र लेखिएको तिमीसँगको एकएक आत्मिक र सुखमय पलहरु अब कसलाई अनि कसरी देखाउँ ? के चाहिरहेको छौ दैव तिमी, यो मेरो साथीलाई कहाँ पर्र्याउन खोज्ददैछौ ? म सम्हाल्न सक्दिनँ आफुलाई आफैले बस् म यहि चिजमा खड्किरहेको छु कि म सपनामा छु या विपनामा ।

तिमीबाट सधैका लागी छुट्टिएपनी किन यति धेरै आशाबादी छु। भो अब यति धेरै पिडा नदेउ खोटो भाग्यको नाउँमा जीवनमा बाँडेर बाँड्न नसकिने एउटा प्रेरणा बटुलें मैले बियोगमा मुटु चर्किँदो रहेछ स्वास प्रस्वास भन्दा पनि तिम्रै सहयात्राको अभाव महसुस भैरहेको छ मलाई । जीवनयात्राको ति विगतको यात्राको पाइला खोज्न मन लागिरहेको छ मलाई । आखिर सजिलै बिर्सन सकिने अतित पनि त छैन मेरो । भावनामा बग्दाबग्दै हिक्का छोडेर रुन पुगिसकेको छु सरस्वती ।

अरुको जीवनमा प्रवेश गर्नेहरु जति खुशी बोकेर आइदिन्छन्, उनीहरु जाँदा पनि जटिल यादहरु व्याजसहित छोडेर गइदिन्छन्। कति शान्त अनि खुशी नै खुशी ले रमाईरहेको यो कोमल मनलाई एकैछिनमै हुरी बतास चलाई उजाड मरुभुमी बनाई गईदिन्छन । आँखा चिम्लिन्छु रुन्छु, कराउँछु, बोलाउछु तर तिम्रो साटो याद आउँछ, फेरी सँगै हुन मन लाउँछ अनि आँशु झर्छ नसम्झिन खोजेको नि होइन तिमिलाई मनले, फेरि चाल पाउँछ अनि आँशु झर्छ।

कति बदमास थियौं हामी त्यो बालकालमा । जनस्वामी स्कुलमा पढ्ने । कति चोटी घरबाट चुक चिनी चोरेर लगेर मलाई दिन्थ्यौ म पनि कक्षा छोडिछोडि बहाना खोज्दै तिमीकहाँ चुक चिनी खाना आउँथेँ । तिम्रो बाबा र मेरो बाबा कति मिल्ने झोले साथीहरू थिए - त्यस्तै उपद्रे तिमी र म । तिम्रो आमाले मेलाबाट ल्याइदिएको मकै एकदिन मनमुटाव परेर तिमीले मलाई नै नदिई एक्लै खाँदा : कट्टी तँ सँग बोल्दिनँ भन्दै तिम्रै मुखमा हेरेर थुक निलिरहन्थेँ ।

दुम्सिखोलामा बनभोज खाएको पल कहाँ बिर्सिएको छु र मैले । म, तिमी, बिस्नु, धने, नाना, कान्छी अनि अरु साथीहरू ! मैले घरबाट नुन र चामल अनि सलाई र ताप्के, बिष्णुले चना र चामल, नान र कान्छिले मसला लिएर गएको थियो । एकमाना पाक्ने ताप्केमा हामीले दुईमाना चामल हालेर काँचो भात कति रमाउँदै पकाएको थियौं । तरकारी पकाउने बेला बेसार नपाएर पहेँलो माटो र फोक्से ढुङ्गा पिसेर हालेर तरकारी पनि बनाइयो अनि कति मीठो गरेर खायौं । भाडाकुटी खेल्दा म बिस्नुको बुढा बन्न खोज्दा तिमी कति रिसाएकी थियौं है मेरो बहिनी बन्नु पर्दा । तिमी कति रोएकी थियौ तर मैले तिमीलाई कहिल्यै पनि आफ्नो दुलही बनाउन राजी भएन है ।  हामी देसी भनेपछि कति डराउँथ्यौ । एकचोटि बरफ बेच्ने देसी आउँदा हामी बारिबारी उफ्रिएर भाग्दा तिमी बोडीको झ्यालमा अल्झियौ मैले तिम्रो जामा समातेर तान्दा तिम्रो जामा कसरी च्यातिएको थियो है । गौरभिर बारिमा छाप्रो बनाएर कति कमै पोलेर खान्थ्यौं । तिमीले गाई लिएर आउँथ्यौ, मैले बाख्रा, धने, नाना, बिस्नु र कान्छी त्यसै । मैले सधैं बिस्नुलाई मेरो बुढि भनेर तिम्लाई कति चोटी बाख्रा धपाउन पठाउँदै भोलीबाट तँ र म बुढाबुढी अनि बिस्नु र धने, नाना र कान्छी छोराछोरी बनेर खेल्न भन्दा तिमी कति खुसी हुँदै आज्ञाकारी बनेर मैले अह्राएको काम खुरुखुरु गर्थ्यौ है । भोलीपल्ट तिमी र मलाई ओमे र मिलनले बुढाबुढी भन्दा म कति लजाएको थिएँ अनि तिमी कति रिसाएकी थियौ । हामी साँच्चिकै बुढाबुढी त कहाँ थियौँ र तिमी त केवल यति चाहन्थ्यौ कि साथीहरु भन्दा धेरै सबैको प्रिय पात्र बन्छु तर मैले तिम्रो त्यो चाहना कहिल्यै पूरा गरिदिनँ । कति स्वार्थी थिएँ है म त्यो बच्पनमा !

कती बलवान् रहेछ समय । हामी कहाँको र कस्तो मान्छे कस्तो बनेर चेन्ज हुँदै गयौं । गाउँको बालक्लबमा म सधै अध्यक्ष बनेर भाषाण गर्नुपर्ने तिमी साधारण सदस्य मात्र । धेरै जना थिए क्लबमा तर तिमी र बिस्नुबाहेक सक्रिय अरु को नै पो भयो र केटीहरुमा । जब बुझ्ने भयौं; तिम्रो मेरो बुढी बन्ने रहर पनि हराउँदै गए । म पनि फर्वाड बन्दै थिएँ गाउन, नाच्न, भाषण गर्न, नेतृत्व गर्न, अनि आफूलाई सबैको सामु सर्बश्रेष्ट सावित गरेर सबैलाई पछाडी पार्न तर खैर, त्यो सबै मेरो अहम रहेछ । बास्तवमै म कुनै कुरामा निपुण नरहेछु ।

समय बित्दै गए । हाम्रो बाल क्लव संगठन देखेर माथिल्लो गाउँको केटाकेटीहरु कति बिरोध गर्थे । आखिर हामिले गल्ती के नै पो गरेको थियौं र ? के संगठित हुनु नराम्रो काम हो र ? माथिल्लो गाउँको सबैले हाम्रो संगठन भनेपछि यस्तो व्यवहार गर्थ्यो मानौ हामी साथीसाथीको हैन उग्रवादीहरुको संगठन जमाइरहेको छौँ । खैर, धेरै छन् हाम्रा विगतका उट्पट्याङ कुराहरुपनि । देउसी-भैलौ खेलेर आएको पैसा समेत नमासेर क्लवमा जम्मा गर्थ्यौं । दिनभिरी देउसी भैलो खेल्यो राती फर्सिको तरकारी त्यो पनि चोरेर कति मीठो गरेर खान्थ्यौं । समय बित्दै गए । बिस्तारै तिमी मेरो सबैभन्दा नजिकैको साथी दिपिनको प्रेमजालमा फस्दै गयौ । म कति खुसी थिएँ तिमीहरुको सम्बन्ध देखि तर डर पनि लाग्थ्यो । तिमी एउटा गुरुङको छोरी दिपिन एउटा कुँवर को छोरो । तर, तिम्ले आफ्नो प्रेमीलाई धोका दिएनौ अनि तिम्रो प्रेमी दिपिनले पनि । कति राम्रो लाग्थ्यो मलाई तिमीहरुको जोडी । दिपिन उसै त मेरो मिल्ने साथी अब झनै बढी मिल्ने भयौँ । दुनियाले नानाथरी कुरा काट्न थाले तिमीहरूको सम्बन्धको बारेमा तर कसैको कुरा सुनेनौ तिमी । आखिर सच्चा प्रेमीका सावित गरेरै छोड्यौ तिमीले एकदिन, आखिर मेरो साथी दिपिनको अर्धाङ्गिनी भएरै छोड्यौ एकदिन ।

म तिमीसँगका तिता मिठा यादहरुमा रुमलिदै अघि बड्न चाहान्छु आउ एक चोटी मात्र भएपनि फर्क तिमी हामीलाई छोडेर जान सक्दैनौं । के तिम्लाई बचपनको साथीको र आफ्नो निस्चल प्रेमीको मायाँ लाग्दैन ? आखिर निस्चल नै त थियो तिमीहरुको प्रेम, अनी उपनाम पनि निस्चल नै त रोजेको थियो दिपिनले । कती बार बने यो समाज तिमीहरुको त्यो पवित्र साइनोमा । कसले पो रुचाए र तिमीहरुको त्यो सम्बन्ध केबल म, दिपिन र तिमी बाहेक ।  तर कति निर्दयी रहेछौ तिमी यो समाजभन्दा पनि । समाजलेले अपमान मात्र गरेको थियो तर तिमी त कहिल्यै नआउने गरी छोडेर गयौ । गयौ हाम्रो साथ छोडेर दैबको अंगालोमा बाघिन । म मेरो आँखालाई विस्वास गर्दिनँ केवल गर्छु त तिमी र मेरो दोस्ती दिपिनलाई । फर्केर आउ हामीलाई आफ्नो हृदयमा सजाउ बिन्ती घृणाहरू भएजति हटाई । प्लिजछ पिडाको घाउ ओभाउन सकेको छैन मलम बनेर आइदेउ हामीलाई भेट्न।

तिमिसगँ एउटा प्रश्न गर्नु छ, हामीलाई क्षणिक हाँसो दियौ अब यति लामो जिन्दगीमा कसलाई खुसी दिन्छौ ? प्रेमबाट समाजको बन्धन तोड्न सिकेको थियौ अब आफ्नो प्रेमीको मन कसरी भुलाउँछौ ? समयको खेल, भाविको झेल । म त एउटा साथीमात्र थिए तिम्रो । सहयात्री त पाइसकेको थियौ । तिमीहरूको बिहे पछि पहिलाको जस्तो साथीको नाता रहेन हाम्रो केवल एउटा गाउँले बाहेक । तिमी अनी म खोलाको दुई किनार झैँ बन्यौं । सम्भव थिएन हामी पहिले जस्तो खुलेआम हिँड्न, समाजले सक्थ्यो कुरा काट्न । मिलनको आस बाँकि रहेन अब नजिक हुने चेष्टा गर्दा पानीको छालले नै किनारा काटि दुरी बढाइदिन्थ्यो । म खुसी नै थिएँ । तिमी पनि खुसीनै थियो । यो समाजले कर्के आँखाले हेर्दै दाह्रा किटिरहेको थियो सायद ।

म अतितको ती मिठा पल सम्झिँदै हाँस्ने बहाना खोज्दै छु । तर यो भ्रममा नपर : कोही व्यक्ति मन्द मुस्कान छरेर मुस्कुराउँदैमा त्यो व्यक्ति खुशी छ भन्ने किनकि जीवनमा थुप्रै चोटहरू अनुभव गरेका मानिसहरु आँशु खसालेर होइन, आँशु लुकाएर रुने गर्छन् जुन म काम म गरिरहेको छु । साला ! जुन कुरा पहिला मन पर्दैन त्यही नै पछि बनिदिने रैछ जीवनमा । बिश्वास गर, "आशु" मलाई पनि पहिला मन पर्दैन थियो आज यही आशु साथी बनिदिएको छ । आशु नै जिन्दगी हो हाँसो त क्षणिक आउँछ जान्छ । यस्तै रहेछ दुई दिनको जिन्दगीमा मेरो सुख भन्ने कुरा पानीको फोका जस्तै सानै प्रहारले पनि फुट्न सक्ने, सानै झड्कामा पनि विलिन हुन सक्ने ।

बिछोड भएमा एक थरी खुसि हुन्छन् अर्कोथरी दुखि हुन्छन् अनि रुन्छन् प्रायः। एक थरी मुटु जुट्यो भनेँ हाँस्छन्, अर्को थरी जोडिएको मुटु टुट्यो भन्दै रुन्छन् आखिर संसारको रित नै यस्तै रहेछ। आज हाम्रो साइनो टुट्यो समाज हाँस्दै होलान्, आज हाम्रो साथ छुट्यो देवसँग तिम्रो नाता जुटे होलान् । के गर्नु नै पो सक्छु र साथी म निर्धो र नामर्द मान्छे केवल दुःख हेर्न र रुन शिवाय । सपना पुरा गरिदिने भन्दा सपना देखाउने हरुको भिड छ यहाँ, नाता जोडेर भन्दा पनि नाता तोडेर खुशी हुनेहरुको भिड छ यहाँ । मुटु निचोडिएको छ सायद आज मेरो त्यसैले त यति बिध्न दुखिरहेको छ । आँखाबाट झर्ने आँशुलाई हातमा पुछेर बस्न खोजें तर फेरि पनि रसाइदिन्छ अनि मुटु चसक चसक चस्काइदिन्छ । आसुले मलाई गुनासो गरिरहेको छ : "तिमी मलाई किन छिन छिनमा बोलाई रहन्छौ ?, मैले आसुँलाई जवाफ दिएँ : "माफ गर आशुँ ! मैले त मेरो हितैसी साथीलाई बोलाइएको छु तर तिमी किन आइदिन्छौ अनि मुटु जलाइदिन्छौ ।" हरेक मान्छे आफ्नो जिन्दगीको नायक हो र उ आफै निर्णयकर्ता पनि, त्यसैले उ सुख पनि भोग्छ दुख पनि सायद । परीक्षा झन् झन् नजिक आइरहेको छ साथीहरू पढेर कति जान्नेबुझ्ने भैसके, कहाँबाट कहाँ पुगीसके म भने तिम्रै सम्झनमा भाववेहोल बन्दै कल्पनामा कल्पित हुँदै सुन्दर सपना देखिरहेछु सरस्वती ।

प्यारो साथी दिपिन ! पहिलो प्रेम, गहिरो प्रेम र सच्चा प्रेमलाई कि त आफ्नै ठान्नेले बुझ्दैनँ, नत्र समाजले बुझ्दैनँ सबैले बुझिहाले उपरवालाले बुझ्दैनँ । जीवन गुनासोमै बित्छ हाम्रो, आँसुको तालमै डुबेर सकिन्छ खुसी हाम्रो । यो सन्सारमा हजारौ फुलहरु फुल्छन् अनि फेरी ओइलाएर झर्छन । कति फुलहरुले मिठा-मिठा बास्ना छर्छन् त कति फुलहरु बिना बास्ना ओइलाएर झर्छन । यहि सम्झिनु तिम्ले । तिम्रो सरस्वती पनि एउटा फूल थियो, उसको मिती पुग्यो र ओइलिएर झर्यो । जिन्दगीमा सुख तु आउँछ तु जान्छ तर अनगिन्ती दुखहरु मनभित्र इटाका थुप्रा जस्तै थुप्रिएर बस्ने गर्छम् । यता छामे पनि उता छामेपनि । झर्छ आफ्नै टाउको माथी, दिन्छ पीडा सहन नसक्ने गरि । दुःख पाउने मान्छे भोली सुखि बन्न सक्छ तर दुखी हुने मान्छे कहिल्यै खुसी हुन सक्दैन । यो तितो यथार्थलाई आत्मासाथ गर्नु तिमी अनि जिन्दगीको पाइलाहरु अघिअघि सार्नु तिमी । भड्किएका तिम्रो प्रेमीकाको आत्मालाई अपमान गर्दै यस्तो नभन - जुन दिनबाट साथ टुट्यो त्यही दिनबाट मनको मन्दिरबाट तिरस्कृत भयौ, अब तिम्रो साथको कुनै जरूरत छैन किनकी आफ्नै सुन्दर संसार बसालि सकें ।

कस्तो विचित्रको यो याद भन्ने चिज । जे कुरा सम्झन्न भन्यो त्यसैलेनै सताएर हैरान । अझ सताएउने मात्र कहाँ हो र मुटु माथि नै हक जताएर हैरान । कस्तो अनौठो यो आत्मियता भन्ने कुरा पाइन्जेल बुझ्न नसकिने, बुझेपछि पुज्न नसकिने । मैले थाहा पाउन सक्ने बेला देखीनै समयले ममाथि षड्यन्त्र गरेको छ । सेकेन्ड पछि मिनेट, मिनेटपछि घण्टा, घण्टापछि दिन अनि दिनपछि रात आउँछ भन्छन् तर मेरो जीवनको सारा समय अन्धकार रातमै रुनलिरहेको छ साथी । सोंच - सुख भन्नु त्यस्तै रैछ खुसी भइ बाच्न सिक्छु । हाँसो पनि त्यस्तै हो, पिडा लुकाइ हास्न सिक्छु बिधताको मर्जिलाई मन मुटुमा सजाइ राखी आँखाका ती मोतिका दानाको माला गास्न सिक्छु ।

जीवनमा पुर्वसन्ध्यादेखीनै अनगिन्ती गल्तीहरु सजिलै भयो । तर जब गल्तीको महसुस गरें तब माफ माग्न गार्हो भयो । माफी दिनलाई त सजिलो हुँदो हो सायद केवल एकै चोटी बोल्दिए हुन्थ्यो । कति निर्दयी भगवान तिमी यति ठूलो झेल गर्यौँ । भगवानलाई पलपल गाली गर्न मन लागिरहेको छ । अनविज्ञ छु गल्ति कसले गरिरहेको छ । सायद हुँदा हो धोका दिने एउटा, अनि अन्त्यमा सबैको दोष पाउने तिमी निर्दोष देउता ।

प्यारो साथी, म सोंच्थे तिम्रो प्रेमले पक्कै नयाँ सृष्टि बोकेर आउँछ, अन्धकार रातको गर्भबाट स्वर्णिम बिहानी जन्मन्छ तर, मलाई जस्तै तिमीलाई पनि कुनै बिहान आएन । तिम्रो प्रेममा साक्षी बसेका ती वर पिपल, डाँडा पाखा, छाँगा छहराहरु तिम्रो छट्पटाहट हेरिरहन्छन् । तिम्रै काखको प्रेमिका अरु कसैको पेवा बन्दा निस्ठूरी दैवले तिम्रो पुकारा सुन्दैनन् । तर, मलाइ थाहा छ तिम्रा प्रेम, तिम्रो विगतको सुखमय अतितले एकल जीवनलाई उर्जा दिनेछ, सृष्टीमा तिमि खुसीले जिउन सक्छौ । जिन्दगिमा नसोचेको मान्छेबाट नसोचेको
कुरा पाइन्छ । हिजो उहीँ प्रेमीकाले तिम्लाई हाँस्न सिकायो अनि दुनियाको सामु हासी हासी बाच्न सिकायो जरुर, आज तिमीलाई उहीँ रून सिकायो जरुर ।

के सोचेको थिएँ जीन्दगीमा के के भयो आज । दुनियाँलाई तिमीहरूको प्रेमको परिभाषा दिँदै हिँड्ने मान्छे म, आफ्नै आँखा अगाडी तिमीहरूको संसार तहसनहस हुँसासम्म पनि केही गर्न सकिन । यसमा चित्त दुखाइन मैले जतिसुकै बहस गरेपनि जिन्दगीको अन्तिम सत्य मृत्यु नै हो, जिन्दगी बाच्नका लागि हैन एकदिन मर्नका लागि हो । कति सुन्दर सोचेँको थिएँ तिमीहरुको संसार । तर सपनाबाट बिउँझिदाको बिचित्रको संसार त छुट्टै रहेछ । फलतः सबै भ्रम रहेछ । कति मिठो भ्रममा बाँचिरहेको रैछु म । कयौं दिनदेखि तेल सकिँदै गइरहेको दियोको  उज्यालोमा यो स्वार्थी दुनियाँको मान्छेहरूलाई पाठ सिकाउँदै रहेछु । मृत्यु जस्तो कठोर सत्यलाई त्यागेर दुई दिने सांसारिक जीवनको बारेमा झुटा दर्शनहरु छाँटिरहेको रैहेछु, तिनै झुटा कुराको खेतीलाई निर्वायत मलजल गरिरहि हुर्काइरहेको रहेछु । आज आफ्नै काल्पनिक दुनियाँबाट करेन्टको झड्का लागेझैँ धेरै टाढा उछिटटिएछु म सधैंका लागी टाढा, जहाँ म बलजफ्ती प्रयास गरेपनि पुग्न सक्दिनँ ।

सरस्वती, मेरो बालापनको दोस्ती ! खै के गर्यौ' तिमीले ! जीन्दगी भर दुखिरहने तिर हानेरै छोड्यौ, घातल बनाएर गयौ मुटु । कसैसँग गुनासो गर्न सकिन, तिमीले त सजिलै भुलेर गयौ तर हामी तिम्रो यादबाट टाढा हुन सकिनौँ । त्यसैले सरस्वती तिम्रो हाम्रो विगतको कथाको केही अंश यहाँ पोख्ने चेस्टा गरें । एकचोटि फर्किएर आउ म तिम्रो मुहार हेर्न चाहन्छु । ह्दयमा कोरिएको अमिट प्रतिबिम्ब पनि सँगै लिएर जाउ अल बिदा सरस्वती ! अल बिदा !!

Wednesday, August 19, 2015

जुनसुकैको कम्प्युटरमा कनेक्ट भएको Wifi password कसरी थाहा पाउने ?

Wi-Fi को बारेमा सायद तपाईलाई केही भनिरहनु पर्दैन होला किनकी आजकाल घर, चोक, साइबर, अफिस, होटल, रेस्टुरेन्ट, हाइवे, हुँदाहुँदै सार्वजनिक यातायातको साधनमा समेत राखिएको हुन्छ । रेडियो तरङ्गबाट कम्प्युटर र स्मार्टफोनमा बिना तार निश्चित दुरीभित्र द्रुत गतिमा इन्टरनेट चलाउन यसको प्रयोग हुन्छ ।
जति मात्रामा Wi-Fi को बिस्तार भइरहेको देख्नुभएको छ, त्यो भन्दा कयौं वाईफाई क्रेजी मान्छेहरूलाई पनि देख्नुभएको होला । सायद तपाईं पनि त्यो सुचीमा पर्नुहोला, त्यस्तै म पनि अवस्य पर्छु नै । बिना पैसा हाइस्पिड नेट चलाउन पाउने भएपछि तपाईं र म मात्र हैन जो कोही वाईफाई क्रेजी अवस्य हुन्छ नै । तर छ्यापछ्याप्ती जहाँतही वाइफाई भएर पनि त्यसमा चाबि लाएको देख्दा तपाईँको दिमाग अवस्य नै तातेको हुनुपर्छ । छिमेकीको धरमा वाइफाई हुन्छ तर भोटे ताल्चा झुन्डिएको हुन्छ अर्थात strong password लगाएको हुन्छ । तपाईंलाई उक्त ताल्चा कति फोर्न मन लागेको होला अर्थात ह्याक गर्न मन लागेको होला । तर भोटे ताल्चालाई हातले फोर्न गाह्रो हैन असम्भव नै छ ।
वाईफाई भएको छिमेकी, साथी र तथा वाईफाई मालिक पनि यति सम्म लोभी हुन्छन् कि पासवर्ड माग्यो भने तपाईलाई - ल एकछिन चलाउ पासवर्ड दिन मिल्दैनँ भने कति पटक त्यसै टारेको होला । त्यसै त स्लो नेट त्यसमाथी महंगो तपाईंलाई वाईफाई पासवर्ड माग्दा झन् ल्यापटप नै टकारिदिँदा रिस अवस्य उठेको होला । यतिसम्म कि आफ्नै साथीले पनि डिभाइसमा वाईफाई नेट त कनेक्ट गर्दिन्छ तर पासवर्ड प्राय फुत्काउँदैन । तपाईंले उनीहरुको वाईफाई ह्याक गर्न भनेर जोसिँदै सयौं एप्लिकेसन तथा सफ्टवेयर डाउनलोड गरेर तथा कयौं ट्रिक्स पढेर ह्याक गर्न प्रयास गर्नुभएको होला र हिस्स नपरेको दिन सायद छैन होला ।
आजको दिनसम्म वाईफाई ह्याक गर्ने सफ्टवेर हामी जस्ता सर्वसाधारणको पहुँचमा आइपुगिसकेको छैन । यदि कसैले ब्लग तथा वेवसाइटमा यस्ता ट्रिक्सहरु लेखेको छ भने त्यो सबै फेक हुन्छ । ठोकुवा गरेर भन्न सकिन्छ कि ट्रिक्स लेख्नेले पनि ह्याक गर्न वास्तबमै जानेको हुँदैन । हचुवाको भरमा फलानो सफ्टवेर डाउनलोड गरेर, यस्तो यस्तो कदम चालेमा वाईफाई पासवर्ड पाइन्छ भनेर तपाईंको दिमाग कयौंपटक चाटिसकेको होला यदि तपाईंमा पनि यस्तो भ्रम छ भने आजैबाट हटाउनुहोस् । त्यसो त ह्याक गर्न असम्भव छ भन्न खोजेको हैन । कोरियामा बसेर अमेरिकाको बैक लुट्ने ह्याकर पनि छन् मात्र यतिमा चित्त बुझाउनुस् कि हामीमा त्यो क्षमता छैन ।
तर तपाईंलाई कसैले कम्प्युटर तथा ल्यापटपमा वाईफाई पासवर्ड तपाइँलाई कनेक्ट गरिदियो भने ढुक्क हुनुहोस् अब तपाईं उसको वाईफाई ह्याक गरेर अर्को डिफाइस (स्मार्टफोन, ट्याब र ल्यापटप) मा चलाउन सक्नुहुनेछ । तर कसरी तपाईँलाई खुलदिली भएको होला । अथवा तपाईं आफैले कुनै वाईफाई नेट्वर्क आफ्नो डिभाइसमा जोडेर चलाउनुभएको थियो तर अहिले स्मार्टफोन तथा अर्को डिभाइसमा वाइफाई कनेक्ट गर्न खोज्दा पासवर्ड बिर्सिएर हैरान हुनुभयो भने यो ट्रिक्स अती उपयोगी हुन्छ ।
अब वाईफाई ह्याक गर्नको लागि तयार हुनुहोस् :

तपाईंको डिभाइसमा वाइफाई कनेक्ट भइरहेको अवस्थामै पासवर्ड थाहा पाउनको लागी :
१. वाइफाई कनेक्ट भएको कम्प्युटर लिनुहोस् ।
२. Network Icon मा क्लिक गर्नुहोस् । तपाईले वाइफाई कनेल्ट भएको र अन्य नेटवर्क नेटवर्कहरु देख्नुहुन्छ ।
३. कनेक्ट भएको नेटवर्कमा Right click गरेर Properties option मा क्लिक गर्नुहोस् ।
४. अब तपाईँले कनेक्टि भइरहेको वाईफाई नेटवर्कको : Security type, Encryption type, Network security key मेनु देख्नुहुन्छ । जसमध्ये Network security key भित्र लुकेको password (*******) देख्नुहुनेछ ।
5. अब Show character अप्सनमा क्लिक गरेपछि तपाईँले वाइफाई पासवर्ड पाउनुहुनेछ ।
* यदि तपाईंको डिभाइसमा वाईफाई कनेक्टिङ भइरहेको छैन तर पहिला कनेक्ट भएको थियो भने :
१.  Network Icon मा क्लिक गर्नुहोस् । तपाईले वाइफाई कनेल्ट भएको र अन्य नेटवर्क नेटवर्कहरु देख्नुहुन्छ । । सबभन्दा तल भएको Open Network and Sharing Center लेखिएको मेनुमा क्लिक गर्नुहोस् ।
२. अब तपाईं Control Panel Home मा पुग्नुहुन्छ । त्यसपछि Manage wireless networks भन्ने मेनुमा क्लिक गर्नुहोस् । अब पासवर्ड ह्याक गर्न खोज्नुभएको चाहिँ नेटवर्कमा Right click गरेर Properties option मा क्लिक गर्नुहोस् ।
३. अब पासवर्ड ह्याक गर्न खोज्नुभएको चाहिँ नेटवर्कमा Right click गरेर Properties option मा क्लिक गर्नुहोस् । Security भन्नेचाहीँ मेनुमा क्लिक गरेपछि वाईफाई नेटवर्कको : Security type, Encryption type, Network security key मेनु देख्नुहुन्छ । जसमध्ये Network security key भित्र लुकेको password (*******) देख्नुहुनेछ । अब Show character अप्सनमा क्लिक गरेपछि तपाईँले वाइफाई पासवर्ड पाउनुहुनेछ ।
कृपया कसैको धनजनमा क्षति हुने खालको कुनै काम नगर्नुहोला !!!

Tuesday, August 18, 2015

Blogger मा कसरी HTML widget राख्ने ?

• सबभन्दा पहिले Blogger Home मा जानुहोस् ।

• आफ्नो गुगल आइडी र पासवर्ड राखेर लग इन गर्नुहोस् । के तपाईंको Blogger account छैन अथवा कसरी account register गर्ने थाहा छैन यदि त्यसो हो भने चिन्ता लिनु पर्दैन । त्यसका लागि यो ट्रिक्स : कसरी आफ्नो blogger account register गर्ने ? पढ्नुहोस् ।

अब तपाईं आफ्नो ब्लग लिस्ट भएको Dashboard मा पुग्नुहुन्छ ।

☞ पहिलो स्टेप : पहिला आफ्नो ब्लगर होममा गएर आफुले Widget अथवा Gadgate राख्न खोज्नुभएको ब्लग छनोट गर्नुहोस् ।

☞ दोस्रो स्टेप : ब्लग छानेपछि तपाईं आफ्नो ब्लगको Dashboard मा पुग्नुहुन्छ । अब आफ्नो ब्लगको Dashaboard मा भएको मध्येबाट Layout भन्ने मेनुमा क्लिक गर्नुहोस् ।

☞ चौंथो स्टेप : Layout विकल्प छानेपछि Widget अथवा Gadget राख्नको लागि आफ्नो रुचि अनुरुप स्थान मनन् गर्नुहोस् र "Add a Gadgat" भन्ने विकल्पमा क्लोक गर्नुहोस् ।



☞ पाँचौं स्टेप : तलको इमेजमा दिएजस्तै Gadgate समुहबाट "HTML/JabaSprit" भन्ने चाहिँ विकल्पमा क्लिक गर्नुहोस् ।



☞ छैटौं स्टेप : अब माथिल्लो चाहीँ खाली ठाउँमा Gadget तथा Widget को शीर्षक (Title) दिएर [नदिँदा पनि फरक पर्दैन तर तपाईंको ब्लग भद्दा देखिन सक्छ] र तल्लोमा Gadget Code पेस्ट गरेर Save गर्नुहोस् ।





Mobogine को सहायताबाट आफ्नो स्मार्टफोनको डाटा कसरी सुरक्षित गर्न सकिन्छ ?

कसैगरी आफुले वर्षौ देखी चलाउदै आएको मोबाईल हरायो भने के हालत होला ? लामो समयदेखी सम्पर्कमा आईरहेका व्यक्तिहरुलाई फेरी पनी कसरी सम्पर्क गर्ने ? आफ्ना आफन्त, साथीभाई ईष्ट मित्र मात्रै हैन कार्यालयका महत्वपुर्ण व्यक्तिहरुलाई पनि सम्पर्क गर्नुपर्ने हुन्छ । फेरी मोबाईलमै नम्बर सेभ गर्ने सुविधाले फोन नम्बर कण्ठस्थ गर्ने बानी पनी त हुदैन । कसैगरी मोबाईल हरायो भने शरिरको एक अगं प्यारालाईसिस भए सो सरह नै हुन्छ । धेरै काम चौपट्ट नै हुन्छ ।  यस्तो अवस्थामा मोबाईल त हरायो हरायो तर सेभ गरिएको नम्वर मात्रै पाएपनी धेरै खुसी हुनेथे भन्नेहरु त धेरै भेटिन्छन् ।

मोबाईल हराएर महत्वपुर्ण नम्बर तथा अन्य सामाग्रीहरु गुमाउनु नपरोस् भन्नको लागी अहिल्य नै तपाईले कम्प्युटरको माध्यमबाट फाईल कपी गरेर सुरक्षित राख्न सक्नुहुन्छ । छैन त अचम्म ? मोबोजिनिई ( Mobogenie ) ले तपाईको फोन प्रयोगलाई धेरै सहज र सरल बनाउने काम गर्न सक्छ । यो एप्सको माध्यमबाट तपाईले आफ्नो फोन नम्वर लगायतका महत्वपुर्ण डाटा कम्प्युटरमा व्याकअपको रुपमा राख्न सक्नुहुन्छ । हजारौ एसएमएसहरु छन् भने सजिलै महत्वका आधारमा कम्प्युटरमै सुरक्षिर र म्यानेज गर्न सक्नुहुन्छ ।

अझ अर्को मज्जाको फाईदा भनेको यो एप्सबाट आफुलाई मन परेका एप्स, गेम, ई-बुक, म्युजिक, भिडियो लगायत विभिन्न फोटो डाउनलोड गर्न, गेम खेल्न सकिन्छ । यो एप्सको फाईदा यतिमै मात्र सकिदैन, मोबोजिनिईले भनेको छ, "सहज एवं सरल तरिकाले मोबाईल प्रयोग गर्न यो एप्स उपयुक्त छ । निःशुल्क डाउनलोड गर्न मिल्ने यो एप्सको प्रयोग भने एन्ड्रोईड अपरेटिङ सिस्टमको मोबाईलबाट मात्र प्रयोग गर्न सकिन्छ । यो एप्स आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नको लागी तलको डाउनलोड लिंकमा क्लिक गर्नुस् ।

Download Mobogine for android
आफ्नो कम्प्युटर अथवाPC Device मा Mobogine डाउनलोड गर्नको वेबसाइट www.mobogine.com लग अन गर्नुहोस् ।

Monday, August 17, 2015

असमझदारीको फल

एउटी केटी अनि केटा एउटै कारमा सयर गरिरहेका थिए । सानो असमझदारीको कारण उनीहरुको कुनै बोलचाल भएको थिएन । मौनता मै कार दौडिरहेको थियो । तर मौनतालाई भंग गर्दै केटाले SMS गर्छ । केटिले SMS हेर्न भन्दा पहिला नै भन्छ कि 'मलाई अब तिमीसंग कुनै माया छैन, तिमीसंग मेरो कुनै नाता छैन । म तिमीबाट अलग्गिदै छु ।' केटा केहीँ बोल्दैनँ, कार एकदम जोड गतिमा दौडन्छ अनि अर्को कारमा गएर ठोक्किन्छ । केटाको त्यसै बेला नै प्राण पखेरु उड्छ तर संयोग बस् केटी बाँच्छे । होसमा आएपछी केटिले SMS हेर्छे । ऊ आफैलाई सम्हाल्न नसक्ने गरी रुन्छे । SMS मा लेखिएको थियो "जुन दिन तिमी म संग टाढिने छौ म त्यही दिन मर्ने छु, कसम !  तिमीबाट मात्र हैन म यो दुनियाँ बाट सदा सदाको लागि बिदा हुनेछु ।"